Author Topic: Sex for business and Fun (Nepali)  (Read 46008 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #60 on: August 27, 2010, 10:49:49 AM »
ठमेलका अवैध मसाज पार्लर बन्द
27/08/2010 02:28:00 Naya Patrika

काठमाडौं/ ठमेलमा अवैधानिक रूपमा सञ्चालित मसाज व्यवसाय नियन्त्रणका लागि प्रहरीको निगरानी बढेपछि मसाजको नाममा यौनधन्दा चलाउने व्यवसायी संकटमा परेका छन् ।

ठमेल क्षेत्रमा सञ्चालित ८० प्रतिशत मसाज व्यवसाय गैरकानुनी भएको भन्दै प्रहरीले निगरानी बढाएपछि व्यवसायी संकटमा परेका हुन् । ठमेललाई व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन र विकृति हटाई पारिवारिक वातावरण बनाउन प्रहरीले निगरानी बढाएको लैनचौर प्रहरीले बताएको छ ।

ठमेलमा सञ्चालित मसाजमा अधिकांशले हिमालयन हर्बल केयर, बडी केयर, प्राकृतिक उपचार केन्द्रको नाममा यौनधन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । यस्तो व्यवसाय गर्ने करिब ५० व्यवसायी ठमेलबाट हटिसकेको प्रहरीले बताएको छ । ठमेलमा सञ्चालित सयभन्दा बढी मसाज व्यावसायीमध्ये २० प्रतिशतले मात्र मसाज व्यवसाय गरेकाले अन्यलाई कानुनी मर्यादामा ल्याउन प्रहरी छापालाई निरन्तरता दिइएको प्रहरीले बताएको छ । प्रहरीको निगरानी बढेपछि मसाजको नाममा यौनधन्दा चलाउने व्यवसायी व्यवसाय नै बन्द गरी भाग्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

मसाजका नाममा अन्य धन्दा गर्ने ठमेलका नेचुरल हिलिङ सेन्टर, ट्रेकर्स सर्भिस सेन्टर, आयुर्वेदिक नेचुरल्ली मसाज सेन्टर, जो नेचुरल हर्बल आयल मसाज, एक्जुकेटिभ मसाजलगायतका प्रहरी छापापछि बन्द भएका छन् भने कतिपय छापा मार्नुअगाडि नै भागेका छन् । प्रहरीले अवैध धन्दा चलाएको आरोपमा ६ सय ५० भन्दा बढीलाई पक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही गरेको छ, जसमा ५० भन्दा बढी व्यवसायी छन् ।

मसाज व्यवसायी संघले भने प्रहरीले मनलागी छापा मारी मसाज व्यवसाय गर्ने सबैलाई लगेर दुःख दिने गरेकोे आरोप लगाएको छ । विकृति बढाउन प्रहरी प्रशासन र घरमालिक नै लाग्ने गरेको आरोप संघको छ । घुस खुवाउने व्यवसायीलाई प्रहरीले नै भगाउने गरेको संघको भनाइ छ । अमर्यादित र विकृतिजन्य काम गर्ने व्यावसायीलाई प्रहरीसमक्ष पुर्‍याउन सहयोग गरिने संघले बताएको छ ।

मसाज व्यवसायी संघले तयार पारेको आचारसंहिता र रात्रिकालीन व्यावसायको निमयभित्र व्यवसाय सञ्चालन गर्नेको विरोधमा आफूहरू नरहेको प्रहरीको भनाइ छ । अश्लील क्रियाकलाप गर्ने व्यवसायीलाई पक्राउ गरे पनि र केही सामाजिक संस्था तिनलाई छुटाउने कार्यमा लाग्ने गरेको प्रहरी प्रशासन बताउँछ । कानुनी मर्यादामा रहेर व्यवसाय गर्नेलाई कुनै बाधा नपुर्‍याइने प्रहरीले स्पस्ट पारेको छ ।

पर्यटन वर्ष २०११ नजिकिँदै गर्दा ठमेल क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने व्यावसायीको अभियानलाई सघाउ पुर्‍याउने प्रहरीले बताएको छ । ठमेल पर्यटन विकास परिषद् र अन्य विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाको सहयोगमा ठमेललाई विकृति विसंगतिमुक्त नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने अभियानमा यहाँका पर्यटन व्यवसायी लागेका छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #61 on: September 07, 2010, 09:07:58 AM »
यौन धन्दाको आरोपमा पर्यटक पक्राउ


