Author Topic: Sex for business and Fun (Nepali)  (Read 46718 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #50 on: May 16, 2010, 10:49:24 AM »
होटल र रेस्टुरेन्टमा धमाधम छापा

नयाँ पत्रिका

काठमाडौं, २९ वैशाख

यौन-व्यवसाय सञ्चालन गरेको आशंकामा राजधानीका घर, होटल तथा रेस्टुरेन्टमा प्रहरीले धमाधम छापा मार्न थालेको छ । प्रहरीले बुधबार राजधानीका विभिन्न घर तथा होटल र रेस्टुरेन्टमा छापा मारेर सात यौनकर्मी महिलासहित नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कोटेश्वरकी सीता थापासहित सात यौनकर्मी महिलालाई पक्राउ गरेको हो । थापाले कोटेश्वरस्थित आफ्नै घरमा दुई वर्षदेखि यौन-व्यवसाय सञ्चालन गरेको प्रहरीको दाबी छ । विशेष सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

यसैगरी जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको भन्दै ठमेलस्थित जावेल गेस्टहाउसका मेनेजर दिनेश लामालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । लामाले १४ र १५ वर्षका तीन किशोरीलाई धम्क्याएर यौन-क्रियाकलापमा संलग्न गराएको प्रहरीको आरोप छ ।

पीडित किशोरीको जाहेरीको आधारमा लामालाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार मुद्दा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गेस्टहाउसका सञ्चालक प्रकाश क्षेत्री भने फरार रहेको र उनको खोजी भइरहेको छ । जबर्जस्ती अश्लील क्रियाकलापमा संलग्न गराउने ठमेलस्थित श्रीगणेश गेस्टहाउसका सञ्चालक प्रेमबहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई पनि पीडित महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जबर्जस्ती अश्लील नृत्य गर्न लगाउने ठमेलस्थित क्वालिटी डान्स बारका सञ्चालक दीपक खड्का, धनबहादुर खड्का र राम भट्टराईलाई प्रहरीले खोजी गरिरहेको छ । उनीहरूविरुद्ध रेस्टुरेन्टमा काम गर्ने पाँचजना महिलाले उजुरी दिएको प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #51 on: May 23, 2010, 04:00:50 AM »
यौनकर्मीकै चिन्ता

