Author Topic: Sex for business and Fun (Nepali)  (Read 45710 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #40 on: January 07, 2010, 08:41:48 PM »
देह व्यापारका १६ आरोपी धरौटीमा छुटे


भक्तपुर, २०६६ पुस २३ -
 देह व्यापारमा संलग्न रहेको आरोपमा विभिन्न रेष्टुरेन्टबाट एक साताअघि पक्राउ परेका १६ जना महिला तथा पुरुष बिहीबार धरौटीमा रिहा भएका छन् ।

    अरनिको राजमार्गखण्डमा सञ्चालित विभिन्न रेष्टुरेन्टमा महानगरीय प्रहरी वृत्त, थिमीले छापामारी चार पुरुष र १२ महिलालाई पक्राउ गरेको थियो ।

    एक सातापछि आज जिल्ला प्रशासन कार्यालय, भक्तपुरले जनही रु.सातहजार धरौटी लिएर पुनः देह व्यापारमा नलाग्ने सर्तमा सामान्य तारिखमा रिहा गरेको प्रहरी नायव उपरीक्षक विपीन कर्माचार्यले बताए ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #41 on: January 24, 2010, 07:55:08 AM »
२८ हजार तिर्न नसक्दा यौनकर्मी जेलमा
23/01/2010 16:08:00 रामकृष्ण बोहरा/नयाँ पत्रिका


बाग्लुङ, ९ माघ : यौनव्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ परेको एक जोडी २८ हजार जरिवाना तिर्न नसकेपछि जेल चलान भएको छ । जेल चलान हुने यौनव्यवसायीको जोडी पर्वतका विष्णु दर्जी र म्याग्दी बाबियाचौरका शान्तिकुमारी खत्री हुन् ।
बाग्लुङ बजारबाट पक्राउ परेका पाँच जोडीमध्ये चार जोडी भने धरौटी राखी तारेखमा रिहा भएका छन् । उनीहरूलाई सार्वजनिक अपराधको मुद्दाअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालयले २८ हजार धरौटीसहित तारेखमा रिहा गरेको हो ।
रिहा हुने अवैध यौनजोडीमा बाग्लुङ दमेक- ९ का मीनबहादुर पुन र म्याग्दी सिंगा- ४ का लक्ष्मी घर्ती, बाग्लुङ नगरपालिका- ३ का कर्णबहादुर थापा र पर्वत बनौं- ४ का टकमाया पुन, बाग्लुङ राङखानीका डोलराज शर्मा र बाग्लुङ अमरभूमिका शर्मिला सापकोटा, पर्वत पाङका श्याम अर्याल र बाग्लुङ तित्याङका लक्ष्मी खड्का छन् ।
अवैध यौनकार्यमा संलग्न रहेर सार्वजनिक अपराधको मुद्दा खेपेका अभियुक्तलाई यति धेरै जरिवाना लिएर धरौटीमा रिहा गरिएको बाग्लुङमा पहिलो घटना हो । यसअघि प्रहरीले यौनव्यवसायीलाई समाते पनि कानुन नभएको भन्दै केही दिनमै छाड्दै आएको थियो ।
यी जोडीलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले गत १ माघमा अवैध यौनकार्यमा संलग्न रहेको आरोपमा सदरमुकाम बाग्लुङ बजारका 'लेखानी', 'बाजे', 'न्यू दाह्रीवाला', 'माउन्टेन भ्यू' र 'मितेरी' होटलबाट पक्राउ गरेको थियो ।

'व्यावसायिक रूपमा अवैध यौनव्यवसाय सञ्चालन गर्ने अझै छन्,' प्रहरी नायव उपरीक्षक विकासराज खनालले भने, 'अवैध यौनव्यवसाय सञ्चालन गर्ने होटलमा निगरानी बढाइएको छ ।' खनालका अनुसार प्रहरीले सदरमुकाम बाग्लुङ बजारमा अवैध यौनव्यवसाय सञ्चालन गर्ने होटलको सूची नै तयार पारेको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #42 on: February 26, 2010, 09:26:17 PM »

बनेपाका गेस्टहाउसमा आपत्तिजनक अवस्थामा २६ जोडी पक्राउ
बिहिवार, 25 फेब्रुअरी 2010 11:03 नागरिक



