Author Topic: Sex for business and Fun (Nepali)  (Read 44263 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15895
Re: Sex for business and Fun (Nepali)
« Reply #10 on: July 20, 2009, 01:28:16 PM »
काठमाडौं 'सेक्स टुरिज्म'को सेन्टर ?
Monday, 06.02.2008,

काठमाडौं । समाज जति खुला हुन्छ यससंगै विकृतिहरु पनि बढ्दै जाने गरेका छन् । अहिले राजधानी यौन व्यापारको उर्वर भूमि बन्दै गएको छ । राजधानीमा च्याउझैं उम्रिएका क्याबिन, डिस्को, डान्स लगायत शहरबाहिरका रिसोर्ट र कटेजहरु यौन व्यापारको सुरक्षित थलो बनेको छ । स्वदेशी मात्र होइन विदेशीहरु समेत काठमाडौंको यौन व्यवसायको गतिला ग्राहक बन्ने गरेका छन् । अप्रत्यक्ष रुपमा काठमाडौं 'सेक्स टुरिज्म'को आकर्ष थलो बन्नेक्रममा छ ।

समाजलाई अनुशासित, मर्यादित बनाउने जिम्मेवारी लिएकाहरु राजनीतिक रुपमा मात्र बढी केन्द्रित हुँदा समाज विकृत बन्दैगएको छ र राजधानीमा खुलेआम यौन व्यापार फस्टाइरहेको छ । त्यसो त विगतमा यौन व्यवसायमा संलग्नहरु अहिले आफ्नो पेशा बदल्ने अभियानमा पनि कम्मर कसेर लागेका छन् ।

अहिले विश्वमा 'सेक्स टुरिज्म' लोकप्रिय छ । विश्वका कतिपय मुलुकले यसैको माध्यमबाट मुलुकमा आर्थिक उन्नति गरेका छन् । नेपालमा पनि यसलाई प्राथमिकता दिनर्ुपर्छ भन्नेहरुको पनि अहिले कमी छैन । नेपालमा अहिलेसम्म यौन व्यवसायले कानुनी मान्यता नपाएका कारण यसले सामाजिक विकृति निम्त्याइरहेको छ । यति हुँदाहुँदै पनि लुकिछिपी र संगठिन रुपमा यौन व्यवसाय गर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । राजधानी नजानिंदो किसिमले 'सेक्स टुरिज्म'को आकर्ष थलो बन्न पुगेको छ ।

राजधानीमा कति महिला यौन व्यवसायमा संलग्न छन् भन्ने यकिन तथ्यांक नभए पनि प्रत्येक वर्षझण्डै दर्ुइ हजारका दरले वृद्धि भैरहेको छ । केही महिना अघि कम्युनिटी एक्सन नेपाल -सिएसी) नामक संस्थाले र्सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षात्र उपत्यकामा यौन व्यवसायमा संलग्न रहेका थप एक हजार ८०० यौनकर्मी महिलाको पहिचान भएको थियो । अहिले राजधानीमा यौनकर्मी महिलाहरुको संख्या कति छ भन्न सकिने अवस्था छैन । यो व्यवसायमा खुलेर र गोप्यरुमा संलग्न हुनेको संख्या कहालिलाग्दो छ ।

यौनकर्मी महिलाहरुको संख्या हरेक वर्षबढ्दै गएको छ । त्यसो त हातमुख जोर्नकै लागि यौन पेशा अंगाल्नेहरु मात्र होइन आफ्नो सोख पूरा गर्न पनि यो व्यवसायमा संलग्न हुनेहरु पनि प्रशस्तै छन् । बाहृय संस्कृतिको बढ्दो प्रभाव र विलाशी जीवन विताउने लालचले समेत यौन व्यवसायमा संलग्न हुनेहरु पनि प्रशस्तै छन् । निकै सम्भ्रान्त जस्ता देखिने यी यौनकर्मीहरु आफ्ना ग्राहक विदेशी र उच्चपदस्थहरु रहने गरेको बताउँछन् । यिनीहरु राजधानीका ठूला होटलहरुमा दलालमार्फ ग्राहकको सर्म्पर्कमा गर्दछन् ।

