Author Topic: Karishma Manandhar - Photos and profile  (Read 132487 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #40 on: June 12, 2012, 01:58:06 PM »
करिश्माका जिज्ञासा, राजेशका उत्तर

राजेश हमाल र करिश्मा मानन्धर नेपाली फिल्मका एकताकाका निर्विकल्प नायक/नायिका । 'सन्तान' फिल्मबाट २९ वर्षअघि रजतपटमा आएकी करिश्माले केही वर्षपछि 'युगदेखि युगसम्म' हुँदै छिरेका राजेशलाई लामो समय न्यानो साथ दिइन्, अभिनय यात्रामा । तर पछिल्लो समय भने दुईबीच केवल फिल्मी संवादमा मात्रै बोलचाल सीमित रहेको खबर नआएको होइन ।

'भाउजू', 'एक नम्बरको पाखे', 'साथी', 'ढुकढुकी' जस्ता सफल फिल्म दिएको जोडीले पछिल्लो फिल्म 'मायाको बारीमा' गरेको हो । आइतबार भने दुवै जना फिल्म 'रंग' मा अतिथि भूमिकाका लागि सँगै देखिए । राजेशका सहयोगी रोशन ठकुरी निर्देशित फिल्मका लागि सट दिने क्रममा करिश्माले उनलाई विवाहका बारेमा खुलेर सोधेकी थिइन् ।

करिश्माः कत्तिले सोधिसकेका छन् जुन मलाई पनि सोध्न मन लागिरहेको छ तर पाएको थिइनँ, तपाईंले किन बिहे नगरेको ?

(लामै हाँसो) बिहे यही उमेरमा यही टाइममा गर्नुपर्छ भन्ने त छैन । अहिले फर्केर हेर्दा के लाग्छ भने, कुनैबेला म बिहे गर्नैपर्छ भन्ने के छ भन्ने फेजमा पनि थिएँ । के एउटा जीवन भएपछि बिहे गर्नैपर्ने, बालबच्चा पाउनैपर्ने, घर गृहस्थी गर्नैपर्छ त ? यो मेरो नितान्त व्यक्तिगत धारणा हो । चाहे त्यो सही हो वा गलत आफ्नो ठाउँमा छ ।

करिश्माः यो पत्रकारले सोधेको प्रश्न होइन । मैले पनि केही भन्न पाउनुपर्छ । बिहे भनेको त युनिभर्सल ट्रुथ हो नि । संसारभरि चलिआएको चलन हो । मुस्किलले तीन प्रतिशतले त बिहे गरेका छैनन् होला ।

राजेशः किन गरिएन भन्ने सोचाइ एउटा फेजमा मेरो पनि थियो । जुन बेला औसत मान्छेले बिहे गर्छन् त्यो बेलामा मैले गम्भीर भएर सोच्दै सोचिनँ । बिहे भनेको आफ्नो-आफ्नो सोचाइ, धारणामा हुने कुरो हो । त्यसैले कसैको उदाहरण दिएर हुने होइन ।

करिश्माः हुन त तपाईं आफ्नो कुरालाई राइट बनाउन थुप्रै तर्क गर्न सक्नुहुन्छ । तर मैले भन्न खोजेको मान्छेको जीवन भनेको ४० वर्षसम्म मात्रै आफ्नो रे । त्यसपछि शरीरमा धेरै प्रकारका चीज आउन सक्छ । त्यसैले बिहे गर्ने हो भने त बालबच्चा पनि हुनुपर्छ नै । त्यसैले अलि अगाडि होस् भन्न खोजेको ।

राजेशः मलाई एक ज्योतिषीले के भनेका थिए थाहा छ ? राजेशजी तपाईंलाई १०२ वर्ष पुगेपछि बल्ल अलिअलि जवानी आयो कि भने जस्तो फिल हुन्छ रे । (फेरि हाँसो) ४० वर्ष भनेको त बच्चै हो ।