बनेपा, फागुन १३ (नागरिक)- प्रहरीले विभिन्न बनेपाका गेष्ट हाउसमा आपत्तिजनक अवस्थामा भेटिएका २६ र जुवातास खेलिरहेका ४३ जनालाई पक्राउ गरेको बताएको छ।


इलाका प्रहरी कार्यालयको विशेष टोलीले आपत्तिजनक अवस्थामा रहेका पाँच जोडीलाई बनेपाको चण्डिका, चण्डेश्वरी, भ्याली र वेलकम गेष्टहाउसबाट पक्राउ गरेको छ।

यसैगरी बुधबार साँझ शिव गेष्ट हाउस धनेश्वरबाट ७ युवती र फूलबारी रेष्टुरेण्ट आईस किलोबाट ३ युवा र ६ युवतीलाई पक्राउ गरको छ। पक्राउ पर्नेहरुमा १८ देखि २६ वर्ष उमेर समूहका रहेका छन्।

विगतदेखि नै बनेपाका केही गेष्ट हाउसहरुमा खुल्लेआम यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयबासीले गुनासो गर्दै आए पनि प्रहरीले कारबाही गर्ने हिम्मत गरेको थिएन।

'एकहप्ता लामो रेकी (निगरानी) पछि कारवाही गर्न सकिएको हो' प्रहरी निरीक्षक रुपेश खड्काले जानकारी दिए।

केही दिन पहिलेमात्र सरुवा भई बनेपा आएका उनले उपत्यकानजिकैको शहर बनेपामा सामाजिक अपराध बढ्दो क्रममा रहेको गुनासो आएकाले कारवाही तीव्र बनाएको समेत बताए।

प्रहरीले बुधबारसम्ममा बनेपाका चार छुट्टाछुट्टै स्थानबाट जुवा-तास खेलिरहेका समुहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरु बनेपा नपा-४ नयाँबस्तीबाट ८ जना, बनेपा-१० तरकारीबाजारबाट १४ जना, महेन्द्रज्योतीबाट ९ जना, बनेपा-१० गोदामचोकबाट १२ जना छन्। प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेकै अवस्थामा नगदसहित पक्राउ गरेको छ।
अब आइन्दा यस्ता क्रियाकलाप नदोहोर्‍याउने शर्तमा पक्राउ परेकाहरुलाई छाड्ने प्रहरी निरीक्षक खड्काले बताए।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #43 on: March 06, 2010, 12:24:29 AM »

अबैध यौन क्रियाकलापमा संलग्न पक्राउ
बिहिवार, 04 मार्च 2010 18:39 नागरिक

छविलाल तिवारी, पर्वत, फागुन २० - प्रहरीले पर्वत सदरमुकामको सन्तोष होटलबाट यौन क्रियाकलापमा संलग्न भएको आरोपमा एक महिला र दुई पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीको गस्ती टोलीले कास्कीका २३ बर्षिय श्यामबहादुर विक, १७ बर्षिय विनोद आले र पर्वत आर्थर बस्ने महिलालाई पक्राउ गरेको हो। ।

पक्राउ परेका तीनैजनालाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेले बताए।
अवैध यौन क्रियाकलापमा संलग्न भएको आरोपमा यसअघि नै दुईजना पक्राउ परिसकेका छन।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #44 on: March 08, 2010, 02:15:04 AM »

क्याम्पसमा यौन क्रियाकलाप मौलाएको अभिव्यक्तिविरुद्ध पढाइ ठप्प



शिव शर्मा

कास्की, फाल्गुन २३ - पोखरा नर्सिङ क्याम्पसकी पूर्व प्रमुख लालकुमारी गुरुङले आफै पढाउने क्याम्पसमा वेश्यावृति मौलाएको अभिव्यक्ति दिएको विरोधमा आईतबार देखि  पढाई ठप्प पारी छात्रा तथा शिक्षकहरु विरोधमा उर्तिएका छन् ।

पूर्व प्रमुख गुरुङले एक  दिएको अभिव्यक्तिप्रति माफी मागेर राजीनामा नदिए सम्म पढाइ बन्द गरी प्रशासन अघि नाराबाजी गरेका छन् । पत्रिकामा उनले चौकीदारहरु क्याम्पस हातभित्र मदिरापन गरेर बस्ने र वेश्यावृत्ति समेत मौलाएको अभिव्यक्ति दिएपछि क्याम्पसका छात्रा, शिक्षक तथा कर्मचारी आक्रोसित भएका हुन । उनीहरुले यस्तो कपोल कल्पित अभिव्यक्तिले आफुहरुलाई लज्जाको स्थितिमा पुराएको भन्दै आक्रोस पोखे ।