राजधानीको शहरी क्षेत्र बाहिर रिसोर्टका नाममा खुलेको स-साना छाप्रे होटेलहरुको मुल धन्दा नै यौन व्यापार गराउने हो । बालाजुमाथि नागार्जुन क्षेत्रमा रहेका अधिकांश रिसोर्टहरुको धन्दा यस्तै छ । हुन त यो इलाका समाज सुधार गर्ने अभियानमा लागेको भनिएको वाईसीएलको हेडक्वाटर रहेको क्षेत्रभित्र पर्छ तैपनि यस विषयमा कुनै अभियान चलेको छैन । नागार्जुनदेखि मुड्खुसम्मका प्रायः सवै रिसोर्टहरुको काम यही हो । उनीहरु युवतीको माग गर्नेलाई उपलब्ध गराउनेदेखि लिएर बाहिरबाट लिएर आएकालाई कोठा समेत उपलब्ध गराउने गर्दछन् । उनीहरुलाई न प्रहरीको डर छ, न त वाईसीएलकै । "सवैसंग व्यवहार मिलाएका छौं" एक रिसोर्ट संचालक यसै भन्छन् ।

नागार्जुन मात्र होइन ललितपुरको जंगली क्षेत्र र भक्तपुर पार गरेपछि सुरु हुने साँगाका छाप्राहरुको प्रयोजन पनि यस्तै कार्यमा हुने गरेको छ । यो व्यवसाय नेपालीमा मात्र सीमित नभएर विदेशी पर्यटकहरुसम्म पनि पुगेको छ । विशेष गरी भारतीय पर्यटकहरुमा नेपालको 'सेक्स टुरिज्म' आकर्षाको केन्द्र बन्दै गएको छ । यो व्यवशास राजधानीमा मात्र सीमित नरहेर पर्यटकहरुका आकर्ष गन्तव्यहरुमा विस्तारित हुने क्रममा छ ।

कति रहले कति वाध्यताले

विगतकालमा यौन व्यवसाय अँगाल्नेहरुमध्ये अधिकांश महिला पारिवारिक भेदभावको शिकार भएका, आर्थिक अवस्था अत्यन्त कमजोर रहेका हुने गर्दथे भने अहिले स्कूल-कलेजका युवतीहरु पनि संलग्न हुने गरेका छन् । आफूलाई सम्भ्रान्त र आधुनिक देखाउँनकै लागि अन्जानमै यस्तो दलदलमा फस्नेहरुको संख्या पनि ठूलै छ । नागार्जुनदेखि साँगाहुँदै नगरकोटसम्मका सडक किनारमा रहेका रिसोर्टहरुमा देखिने दृश्यले नै यसलाई पुष्टि गर्दछ । कलिलो उमेरमा आफ्नो असीमित चाहना पूरा गर्न यौन पेशामा लाग्नेेहरुले पनि राजधानीको यौन व्यापारलाई टेवा दिइरहेका छन् । अर्कोतिर कर्पोरेट हाउसहरुमा पनि आफ्नो 'क्यारियर', 'प्रतिष्ठा' अनि 'पावर'का लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने आधुनिक युवतीहरु पनि नजानिंदो किसिमले यौनकर्मी बन्न पुगेका छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15895
Re: Sex for business and Fun (Nepali)
« Reply #11 on: July 20, 2009, 01:30:15 PM »
यौनकर्मीहरुको-संस्था दर्ता
इटहरी -   (स्रोत रासस)
प्रकाशनको मिति २७ जुलाई २००८