२१ भाद्र, पोखरा । पोखराको लेकसाइडस्थित स्नोल्यान्ड होटलमा वास बसेका दुई भारतीय पर्यटकलाई प्रहरीले होटलबाटै पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेशका पप्पु गुप्ता र एके मिश्रलाई प्रहरीले कोठामा अवैध यौन धन्दा गरेको आरोपमा पक्राउ गरेको हो । भारतीय पर्यटकले बुक गरेका कोठामा शङ्का लागि प्रहरीले आइतबारराति ११:३० बजेको समयमा तलाशी लिँदा म्याग्दी घर भएका पूणिर्मा गुरुङ, पि‍रया गुरुङ, शोभा तिलिजासमेत उनीहरूको कोठामा भेटिएका थिए ।

पक्राउ परेकाहरूलाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी पोखराको शान्ति स्तूप भ्रमणमा आएका रसियन नागरिकलाई चक्कु देखाएर लुटपाट गरी भागेका म्याग्दी घर भई पोखरा बस्दैआएका कुशलबहादुर कुमाल र कास्की सेदीबगर बस्ने लक्ष्मण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वैदामका अनुसार डुङ्गा चढी भाग्दै गरेको अवस्थामा चक्कुसहित पक्राउपरेका ती दुईविरुद्ध आवश्यक कारबाही अघि बढाइएको छ । रासस

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #62 on: October 12, 2010, 10:40:45 AM »



युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा दुई पक्राउ

काठमाडौं, असोज १८ (नागरिक)- युवतीहरूलाई जबर्जस्ती यौनकार्यमा लगाउने गरेको आरोपमा महानगरीय प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ। नक्सालको टाउन प्लाजाबाट प्रहरीले दुई युवतीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई शनिबार बेलुका पक्राउ गरेको छ।

युवतीलाई जबर्जस्ती यौनकार्यमा लगाउने गरेको अभियोगमा लामा र तामाङलाई प्रहरीले बुधबारै जिल्ला अदालत पेस गरेको थियो। उनीहरूसँगै पक्राउ परेका दुई युवतीलाई भने कुनै अभियोग लगाइएको छैन।

लामा र तामाङले विभिन्न होटल र क्यासिनोमा पुगेर ग्राहकको खोजी गर्दै 'आफूहरूस"ग मोडल र प्लस टु पढ्दै गरेका युवती रहेको' भन्दै मोलमोलाइ गर्ने गरेको प्रहरीको दाबी छ। उनीहरूको साथबाट ५० युवतीको विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ।

परिसर प्रहरीका अनुसार विद्यालय र कलेजमा पढिरहेका युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर यौन व्यवसायमा संलग्न गराउने गिरोह सक्रिय रहेको जानकारीका आधारमा परिसरको विशेष टोलीले १५ दिनदेखि अनुसन्धान गरिरहेको थियो।

क्यासिनो तथा उच्च तहका होटलमा उनीहरुको सक्रियता देखिएपछि प्रहरीले शनिबार बेलुका टाउन प्लाजामा ग्राहकका लागि बोलाइएका दुई युवतीलाई पक्राउ गरेको थियो। उनीहरूकै जानकारीका आधारमा लामा र तामाङ पक्राउ परेका हुन्।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार उनीहरूले आफ्नो सम्पर्कमा रहेका युवतीलाई 'टिटि' भनेर सम्बोधन गर्ने गरेका थिए। मोबाइल नम्बरका आधारमा प्रहरीले उनीहरूको सञ्जालमा रहेका ५० युवती र एक सय ग्राहकको विवरण फेला परेको छ।

पक्राउ परेका युवतीहरूले विदेशीसँग घुम्न जानुपर्ने र सोवापत पैसा आउने प्रलोभन देखाएर पछि जबर्जस्ती यौनकार्यमा लगाएको बताएका छन्। परिसरमा भेटिएकी एक युवतीले भनिन्, 'भनेको नमाने बेइज्जत गरिदिन्छु भन्दै उनीहरूले धम्क्याएर जबर्जस्ती यस्तो काममा लगाए।'

काठमाडौं परिसरका डिएसपी केदार ढकालले तामाङ र लामाले स्कुल/कलेजका किशोरीहरूलाई विभिन्न प्रलोधन देखाएर वेश्यावृत्तिमा लगाउने गरेको दाबी गरे। उनीहरूले ग्राहक खोजेर एक रातको ५० हजारसम्म लिने र युवतीहरूलाई बढीमा १० हजार दिने गरेको अनुसन्धानबाट खुलेको ढकालले बताए।

pradman03

  • 50x
  • ****
  • Posts: 405
Re: Sex for business and Fun (Nepali)
« Reply #63 on: October 12, 2010, 09:45:00 PM »
totally unethical work of ABC,  news flash is ok..but face showing is not ethical, ABC shall be sued

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #64 on: October 19, 2010, 11:55:36 AM »
totally unethical work of ABC,  news flash is ok..but face showing is not ethical, ABC shall be sued
yes


Another news from pokhara

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #65 on: October 19, 2010, 11:56:40 AM »

pradman03

  • 50x
  • ****
  • Posts: 405
Re: Sex for business and Fun (Nepali)
« Reply #66 on: October 19, 2010, 02:41:07 PM »
non professional lai pani samtdo rahechha...yo ta human rights ko ullanghan bho ni haina ra?