बिहानैदेखि कलेज र आफनो चरित्रहत्या भएको भन्दै छात्राहरु भोकभोकै नाराबाजी गदै दोषीलाई कार्वाहीको माग गरिरहेका छन् । 'हाम्रो कलेजको बेइज्जत भएको छ, यस्तो अभिव्यक्ति दिनेलाई कार्वाही नभए सम्म हामी पढाई संचालन हुन दिने छैनौ,' स्ववियु सचिव पुष्पा शर्माले भनिन,' 'कानुनी कार्वाहीका लागी हामी अदालतको ढोका सम्म पुग्ने छौ ।'

क्याम्पसकै बदनाम भएको भन्दै छात्रा, शिक्षक तथा कर्मचारीले  अभिव्यक्ति  दिने पुर्व क्याम्पस प्रमुखको राजीनामा र कार्वाहीको माग गदै आन्दोलित बनेका छन् ।  तर पुर्व क्याम्पस प्रमुख गुरुङले भने आफुले त्यस्तो अभिव्यक्ति नदिएकेा दावी गरेकी छिन् । 'मैले त्यस्तो  अभिव्यक्ति दिएकै छैन आफनो शैक्षिक केन्द्रलाई बदनाम कसरी गर्न सक्छु गुरुङले संचारकर्मीमाझ भनिन् ।

तर क्याम्पसका छात्रा तथा शिक्षकले भने उनले यस्तो अभिव्यक्ति दिएकोले उनको राजीनामा माग गरेका छन् । 'यो  घटनाले हामीलाई लज्जित बनाएको छ, विद्यार्थीको आँखामा आँसु छ, क्याम्पस प्रमुख भगवति केसीले भनिन,' 'शैक्षिक केन्द्रलाई वेश्यावृत्ति मौलायो भन्नु  दुखद कुरा हो ।' यस्तो अभिव्यक्तिको विरुद्ध शिक्षक, कर्मचारी तथा विद्यार्थी युनियनले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरी विरोध जनाएका छन् ।  '

तीन वर्ष देखि क्याम्पसको चौकीदारमा कार्यरत छु अहिले अहिले सम्म रक्सी खाएको छैन कृष्ण तिमिल्सनाले भनिन, रक्सी खाएर क्याम्पस हातमा मातिएको भनेर हामीलाई दोष लगाएकोमा आपत्ति छ ।' क्याम्पसमा वेश्यावृत्ति मौलाएको अभिव्यक्ति दिएकी पुर्व प्रमुख गुरुङ अहिले सह-प्राध्यापकको रुपमा सोही कलेजमा कार्यरत छिन् । पाँच वर्ष अघि विद्यार्थीको दबाबमा प्रंमुखबाट हटाइएकी गुरुङले त्यही आक्रोसमा यस्तो अभिव्यक्ति दिएको हुन सक्ने नाम उल्लेख नगर्ने शर्तमा  एक छात्राले भनिन ।

पत्रकारलाई दुर्व्यवहार

समाचार संक्लनका लागि पुगेका पत्रकारमाथि क्याम्पसका केही छात्रा र शिक्षकले माथि दुर्व्यवहार गरेका छन् । उनीहरुले पत्रकार मुर्दावादको नारा लगाउदै समाचार संकलनमा अवरोध गरेका थिए ।

केहीले पत्रकार माथि हातपातको समेत प्रयास गरेका थिए ।  तस्बिर लिएका पत्रकारको क्यामेरा खोसी तस्विर हटाउन अपशब्द समेत प्रयोग गरे ।  पत्रकारमा आफूहरुको तस्बिर छापिए जे पनि गर्ने धम्की समेत उनिहरुले दिएका थिए ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #45 on: March 08, 2010, 12:19:54 PM »
यौन क्रियाकलापमा संलग्न पाँच युवती पक्राउ

(२०६६ फाल्गुन २३, आइतवार)