२०६७ - जेष्ठ - ४

दक्षिण अप्रिmका यतिबेला निकै चटारोमा छ, विश्वकपको आयोजनालाई कसरी उत्कृष्ट बनाउने भन्ने चिन्तामा रहेको दक्षिण अप्रिmकालाइ यौनकर्मीहरूले अर्काे चिन्ता थपोरिदिएका छन् ।
दक्षिण अप्रिmकाले विश्वकपको सपमयमा देहव्यापारलाइ मान्यता दिने सोच बनाएको हल्ला चल्यो । जर्मनमा भएको २००६ को विश्वकपमा पनि देहव्यापारलाई कानुनी मान्यता दिने भन्ने यस्तै हल्ला चलेको थियो । देशमा एचआईभी/एड्स फैलिएको छ, त्यसैले दक्षिण अप्रिmकाका सर्न्दर्भमा भने अवस्था निकै डरलाग्दो छ । सरकार यतिबेला एचआईभी/एड्स फैलिएला कि भनेर निकै चिन्तामा छ ।
त्यस्तै, हजारौ यौनव्यवसायी विश्वकपको दौरनमा दक्षिण अप्रिmका भित्रिनेमा कर्मचारीहरूले सावधानी गराइसकेका छन् । त्यसैगरी बालिकाहरूसमेत यौन उद्यमीको ध्यानमा आउसक्ने चुनौती थपिएको छ । विश्वकप जति नजिकिँदै छ, त्यति नै उसमाथि यौनकर्मीहरूको चिन्ताले पनि सताउन थालेको छ ।
विश्वकप आयोजकहरूले भनेका छन् कि ४० हजार महिना यौन व्यवसायमा संलग्न भएका महिलाहरूको बाढी दक्षिण अप्रिmकामा हुनेछ । १६ प्रतिशत जनसंख्या दक्षिण अप्रिmकामा एचआईभी संक्रमित रहेको विश्वास गरिन्छ । त्यसैगरी स्थानीय बालबालिकासमेत यौन व्यवसायमा लाग्न सक्ने सम्भावना बढ्दै गएको छ किनकि चार हप्तासम्म चल्ने विश्वकपको दौरनमा दक्षिण अप|mीकाका विद्यालयहरू विदा भएका छन् । यसले कतै एचआईभी संक्रमणको संख्यामा अझ वृद्धि हुने त होइन - चिन्ता बढाएको छ । संयुक्त राष्ट्रको बैठकमा समेत यो समस्याको विषयमा चर्चा भएको थियो । दक्षिण अप्रिmकको लागू औषधिसम्बन्धी कार्य गर्ने विभागका उपाध्यक्ष  डिभिस बेइभरले सरकारले यौन व्यवसायीको बाढी लाग्न सक्ने विषयलाइ लिएर चिन्तित रहेको बताए । उनले भने, 'पैसाका लागि यौन व्यवसायी यतिबेला दक्षिण अप्रिmकामा जम्मा हुन सक्नेछन् ।' यौन व्यवसायी गैरकानुनी रूपमा प्रवेश गर्न नपाउनु भन्ने हेतुले उनीहरूले बोर्डरमा कडा गर्ने बताएका छन् ।
 विश्वबाटै  यौनकर्मी महिलाहरू दक्षिण अप्रिmका प्रवेश गर्ने छन् अहिले । मुख्य त पर्ूर्वीय युरोपबाट महिलाको ज्यादा आगमन हुने अनुमान गरिएको छ ।  गरिब बालबालिकाहरू  मुलुकमा गैरकानुनी रूपमा यौन धन्दमा संलग्न रहेका यौन व्यवसायी र लागू औषधको कारोबार गर्नेहरूको फन्दामा पर्न सक्नेमा त्यहाको सरकारलाई चिन्ता छ । यस विषयमा कुनै शंका छैन कि उनीहरू यौनधन्दा सञ्चालन गर्नेहरूको आँखामा पर्छन्, भन्ने विषयमा । ग्रामीण भेगमा रहेको गरिब परिवारका बालबालिकालाई लालीपप देखाएर यौन व्यवासयमा लगाउन सक्छन् ।  अपराधिक गतिविधिमा संलग्न रहेकाहरूले ती बालबालिकालाई ठूला सहरहरूमा गएका खण्डमा राम्रो काम र पैसा हुने आश्वासन दिएर ललाई फकाई यौन धन्दमा फसाउन थालिसकेका पनि छन् । चार लाख ५० हजार फुटबल प्रेमीहरू दक्षिण अप्रिmकाको भ्रमणमा हुने भएकाले पनि यतिबेला यौन धन्दालाई मालामाल हुने अवसरका रूपमा यौनकर्मीहरूले लिएका छन् ।
असुरसित यौन सर्म्पर्क कतै नियन्त्रणभन्दा बाहिर त जाँदैन भन्ने विषयलले यतिबेला कर्मचारीहरूलाई अर्काे परलो थपेको छ ।  जसका कारण एचआईभी झनै डरलाग्दो तवरले फैलिन सक्छ । डिमान्ड बढेका कारण स्वास्स्थ प्रमुखहरूले पनि सरकारले देहव्यापारलाई कानुनी मान्यता प्रदान गरोस् भन्ने पक्षमा देखिएका हुन् । उनीहरूले कानुनी मान्यताको पक्षमा वकालत गर्नुका पछाडि अर्थ छ । कानुनी मान्यता दिएपछि यौनव्यवसायीहरू पर्दाबाट बाहिर आउँछन र उनीहरूलाइ निःशुल्क कन्डमको व्यवस्था गर्न सकिन्छ भन्ने कुरा एक रिपोर्टलेसमेत बताएको छ ।
यौनकर्मीलाई शिक्षा र सहयोग गर्ने टिमका डाइरेक्टर  इरिस हारपरले भने, 'यो मात्र अन्तिम र उपयुक्त फर्मुला हो । जसका कारण ग्राहक र यौनकर्मीहरू दुवैलाई सहयोगी हुन्छ ।' २००८ मा भएको एक र्सर्वेका अनुसार ५.२ मिलियन एड्सग्रस्त मानिसहरू दक्षिण अप्रिmकामा बसेका थिए । २००८ मै दर्ुइ लाख ५० हजार मानिसको एड्कै कारण मृत्यु भएको विश्वास गरिएको छ जहाँ डिमान्ड हुन्छ त्यहाँ सप्लाइ स्वतः हुन्छ नै ।' हारपारले सीएनएनमा भने, 'यौनकर्मीको निश्चित ग्राफ त छैन ।' तर, उनको संस्थाले केप टाउनमा मात्र तीन हजरा यौनकर्मी रहेको अनुमान  गर्दछ । यौनधन्दा दक्षिण अप्रिmकामा कानुनविपरीत मानिन्छ । तर, केही समयअगाडि कानुनमा पर्ुनविचार गएकिो छ । हारपरलाई के विश्वास छ भने यौनकर्मीलाई छुट दिएको खण्डमा एचआईभी फैलिनबाट रोक्न ठूलो सहयोगी हुनसक्छ ।
 रामसुदन तिमल्सिना/राजधानी

