Author Topic: Sex for business and Fun (Nepali)  (Read 44007 times)

0 Members and 1 Guest are viewing this topic.

xsajha

  • 50x
  • ****
  • Posts: 1493
Sex for business and Fun (Nepali)
« on: March 12, 2008, 01:25:17 AM »
** For some strange reason: the content of this post was deleted **

We believe, this thread was stated to discuss and debate on legalizing prostitution and human rights of sex workers.

Should sex be something the government should regulate ?



[quote ]
    Responding to the requests from members I have moved this topic in General Discussion.
    Limpman को अनुरोध पनि जायज लगेकोले यि प्रश्नहरु पहिलो थ्रेड मा राखेको छु ।


    • के यौन कर्मी बाध्यता ले हुनु समाज को लागी कलंक हो ?
    • के उनी हरु को समाझ माँ बाच्ने अधिकार छैन ?
    • यौन ब्यबसाय लाई कानूनी मान्यता दिएर ब्यबस्थित गर्नु राम्रो हो की हैन ?


[/quote]
« Last Edit: March 08, 2015, 07:19:06 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Australia and Nepali Girls
« Reply #1 on: July 20, 2009, 12:50:19 PM »



अष्ट्रेलियामा नेपाली युवती यौनव्यवसायमा लागेको आशंकामा नेपाली राजदूतावासले गम्भीरता देखाएको छ। अन्नपूर्णपोष्टका अनुसार अष्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले परराष्ट्र्मन्त्रालयलाई पत्र लेखी त्यसबारे जानकारी गराएका छन्। उल्लेख्य संख्यामा अष्ट्रेलिया छिरेका नेपाली युवतीहरु पैसाको अभावमा यौनव्यवसायमा होमिएको पत्रमा उल्लेख गरिएको बुझिएको छ । अध्ययनका लागि भनेर गएका युवतीहरु आर्थिकमन्दीसंगै रोजगार गुमाउन थालेपछि वाध्य भएर यौनव्यवसायमा लाग्न पुगेको समाचारहरु बेला- बेलामा आइरहदा पछिल्लो समयमा राजदूतबाटै गम्भीर पत्र आएको हो ।




S1nner

  • 50x
  • ****
  • Posts: 287
Re: Australia and Nepali Girls
« Reply #2 on: July 20, 2009, 01:03:08 PM »
k ho yesto.. yesko roktham garnu paryo

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Sex for business and Fun (Nepali)
« Reply #3 on: July 20, 2009, 01:14:06 PM »
    Responding to the requests from members I have moved this topic in General Discussion.
    Limpman को अनुरोध पनि जायज लगेकोले यि प्रश्नहरु पहिलो थ्रेड मा राखेको छु ।


    • के यौन कर्मी बाध्यता ले हुनु समाज को लागी कलंक हो ?
    • के उनी हरु को समाझ माँ बाच्ने अधिकार छैन ?
    • यौन ब्यबसाय लाई कानूनी मान्यता दिएर ब्यबस्थित गर्नु राम्रो हो की हैन ?




के यौन कर्मी बाध्यता ले हुनु समाज को लागी कलंक हो ?
के उनी हरु को समाझ माँ बाच्ने अधिकार छैन ?
यौन ब्यबसाय लाई कानूनी मान्यता दिएर ब्यबस्थित गर्नु राम्रो हो की हैन ?
Please Mod....Can you add this question's pool on top.......
and guys please add your comments......

[/list]
« Last Edit: July 20, 2009, 09:06:45 PM by kurakani »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #4 on: July 20, 2009, 01:18:17 PM »
 विवशताको व्यापारः देहव्यापार


बुधवार, 17 जून 2009 07:45
करिष्मा लुइँटेल

केही दिन पहिले हामी सपरिवार टिभी हेर्दै थियौँ। टेलिभिजनमा ठमेलको कुनै डान्स रेष्टुराँको कथा देखाइएको थियो। 'हे भगवान् कस्तो जमाना आयो' हजुरआमा फत्फताउन थाल्नुभयो। ममीले थप्नुभयो 'यसरी भगवानको वरदान बेचेर ज्यान पाल्नुभन्दा त मरेकै भए हुन्थ्यो।' मैले प्रतिवादमा भने 'रहरले यस्तो काम गरेका हुन् र यिनले ' हजुरआमा र ममीले मेरो बीचै मलाई उछिन्नु भयो 'शरीर बेचेर बाँच्नुभन्दा त मर्नु निको।'

