Author Topic: Sex for business and Fun (Nepali)  (Read 45984 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #70 on: November 02, 2010, 11:59:54 PM »
जुवातास र यौनधन्दामा संलग्न दर्जन बढी पक्राउ
Tuesday, 02 November 2010 20:58 नागरिक

भक्तपुर, कात्तिक १६ - अवैध रुपमा जुवा तास खेलाएको र यौनधन्दा गराएको आशङ्कामा प्रहरीले छापा मारी गेस्ट हाउसबाट करिब बाह्रजनालाई पक्राउ गरेको छ। भक्तपुर सल्लाघारी खाजा घरमा आज दिउँसो छापा मारी महानगरीय प्रहरी परिषर भक्तपुरले तास खेल्दै गरेको अवस्थामा सञ्चालक प्रवेश श्रेष्ठसहित सातजनालाई पक्राउ गरेको छ।

त्यसैगरी परिसरले आजै भक्तपुर सूर्यविनायकस्थित चम्पक गेस्ट हाउसमा छापा मारी यौन व्यवसाय गरेको अवस्थामा दुई जोडी युवालाई पक्राउ गरेको छ।

प्रहरीले व्यवसाय सञ्चालक पुण्यराम देवनाय्लाई समेत पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि आवश्यक कारवाही अगाडि बढाइएको भक्तपुरका प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए।

चाडपर्व खासगरी तिहारका बेला उपत्यकामा पेसेवाररुपमा जुवातास खेल्ने र खेलाउने गिरोहको सक्रियता बढेपछि यसपटक प्रहरीले विशेष सतर्कता अपनाएको छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #71 on: December 10, 2010, 12:31:59 AM »
यौनकर्मीको आरोपमा युवती पक्राउ
Friday, 10 December 2010 00:14 नागरिक

लहान, मंसिर २४ (नागरिक)- सशस्त्र प्रहरीले सम्राट होटल एन्ड रेस्टुरेन्टमा छापा मारी यौन व्यवसायमा संलग्न रहेको आरोपमा एक युवती र कामदारलाई पक्राउ गरेको छ।

युवतीहरू बोलाएर यौन व्यवसायमा सञ्चालन हुने जानकारीका आधारमा छापा मार्दा ती युवती पक्राउ परेको सशस्त्र प्रहरी बेस क्याम्पस लहानका प्रहरी नायब उपरीक्षक अनिल कार्कीले बताए। होटलमा कार्की आफैं बुधबार राति ग्राहक बनेर पुगेका थिए। 'चार हजार रुपैयाँमा होटल सञ्चालकले ती युवतीलाई बोलाइदिएका थिए,' उनले भने।
उक्त होटलमा अन्य विभिन्न जिल्लाका युवतीहरूले 'कल गर्ल'का रूपमा काम गर्ने गरेको प्रहरीको दाबी छ । सशस्त्र प्रहरीले रेस्टुरेन्टमा छापा हान्दा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लालध्वथ सुवेदी भने अनभिज्ञ थिए।

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Re: Sex for business and Fun (Nepali)
« Reply #72 on: March 07, 2015, 02:02:07 PM »
एउटी नगरबधुसँगको रात




बुलशन

"तिमी भएको भए के गथ्र्यौ ?" रजनिशले उल्टै मलाई सोध्यो ।

भर्खर-भर्खरै पाउलो कोएलोको 'इलेवेन मिनट्स्' किताब पढेको भएर मलाई त्यस कथाभित्रकै दृश्यहरु दिमागमा आइरहेको थियो । सेक्स, सपना, रहर, प्रेमको वरिपरि घुम्ने यो कथाले जो कोहीको मन छुन्छ । भन्न त धेरैले कोएलोलाई 'ओव­रेटेड राइटर’ पनि भन्छन् ।
इलेवेन मिनट्स् चाहिँ कसरी यो उपन्यासको टाइटल भयो भन्ने प्रसङ्ग थाहा छैन भने गुगलमा सार पाइन्छ होला, हेर्नुस् न !

कथाको शुरुमा नै यस्तो छ, "वन्स अपन अ टाइम, द्य वस अ प्रस्टिच्युट कल्ड् मरिया..."

'वन्स अपन् अ टाइम्' बच्चाहरुको कथा शुरु गर्ने तरिका हो र 'प्रस्टिचुट' चाहिँ उनीहरुलाई बुझाउन समेत नसकिने कुरा ।

रजनिशको हिजोको घटना उसले मलाई सुनाएको पहिलाको घटनाभन्दा धेरै फरक थिएन । फरक यति थियो कि पहिलाको घटना नेपालमा घटेको थियो, यो चाहिँ अस्ट्रेलियामा । पहिलो घटनामा नेपाली, यसमा चाहिँ यहाँकी गोरी ।

"कामबाट फर्किंदै थिएँ । रातीको साढे बाह्र बजिसकेको थियो । एक जना केटी अलि ढल्पल ढल्पल गर्दै विपरीत दिशाबाट मैतिर आउँदै थिई । नजिक आउँदा निकै रक्सी गन्हायो । झोलाको एउटा मात्रै फिता उसको देब्रे काँधमा थियो, अनि झोलाबाट सामानहरु झर्ला जस्तो", रजनिशले सधैँझै खुलेर अनि विस्तारमा कुरा शुरु गरेको थियो ।

"अनि ?" म उत्ताउलो भएँ ।
"लब, यु माइट ड्रप यो-र) स्टफ । योर ब्याग इज ओपन", भनेछ उसले ।
"ओ, थ्यान्क यु, भनेर अघि बढी त्यो । त्यस्तो मातेको बेलामा अग्लो हिल भएको स्यान्डल लगाएकी थिई, लडी हाली । गएँ, उठाएँ । मसँग कामबाट लिएर आएको पानी थियो, पिउँछेस् भनेँ, पिई । थ्यान्क यु भनी । कहाँ जान हिँडेकी यति बेला भनेर सोधेँ, घर भनी ।"
"तिम्रो घर ?" मैले बीचमै प्याच्च सोधेँ ।
"होइन, मूला । कुरा सुन न ।"
"भन न," मैले भनेँ ।

"त्यसले भनेको ठेगाना मोबाइलमा हानेर हेरेको टाढा रै'छ । अझ लागेको बेला हिँडेर जान त झन् टाढा । मैले 'मेरो घर यहीं नजिकै हो, इफ यु डन्ट माइन्ड्, यु केन स्टे एन्ड लिव इन द मोर्निङ्' भनेँ डराई डराई ।"
"ला, गालामा पड्काई क्या हो ? हाउ डेय्-र्) यु ? भनेर ?"
"अँ । थ्यान्क यु भनेर गालामा चुप्पा पड्काइ", उसले मलाई नै पड्काउने गरी जवाफ दियो ।

"मेरो एउटा इन्डियन साथीले एक पटक नाइट आउट गएको बेलामा भनेको कुरा याद आयोः द बेस्ट टाइम टु गो टु बेड विथ दिज व्हाइट गलर्स् इस व्हेन दे आर ड्रङ्क । दे डन्ट क्यर इफ यु आर व्हाइट् ओर एसियन् । मैले चान्स् चेक गर्न उसको ओंठ नजिकै ओंठ लगेको, उसैले ओँठ ल्याई । ऊ लडेर मैले उठाएर बाटो छेउको पसल जाने सिंढीमा बसेपछि ऊ झनै लल्याक­लुलुक हुँदै थिई । नजिकै चौबिसै घण्टा खुल्ने पसल थियो, गएर किन्नु पर्छ कि क्या हो जस्तो लाग्यो..."