यौन क्रियाकलापमा संलग्न रहेको भन्दै स्थानीय भेटवाल होटलबाट पाँच युवतीलाई शनिबार साँझ झापाको अनारमनीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ युवती १५ देखि २२ वर्ष उमेरका रहेका इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । प्रहरीले सुरु गरेको विकृति नियन्त्रण अभियानका क्रममा उनीहरू पक्राउ परेका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो । इप्रका, अनारमनीमा राखिएका पाँचैजनालाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #46 on: April 08, 2010, 01:09:30 PM »
यौनधन्दा सञ्चालिकासहित चार पक्राउ

उदयपुर/ यौनधन्दा सञ्चालन गर्दै आएकी एक होटल सञ्चालिकासहित चारजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका-२ लोकतान्त्रिक चोकस्थित सजिना होटलकी सञ्चालिका सजिना चाम्लिङ राई, यौनक्रियाकलापमा संलग्न रामपुर ठोक्सिला-३ का डम्बरबहादुर खड्का, एक १४ वषर्ीया बालिका र अर्की एक युवती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले बताए ।

स्थानीयबासीबाट प्राप्त 'होटलमा यौनक्रियाकलाप भइरहेको' जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका खड्काले होटलमा यौनक्रियाकलापमा संलग्न भएको स्वीकार गरेका छन् । प्रहरीले उनीहरूलाई मेडिकल टेस्ट गराई दोषी पाइएमा कारबाही गर्ने जनाएको छ । होटल सञ्चालिका राईसहित चारैजनालाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #47 on: April 08, 2010, 10:49:36 PM »
  आपत्तिजनक अवस्थामा जोडी समातिए
बुधवार, 07 अप्रेल 2010 19:10 नागरिक


महेश्वर चामलिङ, उदयपुर, चैत २५- गाईघाटस्थित एक होटलमा बेश्यावृतिमा संलग्न भएको अभियोगमा बुधबार चार जना पक्राउ परेका छन्।
  ठोक्सिला-२ का डम्बरबहादुर खड्का (३७) र त्रियुगा नगरपालिका-७ की २७ वर्षीय एक महिलालाई सजिना होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको असई कर्णबहादुर बस्नेतले बताए।

उनीहरुसँगै होटल सञ्चालिका सजिना राई र होटलकै एक सहयोगी युवतीलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहान साढे ११ बजे एक बजारबासीले दिएको खबरका आधारमा प्रहरीले छापा मार्दा उक्त जोडीलाई रङ्गेहात फेला पारेर पक्राउ गरिएको बस्नेतले बताए। केही महिनायता सो होटलमा यौन व्यवसाय हुँदै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

बस्नेतका अनुसार साता दिनअघि एक सैनिक अधिकृत एक महिलासहित यौनकार्यमा संलग्न भएको थाहा पाएर छापा मारिएको भए पनि पक्राउ गर्न प्रहरी असफल भएको थियो। उनले कोठाबाहिर सिपाही राखेका कारण प्रहरी पुगेको थाहा पाएर घरको छतबाटै हाम फालेर भागेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #48 on: April 08, 2010, 10:50:16 PM »
  क्याबिनका किशोरी अनैतिक काममा
बुधवार, 07 अप्रेल 2010 12:42 नागरिक


सुनसरी (इनरुवा), चैत २५- राजमार्ग आसपासका विभिन्न क्याबिन रेष्टुरेन्टमा काम गर्ने किशोरीहरूको पुनःस्थापनका लागि सुरु गरिएको कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो बढ्न थालेको छ।

  सुनसरी-मोरङका राजमार्गआसपास खुलेका क्याबिन रेष्टुरेन्टहरूमा काम गर्ने युवतीहरू अनैतिक काममा लाग्ने गरेको खुल्न आएपछि उनीहरूको पुनःस्थापनका लागि उप्का नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालको करिब रु. दुई करोडको आर्थिक सहयोगमा सो परियोजना एक वर्ष अगाडि सुरु गरिएको थियो।

सुनसरी-मोरङका राजमार्ग क्षेत्रमा यस्ता रेष्टुरेन्टको सङ्ख्या एक हजारभन्दा बढी रहेको र त्यहाँ कार्यरत किशोरीहरू अझै पनि यौनजन्य क्रियाकलापमा खुलेआम संलग्न हुने गरेकोले उनीहरूका लागि उप्काले रोजगारमूलक तालिमहरू पनि सञ्चालन गरेको थियो।