सोचेँ मसँगै कलेज पढ्ने उमेरका दौँतरीहरु देह व्यापारमा संलग्न छन्। यीमाथि नानाथरीका आरोप लगाइन्छ। हेर्ने दृष्टिकोण नै पूरै नकारात्मक हुन्छ। समाजबाटै बहिष्कार गरिन्छ। समाजमा अगुवाहरु भन्छन् यस्तो - घृणित र फोहोरी काममा लाग्नेलाई तिरस्कार गर्नुपर्छ। अच्चम्मको कुरा हाम्रै समाजमा त्यस्ता घृणित र फोहोरी काम गर्नेले आफ्नो व्यवयास कसरी चलाएका होलान् समाजका यिनै ठेकेदार राती लुकेर उनीहरुकोमा पुग्छन् अनि दिनमा देखिएर कुरा काट्छन्। यौनव्यवसायी महिला चाहिँ आफ्नै परिचय पनि लुकाएर हिँड्न बाध्य छन्।

सहरको महंगीमा बाँच्न 'सहरिया' हुनुपर्ने 'बाध्यता' अनि गरिबीको पीडाले दौँतरीसंगै पढ्न नपाउनुको 'चिन्ता'ले गाँजेका अधिकांश 'गाउँले' युवती मसाज सेन्टर तथा रेष्टुराँका 'पेड शरणार्थी' बन्न पुगेका हुन्छन्। त्यसो त कमिसनको लोभमा चेलिबेटी ओसार्ने 'दलाल'को प्रलोभन र सँगिनीको फजुल खर्चीबाट लोभिँदै कतिपय युवती यौन व्यवसायमा 'फस्नु पुग्छन्। अनि न माथि उक्सिनै सकिन्छ न त पेसालाई जीवनभर अगाल्न नै। 'रहरु अनि 'बाध्यता' का सिकार हुन पुगेका युवती अनिश्चित अध्याँरो भविष्य बोकेर 'पैसावालुको यौन सेवामा हाजिर हुन विवश हुन्छन्।

'पीडा लुकाएर कृत्रिम मुस्कान छर्दै ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्नु' उनीहरुको 'धर्म' मानिन्छ। यही धर्म पूरा गरे यिनको 'डिमान्ड' बढ्यो हैन भने 'नो डिमान्ड'। उमेरसँगै माग घट्दै जान्छ तर उपेक्षा र घृणा बढ्दै जान्छ।

देशभित्रकै यौनकेन्द्रमा शरणर्थी जीवन बिताइरहेका नारीको भित्री रहस्य र यथार्थ पहिल्याउने कोसिस नै गरिँदैन। यस पेसामा संलग्न गराउनेलाई कारबाही गर्ने मुख्य जिम्मेवारी बोकेको प्रहरी प्रशासनले नै मौन समर्थनको नीति अख्तियार गरिरहेको आभास हुन्छ। पहिले लुकेर र सिमित ठाउँमा त्यो पनि निश्चित दरभाउ बिना गरिने देह व्यापार अहिले खुलेर र 'रेट' नै तोकेर मुख्य सहरका केन्द्रहरुमा फैलिएको पाइनुले अब यौन व्यवसाय अपराध नभएर व्यापार मात्र भएको हो कि भन्ने सन्देह हुन्छ। लागू नगरिएपनि कानुनमा यौन व्यवयायमा बन्देज लगाइएको छ। यस विडम्बनाऌ यसमा संलग्न महिलाले सधैँ गैरकानुनी काम गरेको मानेर शोषण सहनु परेको छ।

विभिन्न अध्ययनहरुअनुसार यस व्यवसायमा संलग्न महिला प्रायः अशिक्षित पतिले छोडेका टुहुरा र सौतेनी आमाको कारण घरबाट बाहिरिएहरु नै छन्। हातमा सीप र पढाइको प्रमाणपत्र नभएपछि उपलब्ध सहज विकल्प बनेको छ यौन व्यवसाय।