"के ?" मैले बीचमै कुरा काटेँ ।
"कुरा बुझी-बुझी नबुझेको जस्तो नगर न यार", उसले लाज मानेजस्तो गरी तुरुन्तै जवाफ र्फकायो ।
"किन्यौ त ?"
"किनेँ नि ।"
लौ, केटो अब भर्जिन रहेन भन्ठानेँ ।
"मलाई डर लागिरथ्यो । लिएर गएँ, त्यस्ती मातेकी केटी अलि टाँठी हुँदै गई । त्यो अग्लो हिलवाला स्यान्डल खोली अनि मसँग टाँसिन आई । उसको नाम एम्ब रै'छ ।"
"एम्ब, कस्तो नाम ?"
"हामीले भन्यो भने एम्बर हुन्छ, उनीहरुले एम्ब भन्छन्", उसले प्रष्ट पार्दै भन्यो ।
"ए, अनि ?"

"मलाई कहाँबाट आएको भनी । मैले नेपाल भनेँ । कसरी चिनिस् म यहाँको होइन भन्ने ? भनेर सोधेँ, फ्रम योर एक्सेन्ट् भनी । अनि अँ (उसले कुरा सम्झिन खोज्यो).... नचिनेको मान्छेसँग आउन डर लागेन भनेर सोधेको 'नो, यु आर अ गुड म्यान' पो भन्छे बा ।"

रजनिशले भन्दै गयो । "धेरै बेर दुई जनाले के-के कुरा गर्‍यौँ । ऊ निदाउन खोज्थी, म चाहिँ के-के सोधिरहेँ । झस्किँदै फेरि जवाफ दिन्थी । मेरो सिङ्गल बेडमा ऊ कुना पट्टी पल्टेकी थिई । म भुईँमा पुग्छु कि भन्ने डरले ऊसँगै टाँसिएँ । उसको रक्सीको गन्ध चाहिँ घटेको थिएन ।"
"शेल वि मेक लव ?" रजनिशले एम्बलाई सोधेछ ।

"व्हाट डु यु वान्ट् मि टु से ?"
त्यो प्रतिप्रश्नको सजिलै 'हुन्छ' भन्ने अर्थ लगायो होला रजनिशले ।

'इलेवेन् मिनट्स्' मा मरियाले डायरी लेख्छे । एउटी बेश्या भएर काम गर्दाको अनुभव (धेरै तीता) । त्यो काम छोडेर जाने सोचिरहँदा उसले यस्तो लेखेकी हुन्छेः मेरो वरिपरि कोही खुसी छैनन् । जुन कुरा सित्तैमा पाउनु पर्ने हो, त्यसको लागि पुरुषहरुले पैसा तिर्छन्, अनि जुन कुरा प्रेमले माया गर्ने मान्छेलाई दिनु पर्ने हो, त्यसलाई व्यापार बनाएर बेच्नु पर्छ एउटी बेश्याले । यो ठूलो विध्वंश हो, म खुसी छैन । म यो बिर्सन चाहन्छु । म माया गर्न चाहन्छु । जिन्दगी साह्रै लामो र छोटो, दुवै हुन्छ यो तरिकाले जिउँदा ।"

यो दुनियाँ पनि अचम्मको बनाइदिएको प्रकृतिले । यौनलाई व्यापार बनाइन्छ । कहिँ बाटो हिँडिरहेकी केटी बलात्कृत हुन्छे । धन र बलको रवाफमा खुलेआम नारीमाथि आक्रमण गर्नेहरु पनि प्रशस्तै छन् । कामशक्तिले मातेर छाडा भएर हिँड्नेहरुको के कुरा ? यौनकै लागि सँधै केटीहरु बेचिन्छन् । बेचिनबाट जोगाउन र बेचिएकीहरुलाई जोगाउन लागेकी अनुराधा कोइरालाले सबैको अगाडि 'मेरा छोरीहरुलाई जोगाइदेऊ' भन्दा सम्मान दिइन्छ, हामी सबै मक्ख पर्छौँ । खासमा त हामी सबैलाई त्यो सम्मानले लज्जित बनाउनु पर्ने हो । ट्राफिकमा पत्रिका बेच्ने युवकलाई सान्दार गाडीको झ्याल खोलेर 'पैसा दिन्छु, पत्रिका छोडेर आऊ' भनेर लिएर जाने धनाढ्य महिलाहरु पनि छन् । यो सब ट्रेड हो, व्यापार । पत्रिकाहरु अगाडिको पानामा युवतीहरुलाई देखाएर, सेक्सको बारेमा प्रश्न गरेर पत्रिका बेच्छन् । हामी सधैँ यौन किन्छौँ । हामी सधै यौन बेच्छौँ ।

यो ट्रेड र 'मेकिङ्ग लव' धेरै फरक-फरक कुरा हुन् ।

"सो डिड् यु गाइज् मेक लब ?" अब चाहिँ गम्भिर भएर रजनिशलाई सोधेँ ।
"नो । त्यस्तो केही भएन", रजनिशले पनि गम्भिर भएर जवाफ दियो । मैले यता प्याकेट खोलेको देख्दा उसले नराम्रो मानी । "व्हाट्स रङ विथ मि ? त्यो किन प्रयोग गर्न पर्‍यो ? म त्यस्तो खाले केटी होइन' भनी । अझै पनि राम्रोसँग उभिन सकेकी थिइन, उठेर कपडा लगाई, अनि सिरक ओढेर बिस्तरामा पल्टिई ।"

मैले उसको कुरा सुनिर'को छु भन्न 'ओके' भनेँ ।
"एम्ब भनेर बोलाएको, 'मलाई सुत्न देऊ प्लिज, भोलि बिहानै उठेर जान्छु, हुन्छ ?' भनी । मैले 'ओके' भनेँ, अनि भूइँमा बिस्तरा लगाएर सुतेँ ।"
"सो, यु मिस्ड् येट एनद चैन्स," मैले भनेँ ।
त्यही बेला उसले मलाई सोधेको थियो, "तिमी भएको भए के गथ्र्यौ ?"
मैले केही भनिनँ ।
त्यस्तो बेहोसीमा धेरैले धेरै किसिमको गल्ती गर्छन् । शंकर दाइले कुनै समय भनेको कुरा याद आयो, "खाना खाने समय र यौन क्रिडाको समय मानिस मानिस होइन, पशु हुन्छ । र, यो समय आउने बिचार घुलनशील हुन्छन् । यस्तो समय केही सोच्नु हुँदैन ।"
त्यति बेला मैले सोधेको थिएँ, "अनि दाइ, रक्सीले मातेको बेला नि ?"
शंकर दाइले हाँसेर जवाफ दिनुभ’थ्यो, "नारायण गोपालको एक्लै तिमी नआऊ म मातिएको बेला' भन्ने गीत सुने भै'गो नि त ?"
"भोलिपल्ट के भो त?", मैले अर्को दिनको कथा सुन्न खोजेँ ।
"राती निदाउन नसकेको भएर बिहान दश बजेसम्म सुतेछु । मलाई काममा जानु पर्ने । उसलाई उठाएँ । ऊ धेरै बेर बसिन । बाथरुम गएर आएर मलाई जोडले अंगालो हालेर 'थ्याङ्क यु' भनेर गालामा चुप्प गरेर गई ।"
"ओ, गुड्बाई किस् ?" म फेरि गिज्जिएँ ।
रजनिशले जवाफ दियो, "होइन बन्धु, त्यसलाई 'पेक' भन्छन्­ पि.इ.सि.के ।"