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #52 on: May 27, 2010, 06:13:43 AM »
  मसाज र गेष्ट हाउसमा छापा मार्दा २७ युवा युवती पक्राउ
बुधवार, 26 में 2010 16:47 नागरिक


काठमाडौं, जेठ १२ (नागरिक) - राजधानीका ७ मसाज केन्द्र र गेष्ट हाउसमा छापा मारी प्रहरीले २७ महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेबाट यौनजन्य व्यवसाय गरेको आशंकामा ठमेल क्षेत्रमा मसाज केन्द्र र गेष्ट हाउसमा छापा मारिएको थियो। केही दिन यता यस्तो गतिविधिमा प्रहरीले निगरानी बढाउँदै आएको छ।

ठमेलमा प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा समेत युवा युवती फेला परेको प्रहरीले जनाएको छ। केही समय अघि प्रहरीले विभिन्न डिस्को र डान्स रेष्टुरेन्टमा छापा मारी यौनजन्य क्रियाकलापमा संलग्न रहेकालाई नियन्त्रणमा लिएको थियो।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #53 on: May 27, 2010, 06:14:15 AM »
  अनुचित कार्य गर्ने चार युवा थुनामा
बुधवार, 26 में 2010 14:29 नागरिक

भीमफेदी जेठ १२ - मकवानपुर जिल्ला अदालतले चुरीमाई गाविस वडा नं २ का चारजनालाई १७ वर्षीया युवतीलाई सामूहिकरुपमा अनुचित कार्य गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
अदालतका न्यायाधीश बालचन्द्र शर्माको एकल इजलासले अभियुक्त राजु लामा, रामकुमार गोले लामा, हरि तामाङ र शम्भु लामालाई थुनामा राख्न आदेश दिएको हो।

अभियुक्तहरूलाई हेटौडा नगरपालिका-१० स्थित स्थानीय एक होटलमा आश्रित एक १७ वर्षीया युवतीलाई गत वैशाख २८ गते सामूहिकरुपमा जबर्जस्ती अनुचित कार्य गरेको आरोप लगाइएको छ। - रासस

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #54 on: August 01, 2010, 12:52:28 PM »
  यौनव्यवसाय मौलाउँदो
आइतवार, 01 अगष्ट 2010 12:04 नागरिक


दाङ (देउखुरी), साउन १६ - जिल्लामा यौनव्यवसाय मौलाएको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुरलगायत स्थानका होटेलमा यौनव्यापार हुने गरेको जिल्लास्थित एक गैरसरकारी संस्थाको अध्ययनले देखाएको छ।

सो संस्थाले जनाएअनुसार विशेष गरेर राजमार्गआसपासका होटेल तथा पहाडी गाउँ विकास समितिमा यौनव्यवसायी बढिरहेका छन्।