व्यावसायिक तथा कानुनी आधारमा नै यौन व्यवसाय सञ्चालनको माग राख्दै सुनसरीका यौनकर्मी महिलाहरूले सहयोगी महिला समूह नामक संस्था दर्ता गराएका छन् ।
 उनीहरूले जिल्ला प्रशासन कार्यालय, सुनसरीमा सङ्घसंस्था दर्ता ऐनअन्तर्गत सो संस्थाको दर्ता गराएका हुन् ।

 पूर्वाञ्चलमा पहिलोपल्ट यौनकर्मी महिला समूह नामक संस्था दर्ता गराउने क्रममा प्रशासनले अनुमति नदिएपछि उनीहरूले संस्थाको नाम परिवर्तन गरी सहयोगी महिला समूह नामक संस्था दर्ताको अनुमति लिएका हुन् ।

  जिल्लाका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा यौन व्यवसाय गर्दै आएका महिला समूहले देविका धमलाको अध्यक्षतामा यौनकर्मी महिला समूह गठन गरी स्थानीय प्रशासनमा दर्ता गराएका हुन् ।

 यौन व्यवसायमा लागेका उनीहरूलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिनेलगायतका समस्याहरूको संस्थागत रूपमा प्रतिरोध गर्नका लागि सो संस्था दर्ता गराएको उनीहरूले दावी गरेका छन् ।

 अहिले सुनसरीमा यौन व्यवसायमा लागेका ७० भन्दा बढी यौनकर्मी महिलाहरू संस्थामा आबद्ध रहेको पनि अध्यक्ष देविकाले बताउनुभएको छ । गरिबी तथा पुरुषबाट अपहेलित भएर जीवन गुजाराका लागि यौन पेसामा लागेका महिलाहरूलाई एचआइभी/एड्सजस्ता विषयमा परामर्श दिने कार्यमा संस्थाले काम गर्ने बताइएको छ ।

 सुनसरी तथा मोरङ जिल्लाका औद्योगिक क्षेत्र तथा राजमार्ग आसपासमा रहेका होटल तथा रेस्टुरेन्टमा अरू धेरै यौनकर्मी महिलाहरू रहेको र उनीहरूलाई समेत समेट्ने संस्थाको उद्देश्य रहेको पनि जानकारी दिइएको छ ।

 यस पेसामा लागेका महिलाहरू कति छन् भन्नेबारे अहिले नै यकिन गर्न नसकिने भए पनि चाँडै नै संस्थाको सक्रियतामा ती सबैको तथ्याङ्क निकालिने तयारी भइरहेको पनि संस्थाले जनाएको छ ।

 यौनकर्मी महिलाहरूमा देखापरेका समस्याहरूका विषयमा खुलेर बहस चलाउने र महिलाहरूमाथि दुःख दिने पुरुष ग्राहकहरूलाई सुरक्षित यौन सम्पर्कका लागि उत्प्रेरित गर्नका लागि पनि संस्थाले उत्प्रेरकको भूमिका निर्वाह गर्ने अध्यक्ष धमलाले उल्लेख गर्नुभयो ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15895
Re: Sex for business and Fun (Nepali)
« Reply #12 on: July 20, 2009, 01:31:15 PM »
यौन व्यवसायमा लाग्छन किशोरीहरु दलाली गर्छन् किशोरहरु