क्याबिनमा काम गर्ने महिलाका लागि चलाइएको चार महिने बुटिक तालिममा ९५ प्रतिशत महिला क्याबिनबाट नभई अन्यत्रबाट सहभागी गराई तालिम गराएको औपचारिकता पूरा गरिएको पाइनुले यस्ता यौनजन्य क्रियाकलापमा सहभागी किशोरीहरूको अवस्थामा कुनै परिवर्तन नआएको जनाइएको छ।

सुनसरी-मोरङमा रहेका क्याबिनहरूमा करिब तीन हजारको सङ्ख्यामा यस्ता किशोरीहरू जोखिम मोलेर काममा लगाइने गरेको पाइएको छ।

महिलामाथि हुने अनैतिक व्यवहारका विषयलाई लिएर सुनसरीको धरान, इटहरी, झापाको दमकलगायतका ठाउँमा क्रियाशील महिलावादी सङ्घसंस्थाहरूले यस्ता रेस्टुरेन्ट बन्द गर्न पटकपटक आन्दोलन गरेको भए पनि प्रहरी प्रशासनको कमजोरीका कारण यो व्यवसाय पूर्वी नेपालमा मौलाउँदै गएको छ।

दिन दुईगुणा रात चौगुणा आम्दानी हुने क्याबिन व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै जानु र विभिन्न कारणले सामाजिक अपहेलनाको शिकार भई कामको खोजीमा किशोरीहरू सहरबजारतिर आउनुले उनीहरू अनैतिक काममा फस्ने गरेको पाइएको छ। रासस

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Sex for business and Fun (Nepali)
« Reply #49 on: May 01, 2010, 08:45:55 AM »
कारमै आउँछन् ग्राहक खोज्दै युवती



काठमाडौं। ठमेलबजार अचेल यौनबजारका रूपमा परिचित छ। ठमेल क्षेत्रमा सञ्चालित मसाज सेन्टर, डान्सबार तथा रेष्टुराँ यौनव्यापारकै लागि सञ्चालन गरिएका छन्।
ती मसाज सेन्टरमा यौनव्यवसायमा संलग्न गराई युवतीमाथि व्यवसायीले शोषण गरेको कथा त नौलो होइन, शारीरिक, मानसिक तथा श्रम शोषणको सिकार भएका ती अवोध युवती अचेल म्यानपावर कम्पनीबाट पनि ठगिन थालेको रहस्य खुल्न थालको छ। मसाज सेन्टरमा काम गर्न बाध्य पारिएका युवतीको उद्धार कार्यमा संलग्न केही संस्थाको अनुगमनमा यस्तो तथ्य सार्वजनिक भएको हो। म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा पठाइदिने प्रलोभन दिई ती युवतीले सहकारी वा यस्तै कुनै निकायमा संकलन गरिएको रूपैया लिई बेपत्ता हुने गरेको घटना भेटिएको ती संस्थाका प्रतितिनिधिले साँघुलाई जानकारी दिए। पछिल्लो समयमा यौनव्यवसायमा संलग्न युवती सहकारीमा आम्दानी रकम जम्मा गर्नथालेका छन्। यौनव्यवसायमा संलग्न गराइएका केही युवती घर फर्किन, अन्य व्यवसाय गर्न वा वैदेशिक रोजगारमा जान इच्छुक रहेकाले यसको फाइदा एजेन्टमार्फत म्यानपावर कम्पनीले लिने गरेको विगत सात वर्षदेखि मसाज सेन्टरमा कार्यरत युवतीको उद्धार कार्यमा संलग्न चेन्ज नेपालका प्रतिनिधिले साँघुलाई बताए। आफ्नो सुरक्षाको कारण भन्दै नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले मासिक १५ सय देखि २ हजार रूपैयाँ कमाउने युवती बढी ठगिने गरेको बताए। मसाज सेन्टरमा कार्यरत युवतीको उद्धारका लागि भन्दै चेन्ज नेपाल, स्टेप नेपाल तथा रक्षा नेपाल नामका संस्था क्रियाशील छन्।
 