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #67 on: October 25, 2010, 01:14:27 PM »
मिथिलेश यादव, सप्तरी, कात्तिक ८- दशैँ र तिहार मेलाको नाममा सप्तरीको पश्चिमी क्षेत्रका विभिन्न स्थानहरुमा खुलेआम युवतीहरुको नाङ्गो नाच प्रदर्शन भइरहेको खुलासा भएपछि सोमबार बिहानबाट प्रशासनले नाचघर बन्द गराएको छ।

सप्तरीको पातो, वोदेवसाइन र मानराजा गाविसमा दशैं मेलाको अवसर पारी आर्केस्ट्राको नाममा खुलेआम युवतीहरुको नाङ्गो नाच देखाउनुको साथै जुवा तास तथा कौडा खेल सञ्चालन भइरहेको थियो। नाच हेर्न आउने दर्शकले प्रतिव्यक्ति एक सयदेखि पाँच सय सम्म शुल्क बुझाउनु पर्थ्यो।

स्थानिय प्रशासनले पुरानै परम्पराको निरन्तरता भन्दै मेलामा हुने नाचलाई मौखिक अनुमति दिएका थिए। स्थानीय सशस्त्र तथा नेपाल प्रहरीहरुको संरक्षणमा गाउँलेहरुले खुलेआम युवतीहरुको नाङ्गो नाच प्रदर्शन गराइरहेको आइतबार बिहान खुलासा भएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले सोमबार बिहानैबाट यहाँका मानराजा पातो र बोदेबरसाइनमा सञ्चालित नाच घर बन्द गराउन प्रहरी परिचालन गरेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी घिमिरेले आर्केस्ट्राको आडमा नग्न नाच भैरहेको खुलेपछि यी केन्द्रहरु बन्द गराएको प्रतिक्रिया दिए।

बोदेबरसाईन कृषि मन्त्री मृगेन्द्र सिंह यादवको गृह गाउँ हो।

साँझ ७ देखि ८ बजेबाट सुरु हुने नाचमा एकै पटक नग्नता प्रदर्शन भने हुँदैन। नाचको सुरुवाती आभास भोजपुरी उच्छृङ्खल नृत्य जस्तो भए पनि जति रात छिप्पिँदै जान्छ, त्यति नै नग्नता बढ्दै जान्छ। मध्यरातपछि पूर्ण अश्लील नृत्यको आभास हुने गरेको दर्शकहरुले बताए।


नाङ्गो नाच बन्द
Monday, 25 October 2010 10:45 नागरिक

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #68 on: October 25, 2010, 01:14:51 PM »
भारतीय युवती नाङ्गो नाचका लागि आइपुगे
Monday, 25 October 2010 02:53 नागरिक


मिथिलेश यादव, सप्तरी, कात्तिक ८ -  दशै तिहारमा वर्षेनी थापिने मेला अन्तर्गत 'मनोरञ्जन कार्यक्रम' भन्दै नांगो नृत्य देखाउने टोलीलेविभिन्न स्थानमा प्रदर्शनी सुरु गरेका छन्। स्थानीय प्रशासनले भने यसमा अनभिज्ञता प्रकट गरेको छ। सप्तरीको पश्चिमी भेगमा यस्ता नृत्य टोलीले एक सयदेखि पाँच सयसम्म टिकट राखेर नृत्य देखाउन थालेका हुन्।
 

वर्षेनी आयोजना हुने मेला भएकाले सँधै झै स्थानीय प्रशासनले दिएको मौखिक अनुमतिका भरमा यस्ता मेलाहरु चल्दै आएका छन्। यहाँका केहि सशस्त्र तथा जनपद प्रहरीले भने मेला भित्रै देखाइन थालिएको यस्तो नृत्यलाई संरक्षण दिएको आरोप स्थानीय पत्रकारको छ।