(from Nepalipatra)
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

testo

  • 50x
  • ****
  • Posts: 440
Re: Sex for business and Fun (Nepali)
« Reply #73 on: March 08, 2015, 08:00:22 AM »
पतिले यौनधन्दा गर्न बाध्य बनाएपछि

 पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँग अप्रत्यासित भेट । निरन्तरको भेटले उनीहरुवीच झांगिएको माया । त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका । कान्तिपुर दैनिकमा समाचार छ ।
 

कुनै फिल्मको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखरकी युवतीको हो ।

बितेका एक वर्षभित्र उनले जे भोगिन त्यो पत्याउनै नसकिने खालको छ ।

बिहेको बहानामा युवकले आर्थिक शोषणमात्रै गरेनन् जर्बजस्ती यौनधन्दा गर्न समेत बाध्य बनाए । पत्नी बनाएर नाटक गर्ने ताप्लेजुङका २६ वर्षीय प्रताप लिम्बु अहिले प्रहरी खोरमा छन् ।


प्रकाशित मिति: आइतबार, फाल्गुण २४, २०७१ ०६:२५:२४

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #74 on: March 18, 2015, 08:01:48 AM »
यौनधन्दामा स्कूले बालिका

देशका विभिन्न भागमा स्कूले बालिकाहरु युनिफर्ममै डान्स रेष्टुराँ, डेटिङ स्पट, होटलहरुमा आपत्तिजनक स्थितिमा पक्राउ परिरहेका छन् भने तातोपानी भन्सारमा महिलाहरु सुन तस्करीमा पक्राउ पर्ने गरेका छन्। बालिकाहरु खुलेआम हामी जे खाए पनि, जे गरे पनि तिमीलाई के खाँचो भनेर प्रहरीलाई ओठे जवाफ दिने गरेका छन् भने महिलाहरु बेरोजगार भएपछि सुन तस्करी गर्ने भरिया बनेको बताउँछन्। केही महिनाभित्रै झण्डै ९० किलो सुन प्रहरीले महिलाहरुबाट बरामद गरेको छ।

केही महिना अघि प्रहरीले थाइलेण्ड आवतजावत गर्ने महिलाहरुको यौनाङ्गमा लोरोको रुपमा फिट गरेर ल्याएको सुन बरामद गरेको थियो भने शरीरमा सर्जरी गरेर लागूपदार्थ ओसार पसरा गरेका घटना पनि सार्वजनिक भइसकेका छन्। लागूपदार्थ क्याप्सुल बनाएर निल्ने र ओसार पसार गर्ने घटना त सामान्य भइसकेका छन्। अव स्कूले बालिकालाई बजार क्षेत्रमा यौन धन्दामा लगाउने र घरेलु महिलालाई तातोपानी भन्सार छलेर सुन तस्करीका भरिया बनाउने नयाँ धन्दाको खुलासा भएको छ। चीनबाट तस्करी भएर आउने सुनलाई युवा भरियामार्फत जुत्ता र शरीरका विभिन्न भागमा लुकाएर भारत पुर्‍याउने गरिन्छ।

दमकका होटल सञ्चालक मुना मगर र बिर्तामोड बसपार्कका केदार चौलागाईंलाई होटलमा यौनधन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि तिनले बयान दिए– हामीमात्र होइन, सबै होटलहरुमा यौनधन्दा चलिरहेको छ। स्कूल बालिकालाई पैसाको लोभ देखाएर होटलमा लाने, बियर–रक्सी पिलाएर मताउने अनि यौन धन्दामा लगाउने गरिन्छ। ग्राहकले स्कूले टिनेजरहरु भनेपछि बढी पैसा दिने गर्छन्। झापाका दमक, बिर्तामोडमा बेश्याबृत्ति, यौनधन्दा रोक्न अभियान चलाएको प्रहरीले स्कूले बालिकालाई यौनधन्दामा लगाएको यो खुलासालाई देशव्यापी पारेको छ। ताकि अभिभावकहरु चनाखो हुन्, आफ्ना नानीहरुलाई दलालहरुले यौनधन्दामा नफसाउन्।

सबैभन्दा चर्को समस्या राजधानीमै छ। स्कूले र प्लस टु पढ्ने ठिटाठिटीहरु पढ्नभन्दा बढी डेटिङमा जाने, खुलेआम यौनचर्तिकलाहरु गर्ने, चुरोट बियर ट्याप लगाएर तान्ने, मोवाइलमै सेक्स र सेक्सी फिल्महरु हेर्ने र रमाउने गर्छन्। ३ दिन अघि खबर आयो– पाटनको दरवार स्क्वायर युवायुवतीको डेटिङ स्पट बन्यो, दिनदहाडै आपत्तिजनक क्रियाकलाप देखिन थाल्यो। काठमाडौंका दक्षिणकाली रोड, त्रिशुली सडक, बसपार्क लगायतका भीडभाड हुने क्षेत्रका होटलहरुमा खुलेआम यौनधन्दा चलिरहेको देखिन्छ भने भक्तपुर रोड त बेश्यावृत्तिका लागि प्रख्यात नै भइसक्यो।

नेपालमा यौनधन्दा गैरकानुनी मानिन्छ। यसअघि गृहमन्त्री हुँदा एमाले नेता वामदेव गौतमले पोखराको लेकसाइड पुगेर यौन व्यवसायलाई कानुनी दायरामा ल्याउन रेडलाइट इलाका तोक्ने कुरा झिकेका थिए। गतवर्षमात्र एआइजी पार्वती थापा मगरले रेडलाइट एरिया नतोकेसम्म महिला हिंसा कम हुनसक्दैन भनेर सनसनी फैलाएकी थिइन् भने यौन व्यवसायीहरुले रोजगारी नभएपछि जे छ त्यही बेच्ने हो, यौन व्यवसाय गर्न पाउनुपर्छ भनेर माग गरिरहेका छन्।

देशभरिका मेरी स्टोप्स, गर्भपतनका तथ्यांक हेर्ने, बेश्यावृत्तिका प्रहरी रिपोर्ट पढ्ने र राजधानीको रत्नपार्क, ठमेल, कलंकी क्षेत्रमा जुनसुकै बेला यौन व्यवसायको मोलमोलाई र धन्दा चलिरहेको देख्दा लाग्छ, नेपालमा यौन व्यवसाय कानुनको सख्त जरुरी भइसकेको छ। अव त बालिकाहरुलाई नै रक्सी, चुरोट पिलाएर मताउने र यौनधन्दामा लगाउने महामारी फैलिसकेको अवस्थामा सख्त कानुनको जरुरत झन बढेको देखिन्छ। युवा विदेशीने क्रम नरोक्ने र बालिकालाई यौन धन्दामा लाग्नबाट नरोक्ने हो भने नेपालको भविष्य इबोला भाइरसग्रस्त अफ्रिकाभन्दा बढी अतासलाग्दो देखिदैन?