चार वर्षदेखि अध्ययन गरिरहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्युट (आइसिएच) युनिटी कार्यालयले जिल्लामा छसय ७६ जना यौनकर्मी रहेका जनाएको छ।

उक्त तथ्याङ्क संस्थाको सम्पर्कमा आएकाहरूको मात्र भएको उल्लेख गर्दै आइसिएच युनिटी कार्यालयकी प्रमुख रञ्जना चौधरीले 'यी त हाम्रो सम्पर्कमा आएका यौनव्यवसायी महिलाको मात्र तथ्याङ्क हो, जिल्लामा योभन्दा धेरै यौनव्यवसायी रहेका हाम्रो अनुमान छ' भनिन्।

विशेषगरी १५ देखि ४० वर्षसम्मका महिला यौनव्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उहाँले १८ वर्षमुनिकाहरू पेसामा एकदमै कम रहेका बताउनुभयो। त्यसैगरी सम्बन्धविच्छेद गरेका, श्रीमान् विदेश गएका र कर्मचारीका श्रीमतीसमेत यौनव्यवसायमा संलग्न छन्।

पहिले वादी समुदायका महिला यस व्यवसायमा बढी संलग्न रहेका भनिए पनि सबै समुदाय र वर्गका महिला यसमा संलग्न रहेका भन्दै श्रीमती चौधरीले सम्भ्रान्त परिवारका केही महिला मनोरञ्जनका लागि यौनव्यवसामा संलग्न भएको दाबी गरिन्।

यौनव्यवसायका लागि बजारका साना होटेल प्रमुख केन्द्र भए पनि यहाँका प्रतिष्ठित होटेलमा समेत यस्ता क्रियाकलाप हुने गरेको ठोकुवा गर्दै उनले 'केही होटेलमा कामदारका रूपमा युवती राखेर उनीहरूलाई यौनव्यवसायमा लाग्न प्रेरित गरेको पाइएको छ' भनिन्।

जिल्लामा यौन व्यवसाय मौलाएको कुरालाई अस्वीकार गर्दै दाङका प्रहरीप्रमुख ठाकुरप्रसाद ज्ञवालीले 'आपसी सहमतिमा हुने कुरालाई हस्तक्षेप गर्नुपर्छजस्तो लाग्दैन' भने - रासस

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #55 on: August 05, 2010, 02:22:38 PM »

२० जोडी पक्राउ, १६ बिरुद्ध मुद्दा

राजेन्द्र नाथ


नेपालगन्ज , श्रावण १८ - प्रहरीले बिभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न २० जोडीलाई पक्राउ गरेको छ ।

अपराधिक र बेश्यावृतिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेले  नेपालगन्जका होटलहरुमा परिचयपत्रको व्यवस्था लागू गरेको छ । अव होटल व्यवसायीहरुले सेवाग्राहीहरुको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसँग

राख्नुपर्ने छ । यसअघि बिभिन्न समयमा परिचयपत्रको व्यस्था लागू गरिएपनि कार्यान्वयन भएको थिएन । यस्तो व्यवस्था उल्लंघन गर्ने व्यवसायीहरु माथि कारवाही गरिने प्रहरीले जनाएको छ ।

साउन ७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले परिचयपत्र लागू गर्ने निर्णय गरेपछि प्रहरीले होटलहरुमा छापा मार्न शुरु गरेको हो । प्रहरीले नेपालगन्जका होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न भएको अभियोगमा ४० जना युवा-युवतीलाई नियन्त्रणमा लिएको थियो । न्युरोड, बसपार्क, बिपिचोक, धम्बोजी लगायतका क्षेत्रका बिभिन्न होटलहरुबाट उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा सेनाका चारजना जवान समेत छन ।