शुकदेव चापागाईं

विदेशमा रेडलाइट एरिया हुनु ठूलो कुरा होईन तर नेपालमा रेडलाईट एरिया भने छैन । रेडलाईट एरिया नभए त के भयो ठमेल नै छ नेपालको रेडलाईट एरिया । हुन त ठमेललाई रेडलाईट एरिया घोषणा गरिएको छैन तर पनि रेडलाईट एरिया जस्तै भएको छ ठमेल । रेडलाइट एरिया भन्ने बित्तिकै त्यहाँ यौन व्यवसायको कुरा आउँछ । ठमेल यस्तो एरिया जहाँ दिउँसै यौनको बार्गेनिङ हुन्छ । ठमेलका केही ठाउँमा अहिलेपनि दिउँसै यौनको खुलेआम बार्गेनिङ हुने गरेको छ । हुन त गृहमन्त्री वामदेव गौतमले अपराध बढ्यो र यौनको विकृति भयो भन्दै रातमा चल्ने डान्स रेष्टुराँ डिस्को गजल पब र दोहोरी साँझ जस्ता रात्री व्यवसायलाई रातको ११ बजेपछि बन्द गराएका छन् । रातको ११ बजेपछि यस्ता रात्री व्यवसाय चल्न नदिएपनि अझै यौनको खुलेआम बिक्री हुने गरेको छ ठमेलमा । सेक्स मान्छेका लागि अपरिहार्य कुरा हो त्यसैले यौन कुण्ठा पालेर मान्छे बस्न सक्दैन । जब तीब्र यौनेच्छालाई दबाईन्छ तब उसका मनमा अनेक बिकृतिहरु जन्मन थाल्छ । त्यसैको परिणाम अहिले ठमेलमा दिउँसै खुलेआम यौन व्यवसाय हुन थालेको छ । डान्स रेष्टुराँमा काम गर्ने आशा नाम गरेकी एक जना किशोरीले भनिन् सरकारले रात्री व्यवसायीलाई लक्षित गरेर बन्द गराउने काम गरेको छ जसको कारणले कयौं युवतीहरु सडकमा सेक्सको बार्गेनिङ गरिरहेका हुन्छन् । प्रहरीले हामीमाथि जबर्जस्ती तुच्छ बोल्ने काम गरिरहेका हुन्छन् उनले भनिन् । प्रहरीहरुलाई माथिबाट आदेश आउँछ कि चाँडो डान्स रेष्टुराँहरु बन्द गर भनेर । तर उनीहरु बन्द गर्न आउने नाममा हामीमाथि नचाहिने कुरा बोलिरहन्छन् । कहिलेकाही त उनीहरु सेक्स गर्ने प्रस्ताव पनि राख्छन् हामीमाथि आशाले भनिन् । ठमेलमा रातको आठ बज्न नपाउँदै सडकमा युवायुवतीहरुको भीड लाग्न थाल्छ । ठमेलको रातसँग धेरै जना परिचित छन् । ठमेलको रात्री जीवनको बारेमा अझ धेरै जान्न मन लाग्दा म एकदिन ठमेल पुगें । त्यो दिन सडकमा युवायुवती र अधवैशेहरु डुलिरहेका देखिन्थे । ठमेलस्थित संचयकोष भवन अगाडि एउटा भीड मैले अनि म लागें त्यतैतिर । यौन व्यवसायको बारेमा कसलाई सोध्ने भनेर एकछिन त अलमल्ल परें । तर सोच्न धेरै समय नै थिएन । सडक छेऊमा उभिरहें एकछिन् त्यत्तिकैमा ड्राइभरले सोधिहाले दाई केटी चाहिएको हो मैले सोधंे कस्ता युवतीहरु छन् उनले सम्पूर्ण जानकारी दिए । जानकारी पाएपछि म अघि बढे । अघिमात्र के अगाडि बढेको थिए केटीहरुको एक झुण्ड देखियो । मैले सोचे उनीहरु ग्राहकको प्रतिक्षामै होलान् भनेर । अन्दाजी १८ देखि ३० बर्ष सम्मका युवतीहरु यसो प्रहरीको आँखा छल्दै घुम्दै थिए । उनीहरु अश्लिल शब्द प्रयोग गर्दै आपसमा जिस्किरहेका थिए । ग्राहकसंग पैसाको मोलमलाई पनि चल्दै थियो । कर्मचारी संचयकोष अगाडि नै एकजना किशोर भेटिए । २० बर्ष झै देखिने एकजना किशोर ग्राहकको खोजीमा रहेछन् । गेष्ट हाउसमा एक जना केटा लगिदिएबापत उनले केही रुपैंया कमिशन पाउँदा रहेछन् । उनले एकजना ग्राहकलाई सिल्क रोड गेष्ट हाउसमा लगिदिए । जहां खुल्लेआम यौनव्यापार चल्नॆ गर्दोरहेछ । गेष्ट हाउसमा छिर्नासाथ एउटा कोठा भित्र उनलाई लगियो । कोठाभित्र केही केटीहरु रहेको थाहा भयो । त्यहाँ वरिपरीका केही व्यक्तिलाई सोध्दा थाहा भयो की यहाँ पहिलेदेखि नै