युवतीको मूल्य
 
  ती संस्थाको अध्ययनमा भेटिएको तथ्यअनुसार मसाज सेन्टरका युवतीको मूल्यको निर्धारण उमेर, अनुभव र सौन्दर्यमा मापन गर्ने गरिन्छ। ठमेल एरियामा सञ्चालित मसाज सेन्टरमा एकपटक यौनसम्पर्क गरेबापत ग्राहकले ४ सयदेखि १० हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्छ। ठमेल एरियामा मात्रै नगरपालिकाको स्वीकृति लिई करिब १ सय ५० वटा मसाज सेन्टर सञ्चालनमा रहेका भए पनि अनौपचारिक रूपमा २ सय ५० भन्दा बढी रहेका छन्। हरेक मसाज सेन्टरमा सरदर छजना युवती कार्यरत रहेको पनि चेन्ज नेपालका पदाधिकारीले बताए। ती पदाधिकारीका अनुसार ती मसाज सेन्टरमा १२ वर्षदेखि ४० वर्षसम्मका महिलालाई यौनव्यवसायमा संलग्न गराइएको छ। सुरुको अवधि अर्थात् तालिम अवधिमा व्यवसायीले युवतीमाथि थ्रुपै लागनी गरी प्रभावमा पार्ने गरेकाले केही महिनाको अन्तरालमा सेक्स एडिक्ट भइसक्ने भएकाले युवतीहरू पेसाबाट बाहिर निस्कन नसकेको अनुभव पनि ती संस्थाका पदाधिकारीहरू सुनाउँछन्।
 
   खासगरी २५ वर्षभन्दा कम उमेरका युवतीको माग अत्यधिक हुने गर्दछ भने व्यवसायीले पनि परीक्षणकालमा नक्कली गरगहना, मोबाइल, राम्रो खानेबस्ने व्यवस्था, जस्तो भन्यो त्यस्तै सेवासुविधा दिई युवतीलाई राख्ने गरेका छन्। त्यसै क्षेत्रमा काम गरिरहेका संस्थाका अनुसार गेस्टहाउस अहिले नयाँ यौनस्थलका रूपमा विकास भइरहेका छन्। त्यसले गर्दा अचेल ठमेल क्षेत्रमा साँझ सात बजेपछि सभ्य र सोझा युवायुवती हिंड्नै नसक्ने अवस्था छ। बाटैमा केटी चाहिएको सर भन्दै १२ देखि १५ वर्षका केटाहरू सोध्न आउने गरेका छन्। त्यसमा पनि ठमेलको सञ्चयकोष भवन आसपासमा यस्ता एजेन्टका रूपमा काम गर्ने युवाको उपस्थिति बाक्लो हुने गरेको छ। धेरै मसाज सेन्टर तथा गेस्ट हाउसले साइनबोर्डसमेत नराख्ने गरेकाले र ग्राहक ल्याएबापत् कमिसन पनि पाउने भएकाले पनि ती बालकहरू एजेन्टका रूपमा परिचालन गरिएको हुन्छ। मसाज सेन्टरका युवतीले दिनमा सरदर एक घन्टामा एकपटक यौनसम्पर्क गर्नुपर्ने अवस्था छ। ग्राहकको मागअनुसार बढी माग हुने युवतीले त त्यसभन्दा बढी नै सहभागी हुने गरेका छन्। केही संस्थाका अनुसार त्यसरी बढी समय यौन सम्पर्कमा संलग्न युवती एचआईभी एड्सको सबैभन्दा बढी खतराको सूचीमा पर्छन् नै, साथमा सेक्स एडिक्टसनले मानसिक अवस्था पनि कमजोर हुने गरेको छ।
 
कारमै आउँछन् युवती
 
  धनाढ्य परिवारका महिला प्राइभेट कारमा ग्राहक खोज्दै ठमेलका मसाज सेन्टर र गेस्ट हाउसमा आउने गरेको भेटिएको चेन्ज नेपालले जनाएको छ। काठमाडौंका उद्यमीका श्रीमती, लाहुरे वा श्रीमान देशबाहिर भएका महिला कन्ट्याक्टमा मसाज सेन्टरमा आउने गरेका छन्। त्यसरी आउने महिलालाई भने केही उद्यमी वा पैसावाला ग्राहकले केही दिनका लागि उपत्यकाबाहिर वा कुनै छुट्टै होटलमा लैजाने पनि व्यवस्था मसाज सेन्टरले मिलाएको हुन्छ। त्यसो त, मसाज सेन्टरले नियमित ग्राहकलाई सस्तोमा उपलब्ध गराउने गरेका पनि छन्।
 