 नगरका शिव गेष्ट हाउस, मनकामना, भरिपुर्ण, साईनो, स्वस्तिक, रोयललगायतका होटलहरुबाट उनीहरुलाई पक्राउ गरेको हो । अबैध यौनजन्य क्रियाकलापमा संलग्न पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये नौ जना १८ बर्ष मुनिका छन् । पक्राउ पर्ने पुरुषहरुमा बैंकका कर्मचारीहरु, व्यापारीहरु र विद्यार्थी छन् । केही युवतीहरु काठमाडौबाट समेत यौन व्यवसायका लागि नेपालगन्ज आएको भेटिएको प्रहरीले बताएको छ । होटलहरुमा यौन व्यवसाय हुने गरेको खबर पाएपछि छापा मारिएको प्रहरी उपरीक्षक महेश बिक्रम शाहले बताए । यौन व्यवसाय गराउने होटल संचालकलाई पनि कारबाही गरिने उनको दाबी छ ।

प्रहरी निरीक्षक खेमबहादुर केसीका अनुसार, बिभिन्न चरणको अनुसन्धान पछि केहिलाई सम्झाएर अभिभावकको जिम्मा लगाईएको छ । १६ जनालाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाईएको छ । 'ब्यवसायिक रुपमा संलग्न र पटक पटक पक्राउ परेकाहरु माथि कानुनी कारवाही सुरु गरिएको छ ।' निरीक्षक केसीले भने ।

प्रहरीले अनुमानका भरमा निर्दोष व्यक्तिहरुलाई नियन्त्रणमा लिएको भन्दै केही होटल व्यवसायीहरुले गुनासो गरेका छन् ।

नेपालगन्जका होटल व्यवसायीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रहरीले परिचयपत्रको व्यवस्थाका बारेमा जानकारी गराएका थिए । प्रहरीले उक्त व्यवस्था लागू गर्न अटेरी गरे व्यवसायीहरु माथि कारवाही गरिने जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महत्याका घटनाहरु बढिरहेकाले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाण राख्न ब्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

परिचयपत्र थप  नराख्दा अपराधी सजिलै उम्कने गरेको प्रहरीको भनाई छ । व्यवसायीहरुले भने परिचयपत्रको व्यवस्था लागू गर्ने निर्णय सकारात्मक भएको बताएपनि तत्काल लागू गर्न नसकिने दावी गरेका छन् । होटल अर्गनाईजेशन बाँकेका अध्यक्ष भाष्कर काफ्लेले तत्काल परिचयपत्रको व्यवस्था लागू हुन नसक्ने बताए । 'हामीहरु पनि यस्तो व्यवस्था लागू गर्न चाहान्छौं तर केही समय लाग्छ'-उनले भने ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #56 on: August 07, 2010, 10:01:46 PM »
  एकै होटलबाट तीन जोडी समातिए
शुक्रवार, 06 अगष्ट 2010 12:56 नागरिक


रमेशकुमार पौडेल, चितवन, साउन २१ - श्रीमान श्रीमती नभए पनि होटलमा दिउँसै यौन कार्य गर्ने तीन जोडीलाई वडा प्रहरी कार्यालय नारायणगढले पक्राउ गरेको छ।
शम्भु अर्याल संचालक रहेको नारायणगढ पुलचोकको पीस गेष्ट हाउसबाट उनीहरु बिहीबार दिउँसो सावा दुई बजे पक्राउ परेका हुन्।

सो होटलमा यस्ता कार्य पटक पटक हुने गरेको गुनासो बढ्दै गएको र बिहीबार पनि त्यस्तो काम हुँदै छ भन्ने सूचना आएको आधारमा होटलमा छापा मारेको प्रहरीको भनाइ छ। पक्राउ परेकालाई सामुदायिक सेवा केन्द्र नारायणगढको पहलमा बिहीबार नै अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #57 on: August 10, 2010, 01:06:18 PM »
होटलबाट यौन व्यवसायी पक्राउ