यस कुराको जानकारी पाएपछि शनिवार राति स्थानिय सञ्चारकर्मी बैद्यनाथ यादवसहित पाँच पत्रकार प्रदर्शनीस्थल बोदेबरसाईन पुगेका थिए। 'त्यहाँ प्रहरीकै संरक्षणमा यस्तो नाच देखाइरहेको पायौं,' यादव भन्छन्, 'नांगो नाचको तस्बिर खिच्न खोज्दा प्रहरीले उल्टो सञ्चारकर्मीको क्यामरा खोस्दै आक्रमण गरेका थिए।'

प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेका अनुसार परम्पारगत रुपमा वर्षौ देखि चल्दै आएको मेलाका निम्ति यसपाला पनि अनुमति दिइएको हो। 'तर, त्यहाँ के के प्रदर्शन भइरहेको छ भन्ने जानकारी थिएन,' घिमिरेले भने, 'अब कडाइका साथ अनुगमन गर्ने भएका छौं।'

यहाँ हुने परम्परागत दशै मेलामा वर्षेनी आरकेस्ट्रा (नृत्य गर्ने टोली) ल्याउने प्रचलन थियो। यस वर्ष भने बढी आम्दानी गर्ने हिसाबले आयोजकले नांगो नृत्य देखाउने टोलीलाई ल्याएको स्थानीय बुद्धिजीवीको भनाई छ। यसपाला जाँड, जुवा र नाङ्गो नाचकै कारण सर्बसाधारणको आर्कषण यो मेलामा बढेको पनि उनीहरु बताउछन्।
भारतको गोरखपुर, लखनउलगायतका स्थानहरुवाट नांगो नृत्य देखाउन दर्जनौको संख्यामा युवतीहरु ल्याइएको छ। आयोजकका अनुसार यस्ता नाचवाट प्रत्येक स्थानमा हरेक रात एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ।

kurakani

  • 50x
  • ****
  • Posts: 2481
Re: Sex for business and Fun (Nepali)
« Reply #69 on: November 02, 2010, 12:48:39 PM »
यौनकर्मीहरू प्रेमी बनेर धन्दा चलाउँदै

दीपक दाहाल, काठमाडौं, कात्तिक १६- तपाईँ पुरूष हुनुहुन्छ र प्रेमको बहानामा एक भन्दा बढी महिलासँग यौनसम्पर्क राखिरहनु भएको छ, नठान्नुस् मैले मात्र प्रेमिकालाई ढाँटिरहेको छु। कहिले सापटी र सपिङ्गको बहानामा आर्थिक फाइदा लिइरहने त्यस्ता महिला यौनकर्मी पनि हुनसक्छिन्। स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको सर्वेक्षणले थुपै यूवती एवं अधवैसे महिला एकभन्दा बढी पुरूषसँग प्रेमीकाको रूपमा यौन व्यवसाय चलाइरहेका छन्। 'अधिकांश यौनकर्मीहरू कुनै हिसाबले नजिकिन्छन् र यौन साथी बन्छन् र विभिन्न बहानामा पैसा लिन्छन्,' केन्द्रका निर्देशक डा.कृष्णकुमार राईले भने।

  प्रहरीले सक्रियता देखाउने नाममा यौनकर्मीका अखडामा छापा मार्ने र आर्थिक र शारीरिक शोषण गर्ने भएपछि उनी आफूलाई नाम चलेका अफिसा स्टाफ एवं कुनै कलेजको विद्यार्थी भन्छन्। 'यौन पेशा गरेको भन्न आधारमा मात्रै होइन्, कण्डम बोकेको भरमा समेत प्रहरीले समात्ने गर्छ ' राई भन्छन्। राईका अनुसार यौन रोग नियन्त्रणका दृष्टिले यौनकर्म नियन्त्रण गर्न प्रहरीको यो प्रयासले नकारात्मक असर पारिरहेका छ। 'एचआइभी तथा यौन रोग नियन्त्रणका लागि स्वास्थ्य मातहतका निकाय निशुल्क कण्डम बाँड्छन्' राई भन्छन्, 'त्यही कण्डम बोकेको आधारमा प्रहरी समात्छ, त्यसैले अधिकांश यौनकर्मीले यो बाटो रोजेका हुन्।'

यौनकर्मीका क्षेत्रमा काम गर्ने संस्था जागृतिकी कार्यक्रम व्यवस्थापक श्रुति कार्कीका अनुसार यौनकर्मी महिलाले पहिचान खुलाएमा धेरै दुःख पाउने भएकोले पनि उनीहरू छलछाम गर्न हैन कतिपय धेरै अवस्थामा असुरक्षित यौनसम्पर्कका लागि वाध्य हुन्छन्। 'हामीसँग यौनकर्मी दिदी बहिनीहरूले भने अनुसार प्रहरीले लग्यो भने, पैसा नदिइ यौनसम्पर्क पनि राख्छ, भएको पैसा पनि लिन्छ र केही दिन हिरासतमा समेत राख्छन ' कार्कीले भनिन्। निर्देशक राईका सर्वेक्षणका क्रममा यौनकर्मी महिलाले बताएअनुसार प्रहरीले समेत उनीहरूसित कण्डम बिना यौनसम्पर्क राख्छन्।

