Author Topic: Jyoti Khadka - The Prakash Ojha Girl  (Read 147935 times)

0 Members and 1 Guest are viewing this topic.

xsajha

  • 50x
  • ****
  • Posts: 1488
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #30 on: October 08, 2009, 10:55:24 PM »
yo pani hoina ra?

sk11983

  • xNew2
  • **
  • Posts: 6
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #31 on: November 17, 2009, 06:40:56 PM »
she is very beautiful, thanks, i guess no vid available,

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #32 on: November 18, 2009, 06:24:45 AM »
she is very beautiful, thanks, i guess no vid available,

video is posted somewhere in chhada section
do a search.

rajpp

  • xNew2
  • **
  • Posts: 3
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #33 on: January 08, 2010, 12:22:54 AM »
i dont know how much its true boz many girl lieing after happen that kind of scandal .

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Jeshika Khadka - - Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #35 on: June 13, 2012, 11:33:21 AM »
नो वान किल्ड जेसिका!  - from nagarik

दीपेन्द्र लामा - फेरि एउटा रंगीन 'सपना' नफक्रिँदै तुहियो। अभिनयबाट सबैको मन जित्छु भनेर मैदानमा उत्रिएकी ज्योति खड्का (जेसिका)को आत्महत्या नेपाली फिल्मको एउटा सानो अध्यायको अन्त्य होइन। बरु डरलाग्दो र अँध्यारो अध्यायमा एउटा पृष्ठ थपिएको हो। नेपालमा आत्महत्या वा शंकास्पद मृत्यु वरण गर्ने अभिनेत्रीको सूची लम्बिएको छ। विश्वभर वर्षेनी १० लाखभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक छ।
 
त्यसमा पुरुषको संख्या महिलाको तुलनामा तीनचार गुणा छ। तर, नेपाली फिल्म क्षेत्रका जतिले आत्महत्या रोजे धेरैजसो महिला नै थिए। आत्महत्या गर्न उक्साउने स्क्यान्डल पनि महिला कलाकारले नै भोग्दै आएका छन्।

'जेसिका प्रकरण'बाट सचेत नहुने हो भने नेपाली फिल्म उद्योगमा यस्तो घटना नदोहोरिएला भन्न सकिन्न। फिल्म उद्योगमा त्यस्तो कमजोरी के छ, जसले अभिनेत्रीहरु सोझै मृत्युलाई अपनाउन खोज्छन्?

नेपाली फिल्म उद्योगको सबभन्दा अँध्यारो पक्ष भनेको यसको कृत्रिम अनुहार हो। एउटा फिल्म खेल्दाको पारिश्रमिक ४-५ लाख रुपैयाँ हुने हल्ला पिटाइन्छ। यथार्थमा चाहिँ ३० हजार रुपैयाँमै चित्त बुझाउनु पर्ने अवस्था छ। नेपालको साँघुरो अर्थतन्त्रले गर्दा कलाकारहरु निकै लोकप्रिय रहे पनि आर्थिक सबलताबाट बञ्चित छन्, केही अपवाद छाडेर।

धेरैजसो हिरोइनको जीवन फिल्म र पत्रपत्रिकामा मात्र शानदार देखिने हो। उनीहरुले बाँच्नका लागि गर्ने संघर्ष कसैलाई थाहा हुँदैन। बरु त्यसको फाइदा उठाउन वरिपरिका मान्छेले बढी चलखेल गर्छन्।

फिल्मलाइनका मान्छेलाई राम्रो दृष्टिकोणले हेर्ने चलन नेपालमा अहिले पनि छैन। यसमा दुई कारण छन्, कलाकारले बौद्धिकता प्रदर्शन गर्न नसक्नु र निर्देशकहरुले राम्रा फिल्म बनाउन नसक्नु। फिल्म कलाकार र कलाकर्मीको छवि सुधार्न कुनै पनि संघसंस्था वा निकायले ठोस कार्यक्रम ल्याउनै सकेको छैन। बेलाबेला गाइँगुइँ सुनिने 'कास्टिङ काउच'लाई आचारसंहिताले बाँध्ने हिम्मत पनि गर्ने हो कि?