नयाँ पत्रिका

विराटनगर, २४ साउन

विराटनगरका होटल तथा रेष्टुरेन्टमा छापामारी प्रहरीले यौन धन्दामा संलग्न भएको आशंकामा दसजनालाई पक्राउ गरेको छ । यौन धन्दा फस्टाइरहेको चर्चा चलिरहेको वेला विराटनगरका दुई होटलबाट चार भारतीयसहित १० लाई आइतबार राति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाँच पुरुष र पाँच महिला छन् । स्थानीय शेरे पञ्जाव र यती होटलबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । यतीबाट पक्राउ पर्नेमा भारत सुपौलका ३० वर्षीय सौरभकुमार झा, उदयपुर त्रियुगा नगरपालिकाका २८ वर्षीय भीष्म चौधरी, भारत पुणिर्याका २५ वर्षीय मो. इफरान रहेका छन् । त्यस्तै, विराटनगरमा ट्राभल एजेन्सी सञ्चालन गर्ने एक व्यवसायीसहित भारत अररियाका २९ वर्षीय मो. बक्लु पनि स्थानीय शेरे पञ्जाव होटलबाट पक्राउ परेका छन् । प्रहरीले ट्राभल एजेन्टको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीले विराटनगर उपमहानगरपालिका-६ की श्रेष्ठ थरकी ३८ वर्षीया, विराटनगर-१५ की कार्की थरकी २४ वर्षीया, भारत सुवास चौककी सिंह थरकी २४ वर्षीया, विराटनगर-२ तीनपैनीकी केसी थरकी २८ वर्षीया र मधेसा-८ सुनसरीकी चौधरी थरकी २० वर्षीया गरी पाँच युवतीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्ने युवतीमा तीन यती र दुई शेरे पन्जाव होटलबाट रहेका छन् । उनीहरूलाई सुराकीका आधारमा नगर प्रहरीका इन्सपेक्टरको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले उनीहरूलाई मानव बेचविखन मुद्दाअन्तर्गत कारबाही चलाइने जानकारी दिए । एसपी थापाका अनुसार उनीहरूलाई सोमबारै म्याद थप गरिनेछ ।

'विराटनगरका अधिकांश होटलमा दिउँसै यौनजन्य क्रियाकलाप बढ्दै गएको गुनासो आउन थालेपछि प्रहरीले सक्रियता बढाएको हो,' थापाले भने, 'निमिट्यान्नै पार्न त सकिँदैन, तर  अवश्य नियन्त्रणमा ल्याउनेछौँ ।'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #58 on: August 18, 2010, 04:17:12 AM »
सात यौनजोडीसहित होटल सञ्चालक पक्राउ
17/08/2010 07:49:00 विष्णु घिमिरे

नयाँ पत्रिका

बुटवल, ३१ साउन

बुटवलका विभिन्न होटेलबाट यौनकार्य गरिरहेको अवस्थामा सात जोडीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले होटल सञ्चालक दुई जनालाई समेत पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पाँच र सोमबार दुई यौनजोडीलाई पक्राउ गरेको हो । पक्राउ परेकामा यौनजोडीलाई प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका पुरुष १८ देखि ३५ वर्ष उमेर समूहका रहेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार, ती यौनजोडीमा नेपाली सेना र सशस्त्र प्रहरीसमेत रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीका अनुसार सोमबार दिउँसो बुटवलको चौराहस्थित सागर होटलबाट दुई यौनजोडी पक्राउ परेका हुन् । उनका अनुसार, आइतबार बुटवल नगरपालिका-८ नयाँ बसपार्कनजिकैको कालिका होटल एन्ड लजबाट तीन र इँटाभट्टीमा सञ्चालित नमुना होटल एन्ड लजबाट दुई यौनजोडीलाई पक्राउ गरेको थियो ।

होटलमा यौनधन्दा सञ्चालन गरेको र कम उमेरका युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा प्रहरीले कालिका होटलकी सञ्चालिका अर्घाखाँची भगवती गाविसकी ललिता पाण्डेलाई पक्राउ गरेको छ । नमुना होटल एन्ड लजका सञ्चालक दम्पती डोरनाथ र हिमला गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । डोरनाथले कामदारका रूपमा राखिएका किशोरीलाई जबर्जस्ती यौनधन्दामा लगाएको प्रहरीको दाबी छ । दुवै होटलका सञ्चालकले होटलमा यौनधन्दा सञ्चालन गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले केही दिनअघि बुटवलकै सांगि्रला होटलका सञ्चालक डिबी कार्कीलाई पनि पक्राउ गरेको छ । कार्कीले जबर्जस्ती यौनधन्दामा लगाएको उजुरी पीडित युवतीले दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका होटल सञ्चालकलाई मानव ओसार-पसार तथा बेचबिखनको अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #59 on: August 18, 2010, 12:51:52 PM »
बुटवलमा छ्यापछ्याप्ती यौनजोडी
18/08/2010 04:14:00 Naya Patrika