भारतमा यौन व्यवसाय कानुनी छ। तर नेपालमा गैरकानुनी भएकाले लुकिछिपी गरिन्छ। यौन व्यवसाय बन्द गर्ने हल्ला र भाषण गर्ने नेताहरुले यौन व्यवसायीको मर्म र वाध्यता बुझेनन्। यौन व्यवसाय निर्मूल पारेपछि यौन कर्मी महिलाले कसरी बाँच्ने त सडकमा भिख मागेर खाने बालबच्चा भोकले मर्न लागेको टुलुटुलु हेरेर बस्ने हैन भने उनीहरुले बाँच्ने आधार केलाइ बनाउने

मैले यसो भनेर यौन व्यवसाय फैलियोस् भन्न खोजेकी हैन तर यौन व्यवसाय बन्द गरेपछि त्यसबाट गुजारा चलाइरहेकाहरुलाई वैकल्पिक रोजगारीको व्यवस्था हुनुपर्छ भन्ने यथार्थमा जोड दिएकी हुँ।

सरकारले अशिक्षित एकल र असहाय महिलालाई सीपमूलक तालिम दिने हो भने यौन व्यवसाय बन्द गर्न सरकार लाग्नै पर्दैन आफै कम हुन्छ। सामान्यतः कसैको पनि शरीर बेच्ने रहर हुँदैन। तर बाँच्ने अरु आधार नभएपछि के गर्नु

यौन व्यवसायमा संलग्न महिलाका पीडा महिला अधिकारकर्मीले गम्भीरतापूर्वक बुभुने प्रयास गरेको देखिएको छैन। अरु कुरामा सानो चित नबुझ्दा पनि सडक र सदन तात्छ। सडक टायरको धुँवाले रुमलिन्छ तर हामी महिलाको अवस्थाबारे किन सबै मौन बाँच्ने आधार नभएर देह व्यापारमा लाग्न विवश महिलालाई सीपमूलक तालिम र महिला िहंसा बन्द हुनुपर्ने माग किन अहिले सुन्न पाइदैन विवश महिलाका पक्षमा किन सडक तात्दैन

करिष्मा किष्ट कलेज काठमाण्डौमा बीबीए पढ्दैछिन्।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #5 on: July 20, 2009, 01:19:05 PM »
  पोखरामा यौन व्यवसाय बढ्दो

शिव शर्मा

कास्की, पर्दा लगाइएको क्याबिन रेस्टुरेन्टमा ग्राहकसँगै काँध मिलाएर रेस्टुरेन्टकी युवती पनि पिइरहेकी थिइन् । रेस्टुराँकी सञ्चालिकासँग ती युवतीलाई लैजान अर्का ग्राहक मोलमोलाई गरिरहेका छन् ।

यो दृश्य पर्यटकीय नगरी पोखराको एउटा रेस्टुरेन्टको हो । यहाँ बग्रेल्ती खुलेका साना क्याबिन रेस्टुराँँहरूमा यौन व्यापार बढेको छ ।

पाँच वर्षअघि म्याग्दीबाट आएकी शिला नाम बताउने युवती ग्राहकलाई यौन सन्तुष्टि दिएर जीवनयापन गरिरहेकी छिन् । यहाँको एक रेस्टुराँमा काम गर्ने उनले ग्राहकलाई सन्तुष्टि दिए पनि पारिश्रमिकमा रेस्टुराँ साहुनीबाट पीडित हुनुपरेको गुनासो गरिन् । १ हजार ५ सय रुपैयाँमात्रै तलब हुन्छ । ग्राहकबाट पनि हेपिनुपर्छ,' उनले भनिन्, 'बाध्यताले यो पेसा अँगालें । अहिले पेसाबाट निस्कनै गाह्रो भएको छ ।' ग्राहकलाई यौन सन्तुष्टि दिने क्रममा उल्टै पैसा र मोबाइल लुटिएको गुनासो उनले पोखिन् ।

उता स्याङ्जाबाट सात वर्षअघि यहाँ आउँदा जागिर नपाएपछि सुशीलाले यौन व्यवसाय अँगालिन् । एक रेस्टुराँमा काम गर्दै आएकी उनले पनि न्यून पारिश्रमिक र यौन व्यापारको ज्यालासमेत रेस्टुराँ सञ्चालकले नै लिने गरेको बताइन् । 'हामी ग्राहकसँगै रेस्टुराँ सञ्चालकहरूबाट समेत शोषित भएका छौं, उनले भनिन्, 'भनेजति पारिश्रमिक अझै पाइएको छैन ।'  ग्राहकसँग दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म ज्याला लिने साहुनीले चार सयदेखि पाँच सय रुपैयाँ मात्रै दिने गरेको गुनासो यौन व्यवसायी महिलाले गरे । पीडा भोग्दा-भोग्दै पनि यौन व्यवसायमा लाग्ने युवतीहरू कम छैनन् । बागलुङबाट आएकी सुकृति घरकै आर्थिक अवस्थाका कारण

