Author Topic: Ramkrishna Dhakal divorce  (Read 355 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1204
Ramkrishna Dhakal divorce
« on: December 26, 2019, 08:59:49 AM »


रामकृष्ण ढकालको डिभोर्स, साँच्चै भएको हो र ?

धेरैलाई आश्चर्यचकित बनाउने खवर थियो - गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीचको सम्बन्ध विच्छेद। ढकालको डिभोर्सको समाचार बैशाख जेठमा जंगलमा आगो फैलिएको झैं फैलिरहेको बेला रामकृष्ण ढकालले आँफ्नो फेसबुक मार्फत लेखे - No matter what others say our bond never dies❤️❤️❤️ .. उनको भनाइको नेपालिमा अर्थ हुन्छ - "अरुले जेसुकै भने पनि हामी बिचको बन्धन कहिल्यै सकिने छैन ❤️❤️❤️।"

यो भनाइले - के ढकालको डिभोर्स भएको कुरा झुठो त होइन ? भन्ने प्रश्न जन्मायो । समाचारमा आएको भनाइ र ढकालको यो भनाइको आशय ठ्याक्कै बिपरित दिशामा लक्षित देखिन्छ।

तर, डिभोर्सको कानुनि प्रक्रिया पुरा भएको कुरा शत प्रतिशत साँचो हो । यसको सम्पुर्ण बिवरण सहितको कागज नै प्राप्त भएको छ - तेसैले डिभोर्स भएको कुरामा कुनै शंका नै छैन । अनि ढकालले डिभोर्स भएको कुरा इन्कार पनि गरेका छैनन - उनले त सिर्फ सम्बन्धको कुरा मात्रै गरेका छन । अहिलेको अहं प्रश्न छ - आखिर यो जोडीले किन सहमतिमै बैबाहिक सम्बन्ध तोड्न पुग्यो त?

खासमा गायक रामकृष्ण ढकालको वैवाहिक जीवनमा समस्या भएको जस्तो भने देखिंदैन थ्यो - सञ्चार माध्यममा बारम्बार दिएका अन्तरवार्तामा उनीहरुको माया-प्रेम देखिन्थ्यो । केहि पत्रकारहरुले ढकाललाइ सम्बन्ध् बिच्छेदको समाचारको बारेमा प्रश्न गरेका थिए तर, त्यस समाचारलाइ उनले ‘झूटो हो । हामीबीच त्यस्तो केही भएको छैन । हामी सँगै छौं ।’ भनेको भन्दै अनलाइन खवरले लेखेको छ ।

डिभोर्स पेपर र ढकालको कुरा एकै ठाउँमा राखेर बिष्लेषण गर्दा, कागजि प्रक्रिया र निर्णय जे सुकै भए पनि उनिहरु बिचको सम्बन्ध सकिएको छैन । तर, सम्बन्ध नै सकिएको छैन भने - अदालतमा गएर सम्बन्ध बिच्छेद गर्नुको के मतलव हुन सक्छ त ?

यस बिषयमा पत्रकार कृष्ण ढुंगानाको भनाइ जायज लाग्छ - उनी लेख्छन - "कानुनी सम्बन्धविच्छेदको कारण मनको नभई धनको दायित्वको मात्र विच्छेद नि हुनसक्छ । एक व्यवसायीको यस्तै विच्छेद देखिएकै हो। मँगलवार निवेदन बुधवार विच्छेदले मनको कि धनको दायित्वको विच्छेद देखाउँदैन र !
सहकारीको हकमा जस्तालाई त्यस्तै गरेझै पो लाग्यो मलाई ।"

खासमा रामकृष्ण ढकालको घरको ऋणको कारण उनको एक सहकारिसंग ठुलो लफडा भएको थियो - त्यसको लागि उन्ले रवि लामिछानेको कार्यक्रममा पनि गुनासो गर्न पुगेका थिए । तेस्तै उनले पत्रकार सम्मेलन गरेर यस्तो भनेका थिए ।

तेस्तै निलमले सम्बन्ध बिच्छेदको लागि दिएको निवेदनमा पनि सम्बन्ध बिच्छेदको लागि अति नै हलुका कारणहरु उल्लेख गरिएका छन - ढकालको कार्यब्यस्तता को कारणले परिवारलाइ समय नदिएको र बिदेश जाँउ भन्दा नमानेको ले नै निलमले सम्बन्ध बिच्छेदको लागि निवेदन दिएको उल्लेख गरिएको छ।   

पहिलोपोष्ट अनलाइनले प्रकाशित गरेको निलमले दिएको डिभोर्स निवेदनमा भनिएको छ :

'विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थाल्यो।'

निलम र रामक्ऋष्ण ले २०५९ मंसिर १४ गते विवाह गरेका थिए। निअलमले अदालतमा बुझाएको निवेदनमा भनिएको छ।

'मैले हामीसँग विदेश जाउँ, त्यहाँ हामो भविष्य उज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु। मेरो पेशाको भविष्य पनि नेपाल मै छ भन्नुभयो,'

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Ramkrishna Dhakal divorce
« Reply #1 on: December 27, 2019, 06:17:57 AM »
 

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Ramkrishna Dhakal divorce
« Reply #2 on: December 28, 2019, 12:32:17 AM »

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Ramkrishna Dhakal divorce
« Reply #3 on: December 29, 2019, 04:41:04 AM »



anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Ramkrishna Dhakal divorce
« Reply #4 on: December 30, 2019, 07:40:38 AM »

sayen

  • 10X
  • ***
  • Posts: 54
Re: Ramkrishna Dhakal divorce
« Reply #5 on: May 13, 2020, 06:53:45 AM »
already!!!