यौन व्यापार केन्द्रका रुपमा चर्चित भइरहेको बुटवलमा प्रहरीले पक्राउ गरेका केही यौनजोडीका कथा चाखलाग्दा छन् । विदेशमा रहेका श्रीमान्ले पठाएको पैसा पुर्‍याउन आएका श्रीमान्कै साथीसँग सल्किएकी महिला हुन् या घरमा साथीको दिदीको बिहेमा जान्छु भनेर यौन व्यापार गर्न बुटवल जाने किशोरी, यी सबै उदाहरणले एउटै कुरा संकेत गरेका छन्- यौन व्यापार र खुला यौन क्रियाकलाप केन्द्र बनिरहेको छ बुटवल ।

प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की

इलाका प्रहरी कार्यालय, बुटवल

एक समय घ्यूको व्यापार गर्न पहाडी जिल्लाबाट बुटवलमा झर्नेको ताँती लाग्थ्यो । घ्यू बेचेर नुन खरिद गर्ने र फर्किने स्थल थियो बुटवल । तर, बुटवलले आज कोल्टे फेरेको छ । त्यही बुटवलमा आज पनि पहाडी जिल्लाबाट मानिस दैनिक ओइरिन्छन् । तर, नुनको व्यापार होइन, देह व्यापार गर्न झर्नेको ताँती लाग्न थालेको छ ।

बुटवलमा काम खोजी गर्दै आएका बालिकाहरू होटेलमा काम गर्दागर्दै होटेल सञ्चालकबाट जबरजस्ती यौन व्यापारमा धकेलिएका छन् त, कोही अनेक समस्याका सिकार हुदै यौन व्यापारमा धकेलिएका छन् ।

त्यतिमात्र होइन, हिजोआज बुटवल यौन प्यास मेटाउने उपयुक्त थलो बनिरहेको छ । रूपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची तथा कास्कीका मानिस यौन प्यास मेटाउन बुटबल आउने गरेको तथ्य अहिले उजागार हुँदै गएको छ ।

बुटवलमा यौन व्यवसाय फस्टाएको चर्चासँगै प्रहरी सक्रियता बढेपछि थप रहस्य खुल्दै गएका हुन् । बुटवलमा यौन व्यवसाय नियन्त्रण गर्ने क्रममा प्रहरीले होटेलमा छापा मार्दा दिउँसै यौनजोडी भेटिने गरेका छन् भने पार्कतिर प्रहरीले नजर लगाउँदा त्यहाँ पनि उस्तै भेटिन थालेका छन् ।

यौनबजारमा अविवाहित र स्कुले किशोरीदेखि लिएर युवतीहरू बढी भेटिएपछि प्रहरीलाई सम्झाइ-बुझाइ गर्न हम्मेहम्मे परेको छ । बुटवलमा कस्ता-कस्ता यौनजोडी प्रहरी फन्दामा परे त ? इलाका प्रहरी कार्यालय बुटवल प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले प्रहरी कारबाही तथा अनुसन्धान क्रममा स्मरण गरेका केही यौनजोडीहरूः

