Author Topic: Sex for business and Fun (Nepali)  (Read 44004 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #20 on: July 21, 2009, 10:18:04 AM »
के यौन कर्मी बाध्यता ले हुनु समाज को लागी कलंक हो ?
के उनी हरु को समाझ माँ बाच्ने अधिकार छैन ?
यौन ब्यबसाय लाई कानूनी मान्यता दिएर ब्यबस्थित गर्नु राम्रो हो की हैन ?
Please Mod....Can you add this question's pool on top.......
and guys please add your comments......

Great idea Limpman bro (+1 for you) and Thanks Kurakani for moving the thread...

के यौन कर्मी बाध्यता ले हुनु समाज को लागी कलंक हो ?  -- The society is to be blamed. the society has created that situation. The people in the society use prostitute in night and speak against them in the day.
के उनी हरु को समाझ माँ बाच्ने अधिकार छैन ? - Yes and should live with dignity.
यौन ब्यबसाय लाई कानूनी मान्यता दिएर ब्यबस्थित गर्नु राम्रो हो की हैन ? - Just don't make it illegal... Rest leave it to the individual.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #21 on: July 21, 2009, 10:19:43 AM »
nice article bro.. tara yo kina chhada section ma
very nice this should not be in chhada section make it reach to every one sure for social awareness.

Thanks guys

Kurakani bro has taken care of that

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #22 on: July 21, 2009, 10:23:44 AM »
sadly women sell their body mostly for money.


In a different thought.......
Girls prefer wealthy guy to get married.

I think marriage is legal form of prostitution.
Does anybody agree?

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #23 on: July 21, 2009, 10:48:40 AM »
NEPAL: 5,000 women and girls are trafficked to India yearly. After India with 100,000 women, Hong Kong is the second biggest market. Brokers especially in rural areas and even family members sell girls; husbands sometimes sell their wives to brothels. According to the book Rape for Profit, about 50,000 Nepali women and girls have been trafficked to India. Every year about 10,000 Nepali girls, mostly between the ages of 9 and 16 are sold to brothels in Indian cities. According to international social agencies, this flow of Nepali girls into Indian brothels is probably the busiest slave traffic of its kind anywhere in the world. Some experts believe that more than 200,000 Nepali girls are involved in the Indian sex trade.

(Proceedings of the fact-finding meeting and the National Workshop on Trafficking in Women and Children, May 23-25, 1997, Dhaka, Bangladesh, edited by professor Ishrat Shamim Farah Kabir.)


Problem of sex and trafficking is rampant in the countries where the society is more conservative in terms of sexuality - http://www.catw-ap.org/programs/research-documentation-publications/facts-and-statistics/

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Sex for business and Fun (Nepali)
« Reply #24 on: July 23, 2009, 02:50:14 AM »
Nice post ...

Food for thought!

Limpman

  • 50x
  • ****
  • Posts: 169
  • Use your Android device to scan.
    • My P web
Re: Sex for business and Fun (Nepali)
« Reply #25 on: July 23, 2009, 09:09:19 PM »
Thanks mod for editing my post.....hope you guys give your opinion here.......
"LiMpMan"

kalam

  • 10X
  • ***
  • Posts: 15
Re: Sex for business and Fun (Nepali)
« Reply #26 on: August 08, 2009, 11:15:47 PM »
once these things start they never end. it is better for all involved to try to manage this not as an underground business but actually more openly for hte benefit for the workers and customers as well.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Sex for business and Fun (Nepali)
« Reply #27 on: September 13, 2009, 03:42:14 AM »
खासामा बेचिंदै नेपाली बैंस 



प्रेम बानियाँ, खासा (चीन)- नेपालमा जस्तो यहाँ पुलिस/आर्मीले दुःख दिदैनन्। आउँछन् हामीसँग बस्छन्, रमाइलो गर्छन्, पैसा तिर्छन् र फर्किन्छन्।

'यो त सूर्य चुरोट, मलाई खुब मन पर्छ।'

बन्द कोठाको मधुर तर रंगिन उज्यालोमा उपरखुट्टी लाएर उनले चुरोट सल्काइन्।

स्थानीय समय अनुसार रातको १२ वजेको छ। हाम्रो घडीमा त्यस्तै १० वजेका वेला एक अर्को प्याला भरिन् ल्हासा नामको बियरले।

'म पहिला काठमाडौंको रेष्टुरेण्टमा काम गर्थे, तर त्यहाँ रातभरि काम गर्न पनि नपाइने। कता-कताबाट यता आइयो। यो जिन्दगीको भरै नहुने के दाइ।'

जिन्दगीसँग नभेटिएको उनको भर यतिवेला चिनको खासास्थित न्यू नेपाली रेष्टुरेण्ट एण्ड बारमा छ। एउटा सिंगै घरमा उनी सहित अरु १० जना नेपाली युवती बैंसको ब्यापार गरिरहेका छन्।