बाध्य भएर यस पेसामा लागेको बताउँछिन्  । सरकारले जागिर दिँदैन, बाँच्नका  लागि शरीर सुम्पनुपरेको छ, उनले दुःखेसो पोखिन् ।

घरबाट अपहेलित, श्रीमान्ले छोडेको पढाइमा कमजोर र आर्थिक अवस्था कमजोर भएका युवतीहरू यौन व्यवसाय अँगालिरहेका छन्  ।

यौन व्यवसायमा लाग्नेहरू प्रायः बाहिरबाट यहाँ आउने अविवाहित युवतीहरू छन् । 'गरिबी, द्वन्द्व, पारिवारिक अवहेलना र बेरोजगारकै कारण यौन व्यवसायमा लाग्ने महिलाहरू बढेका छन् । सामाजिक विकृतिविरुद्ध अनुगमन समितिका संयोजक मीनप्रसाद भट्टराईले भने, 'बेरोजगारी समस्याकै कारण यौन व्यवसाय फस्टाएको हो, राज्यले नियन्त्रण गर्दैन भने  रेडलाइट एरिया  तोकिदिनुपर्छ ।'

'प्रहरी प्रशासनले चासो नदिएको कारण अनुगमन गरी यौन व्यवसाय नियन्त्रण गर्न सकिएन,' सामुदायिक जिल्ला समन्वय समितिकी अध्यक्ष गोमा ढकालले भनिन्, 'कसैको सहयोग नभएपछि अनुगमन गर्न छाड्यौू ।' उनले बाध्यता, साथीको संगत र आफूखुसीसमेत यौन व्यवसायमा लागेको भेटिएको

बताइन् । सरकारले योजना बनाएर यसको समाधान खोज्नुपर्छ,' उनले भनिन्, 'समाजलाई यसले बिगारेको

छ ।' समितिले डेढ महिनाअघि बगालेटोलबाट ग्राहक र यौनकर्मी सहित १२ जनालाई अनुचित क्रियाकलाप गर्दागर्दै समातेको थियो ।

यौनकर्मी महिलाहरू प्रहरीबाट समेत पीडित हुनुपरेको गुनासो

गर्छन् । प्रहरीले नियन्त्रण गर्ने बहानामा हामीलाई लैजान्छ र पैसा माग्छ,' एक यौन व्यवसायी महिलाले भनिन्, 'नदिए थुन्ने चेतावनी दिन्छन् ।'

यहाँको नयाँबसपार्क, सृजनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा, वैदाम, बगालेटोल, पार्दी यहाँका बढी यौन व्यवसाय हुने क्षेत्रहरू हुन् । यहाँ रहेका ३ सय ८५ रेस्टुराँमा २ हजार महिला कामदार छन् । तिनमा एक हजारभन्दा बढीले यो पेसा अँगालेको अधिकारमा आधारित एचआईभी र एड्स कार्यक्रमले जनाएको छ  । 

तिनमा २२ प्रतिशत महिला एचआईभीको सिकार भएका छन्,' संस्थाका संयोजक दिलिप दोषीले भने, 'यौन व्यवसायमा लाग्ने महिलाको संख्या बढ्दो छ ।' १३ वर्षदेखि माथिका यो व्यवासयमा लागेका छन् । तिनीहरूमा आधाभन्दा बढीले आफैं ग्राहक खोज्ने गरेका छन् ।

'रेस्टुराँमा काम गर्नेमात्रै होइन, मोबाइलको भरमा पैसाका लागि यौन व्यवसाय गर्नेहरू पनि यहाँ उत्तिकै छन्,' उनले भने, 'आर्थिक रूपले सबल भएकाहरू पनि यो व्यवसायमा छन् ।' उनका अनुसार उनीहरूका पहिलो ग्राहक व्यापारी हुन्, त्यसपछि सरकारी कर्मचारी, प्रहरी, सेना, मजदुर र भारतीय पर्यटक पनि ग्राहकमा पर्छन्  ।

