Author Topic: Sex for business and Fun (Nepali)  (Read 42269 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sex for business and Fun (Nepali)
« Reply #80 on: May 07, 2015, 02:12:35 AM »
पोखरामा युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाउने पक्राउ
 
प्रकाशित मिति: 4:42:05 pm, May 06, 2015

    कर्मयुग

पोखरा, वैशाख २३– पोखराको नागढुंगामा युवतीहरुलाई जवरस्ती यौनधन्दामा लगाउने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेकी पोखरा २७ की ४२ वर्षीय कमला शेरचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पक्राउ गरेको हो ।

युवतीहरुलाई ललाई फकाई यौनधन्दामा लगाउने र नमान्नेलाई जबरजस्ती डरत्रास देखाएर यौन धन्दा गर्न बाध्य पार्ने गरेको आरोपमा शेरचन पक्राउ परेकी हुन् । शेरचनले पोखरा वडा नम्बर ९ नागढुंगामा निरभाना रेष्टुरेण्ट सञ्चालन गर्दै आइरहेकी थिइन् ।

रेष्टुरेण्टमा कार्यरत चार जना युवतीलाई रेष्टुरेण्टमा साधारण काम तथा घर सफाइको लागि भन्दै रोजगारी दिए पनि ती युवतीहरुलाई उनले जबरजस्ती यौनधन्दामा लगाउने गरेको उजुरी परेको थियो । पीडित युवतीहरुले रेष्टुरेण्ट संचालिका शेरचन विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा छुट्टाछुट्टै जाहेरी दिएका थिए ।

प्रहरीले पीडित युवतीसँग घटनाका बारेमा कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरिसकेको कास्की प्रहरी प्रमुख एसपी हरि पालले जानकारी दिए । फरार रहेकी शेरचनलाई पक्राउ लगत्तै मंगलबारै जिल्ला अदालत कास्कीबाट मानवबेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sex for business and Fun (Nepali)
« Reply #81 on: May 29, 2015, 02:03:29 AM »
पतिलाई पार्लर जान्छु भन्दै यौनधन्दामा
दैनिक नेपाल२०७२ जेठ १४ गते

बुटवल, १४ जेठ । देवदह खैरेनीकी २४ वर्षीया पूजा (नाम परिर्वतन) सापकोटा आफ्ना श्रीमान्लाई पार्लरमा जागिर खान्छु भन्दै बिहान नौ बजे घरबाट हिँड्छिन् । बेलुकी पुनः घर फर्किन्छन् ।

मतीको राम्रै कमाई भएकाले होला उनका श्रीमान्ले उनलाई कहिल्यै चिओ गरेनन् । गरे त केवल विश्वास, आशा अनि भरोसा । त्यो पनि निरन्तर एक वर्षसम्म ।आजको सौर्य दैनिकले छापेको छ ।

तर, उनकी श्रीमती पूजा उनले आशा, विश्वास र भरोसा गरे अनुसार चलिनन्, व्युटीपार्लरमा जागिर पनि खाइनन् । खाइन् त जागिर एक होटलमा ग्राहक रिझाउने । ग्राहकलाई सन्तुष्टि पार्ने, अझ भनौ उनी यौनकर्मीको रूपमा काम गरिन् ।

आफ्नो माइत सालझन्डी बताउने पूजा बुधबार प्रहरीले होटलमा छापा मार्दा उनी भेटिइन् । तब पूजाको वास्तविकता थाहा भयो । पूजा यतिबेला इलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छिन् ।

उनी मात्र होइन, किताब र कापी च्यापेर स्कुल जाने उमेरकी १६ वर्षीया सन्तोषी र १६ वर्षकै रमिता परियार पनि यौनकर्मीका रूपमा काम गरेको फेला परेपछि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा लगिएको छ ।

यी दुवै युवतीले आफ्नो ठेगाना प्रहरीसमक्ष बुटवलको बुद्धनगरमा बताएका छन् ।

वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारनाथ पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले धौलागिरी होटलमा छापा मार्दा एक जोडी कोठाबाट र अन्य युवती तथा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको हो ।