नेपाल टुडे

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Sex for business and Fun (Nepali)
« Reply #75 on: March 20, 2015, 12:12:09 PM »
राजधानीका डान्सबारबाट अफ्रिकामा युवती सप्लाई


काठमाडौं । राजधानीका डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिका लगेर बिक्री गर्ने  गिरोह पक्राउ परेको छ । सिआइबीले राजधानीका डान्सबार संचाललकहरुसहित सातजनालाई पक्राउ गरेको हो । झण्डै एक महिनाको लामो अप्रेसनपछि प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा मैतीदेबीमा बस्ने एजेन्ट प्रवीण श्रेष्ठ, ललितपुरमा मुन डान्सबार चलाउने राजन केसी तथा एयरपोर्टमा सेटिङ मिलाउने आशिष नामका ब्यक्ति लगायत पक्राउ परेको नयाँपत्रिकामा समाचार छ ।

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Sex for business and Fun (Nepali)
« Reply #76 on: April 09, 2015, 04:27:28 AM »
मैले देहब्यापार गर्ने कुरा श्रीमानलाई पनि थाहा छ

सीता बराल, वर्ष २९, यौनकर्मी

यो पेशा प्रारम्भ गर्नुभएको कति भयो?
१३ वर्ष जति भयो ।

कसले प्रवेश गरायो ?
म फुटपाथमा पसल गर्थें । त्यसबेला चितवनको एउटा केटासँग प्रेम भयो । विवाह त भयो तर उसले घर लगेन । बच्चा पेटमा भएको बेलामा त्यो केटो अचानक भाग्यो । कोठामा खाने कुरा थिएन, व्यापार पनि छोडिसकेकी थिएँ । त्यसपछि के गर्ने ? एउटा चिनेको साथीले मलाई ग्राहक खोजिदिएर सहयोग गरी ।

अहिले बच्चा कहाँछ ?
एउटा बालगृहले मलाई केही पैसा दिएर लग्यो । बच्चा खेलाएर बस्ने हो भने मेरो काम कसले गरिदिने ? फेरि बच्चा बोकेकी आमासँग ग्रामहक पनि आउँदैनन क्यारे ।

कति पैसा कमाउनु हुन्छ ?
पहिले एक्लो हुँदा महिनाको ५० हजार जति कमाउँथे । विवाहपछि श्रीमान्लाई पनि समय दिनुपर्ने हुनाले ३० हजार जति कमाउँछु । अहिले स्वयंसेवक (यौनकर्मी) हरु बढेका छन्, तर ग्राहक भने धेरै छैनन्, त्यसैले पनि आम्दानी घटेको छ ।

कति पैसा बचाउनु भएको छ ?
छैन । खायो, पियो, रमाइलो ग¥यो, अनि सक्यो । अलिअलि श्रीमान्सँग बचत होला । मसँग त्यस्तै २०–३० हजार होला ।

श्रीमान्लाई तपाईंको पेशा थाहा छ ?
म रेष्टुराँमा काम गर्छु । त्यहाँ पाउने तलब भनेको ४ हजार हो । तर दैनिक दुई चार हजार मेरो पर्समा हुन्छ । उसले पनि पैसा लिइरहेको हुन्छ । उसले कहिलै पनि त्यो पैसा कहाँबाट आयो भनेर सोध्दैन । म पनि भन्दिन । म के गर्छु भन्ने उसलाई थाहा हुनुपर्ने हो । थाहा हँुदा पनि वास्ता नगरेको कारण पनि मलाई हिम्मत आएको हो ।

तपाईं कहाँ आउने ग्राहक कहाँ काम गर्छन् ?
खै कहाँ गर्छुन्, के थाहा ? कोही पुलिस छन्, कोही सेना छन् । नेता पनि छन् ।

नेता भनेर कसरी थाहा पाउनु भयो ?
तिम्रो पक्षमा नियम परिवर्तन गर्छु । तिम्रो शरीरमा तिम्रो अधिकार हुन्छ । आप्mनो इच्छाले गरेको काममा प्रहरीले थुन्न पाउँदैन । म तुरुन्तै तिम्रो पक्षमा नियम बनाउँछु भन्छन् । त्यही भएर थाहा भयो ।

शारीरिक सम्पर्क राख्दा कण्डम प्रयोग गर्नुहुन्छ कि हुन्न ?
ग्राहक कण्डम बोकेर आएका हुँदैनन् । हामीलाई कन्डम किन्न अप्ठ्यारो हुन्छ । एनजीओहरुले हामीलाई कण्डम प्रयोग गरेनौ भने रोग लाग्छ भनेर सम्झाएका छन्, तर कण्डम पाउन गाह्रो छ । ग्राहकहरु पनि कण्डम प्रयोग गर्नु नपरे हुन्थ्यो भनेजस्तो गर्छन् । उनीहरुको खुशीका लागि पनि कण्डम प्रयोग गदिनँँ । कतिपय ग्राहक भने आफै कण्डम लिएर आउँछन् ।

महिलाले प्रयोग गर्ने कण्डम हुन्छ भन्ने थाहा छैन ?
अहँ छैन । महिलाले प्रयोग गर्ने कण्डम भए हामीलाई किन्न पनि सजिलो हुन्थ्यो, ग्राहकहरुले थाहा पनि पाउँदैन थिए ।

तल्लो पेट दुख्यो, बच्चा पेटमा बस्ने वा त्यस्तै समस्या प¥यो भने उपचार गर्न कहाँ जानुहुन्छ ?
प्राइभेट क्लिनिकमा ।

सरकारी अस्पताल जानुहुन्न ?
सरकारी अस्पतालमा टिकट लिने ठाउँमा के भयो भनेर सोध्छन् । हामीलाई भन्न लाज हुन्छ । यो केटी त स्वयंसेवक पो रहिछ भन्ने थाहा भयो भने प्रहरीले पक्रन्छ भन्ने डर हुन्छ । प्राइभेट क्लिनिकमा जाने बित्तिकै हामीलाई डाक्टरले चिन्छन् । चूप लागेर औषधी लेखिदिन्छन् । सञ्चो पनि भैहाल्छ ।

एचआईभी एड्स रोग कसरी सर्छ थाहा छ ?
खै, ग्राहकसँग धेरै काम ग¥यो भने सर्छ भन्छन् तर यो काम नगरी हुँदैन, के गर्ने ? मलाई त मच्छडबाट पनि यो रोग सर्छ जस्तो लाग्छ । रोगीलाई मच्छडले टोकेर फेरि हामी जस्तो स्वस्थ मान्छेलाई टोक्यो भने सर्दैन त ?