एउटा कलाकारको बेइज्जतीमा खिल्ली उडाउने तर त्यसले समग्र फिल्म क्षेत्रकै बदनाम भएको र अप्रत्यक्ष रूपमा आफू मुछिएको नदेख्ने कलाकारहरुको 'अन्धोपन' जेसिकाहरुका लागि पीडादायी नै हुन्छ।
अनुदारवादी समाजको ख्याल नगरी हिरोइनको यौनजीवनलाई अतिरञ्जनासहित छरपस्ट पार्ने मिडिया र पत्रकारहरुले यो घटनापछि संयमता अपनाउन थाले जाती हुन्थ्यो। विपरीत लिंगीसँगको सम्बन्धलाई लिएर पुरुषभन्दा महिलाको खेदो खन्ने चरित्र नेपाली समाजको छ। समाजको यो विभेदकारी हेराइदेखि मिडिया बाहिर निस्कनैपर्छ। नत्र केको चौथो अंग?
केही वर्षअघि स्क्यान्डलको शिकार भएर पनि हार नमानेकी ज्योति नयाँ नाम जेसिका (हिबु्रमा यसको अर्थ हुन्छ 'उसले देख्छ')का साथ बाँच्न तल्लीन थिइन्। तर उनी अन्तिम दिनसम्म पनि परपीडक मान्छेहरुबाट जोगिन सकिनन्। कलिलो उमेरमै समाजको पुरुषप्रधान उपभोगवादी संयन्त्रबाट ठगिएकी उनले दोस्रो मौका खोजेकी थिइन्। तर पाइनन्।

हिजो लोग्ने मरेपछि मात्र नेपाली महिलाहरु सती जान्थे, आज लोग्ने जिउँदो छँदै। मंगलबारको आत्महत्यामा कानुनले अनुसन्धान गरेर फैसला सुनाइसकेको छ, 'नो वान किल्ड जेसिका।'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #36 on: June 13, 2012, 06:44:25 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #37 on: June 16, 2012, 12:56:18 AM »
किन आत्महत्या गरेकी जेसिका?

किशोर नेपाल- कान्तिपुर शहरको गौरव मानिने धरहराको बाटोबाट सुन्धारातिर चियाउँदा जेसिकाको अनुहारले पछ्यायो विनितालाई। उसले सोची, 'आखिर आत्महत्या पनि एकप्रकारको महत्वाकांक्षा नै त हो। महत्वाकांक्षी मानिसले मात्रै गर्नसक्छ आत्महत्या।' विनिता सयौँ पटक मरिसकेकी थिई अभिनयमा। जेसिका एकैपटक मरी। जीवनलाई जसले बढी सुमसुम्याउँछ र जसले बढी माया गर्छ, त्यसैले गर्छ आत्महत्या। शरीर हो, आत्महत्याको कारण।
विनितालाई लाग्यो, आत्महत्या सजिलो कुरो होइन। तर, यो बहादुरीपूर्ण कुरो पनि होइन। आत्महत्या गर्ने मानिस सबै कायर हुँदैनन् भन्दैमा बहादुरहरूले आत्महत्या गर्दैनन् भन्ने पनि त होइन। आत्महत्या त बहादुरहरूले नै गर्छन्। कमसेकम कविहरू यसै भन्दै आएका छन्।
धरहराको टुप्पोमा एकछिन आँखा अड्याएपछि विनिता खिचापोखरीतिर लागी। यति चर्को घाम कहिल्यै लागेको थिएन रे कान्तिपुरमा। विनिताले थाहा पाएको कान्तिपुर पनि चिसो थियो, कुल। यस्तो गर्मी, उफ्। विनिताले सोची- गर्मी पनि आत्महत्याको कारण हुन सक्छ।

विनिता बिक्रीको पर्खाइमा घाममा डढिरहेका रंगिचंगी सामानहरूको रमिता हेर्दै अघि बढ्दै थिई। स्ट्रे थट्स लबालब भरिएको थियो मनमा। मानिसको खल्तीमा पैसा नै छैन। यस्तोमा पैसा नहुने मानिसले आत्महत्या नगरेर के गर्ने? अझ इज्जत धानेर हिँड्नुपर्ने मानिसले पैसाको अभावमा इज्जत नै धान्न नसक्दा आत्महत्याको विकल्प नै के छ र? विनिता फुटपाथमा राखिएका कपडा हेर्दै थिई। यी कपडा देखेर उसलाई लाग्यो- मानिसको नियति पनि यस्तै हो। दिनभरि घाममा सेकिनु र रातभरि चिसोमा कोचिनु।
जेसिका किन मरिहोली, त्यो पनि झुन्डिएर? पेसा एउटै भए पनि उसँग विनिताको दोस्ती थिएन। तै पनि, जेसिकाको बारेमा उसले थुप्रै कुरा सुनेकी थिई। जेसिका सिंगल मदर हो भन्ने हल्ला पनि सुनेकी थिई उसले। ऊ रंगशालामा फाइटको अभ्यास गर्न पनि जाने गर्थी। पछिल्लो समयमा अभिनय र फाइटका बीच बडो सामन्जस्य स्थापित हुन थालेको छ। फाइटले अभिनयलाई विस्थापित गर्दै छ भने अभिनयले फाइटलाई। अभिनयमा संवेदनशील स्वभाव रुचाउने व्यक्तिले फाइट गर्र्ने र फाइटमा माहिर मानिसले अभिनय गर्ने विडम्बना पनि आत्महत्याको कारण हुन सक्छ।