Posted on: 2009-06-10 23:12:24

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #6 on: July 20, 2009, 01:19:52 PM »
राष्ट्रिय मानवअधिकार आयोगले महिला र बालबालिकाको तस्करीबारे सन् २००६/७ मा गरेको एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा १२ वर्षदेखि ३० वर्षसम्मका करिब ४० हजार महिला क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर र डान्स रेस्टुरेन्टमा कार्यरत थिए । यीमध्ये अधिकांश यौनकर्मी भएका जनाइएको थियो । धेरैजसोलाई हङकङ, दुबई र साउदी अरबमा रोजगारी मिलाइदिनेे आश्वासन दिएर काठमाडौं ल्याइएको सो प्रतिवेदनमा उल्लेख छ । बर्सेनि पाँचदेखि सात हजार नेपाली युवती भारतीय बजारमा पुर्‍याइने गरेको तथ्यांक पनि छ । अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २००१ मा गरेको अध्ययनअनुसार प्रत्येक वर्ष १२ हजार किशोरी -१८ वर्षमुनिका) भारतको मुम्बई, दिल्ली र कोलकाता यौन-बजारमा पुग्ने गरेका छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #7 on: July 20, 2009, 01:22:58 PM »
अबैध रुपमा यौन व्यवसाय संचालन गर्दै आएकी एक समलिङ्गीलाई नेकपा एमाले निकट युवा संगठन युथफोर्सले पक्राउ गरी प्रहरीको जिम्मा

2009-1-20 19:08:52
अबैध रुपमा यौन व्यवसाय संचालन गर्दै आएकी एक समलिङ्गीलाई नेकपा एमाले निकट युवा संगठन युथफोर्सले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ। लामो समयदेखि काठमाडौंको धापासीमा युवतीहरु राखेर व्यवसाय चलाउँदै आएकी अन्टी भनिने तिर्थ गुरुङलाई युथफोर्सले नियन्त्रणमा लिएको हो। गुरुङसँगै युथफोर्सले स्याङ्जाकी सीमा थापा, पर्साका रमेश अग्रवाल र लाजिम्पाटका कुमार विष्टलाई समेत पक्राउ गरेको छ। समाजमा यौन विकृति फैलाएको गुनासो आएपछि छामा मारिएको युथफोर्सले जनाएको छ।
पक्राउ परेकाहरुलाई फोर्सले महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीलाई जिम्मा लगाएको हो। पक्राउ परेकाहरुलाई सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइने र कारबाही गरिने वृत्तका प्रहरी निरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो।।

http://www.avenues.tv/index.php?page=news&id=43645746

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #8 on: July 20, 2009, 01:24:06 PM »
विदेशमा महिलाहरुलाई अवसर पनि चुनौति पनि
भरत अधिकारी
अगष्ट, २१ बुटवल/ हाल यू.ए.इ अल ऐन

विदेशमा महिलाहरुलाई जति अवसरहरु छन् त्यति मात्रामा चुनौतीहरु पनि छन् । आज विदेशमा काम गर्ने महिलाहरुले जति मात्रामा अवसरहरु पाएका छन् त्यति मात्रामा दुःख वेदना र कष्टहरु व्यहोरिरहेका छन् । हामीलाई भन्न जति सजिलो हुन्छ त्यसलाई व्यवहारमा उतार्न धेरै गाह्रो र कठिन पनि छ । पहिलो समस्या स्वदेशमा रोजगार नपाउनु नै हो, दोश्रो विदेशमा नेपालीहरुका लागि श्रमको मूल्य नतोकिनुले गर्दा आज विदेश महिलाहरुको लागि मात्र होईन पुरुषहरुको लागि पनि चुनौतिको विषय बनेको छ ।

त्यसो त दलाल र रोजगारदाता कम्पनीहरुले कामदारहरुलाई झूठो, असत्य र असभ्य कुराहरु बताएर विदेशमा ल्याउनु वा पठाउनु, त्यसपछि भने बमोजिमको काम नपाउनु, तोकिएको तलब र सुविधाहरु नपाउनु नै एउटा प्रमुख समस्या बनेको छ भने अर्को तर्फस्वदेशमा लाखौं रुपैयामा घर बन्दकी राखी ऋण निकालेर दलालहरुलाई दिनु, विदेशमा वर्षौ बस्दा पनि ऋण चुक्ता गर्न नसक्नु आदिले गर्दा आज विदेशमा महिलाहरुलाई मात्र होइन पुरुषहरुलाई पनि अवसरको खोजी चुनौतिको बिषय बनेको छ ।