हामीभन्दा दायाँतर्फको कोठाबाट आवाज आयो- 'नयन! तिमी यता आऊ।'
उनी जुरुक्क उठेर त्यसतर्फ लागिन् र केहीबेर हराइन् हामीबाट।

त्यसपछि सुन्दर अनुहार लिएर आइपुगिन् अन्जू। उमेर त्यस्तै १५/१६ भन्दा बढी छैन होला। 'अँह, म त रक्सी चुरोट केही पनि पिउँदिन। सानै छु नि त!' उनी बोल्दै गर्दा अर्की छिरिन्- प्रेरणा।

'बिस्तारै सिकिहाल्छे नि दाइ, भर्खर एक महिना त भो यो आकी'- तिनले भनिन्। प्रेरणाले बियर खोलिन्, सबै प्याला भरिन् र भनिन्- 'दाइ चियर्स!'

नेपालीमा ग्याम्बे भने झै एकै पटकमा पूरै प्याला रित्तो पारेर प्रेरणा बोलिन्- 'यो त खासा हो नि दाई, देश अनुसारको भेष त गर्नै पर्छ। बरु, सिग्रेट सल्काउनु न म त झ्याप भइसकें।'
खासाको त्यो मध्यरात। झन्डै १० जना अटाउने हाम्रो कोठामा क्रमशः फरक-फरक नेपाली अनुहार फरक-फरक ब्यवहारका साथ आउने-जाने गरिरहे।

यहाँ के के पाइन्छ बैनी?

'जे पनि पाइन्छ नि दाइ, काँ यो नेपालजस्तो हो र?

एक हजार रुपियाँदेखि रुप र बैस हेरेर १० हजारसम्मको रातबारे सांकेतिक जानकारी दिइन् उनले। 'चाइनिज केटीहरू त अझ सस्तोमा पाइन्छन् भाउ बिगारेकै तिनेरले' भन्दै गर्दा सैनिक पोशाकमा चिनिया दुई युवा आए। हामी सशंकित भयौं।

'डराउनु पर्दैन दाइ, उहाँहरू पनि तपाईंहरू जस्तै ग्राहक हो। मैले भने नि यो नेपाल होइन', स्वेच्छाले हामीलाइ सम्झाइन्। ती चिनिया सैनिक रहेछन्, केहीबेर नेपाली युवतीसँग बिताउन आएका। त्यतिबेला स्थानीय समय अनुसार रातको दुई बजिसकेको हुनुपर्छ।
झण्डै एक घण्टा पछि सेनाका दुई जवान बन्द कोठाबाट थकित सिपाही भएर निस्किएको देखियो।

'केही हुदैन दाइ यस्तै हो, बरु क्यामेरा लुकाउनु होला, उनीहरुले देखे भने फुटाल्न सक्छन्। फोटो खिच्न चाहिं चाइनामा गारो छ, स्वेच्छाको सुझाब अनुसार हामीले क्यामेरा लुकायौं।
केहीबेर हराएर आएकी नयनले भनिन्- 'दाइ नेपालमा जस्तो यहाँ पुलिस/आर्मीले दुःख दिदैनन् नि, ऊ यसरी आउँछन् हामीसँग बस्छन्, रमाइलो गर्छन्, पैसा तिर्छन् र फर्किन्छन्।'
काठमाडौं घर भएकी नयन त्यो बारको पुरानो स्टाफ रहिछन्। उनलाई धेरै जानकारी रहेछ खासाबारे। र, त्यहाँ नेपालका उच्च पदस्थ पनि धाउँदा रहेछन्। तर, अराजक हुन्छन् रे तिनीहरू यस मामिलामा। भनिन् -'चाइनिज ग्राहक त धेरै सोझा हुन्छन्। नेपाली जस्ता उत्ताउला हुदैनन्। भाषा बुझ्न गारो र मात्रै नत्र मजाका।'

करिव दुई किलोमिटर क्षेत्रफलमा फैलिएको खासा बजारमा यो एउटा प्रतिनिधि बार रहेछ। बुझ्दै जाँदा नेपाली काम गर्ने बारको संख्या आधा दर्जन जति रहेछ र खासामा रहेर विभिन्न काम गर्ने करिव ५ सय नेपाली अनि अरु चिनिया ग्राहकका मनोरञ्जनका माध्यम रहेछन् उनीहरू।

नेपालमा गृहमन्त्री रहँदाताका वामदेव गौतमले रात्रीकालिन व्यावसायमा कडा नियम लगाएको परिणाम रात्री व्यावसायमा अभ्यस्त भइसकेकाहरू काठमान्डूमा राति ११ वजेउता काम गर्न नपाउने भएपछि खासातिर हान्निएका रहेछन्। उनीहरु त्यस्तो नियमलाइ बिरोध गर्दै थिए खासामा पनि।