यौन व्यवसाय चल्ने गरेको रहेछ । गेष्टहाउसमा काम गर्ने ती युवक अरु ग्राहकको प्रतिक्षामा तल बसिरहेका थिए । केही व्यक्ति सँग बार्गेनिङ गर्दै थिए उनीहरु । ती युवकको काम गेष्ट हाउसमा ग्राहकलाई पुर्याईदिने र केटी रोज्न लगाउने रहेछ । गेष्ट हाउसमा बसेबापत एक जना किशोरीको एक घण्टाको एक हजारको हाराहारीमा अनि रातभरको ३ देखि ५ हजार सम्म दिनुपर्ने रहेछ । यतिमात्र होईन ठमेलको बीयर बार नजिकैको गेष्ट हाउसमा पनि यौन व्यवसाय हुने गरेको थाहा पाएँ । त्यो गेष्ट हाउसमा गएपछि कसैले थाहा नपाउने व्यवस्था गरिदिने गर्ने गरेको केही व्यक्तिहरुबाट थाहा हुन आयो । त्यहाँपनि भर्खरै १८ वर्ष लागेका देखि २५ वर्षसम्मका केटीहरु पाईने गर्दो रहेछ । ठमेलमा यस्ता कयौं गेष्टहाउसहरु छन् जहाँ खुलेआम यौनव्यवसाय चल्ने गर्दछ । सरकारले रात्री व्यवसायलाई मात्र लक्षित गरेर रातको ११ बजेपछि बन्द गर्न कडा कदम चालेपनि ११ बजे अगाडि नै यौनका खुलेआम गतिविध चल्ने गर्दछ । राजधानीको केन्द्रविन्दुमा रहेको एउटा व्यस्त बजार मानिने ठमेलमा यस्ता गतिविधिहरु बढ्दै छन् । गृहमन्त्री बामदेव गौतम सरकारमा सहभागी भएदेखि नै राजधानीमा भएका विकृतिका विरुद्ध कुर्लदै आउनुभएको छ । ठमेलमा विभिन्न विकृति विसंगति हुन्छन भन्ने गृहमन्त्रीको ठहर छ । यसैले सरकारमा सहभागी भएदेखि नै गृहमन्त्री गौतमको निगरानीमा छ ठमेल । तर ठमेलमा अवैध धन्दा रोकिएका छैनन । बरु संस्थागत हुंदै गएका छन । सांझको धिपधिपे बत्तीसंगै अहिले पनि खुल्लेआम अबैध धन्दा सुरु हुन थाल्छ ठमेलमा । गेष्ट हाउसमा काम गर्ने शर्मिला नाम गरेकी एक किशोरीले ठमेलका गेष्ट हाउस र डान्स रेष्टुराँमा काम गर्दै आएका आधा जसो त क्याम्पसमा अध्ययनरत केटीहरु हुने गरेको बताएकी छिन् । उनका अनुसार क्याम्पसमा अध्ययन गर्ने धेरै केटीहरुले आर्थिक अवस्थाका कारण यौन व्यापार गरिरहेका छन् । उनले भनिन कतिपय त श्रीमान छाडेर आएका महिलाहरु छन् । भारतका कोठीमा बेच्न लगिएका तर बाटोबाटै फर्काइएका युवतीसमेत ठमेलमा यौन व्यापार गरिरहेका छन । ती मध्ये अधिकांश १६ देखि ३० बर्षसम्मका छन । एउटै गेष्ट हाउसमा १५ जनासम्म युवती हुन्छन् । यो पेशामा संलग्न महिलाहरुका अनुसार राति ८ बजेबाट यो धन्दा सुरु हुन्छ र जुन राति २ बजेसम्म चल्छ । गेष्ट हाउस अनुसार यौन व्यवसायको दररेट पनि फरक फरक छ । कुनै पेशाबाट खान नपुगेपछि बाध्य भएर यौन व्यवसाय गर्नुपरेको किशोरीहरुको भनाई छ । उनीहरुको सरकारसँग माग छ की सरकारले खान पुग्ने रोजगारी दिनुपर्यो । गेष्ट हाउस डान्स रेष्टुराँ डिस्को पब गजल दोहोरीमा काम गर्ने महिलाहरुले राति अबेरसम्म काम गर्न नपाईएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरुको भनाई छ रातको समयमा काम गर्दा बढि आम्दानी हुन्छ । उनीहरुले सरकारले आफूहरुमाथि अन्याय गरेको गुनासो व्यक्त गरेका छन् । पछिल्लो समय सरकारको यो निर्णयका कारण डान्स रेष्टुराँमा काम गर्ने केटीहरु दुबई कतार जस्ता खाँडी मुलुक जाने क्रम बढ्न थालेको रेष्टुराँ व्यवसायीहरुको भनाई छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15895
Re: Sex for business and Fun (Nepali)
« Reply #13 on: July 20, 2009, 01:32:35 PM »
यौनकोठी, ग्राहक र मिडिया