किन ठगिन्छन् त नेपालीहरु विदेशी भूमिमा -

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेको लागि सही नीति नवनाउनु, श्रम मन्त्रालयले श्रमको उचित मूल्य निर्धारण नगर्नु आदि नै ठगिको मुख्य कारण बनेको छ । त्यतिमात्र नभएर अरु देशरुले आफ्ना कामदारहरु विदेशमा पठाउँदा कामदारहरुको श्रममूल्य तोकेको हुन्छ । जबकी तोकिएको पैसा भन्दा कमी तलबमा त्यहाँको सरकारले आफ्ना कामदारहरुलाई पठाउँदैन तर हाम्रो देशमा यस्तो प्रकारको नीति नै छैन । जसले गर्दा आज हामी जस्ता लाखौ लाख नेपालीहरु विदेशी भूमिमा अनाहकमा रात दिन रगत र पसिना बगाईरहेका छौं । यहाँका दलाल र रोजगार दाता कम्पनीहरुले हामीहरुलाई खसी र भेडा बाख्राको रुपमा बेच्ने वा किन्ने गरिरहेका छन् । जसको कारण आज यो अवस्थाको सिर्जना भएको छ । स्वदेशमा रोजगारीको अवसर नुहनु, आशान्ति हत्या हिंसा र गृह यूद्धले विदेशीनु, विदेशमा ठगिनु, लुटिनु र श्रम शोषण हुनु नै विदेशमा नेपालीहरुको लागि ठूलो चुनौति बनेको छ ।

अब रहृयो महिलाहरुका समस्या । जस्तो कि महिलाको बारेमा लेख्नु पर्दा अरु देशहरुमा के कस्ता समस्याहरु छन् र के कस्ता अवसरहरु पनि छन् भन्ने बारेमा म एकिनका साथ लेख्न सक्दिन । तर पनि यू.ए.इको बारेमा लेख्नु पर्दा यहाँ कतिपय महिलाहरुले राम्रा राम्रा कम्पनीहरुमा आकर्ष रोजगारी पाईरहेका र गरेका पनि छन् । जसले गर्दा यू.ए.इमा महिलाहरुको लागि राम्रो अवसर त देखियो तर यहाँ कतिपय नराम्रा कार्यहरु पनि नेपाली महिलाहरुले गरिरहेका छन् भन्ने विषयहरु बारम्बार आईरहन्छन् । कतिपय कुराहरु सत्य पनि हुन सक्छन् कतिपय कुराहरु असत्य पनि हुन सक्छन् तर यहाँ अनुसन्धान गर्दा खेरी केही नराम्रा पक्षहरु पनि भेटिएका छन् ती कुराहरुलाई यहाँ केही हदसम्म भए पनि लेख्ने जमर्को गरेको छु । जसबाट अन्य महिला दिदी बहिनीहरुलाई पर्न जाने भावनात्मक असरप्रति म क्षमाप्रार्थी छु ।

यहाँ लेख्नै पर्ने बाध्यताको बिषय बनेको छ कि नेपाली महिलाहरु यू.ए.इमा यौन व्यवसाय पनि गर्दछन् रे । रेशमी र पुजनी -दुवै नाम परिवर्तन) जो दुबै जना यू.ए.इमा यौन व्यवसाय गरेर बसिरहेका छन् । त्यो उनीहरुको बाध्यताको बिषय हो वा रहर र पैसा कमाउने उद्देश्यको खेल हो, त्यो त उनीहरुले नै जान्नु पर्ने बिषय हो तापनि उनीहरु यौन व्यवसाय गरेर बसिरहेका छन् । त्यसो त उनीहरुले भारतको बाटोबाट कतिपय कलिला दिदी बहिनीहरुलाई घरमा, होटलमा, काम गर्ने हो, राम्रो पैसा, सजिलो काम हुन्छ भनि ल्याएर आफूजस्तै यौन व्यवसायमा संलग्न गराएका पनि छन् । यहाँ मैले यो किन लेख्न बाध्य भएको हुँ भने भोलिका दिनहरुमा यू.ए.इ आउने नेपाली दिदी बहिनीहरुले ठगिनु नपरोस्, गलत र कूकार्यको खेलमा आफ्नो जवानी र इज्जत लुटाउनु नपरोस् भन्ने उद्देश्य लिएर हो रहरले होईन ।