काँठ क्षेत्रकै बढी
 
  मसाज सेन्टरमा काम गर्ने युवती काठमाडौं क्षेत्रआसपास जिल्लाका भेटिएका छन्। त्यसमा पनि जनजाति युवती गरिबीकी कारण मसाज सेन्टरमा आउने गरेका छन्। काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, धादिङ, दोलखा, रामेछाप, नुवाकोट जिल्लाका युवती ती क्षेत्रमा कार्यरत रहेका छन्।
 
आफ्नै सन्तानलाई ल्याइदिन्छन्
 
धेरै युवती गरिबीका कारण कामको खोजीमा काठमाडौंमा आउने क्रममा यस्तो व्यवसायमा संलग्न हुने गरको भनिए पनि कतिपयलाई भने आफ्नै बाबु वा श्रीमानले मसाज सेन्टरमा युवतीलाई ल्याइदिने गरेको पाइएको चेन्ज नेपालले जानकारी दिएको छ। चेन्ज नेपालका अनुसार, गरिबीका कारण पैसा कमाउनका लागि बुबा र श्रीमान्ले ल्याएर छोडेका उदाहरण थ्रपै छन्। 
 
विदुरको फिजिक्स बुस्टर
 
  उच्चमाध्यमिक शिक्षा परिषद्बाट ०६५/६६ मा लिइएको कक्षा ११ र १२ को परीक्षामा आजसम्मकै ऐेतिहासिक रेकर्ड कायम गरी बोर्ड टप हुनुभएका र हाल महाराजगञ्ज टिचिङ अस्पतालमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विलक्षण प्रतिभाका धनी विदुरप्रसाद पण्डितद्वारा लिखित 'फिजिक्स बुस्टर' नामक पुस्तक बजारमा आएको छ। एमबीबीएस र इन्जिनियरिङका लागि 'हट केक' मानिने सो पुस्तक कक्षा ११ र १२ का विज्ञानतर्फका विद्यार्थीका लागि पनि अति उपयोगी देखिन्छ। एकजना भौतिकशास्त्रका प्राध्यापकका अनुसार प्रत्येक विज्ञानका विद्यार्थीले यो पुस्तक पढेपछि फिजिक्स गाह्रो विषय हो भन्ने भानलाई मेटाएर सजिलो विषय रहेछ भन्ने अनुभूति दिलाउँछ। किनकि यसमा विभिन्न किसिमका सिप विकास गर्ने ट्याक्टिस, न्युमेरिकल हल गर्ने सर्टकट तरिकाजस्ता कुराहरू समावेश छन्। विदेशी गुणस्तरको सो पुस्तकबाट धेरै विद्यार्थीहरू लाभाविन्त हुने कुरा यस विषयसँग संलग्न प्राध्यापकको भनाइ छ। विदुर प्रकाशनद्वारा प्रकाशित १०३२ पेजको सो पुस्तक मध्यमवर्गीय विद्यार्थीहरूले समेत पढ्न सकून् भनेर लागतमूल्य मात्र पाँच सय ९५ रूपैयाँ राखिएको लेखक बताउँछन्। ७ खण्ड र ५६ अध्यायमा तयार गरिएको पुस्तकमा प्रत्येक अध्यायमा सैद्धान्तिक अवधारणा, समस्या समाधान हल गर्ने विधि, वैकल्पिक उपायहरू चित्रद्वारा प्रस्ट पार्ने तरिका आदि कुराहरू समावेश भएको पाइन्छ। परीक्षामा पर्नसक्ने सम्भाव्य हजारौं प्रश्नहरू समावेश हुनुका साथै विद्यार्थीलाई अभ्यासका लागि भनेर अन्तर्राष्ट्रिय स्तरका प्रश्नहरू राखिएको छ। हरेक अध्यायकोे अन्त्यमा समस्या हल गर्ने तरिका उल्लेख छ। टिचिङ, शिक्ष्ँा मन्त्रालय, काठमाडौं विश्वविद्यालय, धरान, पुल्चोक र भारतीय दूतावासबाट लिइने डाक्टर र इन्जिनियरिङको प्रवेश परीक्षाका लागि तयार गरिएको यो पुस्तक नमुनाको रूपमा नै रहेको विद्यार्थीहरूको भनाइ छ। बीएस्सी, प्लस टु र आईएस्सीको कोर्सलाई एउटै किताबमा समेटेर विश्लेषणात्मक, अनुसन्धानात्मक एवम् मौलिकपन र सरल भाषामा प्रस्तुत गर्न सफल लेखकको सबल पक्ष देखिन्छ।
 साँघु साप्ताहिक