पत्रकार अश्विनी कोइरालाको पुस्तक “उनी” नेपाली महिलाका बारेमा आएको अहिलेसम्मको फरक कृति हो । विगत १७ वर्षदेखि कान्तिपुरको साप्ताहिक र नारीमा कार्यरत कोइरालाको उक्त कृतिमा रहेका ४० मध्येबाट छानिएको यो अन्तर्वार्ता ।लेखक कोइराला जुकरबर्ग क्याफे नामक पुस्तक लिएर फेरि पाठक माझ आउने तयारी गर्दैछन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #77 on: April 10, 2015, 03:28:02 AM »
ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ
------------------------------------------------------------------------------------------------------

राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन ।

मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ । प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए । राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए ।

उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए । राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई । उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए । ११ कक्षाको तीन/चार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो ।

मेरो एक जना मन मिल्ने साथी थिई मोनिका (नाम परिवर्तन) । उसको घर विराटनगर हो । उसका बुबा व्रिटिस लाउरे भन्थी । कलेज गएकै दिनदेखि उसँग मेरो घनिष्टता बढेको थियो । उसँग मैले प्रायः सवै कुरा सेयर गर्दथेँ । मलाई स्कूटी आवश्यकता परेको पनि उसैलाई सुनाएकी थिएँ । ऊ अरु साथीभाइ भन्दा बढी नै तडक भडक गर्दथी । बजारमा नयाँ नयाँ मोवाइलका ब्राण्ड आउने बित्तिकै उसलाई नयाँ मोवाइल चाहिहाल्थ्यो । होस्टलमा बस्ने भए पनि उसलाई पनि उसका परिवारले अड्कलेर मात्रै पैसा पठाउँथ्यो । तर पनि उसको हाऊ भाऊ र भड्किलो व्यवहारले मलाई अचम्मित बनाएको थियो । हप्तैपिच्छे रेष्टुरेन्ट जाने, फेरि फेरि कपडा लगाउनु पर्ने उसको वानीलाई कहाँको स्रोतले पूर्ति गरिरहेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । उसले कतिपल्ट मलाई पनि रेष्टुरेन्ट लगेकी थिई । यता ११ को फाइनल परीक्षा नजिँकिँदै थियो उता आफ्नो दिमाखमा स्कूटीको चाहना सवार भइरहेको थियो । आफूले भनेको माग पुरा नगरिदिएकोले घर परिवारलाई देखाउनकै लागि भएपनि मैले जसरी पनि स्कूटी किन्नै पर्ने भएको थियो । एक दिनको कुरा हो, मलाई कलेज छुट्टि भएपछि मोनिकाले बागबजार घुम्न जाउँ भनी । मैले पनि घर परिवारसँग कुरा मिलाएर उसँग घुम्न जानका लागि राजी भएँ । त्यस पछि हामी बागबजार पुग्यौँ ।

त्यहाँ दुई जना मानिसहरू थिए । हेर्दा अत्यन्त धनीमानी जस्ता देखिने ति मानिसहरूलाई देख्ने वित्तिकै मोनिकाले हात हल्लाई । तत्तकालै उनीहरूले हामीलाई आफ्नै कारमा राखेर ठमेलको एउटा होटलमा पुर्याए । होटलमा मलाई खानेकुरा अर्डर गरेर उनीहरू एकछिन् वेपत्ता भए । त्यहाँ उनीहरू करिव ३० मिनेट हराए । ३० मिनेट पछि मोनिका मात्र आई उनीहरू आएनन् । मोनिकाले मलाई यस्तो प्रस्ताव राखी त्यो सुन्दा म सुरूमा त छाँगोबाट खसेको जस्तै भएँ । पछि मलाई मोनिकाले सम्झाई र आफू पनि करिव तीन महिना अघि देखिनै त्यस्तो काममा लागिसकेको बताई । त्यो सुन्दा मलाई झन् विश्वास मान्न गाह्रो भयो । पछि उसले कसैले थाहा नपाउने र तिम्रो स्कूटी किन्ने चाहना पनि पुरा हुने बताएपछि म उसको कुरामा राजी भएँ । भोलि त्यही ठाउँमा भेट्ने भन्दै म उबाट छुट्टिएर आफ्नो घरमा आएँ । घरमा आउँदा पनि हलुका भएको थिएन । मथिङ्गलमा के–के कुरा आइ रहे । एक मनले सोच्थ्यो, धत् त्यस्तो काम पनि गर्छन्, अर्को मनले भन्थ्यो मोनिकालाई हेर ऊ अरू भन्दा कति भिन्न छे, उसको लवाई खवाई र भड्किलो खर्च गराईको कसले मात्र तारिफ गर्दैन ? अर्को मनले नै जित्यो । त्यसपछि मैले घरमा जागिर मिलेको र भोलिबाट काममा जानुपर्ने भनेर ढाँटे । परिवारले पनि कहाँ काम मिल्यो, काम कस्तो, खासै सोधिखोजि गरेनन् । त्यसपछि म झनै फुक्का भए । भोलिपल्ट हामी उनीहरूले भनेकै ठाउँमा पुग्यौँ । त्यहाँ हिजै भेटेका मानिसहरू थिए ।

यसरी ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ । जवानी विसाएँ । कुमारित्व तोडेँ । उनीहरूले त्यस्तै २० हजार दिए । तर, मेरो हातमा १० हजार मात्र पर्यो आधा पैसा मोनिकाले नै लिई । अहिले सम्झँदा पनि निकै रुन लाग्छ । मन भक्कानिएर आउँछ । त्यो वाध्यता थियो या रहर मैले केही सोच्न सकेको छैन । त्यस दिन म राति अवेर घर पुगेको थिएँ, मन बेचैन बनाएर । परिवारले कामको पहिलो दिन भनेर खासै वास्ता गरेनन् । त्यसपछि मेरे दैनिकीमा एकाएक परिवर्तन आयो । घरमा ट्राभल अफिसमा काम गर्ने, ठमेलमा कार्यालय रहेको भनेर ढाँटेकी थिएँ । त्यसैले ठमेल तिर कसैले देख्दा मलाई आपत्ति हुँदैनथ्यो । बुबाको सरकारी जागिर, दाजु उपत्यका बाहिर र आमा घरमै व्यस्त हुने हुनाले ममाथि निगरानी राख्ने कोही थिएन । म विहानै कलेज जान्थे र हप्तामा एक दिन त्यस्तो ग्राहककोमा जान्थेँ । साथी मोनिका नै थिई । ग्राहक खोज्ने काम मोनिकाकै थियो । केही पुराना केही नयाँ तर एकदम पैसापाल थिए हाम्रा ग्राहक । कति त रातै विताऔँ भन्दथे तर पनि घरपरिवारले थाहा पाउने भयले म रातै चाँही विताउन्न थिएँ । मोनिका भने धेरै जसो ग्राहकसँग रातै विताउँथी । म हप्ताको सात देखि १० हजार सम्म कमाउने थालिसकेको थिएँ । त्यस्तैमा ११ को बोर्ड एक्जाम पनि दिएँ । परीक्षा राम्रो हुने कुरै भएन । त्यसको दुई महिना पछि स्कूटी पनि किनेँ । जीवनको महत्वपूर्ण चाह त पुरा भयो तर म अर्कै दलदलमा फसिसकेको थिएँ । कक्षा ११को परीक्षामा राम्रो नतिजा आएन, तर फेलै पनि भइनँ । काम गर्न थालेकोले बिग्रियो होला भनेर परिवारले पनि खासै चिन्ता लिएनन् । र, म नचाँहदा नँचाहदै त्यस्तो दलदलमा फस्न पुगेँ ।

