म राजकुमारी जस्तो छैन
अघिल्लो बर्ष यहि समयमा मैले धिरेन्द्र शाहको जिवनि को भिडियो सिरिज बनाउँदै गर्दा धिरेन्द्रकि बेलायति छोरिको बारेमा पत्ता लगाएको थिएँ । धिरेन्द्रका सबै छोरिहरुको बारेमा मैले त्यसबेला परिचय भिडियो पनि बनाएको थिएँ । त्यस बेला धेरै दर्शकले उनलाइ नोटिस गरेनन । तर अहिले एक बर्ष पछि उनि खुबै चर्चित भएकि छिन । नेपालिहरुको चासो र प्रश्नको को प्रतिउत्तरमा बुबाले आँफ्नो परिचय यसरि दिएकि छिन :
आँफ्नो बाबुको नाम धिरेन्द्र शाह भएको र उनि नेपालका राजाको भाइ थिए भनेर परिचय दिन्छिन ।
उनको वास्तविक नाम हो इशाना लिला शाह तर, उनलाइ सबैले बाबा भन्छन ।
२२ जुलाइ १९९४ मा जन्मेकि बाबा अहिले २५ बर्षकि भएँकि छिन ।
बाबाले अहिले सम्म कुनै बिवाह नगरेकि र उनको कुनै पर्टनर पनि छैन भन्छिन ।
आँफ्नो जिवनको उद्धेश्य को बारेमा उनले खासै सोचेकि छैनन तर उनि मानिसहरुलाइ सहयोग गर्न चहान्छिन । उनि एक सहयोगि ब्यक्तिको रुपमा चिनिन चहान्छिन। अनि उनि खुशि रहन पनि चाहन्छिन।
५ बर्षको उमेरमा एकचोटि नेपाल गएकि बाबा त्यसपछि भने कहिल्यै नेपाल गएकि छैनन ।तेसैले उनलाइ नेपालको कुनै कुरा याद पनि छैन । आफ्ना आमा बाबुसंग नेपाल जाँदा हात्ति चढेको चाँहि सम्झेकि रहिछिन ।
उनलाइ नेपाल जान चाँहि खुबै मन लागेको रहेछ । उनले खर्चको जोहो गर्न सके भोलिनै जाने थिएँ भन्छिन।
आँफ्ना साथिहरु भोलेन्टर गर्न गएको देख्दा उनलाइ खुबै डाह लाग्ने गरेको तर आंफुले तेस्तो मौका पनि नपाएको गुनासो गर्छिन बाबाले
बाबालाइ नेपालि बोल्न चाँहिन् नआउँदो रहेछ - उनले जानेको मोटो / मोटि भनेको र नमस्ते मात्रै रहेछ
उनि हुर्कंदै गर्दा उनलाइ आँफ्नो राजपरिवारसंगको सम्बन्धको बारेमा थाहा थिएन। उनलाइ सबैले राजकुमारि भन्ने गरेको भए पनि सबैले आँफ्नि छोरिलाइ राजकुमारि भन्ने हुनाले उनलाइ त्यस्तो अनौंठो नलागेको रहेछ। तर, उनकी आमाले भने उनलाइ बताएकि रहिछिन -तेसैले उनले थाह पाए पनि नपाएको जस्तो अनौठो अनुभव गरेकि रहिछिन।
उनका साथिहरुले उनि राजकुमारि भएको बारेमा भने ठुलै मुद्धा बनाउँदा रहेछन । हुर्कंदै गर्दा उनका सबै साथिहरुले यो बारेमा थाह पाइहाल्थे। जस्तोकि ड्याडिको निधन हुँदा सबैले थाह पाए । त्यसपछि जुन जुन स्कुलमा उनि गइन सबैले कतै न कतै बाट थाह पाइहाल्थे। उनि भन्छन - कोहि न कोहिले मेरो जिवनको बारेमा मलाइ नै बताउंथे - गसिप जस्तो - तेसैले यस बारेमा उनलाइ खासै कुरा गर्न मन लाग्दैनथ्यो । ठुलो भएपछि पनि सबैले उनको बारेमा थाह पाइहाल्थे । भन्दै उनि थप्छिन - उनि स्वभावैले प्रिंसेस जस्ति छैनन । तेसैले यसले मेरो मित्रतामा कुनै असर गर्दैनथ्यो । -- उनि भन्छिन - मलाइ भेटनेले मलाइ राजकुमारि को ठ्याक्कै उल्टो ब्यक्तिको रुपमा भेट्छन ।
राजकुमारि हुनु र नहुनु ले उनलाइ खासै फरक पर्दैन रे - राजकुमारि हुँदैमा राजकुमारि जस्तो ब्यबहार नगर्ने उनले बताउँछिन । उनि भन्छिन उनलाइ आंफ्नो ड्याडिलाइ गौरवान्वित बनाउन मन छ । अहिले सम्म त्यस्तो केहि गर्न नसके पनि उनलाइ त्यस्तो रहर छ भन्छिन
राजदरवार हत्याकाण्डको बेलामा बेलायतमा नै भएकि बाबा त्यस बेला जम्मा ६ बर्षकि थिइन । उक्त घटनालाइ उनले अति नै दुखदायि, पिडादायि अनुभवको रुपमा सम्झिन्छिन । उनलाइ उक्त घटनामा आअँफ्नो ड्याक मरेको कुरा मात्रै थाह थियो ।
नेपापल्को राज परिवर संग कुनै सम्पर्क नभएको बाबा बताउँछिन । उनका तिनजना दिदिहरु भएको र उनिहरु बेलायत आउँदा उनले भेटेको बताउँछिन । बाबा पुजा, दिलासा र सिताष्मा संगै खिचिएको फोटो मैले अघिल्लो बर्ष शेयर गरेको थिएँ ।
धीरेन्द्रले शर्लीलाई यसरी भेटेका थिए।
(अघिल्लो बर्षको भिडियो)