धौलागिरी होटलको नामबाट यौनधन्दा गरेपछि सो होटललाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले यस्तै अनैतिक कार्य गरेको भन्दै साधारण सदस्य नरहनेगरी निष्काशन गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले जनाएको छ । पटकपटक यस्तो क्रियाकलाप गर्ने गरेको भन्दै संघले सदस्य नै नरहने गरी हटाएको हो ।

प्रहरीले यौन क्रिडास्थलमा छापा मारी दुई सय ७९ वटा कन्डम फेला पारेको छ । ग्राहकहरू त्यहाँ जाँदा होटलले सु्विधा भन्दै निःशुल्क कन्डम दिने गरेको भेटिएको हो ।

पसल सञ्चालक इमबहादुर विक र उनकी श्रीमती कमला विकलाई प्रहरीले बारम्बार पक्राउ गर्दै यस्तो कार्य नगर्ने भन्दै छाड्दै आएको थियो । अहिले पनि होटल सञ्चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।

उनीहरूकी एक छोरी छन् । उनकी छोरी पनि सोही होटलमा नै बस्दै आएको भए पनि उनी भने यौनकर्मीको रूपमा काम नगरेको प्रहरीले जनाएको छ ।

होटलका भित्र दुई वटा कोठाका कुनाबाट प्रहरीले यौनसम्पर्क गरेपछि फालिएका कन्डमहरू पनि बरामद गरेको छ ।


xsajha

  • 50x
  • ****
  • Posts: 1493
Re: Sex for business and Fun (Nepali)
« Reply #82 on: June 10, 2015, 12:15:25 PM »
नेपालका यौनकर्मी महिला यस्ता छन् हेर्नुस


यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो । यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । ‘परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन् अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

 त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् । यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन्

१२ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ६८ प्रतिशत विवाहित छन् । ३४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए । सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् ।

 उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए । त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् । अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए ।

 त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए । ३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sex for business and Fun (Nepali)
« Reply #83 on: June 26, 2015, 05:31:45 AM »
यौन कार्यमा मस्त ८ जाडीसहित २४ पक्राउ
 
प्रकाशित मिति: 10:36:53 pm, June 25, 2015

झापा, असार १०–झापाको बिर्तामोडबाट प्रहरीले आज अपराह्न आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोडमा सञ्चालित विभिन्न होटलबाट होटल सञ्चालकसहित आठ जोडीलाई योन कार्यमा लिप्त रहेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

झापामा सञ्चालित होटलमा पछिल्लो समय यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले बिर्तामोडमा सञ्चालित २५ भन्दा बढी होटलमा एकैपटक छापा मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिए । प्रहरीले छापा मारेका सबैजसो होटलमा यौनजन्य गतिविधिमा संलग्न रहेको पाइएकाले होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए । प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि नाम भने सार्वजनिक गरेको छैन । रासस

From - Ratopati

sag

  • VIP
  • ******
  • Posts: 738
Re: Sex for business and Fun (Nepali)
« Reply #84 on: September 11, 2015, 07:31:39 AM »
चार दोबाटोमा खुलेआम यौनधन्दा चलाउने गुप्ता जोडीसहित पक्राउ

२०७२ भदौ २५ गते


बनेपा, २५ भदौ । काभ्रे जिल्लाको बनेपास्थित चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ ।

मिठाइ पसलमा यौनधन्दा गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । अभियुक्तलाई सार्वजनिक अपराधअनुसार मुद्दा चलाइएको छ ।

गुप्ताले आफ्नो होटेलमा यौनधन्दा चलाउने गरेको उजुरी छिमेकीहरूले गरेपछि प्रहरीले छापामारेको थियो ।

uxwall

  • 10X
  • ***
  • Posts: 49
Re: Sex for business and Fun (Nepali)
« Reply #85 on: July 02, 2018, 08:13:17 AM »
sad

coolboy

  • 50x
  • ****
  • Posts: 53
Re: Sex for business and Fun (Nepali)
« Reply #86 on: July 02, 2018, 03:07:23 PM »
 :(