निर्मला शर्मा >>

महाराजगञ्जमा सञ्चालित एउटा यौनकोठी बाट गएको महिना पक्राउ परेका सभासद् कृष्ण यादव सोही दिन प्रहरी हिरासतबाट छुटे । कोठीकी सञ्चालक सुनिता खड्का र यौन-व्यवसायमा संलग्न युवतीहरूलाई २२ दिन थुनेर छाडियो ।

राजधानीका कतिपय सञ्चारमाध्यमले झ्ण्डै एक साता यो घटनाको समाचार दिइरहे । तर समान अपराधमा कसैलाई ऐन कसैलाई चैन भएको यस किसिमको विभेदकारी विषय उठाउन न कुनै सञ्चारमाध्यम सशक्त देखिए, न कुनै अधिकारकर्मी वा कानूनविद्ले नै मुख खोले ।

वास्तविकता स्पष्ट छ, नयाँ संविधानका विषयमा सुझाव लिन घरदैलो जाने तयारीमा रहेका सभासद् यौनकोठीमा भेटिए । प्रचलित कानून अनुसार यो दण्डनीय अपराध हो । मानव बेचबिखन तथा 'सारपसार नियन्त्रण ऐन २०६४ ले यौन-व्यवसायी महिलाबाट यौनसेवा खरिद गर्नुलाई वेश्यागमन भनेको छ । ऐनको दफा १५ (घ) मा यस्तो काम गर्नेलाई एक महिनादेखि तीन महिनासम्म कैद र रु.२ हजारदेखि रु.५ हजारसम्म जरिवाना हुने उल्लेख छ ।