हामी प्रायः उच्च घरानाका व्यक्तिहरूकै सम्पर्कमा हुन्थ्यौँ र प्रायः एउटै होटल जान्थ्यौँ । त्यसमध्ये हाम्रो अधिकांश नियमित ग्राहक थिए । त्यसैले हामीलाई कसैले शंका गर्दैनथे । हामीसँग यौनकर्म गर्न आउने ग्राहकहरू व्यापारिक घरानाका थिए । उनीहरूले हामीलाई मनग्ये पैसा दिन्थे । सुरूमा मोनिकाले नै चिनजान गराएकी भएपनि पछि उनीहरूले सिधै मसँग सम्पर्क गर्न थाले । उनीहरू प्राय नयाँ नयाँ युवतीसँग सम्पर्क राख्न चाहने हुनाले ति युवती खोज्ने जिम्माचाँही मोनिकाले नै लिएकी थिई । उसले हाम्रै कलेज पढ्ने अरू दुई युवतीलाई पनि उनीहरूसँग भेट गराएकी थिई ।

सुरूमा नचाँहदा नचाँहदै त्यस्तो काममा लागेता पनि अहिले घरपरिवार र समाजले थाहा पाउने चिन्ताले पेशाबाट बाहिर फर्कने मन छ, तर पनि त्यही अनुसारको खर्च गर्नेबानी परिसकेकाले त्यो पेशाबाट फर्किहाल्ने अवस्था बनेको छैन । अर्को तर्फ मनग्ये पैसा कमाइने र समाज परिवर्तनशील र यौनमा उदार बन्दै गएकाले यहि पेशा सहज हुन्छ जस्तो पनि लागेको छ । ग्राहकहरू आफ्नो यौनजीवन र स्वास्थ्यप्रति आफैँ सचेत हुनाले त्यस्तो सम्बन्ध सुरक्षितै पनि छ ।

समाज बढी उपभोक्ताबादीबन्दै गएकाले आवश्यकता पूर्तिका लागि युप्रै प्लस टू व्याचलर पढ्दै गरेका युवतीहरू पनि यस्तो कार्यमा लागेका हामीले पाएका छौँ । नयाँ नयाँ मोवाइल, स्कूटी र भड्किलो जीवनशैलीको चाहको कारण उनीहरूलाई घर परिवारले दिएको पैसाले मात्रै धान्न सक्ने अवस्था छैन । परिवारको खर्चले नपुगे पछि उनीहरू हाम्रै जस्तो पेशामा आइपुगेका छन् । उनीहरूको ग्राहक पनि हाम्रा जस्तै पैसावालाहरू छन् । धेरै जसो उपत्यका बाहिरका र कोठा भाडा लिएर बस्नेहरू छन् । केही होस्टलमा बसेर पढ्नेहरू पनि त्यस्तो कार्यमा लागेको मैले भेटेको छु । त्यस्ता थुप्रै युवती धुम्रपान मध्यपान गर्दछन् । तर म भने रक्सी, चुरोट केही खान्न । वाइन सम्म लिएकी छु । र मेरा ग्राहकहरू पनि त्यस्ता छैनन् ।

(समिक्षा केसी (नाम परिवर्तन)सँग कुराकानीमा आधारित)
प्रस्तुतिः रामनाथा खनाल, सम्बन्धित डाटा: स्रोत: नेपालपाटी

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Sex for business and Fun (Nepali)
« Reply #78 on: April 10, 2015, 11:49:04 AM »
यौन धन्दा गर्नेबिरुद्ध मुद्दा, सर्लाहीमा ५ जनाहत्या अभियुक्त पक्राउ

09 April 2015

महानगरीय प्रहरी वृत्त जगातीले अश्लिल गतिविधिमा संलग्न ३ महिला सहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक हर्क बहादुर रावलको नेतृत्वमा गएको टोलीले बुधबार गेष्ट हाउसमा छापा मार्दा दिउँसै अश्लिल गतिविधि गरिरहेको अवस्थामा होटल मालिक सहित उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर पालले दिएको जानकारी अनुसार प्रहरीले उनीहरुलाई हिरासतमा लिई सार्वजनिक मुद्धा दायर गरिसकेको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Sex for business and Fun (Nepali)
« Reply #79 on: April 13, 2015, 08:44:04 AM »
नगरबधूको महान् आत्मा

    04 Apr 2015
    २१ चैत्र, २०७१
    अभय श्रेष्ठ
वेश्याप्रति निरपेक्ष घृणा र पण्डितप्रति निरपेक्ष प्रशंसा विवेकहीन मानिसहरूको प्रवृत्ति हो। परम्परा, गौरव र मृत राष्ट्रियताको थोत्रो चस्मा नफुकाली हेर्दा देखिने दृश्य यस्तै हो। यथार्थमा न वेश्या सर्वथा घृणायोग्य हुन्छन्, न पण्डित सर्वथा प्रशंसनीय।
इमानको यति चर्को खडेरीमा विवेकको तुलोमा जोखी हेर्दा मलाई वेश्या नै बढी सम्मानयोग्य लाग्छन्। खासमा तिनले सिस्टमकै नाकमा प्रहार गरिरहेका हुन्छन्। बिपी कोइरालाको 'आफ्नै कथा'मा उनकै आफन्त पर्ने युवती एक कदम अगाडि बढेर भन्छिन्, 'महिलाले आत्मसम्मान गुमाउनु नपर्ने र आत्मनिर्भर हुन सक्ने एउटै मात्र काम वेश्यावृत्ति हो।' जीवनको कहालीलाग्दो यात्रामा सहस्र हन्डर नखाई रहरले कुनै पनि युवती वेश्या हुँदैनन्। वेश्याहरूमाथि सम्मानजनक सम्बोधन गरिएका थुप्रै कृति संसारको साहित्यमा क्लासिक्स भएका छन्।

चिनियाँ निर्देशक झाङ यिमुले चाहिँ यान गेलिङको उपन्यासमा आधारित भएर वेश्याहरूको महानतामाथि चिनियाँ इतिहासमै सबैभन्दा महँगो चलचित्र बनाएका छन्। उनको चलचित्र 'द फ्लावर्स अफ वार' युद्धको विभीषिकाबीच प्रेम र बलिदानको यस्तो कथा हो जसले ठग स्वभावको जँड्याहालाई सन्त र वेश्याहरूलाई प्रेमको महान् प्रतिमूर्ति बनाइदिन्छ। यस्तै मानवीय रूपान्तरणको कथा यसअघि स्टीभेन स्पाइलबर्गको 'सिन्डलर्स लिस्ट', रोमन पोलान्स्कीको 'द पियानिस्ट' लगायत चलचित्रले भनिसकेका छन्। परन्तु, 'फ्लावर्स अफ द वार' धेरै अर्थमा अनुपम छ।