१. पोखराबाट एउटी युवती बुटवलमा साथीको दिदीको विवाहमा जान्छु भनेर घरबाट हिँडिछिन् । बुटवल आउने क्रममा उनले त्यही पोखराबाट अर्की साथीलाई समेत बुटवल जाउ"m भनिछिन् । तर, उनले बुटवल जानुका कारण खोजिछिन् । 'केटा भेट्न जाने हो हिँड्' भनिछिन्, तर तिनले आप\mनो त केटासाथी बुटवलमा नभएको बताएपछि 'हिँड् केही फरक पर्दैन, उतै मिलिहाल्छ' भन्दै आफनै स्कुटरमा राखेर ल्याइछिन् । बुटवलमा भेट्न आउने केटासाथी भनेको अस्ट्रेलिया बसेर आएको गाँठवाला रहेछ । पोखराबाट आएका ती दुवै होटेलमा बसेछन । केटासाथी पनि आएछ । तर, सँगै आएकी साथीलाई अर्को केटासाथी भने तत्काल मिलेनछ । त्यसपछि ती युवतीले साथीलाई पनि अस्ट्रेलिया बसेर आएको मानिससँग धन्दामा लगाइछिन् । प्रहरी गस्तीले समातेर ल्यायो । अनुसन्धानपछि यो तथ्य खुल्यो । तर, घटना बताएर ती युवतीको आमालाई फोन गर्दा उनले भनिन्, 'ए पठाइदिनुहोस् न त । हामी त आउन भ्याउँदैनाँै ।' अभिभावकलाई आपनो सन्तानको कुनै वास्ता नभएपछि यस्तो समस्या त आउने नै भयो ।

२. एकपटक चाखलाग्दो यौनजोडी पक्राउ पर्‍यो । महिलाको श्रीमान् विदेशमा रहेछन् । श्रीमान्ले पठाएको रकम दिन आएको व्यक्तिसँग उनी सल्किइन् । श्रीमान्ले हुन्डीमार्फत पठाएको रकम दिने क्रममा परिचित भएका श्रीमान्का मित्रसँग सम्बन्ध बढ्दै गएछ । श्रीमान्ले जम्मा पाँच हजार रुपैयाँ पठाइदिएका रहेछन् । त्यो रकम बोकेर आएको व्यक्तिसँग ती महिला लहसिइछिन् । यो जोडी पनि बुटवलकै होटेलबाट पक्राउ परेको थियो ।

३. बुटवलका होटेलमा मात्र हैन, पार्कमा समेत यौनजोडी वेलावेला भेटिने गर्छन् । यहाँका फूलबारी, हिलपार्क, शंकरनगरको विहार यौनजोडीको रोजाइ बनेको पाइन्छ । इलाका प्रहरी कार्यालयनजिकै रहेको खानेपानी कार्यालयअगाडि खानेपानी पाइप राखेको स्थानमा समेत वेलावेला यौनजोडी भेटिने गरेका छन् । एकपटक हिलपार्कबाट दस जोडी पक्राउ गरियो । हिलपार्क ल्याएर फोटो खिचेको त एउटी युवती त बेहोस भएर ढलिन् ।

४. एकजना युवतीको मोबाइल बिगि्रएछ । त्यसपछि उनी मोबाइल बनाउन जाँदा मर्मत गर्ने २२ वर्षको युवकसित परिचय भएछ । उनले मोबाइल बनाउन तथा गीत राख्न जाने क्रम बढ्दै गएछ । सोही क्रममा ती युवकले युवतीको मोबाइलमा अश्लील भिडियो राखिदिएछन् । त्यसपछि उनीहरू बढी नजिकिन थालेछन् । त्यही क्रममा होटेलमा जान थालेछन् । प्रहरी चेक-जाँच गर्ने क्रममै यो जोडीलाई होटेलबाटै समात्यौँ ।

५. बुटवल मणिमुकुन्द सेन उद्यान पार्क (फूलबारी) मा प्रायः भीडभाड रहन्छ । त्यहाँ विभिन्न कार्यक्रम हुने भएकाले मान्छेको जमघट बढी हुन्छ । प्रहरी मान्छेको जमघट बढी हुने स्थानमा बढी चनाखो हुनुपर्छ । केही साताअघि फूलबारीमा विवाह धेरै भएको दिन रहेछ । भीडभाड बढी थियो । त्यस्तोमा फूलबारीमा थुप्रै मान्छे जम्मा भएको नजिकै चुम्बन गर्दै गरेका युवायुवती भेटिए । समाजले पचाउन नसक्ने दृश्य देखेपछि त्यहाँ पनि पक्राउ गर्नुपर्ने स्थिति सृजना भयो ।

प्रस्तुतिः विष्णु घिमिरे/बुटवल