विनितालाई लाग्यो- आत्महत्याका पछिल्तिर तीनटा कारण महत्वपूर्ण हुन्छन्। पहिलो कारण, ब्वाइफ्रेन्ड हुन् भने दोस्रो कारण फाइनान्स । तेस्रो कारण? तेस्रो कारण त असफलता नै हो। कला र अभियन क्षेत्रमा लागेका मानिसलाई आफू असफल हुने पो हो कि भन्ने डरले सधैँ सताइरहेको हुन्छ। उता हलिउड र बलिउडतिर अभिनय वा गायकीको एउटै आइटममा सफल भएका कतिपय व्यक्तिले आफू मरेर त्यो सफलतालाई कायम राख्ने गर्छन्। एकपटक सफल भएर मरियो भने पनि जीवनभर अमर होइन्छ भन्ने यस्तो विचार नेपालमा पसेको छ कि छैन? त्यो त विनितालाई थाहा छैन। तर, यो कान्तिपुरमा पनि त्यस्ता सपना देख्नेहरूको कमी चाहिँ छैन।
'असफलताले आत्तिएर आत्महत्या त म कहिल्यै गर्दिनँ,' विनिताले मनमनै भनी। ऊ प्रेममा असफल भए पनि करिअरमा भने सफल केटी हो। अभिनयप्रतिको कमिटमेन्ट विनिताको पुँजी पनि हो र लगानी पनि। अहिलेको सिनेमा रियल स्टेटको नियति भोगिरहेको छ। कतै चलेको छ। कतै
बन्द भएको छ। जहाँ चलेको छ, त्यहाँ चकाचक छ। जहाँ चलेको छैन, त्यहाँ निराशा र आत्महत्या छ।

विनिताले जेसिकालाई सम्भि्कई। उसको आँखाको अगाडि एउटा धमिलो तस्बिर देखापर्‍यो। त्यो तस्बिरमा जेसिका नमस्कारको मुद्रामा खडा थिई स्टेजमा। मर्ने बेला नै नभई मरेकी जेसिकाको अनुहार देखेर विनिता झस्किई। ऊ एकाएक चिच्याई, 'तिमीले किन आत्महत्या गरेकी जेसिका?'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #38 on: June 19, 2012, 12:43:00 PM »
जेसिकाको बहिनीले भनिन्- `बालदीप हो दोषी`

अनुप भट्टराई, काठमाण्डौ, २०६९ आषाढ २, शनिवार

स्वर्गीय अभिनेत्री जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तीको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गर्न बाध्य भएको खुलासा गरेकी छिन् । शुक्रबार चलचित्र कलाकार संघले आयोजना गरेको शोक सभामा जेसिकाको फुपुको छोरी प्राप्तीले बालदीप राईको चर्को तनावका कारण दिदीले आत्महत्या गरेको बताईन् ।  यसैगरी उनले काठमाण्डू न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनाव दिने गरेकाले दीदीको मृत्युमा दुई मध्ये एकको हात रहेको बताएकी छिन् ।

सम्पूर्ण प्रेस र कलाकारको सामुन्ने उनले विशेषत बालदीप राई जो फिल्म क्षेत्रमा कलाकार सहित प्रोडक्सन कन्ट्रोलरले परिचित छन् उनी बढी दोषी रहेको बताईन् । यस्तै उनले फिल्मीखबरसंग छुट्टै कुराकानी गर्दै आत्महत्या हुनु अघिल्लो दिन जेसिकाले आफूलाई कल गरेर विभिन्न तनाव पोखेको पनि बताईन् । उनले भनिन्, 'दुई जनाको कारण धेरै टर्चर पाएको भन्दै दिदीले गुनासो गरिरहेकी थिई तर भोलीपल्टै त्यस्तो खबर सुन्नेपछी म छाँगाबाट झरे जस्तै भएँ ।' पाँच महिना अघि सम्म दिदीकै डेरामा बस्दै आएकी उनी हाल ईटहरीमा थिईन् र घटना हुने समयमा दार्जिलिङमा भएका कारण यो बिषयमा मुख खोल्न समय लागेको बताईन् ।