'दाइ यहाँ त चौविसै घण्टा खुल्ला हुन्छ नि। पेशा गरेर पनि खान नपाइने काठमाडौं जस्तो होइन।' नयनले भनिन्-'उसले चिन्ला कि, काकाको छोरा आउला कि, साथी पो आउली कि भन्ने चिन्ता पनि छैन।'

उनीहरूको दैनिक तलब कम्तीमा तीन सय रुपैयाँ हुँदो रहेछ। काठमाडौका रेष्टुरेण्ट, क्याविन र बारहरुबाट खासासम्मको दूरी पूरा गर्नुलाइ उनीहरु 'बेस्ट प्रमोशन' मान्दा रहेछन्। खासाका बार र ५ वटा डिस्कोथेकमा गरी डेढ सय जति नेपाली युवती कार्यरत छन्।

खासा रोडको त्यो मध्ये सडकमा अरु धेरै चिनिया बार र रेष्टुरेण्ट पनि छन्। जहाँ खल्तीमा पैसा हुनेका लागि आइटम-आइटमका मदिरा, रेष्टुरेण्ट, बार, डिस्को र युवती तयार छन्। दिनभर व्यापार व्यावसायमा व्यस्त त्यही सहर रात परेपछि 'रेडलाइट एरिया' बन्छ।

सहरको मध्ये चोकमा एउटा डिस्कोबाट गीतको आवाज बाहिरिरहेको थियो- चिया बारीमा..हो......चिया बारीमा...। प्रवेश शुल्क नलाग्ने डिस्कोमा छिरेर एउटा ल्हासा वियर पिउँदा सय रुपियाँ तिरे पुग्छ। बाँकी ग्राहक के चाहन्छ र ऊसँग कति पैसा छ त्यसमा भर पर्छ।

सवैजसो चिनिया अक्षरमा लेखिएका साइनबोर्ड अनुसार नेपालीलाई रेष्टुरेण्टहरुको नाम आउँदैन। यस्तै मध्येको एकमा हामी पुग्दा-युवती पुरुषसँग आलिंगनमा व्यस्त थिए। अनाम चिनिया युवती आएर हामीलाई पनि त्यसै गर्न थाले। पछि थाहा भयोे-नेपाली युवा चिनिया युवतीसँग र चिनिया युवा नेपाली युवतीसँग बढी रमाउँदा रहेछन्। अचेल त्यहाँ नेपाली युवतीको माग निकै बढेको रहेछ।

(nagariknews)

xsajha

  • 50x
  • ****
  • Posts: 1493
Re: Sex for business and Fun (Nepali)
« Reply #28 on: September 16, 2009, 11:36:22 PM »
नेपालमा ३० हजार महिला यौनकर्मी, ६ लाख ग्राहक, अधिकांश उपत्यकामै

२९-भदौ-२०६६,सोमवार


देहव्यापार कानुनीरुपमा अवैध भएपनि मुलुकमा यसको सङख्या करिब तीस हजार रहेको छ। यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुका अनुसार ती यौनकर्मी महिलाहरूका ग्राहक छ लाख रहेको छ।   यस्तो सङ्ख्यामा रहेका यौनकर्मी महिला र उनका ग्राहकहरूमध्ये धेरैलाई यौन रोग लागेको हुनसक्ने अनुमान छ।   
'काठमाडौँ उपत्यकामा मात्रै धेरै महिला तथा उनका ग्राहकहरूलाई यौन रोग लागेको  पाइएको छ, उनीहरूलाई आवश्यक परामर्श पनि अधिकारकर्मीहरुले  दिइरहेका छन् ।
देह व्यापारलाई जीवनयापनको माध्यम बनाएका यौनकर्मी महिलाहरूलाई धेरैजसो प्रहरी, आर्मी र योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) ले शोषण गर्ने गरेको स्वंम यौनकर्मीहरु बताउँछन् । 
घरमा हुने घरेलु हिंसा सहन नसकेर, घरपरिवारमा अपहेलना परेर, रोजगारी नपाएर, बेचिएर तथा लहलहैमा लागेरसमेत यो पेशामा लाग्ने गरेकोसमेत  उनीहरुको भनाइ छ। 
विशेषगरी काठमाडौँ उपत्यका काठमाडौँ, भक्तपुर र ललितपुरका यौनकर्मी महिलाहरूका लागि अधिकारकर्मीहरुले चेतनामूलक कार्यक्रम गर्ने गरे पनि उपत्यका बाहिर भने यस्ता कार्यक्रम हुने गरेका छैनन। यौनकर्मी महिलासँग प्रतिव्यक्ति २० जनासम्म ग्राहक हुने गरेको र धेरै जनासँग विश्वासको भरमा असुरक्षित सम्पर्क हुने गरेको उनीहरु बताउँछन् ।
यस्तो व्यवसायले एकातिर विकृति पनि ल्याएको बताइएको छ भने अर्कातिर यस्तो पेशामा आवद्धहुनेहरूलाई कानुनी मान्यता दिनुपर्ने आवाज पनि उठिरहेको छ।