यो एउटी स्कुले किशोरी शुको स्मृति कथा हो। सन् १९३७ मा जापानले चीनको जियाङ्सु प्रान्तको राजधानी नानकिङमा आक्रमण गर्दा तीन लाख चिनियाँले ज्यान गुमाए। लगातार २० दिनको बमबारीपछि डिसेम्बर १३ मा जापानी सेनाले नानकिङ कब्जा गर्यो।। चिनियाँ जनमुक्ति सेनाका तर्फबाट केही सेनासहित मेजर लीमात्र बाँकी थिए। सैनिक भेष छाडेर उनी नानकिङबाट भाग्न सक्थे। तर, विपत्मा परेका चिनियाँ दुःखी महिलाको आबरु रक्षाका लागि अन्तिम साससम्म लडिरहे। केही नलागेपछि जापानी ट्यांकर ध्वस्त पार्न छातीमा विस्फोटक बाँधेर आफैंलाई मानवीय ढालका रूपमा बलिदान गरे। यो त चलचित्रको पृष्ठकथामात्र हो। मुख्य कथा त क्वीन हाई नदी क्षेत्रका १२ जना सुन्दरी वेश्या र एक किशोरको। तिनले १२ जना स्कुले किशोरीलाई जापानी सेनाको बलात्कार र हत्याबाट बचाउन आफैंलाई बलिदान गरेका थिए।

कन्भेन्टमा पढ्ने किशोरीसँगै किशोर जर्ज, अमेरिकी मोर्टिसियन (मृतक सिँगार्ने) जोन मिलर र १२ जना वेश्याले युरोपेली चर्च विन्चेस्टर क्याथेड्रलमा शरण लिएका हुन्छन्। किशोरीहरू वेश्याहरूलाई अघोरै घृणा गर्छन्। तिनलाई चर्पीसमेत प्रयोग गर्न दिँदैनन्। वेश्याहरूकी अगुवा सुन्दरी यु मो भने सधैं तिनको र आफ्नै साथीहरूको सुरक्षित मुक्तिका लागि चिन्तित रहन्छे। मोको पूर्वकथा आफैंमा कहालीलाग्दो थियो। छ वर्षसम्म कन्भेन्टमा पढेर ऊ अंग्रेजी जान्ने भएकी थिई। सुन्दर आँखा भएको कुनै युवकसित उसको हृदयको तार जोडिएको थियो। तर, तेह्र वर्षको उमेरमा ऊ सौतेलो बाबुबाट बलात्कृत भई। सबै सिद्धियो, त्यसपछि बाध्य भएर वेश्या भई।

प्रौढ जोन एकै नजरमा युको प्रेममा फस्छ। प्रेमकै प्रेरणाले उसले जापानी सेनाको बलात्कारबाट किशोरीहरूलाई बचाउन ज्यान जोखिम मोलेर प्रयास गर्योे। तैपनि गोली लागेर एउटी र बलात्कारबाट बच्न खोज्दा तीन तलामाथिबाट खसेर अर्की किशोरीको मृत्यु भयो। अर्कीलाई चाहिँ जापानी सेनाको बलात्कारबाट मेजर लीले बचायो। यसअघि नै जापानी सेनाले छाप्रामा लुकेर बसेका तीन किशोरीमध्ये एउटी झेनलाई तरबारले घोपेर मारिसकेका थिए। त्यस्तो स्थितिमा पनि साथीहरूलाई बचाउन उसले चुँक्कै आवाज निकालिन।

झाङ यिमु कथाको भावलाई व्यक्त गर्न विशिष्ट रङ प्रयोग गर्ने निर्देशकका रूपमा संसारमै प्रख्यात छन्। यु मोप्रति जोनभित्र अंकुराएको प्रेम व्यक्त गर्न उनले हरियो घेराको गाढा रातो रङ प्रयोग गरेका छन्। अक्सर उनी आफ्ना चलचित्रमा चिनियाँ जनक्रान्ति र सांस्कृतिक क्रान्तिलाई ध्वस्त पार्ने गरी उडाउन माहिर छन्। उनका माओकालीन अधिकांश पात्रहरू सोझा, इमानदार तर मूर्ख र जड हुन्छन्। तर, सन् २०१२ को गोल्डेन ग्लोबमा मनोनीत तथा गेलिङ यानको उपन्यास 'थर्टिन फ्लावर्स अफ नानजिङ'मा आधारित यस चलचित्रमा उनले तिनै जनसेना र चिनियाँ जनताको संघर्षको अनुपम गौरवगाथा गाएका छन्।

कहिलेकाहीँ मान्छेका ससाना चोखा भावनाको मूल्य जीवनभन्दा माथि हुन्छ। मेजर लीले पु शेङ नामको घाइते सेनालाई हेरचाहका लागि महिलाहरूकहाँ छाडेर गएको हुन्छ। पु टुहुरो थियो। ऊसँग केही थिएन। त्यसैले जनमुक्ति सेनाले उसलाई आफ्नो दस्तामा सामेल गर्योह। घाइते भएर मर्लन्त हुँदा ऊ भर्खरको किशोरमात्र थियो। डाउ नामकी वेश्याले उसलाई विशेष हेरचाह गरी। आफ्नै भाइको जस्तो अनुहार भएको त्यस केटोलाई ऊ प्रेम गर्छे र चारतारे बजाएर सुनाउँछे।

'तिमीलाई मनपर्यो ?'

'मनपर्यो । धन्यवाद।'

'धन्यवाद नभन। बरु मसँग बिहे गर। म पनि तिमीसँग खेतमा मिहिनेत गरेर काम गर्छु।'

'हाम्रो खेतै छैन।'

'त्यसो भए म पिपा बजाउँछु, तिमी कचौरा बोकेर हिँड। त्यसले हामी तिम्री आमालाई राम्ररी पालौंला।'

'मेरी आमा छैनन्। मेरा कोही पनि छैनन्। जापानीले सबै जनालाई मारिदिए।'

त्यो किशोर मर्योन। मान्छे आखिर प्रेमको सहाराले मात्र बाँच्न सक्छ। पु जिउँदो हुँदा डाउले चारतारे राम्ररी बजाएर सुनाउन पाइन। त्यसका तीन तार चुँडिएका थिए। त्यस्तो तार कोठीमै थियो। गाड्नुअघि भए पनि मृत पुलाई ऊ एकपल्ट सुनाउन चाहन्छे। उता ल्यानको प्रेमीले दिएको इयरिङ कोठीमै छुटेको थियो। जापानी प्रहरीका आँखा छल्दै तिनीहरू कोठी पुगे। अन्ततः ल्यान गोली लागेर मरी। डाउमाथि सेनाले पालैपालो बलात्कार गरे। एउटाचाहिँको कान टोकेर रक्ताम्मे पारिदिई। रिसले चुर भएर त्यसले बन्दुकको कुन्दैकुन्दाले घोपेर मारिदियो। पुको आत्मालाई भए पनि चारतारे बजाएर सुनाउने चोखो भावनासँगै यसरी उसको हत्या भयो।

