Author Topic: $5 M Miss Universe Crown & Miss Nepal crown  (Read 264 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1204
$5 M Miss Universe Crown & Miss Nepal crown
« on: December 07, 2019, 12:01:17 PM »




मिस नेपालका मुकुटहरुमा देशका धेरै जसो महत्वपुर्ण कुराहरुको प्रतिनिधित्व गरिएको छ। जस्तोकि नेपालको झण्डा मा भएको सुर्य र चन्द्रलाइ प्रमुख महत्व दिएर प्रस्तुत गरिएको छ। चन्द्र सुर्यले देशको समृद्धि र शक्तिको प्रतिनिधित्व गर्दछ। सन २०१६ मा मिस नेपालका तिन प्रमुख मुकुटहरु निर्माण गरिएको थियो - मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल - ति तिन मुकुटमा पहिलोले हिमाल, दोश्रोले पहाड र तेस्रोले तराइको प्रतिनिधित्व गरेको थियो। त्यस पछिको बर्ष सन २०१७ मा मिस नेपाल युनिभर्स र अनि सन २०१८ मा मिस नेपाल सुप्रानेशनलको लागि पनि थप मुकुटहरु निर्माण गरिएका थिए ।

सबै मुकुटहरुमा भिनिन्न ढाँचामा आकर्शक रुपमा फुल हरु कुँदिएका छन जसले देशमा भएको जंगलको प्रतिनिधित्व गर्छ । अनि नेपालको मौलिक शैलि - पगोडा शैलि को मन्दिर पनि मुकुटमा कुँदिएको छ । अनि नेपालको आँफ्नै ढाका शैलिको डिजाइन पनि मुकुटमा कुँदिएको छ । तेस्तै राष्ट्रिय फुल लालिगुराँस र राष्ट्रिय पंक्षि डाँफेले पनि सो मुकुटमा स्थान पाएको छ ।
तेस्तै देशमै उत्खनन गरिएको बिश्व प्रशिद्ध पत्त्थर काइनाइट पनि तिन सबै मुकुटहरुमा जडिएका छन ।

मुकुटमा बनाइएको आगोको स्वरुप ले नेपालिहरुको जोश र जाँगरको प्रतिनिधित्व गर्छ भने बुद्धको जन्म भुमिको मुकुटमा बौद्धको डिजाइन छुट्ने त झन कुरै हुने भएन - तेसैले स्वयंभुको मन्न्दिर पनि मिस नेपालको मुकुटमा कुँदिएको छ ।


मिस नेपाल वर्ल्ड मुकुटले नेपालको परंपरागत र अति नै महत्वपुर्ण फिचर प्रस्तुत गरेको छ आँखिझ्याल। पुरातन समयमा - शिशाको आविश्कार नै नभएको समयमा बाहिर सबै चिज देखिने तर भित्रको केहि पनि नदेखिने झ्यालको निर्माण गर्नु अति नै चुनौतिपुर्ण थियो । नेपालि कालिगढहरुले सानो सानो प्वाल भएको कलात्मक झ्याल निर्माण गरेर त्यस्तो सुविधा प्रदान गर्न सफल भएका थिए । यहि नेपालको अनौठो र मौलिक आविश्कार लाइ महत्व दिंदै मिस नेपाल वर्ल्डको मुकुटमा आँखि झ्यालको डिजाइन प्रस्तुत गरिएको छ । 

तेस्तै मिस नेपाल अर्थको मुकुटमा नेपालि महिलाहरुले टाउकोमा लगाउने गहना शिरबिन्दिलाइ बिशेष महत्वका साथ प्रस्तुत गरिएको छ। यो पनि नितान्त नेपालि मौलिक गहना भएको र यसले नेपालि जनताहरुलाइ प्रतिनिधित्व गर्दछ ।

अनि मिस नेपाल इन्टरनेशनल को मुकुटमा जिवित देवि कुमारि लाइ बिशेश महत्वका साथ फिचर गरिएको छ । यसले गोर्खालिको बहादुरिता र कंचन नदिहरुको प्रतिनिधित्व गर्दै - निष्कलंक र सुद्धतालाइ प्रस्तुत गर्दछ।