जागृतीको तथ्यांक अनुसार काठमाडौंमा मात्र पचास हजारको हाराहारीमा यौनकर्मी महिला र चार लाख भन्दा बढी यौनकर्मी महिलाका पुरुष ग्राहक छन्। ग्राहकको तुलनामा महिला यौनकर्मीको संख्या न्युन रहेकाले एकजना महिलाले छ सात जना पुरुषसँग यौनसम्पर्क राख्नु पर्ने अवस्था छ। 'फरक फरक पुरूषसँग जाँदा उनीहरू पहिचान फरक बनेको हुन्छ।' राईले भने, 'इमेल, इन्टरनेट, सहरी व्यापारिक केन्द्र, मलको अवधारणाले उनीहरू ग्राहक खोज्न सजिलो भएको छ। यसरी छद्म परिचय बोकेका महिलाले प्रेमको नाटक गरेरै व्यापार गरिरहेका हुन्छन्। यस्ता महिलाले एक हप्तामा ४० जनासँगसम्म यौन सम्पर्क राख्ने गरेको पाइएको राइले बताए।

उनीहरूको जीवनशैली समेत हाइफाई हुने गरेको विज्ञहरू बताउँछन्। 'अधिकांश यौनकर्मीलाई विना कण्डम यौनसम्पर्क राख्न हुदैन् भन्ने कुरा राम्ररी थाहा छ ' तर पहिचान खुलाउँन र म यौनकर्मी हुँ भन्न सक्दैनन्।' राई कानूनी रूपमा खुल्ला नगरेपनि सार्वजनिक ठाउँमा समाजिक व्यवस्था नविगारेसम्म प्रहरी मौन बस्नुपर्छ। बोकेर हिड्न नपाइने भएपछि भनेको समयमा उपलब्धता नहुने र जसले गर्दा असुक्षित यौनसम्पर्क गर्नुपरेको सर्वेक्षण्का क्रममा यौनकर्मीहरूले बताउँने गरेका छन्। सर्वेक्षणले पहिचान खुलाएर हिड्ने यौनकर्मी महिलाका अनुसार कण्डम लगाउँन नमान्नेमा अधवैशे अधिक रहेको समेत देखाएको छ। सर्वेक्षणले काठमाडौका ५१ प्रतिशत यौनकर्मी महिलाले मात्रै यौनसम्पर्कको समयमा कण्डम लगाउँने गरेको देखाएको छ।

जनस्वास्थ्यको सिद्धान्त अनुसार स्वास्थ्य समस्य समाधानका लागि यौन रोग नियन्त्रणको लागि यौन व्यावसाय व्वस्थित गर्नुको विकल्प नभएको एड्स तथा यौन रोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा.श्यामसुन्दर मिश्रको भनाई छ। द्धन्द्ध, सहरी बेरोजगारी, लैहलैइ जस्ता कारणले यौन व्यावसाय बढीरहेको छ। 'थाइल्याण्डमा राष्ट्रिय आयको ६ प्रतिशत यौन व्यवसायले ओगट्छ ।' डा.मिश्रले भने, त्यहाँ यौनकर्मी हो र कण्डम बोक्दैन् भने समात्छ हामी बोके समातिन्छ।' उनले भने। यसले रोग नियन्त्रणमा अवरोध गरेको उनी बताउँछन्।

यौन व्यवसायलाई कानूनी मान्यता नपाउदासम्म एचआईभीको संक्रमण नघटने यौनकर्मिहरुको दावी छ। केन्द्रका अनुसार यौनरोग संक्रमित मध्ये ७५ प्रतिशत भन्दा बढी असुरक्षित यौन सम्पर्कका कारण भएको छ। एचआईभी र एड्सको क्षेत्रमा कार्यरत संस्थाहरुको आकडा अनुसार काठमाडौंमा करिव एक हजारभन्दा बढी महिला यौनकर्मी भारतका बिभिन्न सहरमा यौनपेसामा संलग्न भएर फर्केका हुन्। उनीहरु मध्ये अधिकांश एचआईभी संक्रमित छन। एचआईभी संक्रमित यौनकर्मीसँग उनीहरुले कण्डम लगाएर मात्र सम्पर्क राख्न चाहादाँ चाहादै पनि यस्ता अवरोधले रोगको खतरा बढाइरहेको छ।