कानूनतः प्रहरीले यौनकोठी सञ्चालक र सभासद् यादव दुवैलाई रिहा गर्न मिल्दैनथ्यो । प्रहरीले अपराधीलाई सभासद् भन्ने थाहा नपाएर पक्रिएको भन्नु आत्मसमर्पण मात्रै थिएन, राजनीतिक आडमा कानूनी राज्यको उपहास समेत थियो । यस घटनाले पुरुषप्रधान राजनीति र राज्यसंयन्त्रले अपराधीलाई समाजमा पुनःस्थापना मात्र गराएन, नयाँ संविधानका लागि सुझ्ाव लिन जनतामाझ् जाने बाटो समेत खोलिदियो । बिचल्ली तिनको भयो, जसले सभासद् यादव लगायतलाई यौनसेवा दिएर अपराध गरे । ग्राहक पक्राउ नै नपर्ने अथवा परिहाले पनि तत्कालै छुट्ने अनि बिक्रेता महिलाले २२ दिन प्रहरी हिरासतमा बस्नुपर्ने यो कस्तो न्याय हो ?

यस प्रकरणमा कारबाहीको कागजी कारण पनि अनौठा छन् । युवतीहरू समातिए सभासद् यादवसहितका ग्राहकलाई यौनसेवा दिएको भनेर । तर भनियो, यौनअखडा चलाएको भन्ने छरछिमेकीको सुराकीको आधारमा ठालूहरू जाने गरेको थाहा पाएर छापा मारिएको । सेवा लिन जाने ठालू को हुन्, खोजी भएन । पक्राउ परेका महिलामाथि गुण्डागर्दी नियन्त्रण गर्न प्रयोग गरिने सार्वजनिक अपराधको अभियोग लगाइयो ।

आरोप आफैँमा अस्वाभाविक थियो । किनभने नेपालको कानूनअनुसार कुनै महिला आफैँ यो व्यवसायमा लागेको अवस्थामा उसको कामलाई अपराध मान्न मिल्दैन । कानूनले यौनकोठी खोल्नु र यौन-व्यवसायी महिलाको सेवा पाउनुलाई मात्रै अपराध मानेको छ । कानून बमोजिम अपराध नभएपछि कारबाही हुने प्रश्नै उठ्दैन । फेरि प्रहरीले उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका क्रममा हिरासतमा राखिएको जवाफ दियो । बन्द कोठाभित्रका कामबाट कसरी सार्वजनिक अपराध भयो कतैबाट पनि प्रश्न उठाइएन ।

यौन-व्यवसाय गर्न पाउने कि नपाउने ? यो कुनै व्यवसाय हो वा होइन ? महिलाले आफ्नो अङ्गको अधिकतम उपयोग गर्न पाउनुपर्छ मात्र भनियो भने त्यसबाट उत्पन्न हुने सामाजिक असरतिर ध्यान दिने कि नदिने ? यस्ता विषयमा पर्याप्त बहस हुनुपर्दछ । नेपालको कानूनमा स्पष्ट छ, यसलाई उद्योग बनाउन पाइन्न, ग्राहकका रूपमा जान पाइन्न तर विवशताका कारण महिलाहरू यस पेशामा लागेका छन् भने उनीहरूलाई हतोत्साहित पनि गर्नुहुन्न ।

कानूनले यसो भने पनि ज्यादती भयो महिलामाथि नै । सभासद्सँग कुरा गर्न र उनका तस्बिर लिन कञ्जुस्याइँ गर्र्ने सञ्चारकर्मीहरू युवतीका अनुहार कैद गर्न तँछाडमछाड गरिरहेका देखिए । यसो गर्नु कानूनको सरासर उल्लङ्घन थियो । ऐनमा यसो गर्नेलाई रु.२५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । तर पनि मिडियामा महिलाका अनुहार देखाइयो, कसैले उजुरी गरेन । उजुरी नगरेपछि कारबाही हुने अवस्था पनि रहेन ।

घटनाको अर्को पाटो पनि छ । यौन-व्यवसायी महिलाका भनाइमा राजधानीका सबैजसो यौनकोठीबारे प्रहरी बेखबर छैन । जब लेनदेन मिल्दैन अनि छापा मार्न प्रहरीले अग्रसरता देखाउँछ । उपत्यकाका जिम्मेवार प्रहरी अधिकृतहरूले पनि यसरी समस्या समाधान हुन नसक्ने बताए । तर यसबाट महिलाहरू झ्नै पीडित हुने कुराप्रति उनीहरू बिल्कुलै गम्भीर देखिएनन् । यसले समस्याको जटिलता झ्ल्काउँछ ।