घटना भएको राती दश बजे सम्म बालदीप जेसिकाकै डेरामा रहेको भाई युनिकले जानकारी गराए । तर त्यतिबेला कुनै किसिमको तनाव दिदीमा नदेखेको उनले बताए । गोकुल र बालदीपले जेसिकालाई मन पराउथे जसकारण यि दुईको जेसिकाको बिषयमा झगडा पनि भएको युनिक बताउछन् । उनले भने 'दिदीको बिषयमा उहाँहरू बीच झगडा पनि भएको थियो तर यति सम्म होला भन्ने सोचेका थिएनौं ।'

 यस्तै प्राप्ती र युनिकका अनुसार बाउन्सर गोकुलले पुतलीसडकको बीच बाटमो जेसिकालाई पाँच महिना अघि थप्पड हान्दै दुर्व्यबहार गरेको र दरबारमार्गमा पनि त्यस्तै हर्कत गरेको बिषयले उनी तनावमा थिईन् । जुन तनावले द्धन्दको रूप लिएपछी गोकुल र बालदीपको झगडा भएको हो । 'हाम्रो अगाडी उसले दिदीलाई सधै नराम्रो बनाएर आफू राम्रो हुन खोज्थ्यो र दिदी एक्लै हुदा धेरै तनाव दिने गथ्र्यो', प्राप्तीले भनिन् । यस्तै उनले गोकुल भन्ने ब्यक्तिले आफूलाई विना कारण  भेट्न पनि  बोलाउने गरेको बताईन् । 

मृत्यु अगाडी सम्बन्धको बिषयमा चर्चा नभएपनि मृत्यु पछी जेसिका आफ्नो प्रेमिका रहेको  र शारिरीक सम्बन्ध पनि हुने गरेको बालदीपले खुलाशा गरेपछी यो बिषयले अर्को मोड लिएको छ । परिवार भन्दा निकट प्रोड्यूसर सरोज शर्मा आफैले बालदीपसंग जेसिकाको प्रेम रहेको लाशको मुचुल्का उठाउने बेलामा मात्र थाहा पाएको बताए । उनले भने, 'हरेक कुरा शेयर गर्ने उनले यो कुरा नभनेकोमा आश्चर्य व्यक्त गर्दै बालदीपले पनि कुनै जानकारी नगराएको उनले बताए ।

प्रेम जेसिकाको तर्फबाट दुवैजनासंग थियो वा जेसिकालाई मात्र उनीहरूले मन पराएका थिए त्यो पूर्ण रूपमा खुलिसकेको छैन तर घटनालाई सर्सर्ती हेर्दा के प्रष्ट भएको छ भने जेसिका आत्महत्याको ट्रान्जिट पोईन्ट प्रेम प्रसङ्ग नै हो । नारीको शत्रु भने पनि उसको रुप मित्र भने पनि उसको रुप भन्ने उखान जेसिकाका हकमा ठयाक्कै मिलेको पाईन्छ । अपरान्ह ३ बजेदेखि सुरू शोक सभामा अधिकाश फिल्मकर्मीकर्मीले जेसिकालाई आत्महत्या गर्न बाध्य जो सुकै ब्यक्तिलाई  सजाय दिनु पर्ने माग राखेका छन् ।

शोक सभामा प्राविधिक संघ, द्धन्द कलाकार संघ, निर्माता संघका पदाधिकारी, कलाकार हरिहर शर्मा, रबिन्द्र खड्का, लयसंग्रौला, राधा लम्साल, लक्ष्मी गिरी लगायतले ज्यान जाने गरी तनाव दिने जो कोही ब्यक्ति भए पनि छाड्न नहुने बताए । यसैगरी कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले दोषी चिन्ह आफ्नो संस्थाबाट सम्पूर्ण सहयोग रहने बताए । उता जेसिकाको परिवारले कलाकार संघ सहित फिल्मसंग सम्बन्धीत संघसंस्थालाई बोधार्थ निवेदन लेख्दै महिला अधिकारकर्मीको सहयोगमा घटनाको छानविन बृहत ढङ्गमा गर्न  प्रहरीमा जाने  तयारी गरेको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #39 on: March 09, 2015, 08:47:30 AM »
This post is about an actress who has died and we suspect there is anything new to post in it. So, the topic is locked.