यो विषय उठाउँदा कसैलाई राम्रो पनि लाग्न सक्छ र नराम्रो पनि लाग्न सक्छ । तर वास्तविक चाहना चाहिँ यो हो कि भोलि गएर भारतको बम्वइको जस्तो हालत यू.ए.इमा नदेखियोस् र नेपालीहरु त्यसको शिकार नबनुन् भन्ने धारणा मात्र हो । त्यसो त रेशमी र पुजनी मात्र होईन अरु महिलाहरु पनि छन् । तर यो भन्दा धेरै लेख्नु अनुपयुक्त होला भन्ने मैले ठानेको छु । मलाई लाग्छ कतिपय राष्ट्रहरुमा नेपाल सरकारले नेपाली महिलाहरुलाई रोजगारीमा जानको लागि प्रतिबन्ध पनि लगाएको छ । त्यो पनि केही हदसम्म जायज छ तर सबै राष्ट्रहरु भने होईनन् ।

जस्तो कि यूरोप र नेपाल बीचको संस्कृति, रीतिस्थिति, चालचलन आदि आकाश र धर्ती जस्तै फराकिलो छ । यदि त्यही संस्कृतिमा नेपाली महिलाहरु रमाउन चाहन्छन् भने यसको कुनै प्रश्न रहेन । नत्र भने प्रतिबन्ध लगाईएका राष्ट्रमा नेपाली महिलाहरु जवर्जस्ती चोरीको बाटो भएर भारत वा अन्य कुनै राष्ट्रबाट नआउन समेत नेपाली दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु । अन्त्यमा विदेशमा आउने सम्पूर्ण दाजुभाइ दिदी बहिनी जो सुकै भए पनि आउने बेलामा आफू कुन कामको लागि जाँदै छु - त्यहाँको कानून, नीति नियम, आफूले पाउने सुविधा र के कामको लागि को मार्फत् जाँदैछु भन्ने जानकारी लिएर दलाल र ठगहरुबाट बचेर विदेश आएमा राम्रो कम्पनिमा स्तरीय रोजागारी नपाईएला भन्न सकिंदैन ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #9 on: July 20, 2009, 01:25:14 PM »


(विरगञ्ज, २५ चैत्र ०६५)
वीरगंजको बाइपास क्षेत्रमा संचालन भएका रेष्टुरेन्टले विकृति फैलाएको भन्दै स्थानीयवासीहरु सडकमा उत्रिएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारी र रेष्टुरेन्टका विरुद्ध उत्रिएका स्थानीयबासीहरुका बीच भएको वार्ता र छलफलपछि प्रजिअले समाजको सहमति बेगर बाइपासका कुनै पनि रेष्टुरेण्ट संचालन हुन
नदिने बचन दिएका छन् ।

बाइपासमा संचालन रेष्टुरेण्टहरुले वेश्यावृत्ति (यौन व्यवसाय) लाई प्रश्रय दिएकोले बन्द गर्नुपर्‍यो भनी हजारौंको संकलित हस्तक्षरसहितको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सा र ज्रि्रकामा एक महिना अगाडि परेको थियो
।रेष्टुरेण्टहरुले यौन व्यवसाय चलाएकोले भारत र नेपालका अपराधीहरुले समेत जमघट हुने गरेको स्रोतले जनाएको छ ।

यसैवीच नारायणी टुडे दैनिकका संवाददाता एवं फोटो पत्रकार जगत राइलाई आज जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारीको सुरक्षा गार्ड असइ शम्भुप्रसाद गुप्ताले अपमानित गर्दै हातपात गरेका छन् । सो
कार्यालयमा बाइपासस्थित रहेका रेष्टुरेन्टहरु संचालन हुन दिने, नदिने सम्बन्धमा छलफल भइरहेको बखत समाचार संकलनका लागि पुगेका पत्रकार राइलाई प्रहरी असइ गुप्ताले अपमानित गरेका हुन् ।