कोठी सञ्चालक सुनिता खड्का र अरू यौन-व्यवसायी महिला धरौटीमा रिहा भए । तर नसुल्झ्िएको पाटो के हो भने राजनीतिक शक्तिको आडमा अहिले पनि प्रहरी प्रशासनको दुरुपयोग हदैसम्म भएको छ । यौन-व्यवसायीका सेवाग्राही स-सम्मान रिहा हुने अनि सेवा दिने महिला तीनसातासम्म थुनिनुपर्ने त्यो पनि सार्वजनिक सुरक्षा कानून उल्लङ्घन गरेको भनेर ! यो भन्दा बिडम्बना अरू के हुनसक्छ ?


http://mirrornepal.com/news.php/2009/04/01/73.html

S1nner

  • 50x
  • ****
  • Posts: 287
Re: Sex for business and Fun (Nepali)
« Reply #14 on: July 20, 2009, 03:51:20 PM »
nice article bro.. tara yo kina chhada section ma

khatee

  • 50x
  • ****
  • Posts: 178
Re: Sex for business and Fun (Nepali)
« Reply #15 on: July 20, 2009, 04:05:33 PM »
very nice this should not be in chhada section make it reach to every one sure for social awareness.

Limpman

  • 50x
  • ****
  • Posts: 169
  • Use your Android device to scan.
    • My P web
Re: Sex for business and Fun (Nepali)
« Reply #16 on: July 20, 2009, 08:02:47 PM »
के यौन कर्मी बाध्यता ले हुनु समाज को लागी कलंक हो ?
के उनी हरु को समाझ माँ बाच्ने अधिकार छैन ?
यौन ब्यबसाय लाई कानूनी मान्यता दिएर ब्यबस्थित गर्नु राम्रो हो की हैन ?
Please Mod....Can you add this question's pool on top.......
and guys please add your comments......
"LiMpMan"

Red Devil

  • 50x
  • ****
  • Posts: 329
  • ManUtd-The-Red-devil
Re: Australia and Nepali Girls
« Reply #17 on: July 21, 2009, 03:42:14 AM »
khoi k khoi k
ManUtd-The-Red-devil

queenbee

  • 50x
  • ****
  • Posts: 575
Re: Sex for business and Fun (Nepali)
« Reply #18 on: July 21, 2009, 09:47:25 AM »
sadly women sell their body mostly for money.
the fact is you cannot eliminate prostitution, you will find it in every nook and corner of the world
even the most developed countries have prostitution problem, many girls are trafficked for this
all those in nepal who are advocates for or against prostitution do not know the reality of it.
you have to accept prostitution as a necessary evil in a society
the only thing is it should not be forced or blatant

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15895
Re: Sex for business and Fun (Nepali)
« Reply #19 on: July 21, 2009, 10:14:08 AM »
sadly women sell their body mostly for money.
the fact is you cannot eliminate prostitution, you will find it in every nook and corner of the world
even the most developed countries have prostitution problem, many girls are trafficked for this
all those in nepal who are advocates for or against prostitution do not know the reality of it.
you have to accept prostitution as a necessary evil in a society
the only thing is it should not be forced or blatant


I do agree.
It should also be considered as a business... a single ownership business. ... That is, no pimps and escort business.

Individual should be given the freedom of whatever they want as long as nobody is hurt.
Two people can indulge in a relationship either for money or for fun - it's their choice.

There is dark side of every aspect of life. People will learn to cope with it in the long run.
Making it illegal has created more problem... In Nepal prostitutes can't complain - if they do they will be jailed instead... so they are being abused.