जापानी सेनाको कर्नेल हासिगावाले चर्चमा आक्रमणका लागि 'पुजारी' जोनसँग माफी माग्यो र सुरक्षाको ग्यारेन्टी दियो। किशोरी छात्राको गीत सुनेर ऊ 'प्रभावित' भयो। नानकिङ विजय घोषणामा उसले तिनलाई गीत गाउन निम्तो दियो। यो त बहानामात्र थियो। सेनाका हाकिमहरू शत्रुपक्षका किशोरीको कुमारित्व भंग गरेर विजयोत्सव मनाउन चाहन्थे। नियत थाहा पाएर जोनले यसको विरोध गर्योश। तर, केही लागेन। शत्रु सेनाकहाँ समर्पण गर्न जानुभन्दा मर्नु ठिक ठानेर किशोरीहरूले चर्चको छतबाट फाल हाल्ने योजना बनाए।

यहीँनिर कथाले अत्यन्त मार्मिक मोड लिन्छ। अब नगरबधूहरूको महान् आत्माले आत्मबलिदान गर्नुपर्ने बेला आयो। जर्जले जोन र युवतीहरूसँग गुहार माग्यो। मोले आफ्ना साथीहरूलाई मनाई। किशोरीका ठाउँमा वेश्या युवतीहरू जान तयार भए। यसरी किशोरीहरूको ज्यान र अस्मिता जोगियो। यहीँनिर किशोरी र वेश्याहरूबीच अत्यन्त मार्मिक कुराकानी हुन्छ। किशोरीहरू माफी माग्छन्।

'मेरी सानी चरी, मेरो जिन्दगी त नर्कै भयो। मेरा लागि भए पनि तिमीले असल जिन्दगी जिउनू है!'

'मेरो मायालुले दिएको यो बाला तिमी सुरक्षित राखिदेऊ है! भेट भए लिउँला, नभए तिमीले नै राख्नू।'

'मेरो त आफ्नो भन्नु त्यही बिरालोबाहेक कोही छैन। त्यसलाई हेरिदेऊ है!'

युवतीहरूले तिनको मन बहलाउन स्वर्गीय डाउको सम्झनामा क्वीन हाई नदी क्षेत्रको गौरवशाली गीत गाए। यहीँनिर कन्भेन्टको किशोर पियन जर्जले अर्को बलिदान गर्ने आत्मघोष गर्योत। किशोरीहरूले गीत गाउँदा लामखुट्टे उपनामधारी वेश्या पनि भूलवश देखा परी। शु नामकी किशोरीले उसलाई पनि विद्यार्थीकै रूपमा चिनाएर वेश्याहरूलाई बचाएकी थिई। यही शुले जापानी सेनासँग समर्पण गरेको ठानेर आफ्नै बाबुलाई दुत्कारेकी थिई र साथीहरूलाई छाडेर एक्लै मुक्त हुन अस्वीकारेकी थिई। त्यसपछि जापानी सेनाले गन्दा १३ जना विद्यार्थी थिए जो सबै विजय उत्सवमा जान बाध्य थिए। एउटी छात्रा त जानैपर्ने भयो। जर्ज तिनकै उमेरको थियो। भेष धर्दा महिला देखिन सक्थ्यो। त्यसमा मोर्टिसियन जोनको भूमिका जरुरी थियो।

विचरा टुहुरो जर्ज छ वर्षको हुँदा भोकमरीले झन्नै मरेको थियो। फादर इंगलम्यानले उसलाई चर्चमा ल्याएर बचाए। उसलाई विद्यार्थीको सुरक्षा र हेरचाह गर्न अह्राएका थिए। आक्रमणमा फादर मारिए। जर्जले फादर जिउँदो रहुन्जेल उनको गुन तिर्न पाएन। जोनले सबै महिला र जर्जलाई किशोरी विद्यार्थीका रूपमा सिँगारिदियो। महिला र जर्ज विद्यार्थीको जीवन जोगाउन जापानी सेनाको बलिबेदीमा होमिन बिदा भए। जाँदा आत्मरक्षाका लागि तिनले आफ्नो छातीमा काँचको छुरी लुकाएका थिए। जोनले जर्जलाई भनेको थियो, 'तिमीलाई धेरै खतरा छ। गाडी चढिसकेपछि कसैगरी भाग्नू।'

'म भाग्दिनँ। त्यसो गर्दा फेरि तेह्रै जना विद्यार्थी पक्राउ पर्छन्। म कसरी फादर इंगलम्यानको गुनको बदला धोका दिन सक्छु? म त्यहीँसम्म पुग्छु। त्यतिन्जेल पक्कै तपाईंले यी छात्रालाई नानकिङ पार गराइसक्नुहुनेछ।'

अनेक चलाखी गरेर जोनले विद्यार्थीलाई नानकिङ कटाएर मुक्त पार्योे। नयाँ पुस्ताको मुक्तिका लागि आफूलाई बलिदान गर्ने ती बाह्र महान् वेश्या र किशोर जर्जलाई के भयो होला? चलचित्र सकिए पनि दर्शकलाई यस प्रश्नले बेस्सरी चिमोटिरहन्छ। कथा वाचक शुले पछि तिनलाई कहिल्यै भेट्न पाइन। हुन सक्छ— ती बलात्कृत भए र आत्मरक्षा गर्दागर्दै मारिए। अनि जर्ज? उसलाई त अझै यातना दिएर मारियो होला।

सुन्दर कथा, पुष्ट पटकथा र जीवन्त अभिनय राम्रा चलचित्रका प्रथम सर्त हुन्। खासगरी वेश्याहरूकी नायिका यु मोको भूमिकामा नि नी, नक्कली पादरीको भूमिकामा कृस्चियन बेल, डाउको भूमिकामा ली यु मिन, शुको भूमिकामा झाङ जिन्यी, ल्यानको भूमिकामा बाई जुई, जर्जको भूमिकामा हुआन तियानयुआनको अभिनयकलाले भुतुक्कै पार्छ। ४० प्रतिशत अंग्रेजी र ६० प्रतिशत नानजिङको आञ्चलिक भाषामा छायांकित यस चलचित्रको फोटोग्राफी र मूलतः अव्यावसायिक कलाकारहरूको अभिनयको प्रशंसा हृदयबाटै उम्लेर आउँछ। चर्चाले संसार हल्लाएका थुप्रै चलचित्रमा दुई घण्टा बाँधिन मलाई हम्मे पर्छ। गोल्डेन ग्लोब पुरस्कारका लागि मनोनीत 'फ्लावर्स अफ द वार'ले भने मलाई सासै रोकेर बाँधिराख्यो। यस्तो तिख्खर, हृदयस्पर्शी र साहित्य स्तरको रुचिकर चलचित्र हेर्ने अवसर विरलै पाइन्छ।