weeklynepal.com/index.php?option=com_content&task=view&id=28902

xsajha

  • 50x
  • ****
  • Posts: 1493
Re: Sex for business and Fun (Nepali)
« Reply #29 on: October 16, 2009, 03:38:58 AM »
  होटलमा बसेका जोडीलाई दु:ख नदिन आग्रह
बिहिवार, 15 अक्टोबर 2009 09:16 नागरिक

मनोज अधिकारी, पोखरा असोज २९ - पर्यटकीय केन्द्र लेकसाइडका व्यवसायीले होटलहरुमा प्रहरीले मध्यरातमा छापा मारी आन्तरिक पर्यटकलाई अनावश्यक दुःख दिएको गुनासो गरेका छन्। पश्चिमाञ्चल होटल संघका पदाधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय पुगेर विभिन्न होटलमा छापा मार्दा नेपाली पर्यटकले दुःख पाएको गुनासो गरेका हुन्।

होटलमा बसेका जोडीहरु अनैतिक काममा लाग्ने गरेको भन्ने शंकाका आधारमा प्रहरीले निगरानी बढाउँदै केही व्यवसायीलाई समेत नियन्त्रणमा लिएपछि व्यवसायीहरु प्रहरी कहाँ पुगेका हुन्।

'सबैसँग म्यारिज सर्टिफिकेट (बिबाह प्रमाणपत्र) हुँदैन' संघका अध्यक्ष गोविन्दराज पहारीले भने- 'पोखरा घुम्न आएका दम्पतीमाथि प्रशासनले अनावश्यक शंका गर्दा नराम्रो सन्देश जान्छ।'

उनले प्रहरी प्रशासनबाट आन्तरिक पर्यटनलाई हतोत्साही बनाउने काम हुन नदिन जिल्ला प्रहरी प्रमुख एसपी रमेश खरेललाई अनुरोध गरेको बताए। मध्यरातमा होहल्ला गर्दा छापा मार्दा विदेशी पर्यटकमा समेत त्रासको वातावरण फैलनतर्फ आफुहरुले सचेत गराएको पहारीले बताए।

प्रहरीले १२ दिनअघि होटल तिव्बत होममा छापा मारी दुई जोडी आन्तरिक पर्यटक र होटल प्रबन्धक दिनेश ढकाललाई पक्राउ गरेको थियो। उनीहरुलाई भोलिपल्ट भेट्न गएका होटल संचालक उद्धब चालिसेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। अनुचित कार्य गरेको र त्यसमा सघाएको भन्ने आरोपमा पक्राउ परेका उनीहरुलाई अझै नछाडिएको होटल संघका अध्यक्ष पहारीले बताए।

होटल न्यू फेमेलीका संचालक रवि ज्यावारचनलाई पनि गलत क्रियाकलाप गर्ने नेपाली जोडीलाई बास दिएको भन्दै प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको संघले जनाएको छ। ज्वारचनको गोडा भाँचिएकाले उनलाई बढी दुःख नदिन संघले अपिल गरेको छ।

व्यवसायीहरुले ओलाला रेष्टुरेण्ट र होटल ट्राभल इनमा समेत प्रहरीले छापा मारेर अनाबश्यक दुःख दिएको गुनासो गरेका छन्।
व्यवसायीसँगको भेटमा कास्कीका प्रहरी प्रमुख रमेश खरेलले यौनधन्दा जहाँसुकै भए पनि आफूले नछाड्ने बताए। उनले यस्ता गलत क्रियाकलाप गर्ने स्थलका रुपमा होटललाई प्रयोग नगर्न समेत व्यवसायीलाई आग्रह गरेका छन्। ...यौन धन्दा जहाँसुकै भए पनि छाडि्दन' चेतावनीपूर्ण शैलीमा व्यवसायीलाई सम्झाउँदै खरेलले भने-...थाह पाए १५ वर्ष जेल हाल्छु।'

आगामी दिनमा होटलहरुमा अनैतिक क्रियाकलाप हुन नदिने र पर्यटकलाई पनि दुःख नहुने गरी काम गर्न व्यवसायी र प्रहरीबीच साझा आचारसंहिता बनाएर अघि बढ्ने सहमति भएको अध्यक्ष पहारीले जानकारी दिए।

'यसबारे तिहारपछि विस्तृतरुपमा छलफल गरी आचारसंहिता बनाउने सहमति भएको छ' उनले नागरिकसँग भने।