करिश्माः यो एउटा राम्रो जोक्स बाहेक केही होइन । हेर्नोस् त तपाईंको कुराले सबै हाँसेका । तर तपाईंको उत्तरले म सन्तुष्ट हुन सकिनँ । यो नेभर इन्डिङ कुरा जस्तो मात्रै लाग्यो ।

राजेशः होइन, यत्तिका वर्ष बिहे नगर्नुको कारण पहिले मेरो सोचाइ अर्कै थियो । तर अहिले आएर मेरो सोचाइमा केही परिवर्तन आएको छ । तपाईंले भने जस्तो बालबच्चा, घर-गृहस्थी सोचेर भन्दा पनि पार्टनरसँग जीवन सेयर गरौं भन्ने लाग्यो ।

करिश्माः मेरो सल्लाह त, बिहे भनेको कहिल्यै पक्का हुँदैन । कतै न कतै कम्प्रोमाइज त हुन्छ नै ।

राजेशः स्योर । तर हामीले पहिले जुन प्रेम, एकआपसको आकर्षणको आवरणमा रहेर बिहे गरिन्छ तर पछि गएर अन्य पक्षले जित्न थाल्छ । कुनै व्यक्तिले उसले रोजे अनुसार स्वतन्त्र भएर त बिहे हुँदैन । रोज्दाखेरि नै एउटा घेरा लगाइएको हुन्छ । मेरा यी व्यक्तिगत धारणा हुन्, तपाईंले यसलाई ठीक भन्नैपर्छ भन्दिनँ । तपाईंलाई श्रीमान् चाहिन्छ बालबच्चा चाहिन्छ भन्ने हुन सक्ला । यो नितान्त व्यक्तिगत कुरो हो ।

करिश्माः हो, नितान्त व्यक्तिगत कुरा हो । तर तपाईं सुपरस्टार हो । सबै चाहन्छन् कि तपाईंको बिहे होस् । मेरो मात्रै चिन्ताको विषय होइन । किन चाहन्छन् होला त ? आफैंलाई सोध्नुस् ।

राजेशः विवाह भनेको के ह्याप्पीनेसको सूत्र हो त ? एक क्षणको लभको लागि हामी स्याडनेस स्विकार्न तयार हुन्छौं रे, के । तपाईंले कसैलाई लभ गर्नेबित्तिकै एउटा न एउटा पाटोमा गएर स्याडनेस भोग्नुपर्छ । पीडा हुन्छ ।

करिश्माः तपाईंलाई कुरा गर्न कसले पो सक्छ र ? तपाईं त बाबाजी हो ।

राजेशः अब उसो भए तपाईंलाई म के भनौं ? मेरी आज्ञाकारी चेली भनौं कि के भनौं ? बाबाजीको अतिथि सत्कार कसरी गर्नुहुन्छ त ? हा हा हा । अनि तपाईंको छोरी, विनोदजीको के हाल छ ?

करिश्माः छोरी अमेरिकामा छे । छुट्टीमा साथी भेट्न गएकी छ । विनोदजी पनि घरायसी काममै व्यस्त हुनुहुन्छ । अनि नि, तपाईंलाई सोध्न मन लागेको, तपाईं पहिले जसरी काम गर्नुहुन्थ्यो, अहिले अवस्था त्यस्तो छैन नि ? फिल्ममा रोलहरू परिवर्तन भइसके । तपाईंको ठाउँ पनि परिवर्तन भइसक्यो । कस्तो लाग्छ तपाईंलाई न्यु कमर आउँदा ?

राजेशः यो अचानक आएको होइन । स्वाभाविक प्रक्रिया नै हो नि । अचानक केही भइदिए वा बीचमा ग्याप भइदिए असहज लाग्छ ।

करिश्माः तर जे होस्, तपाईंको जीवनमा सधैं राम्रो राम्रो होस् । चाहे त्यो बिहे गरेर होस् वा नगरेर । हरेक सन्दर्भमा म उहाँलाई खुसी भएको हेर्न चाहन्छु ।

प्रकाशित मिति: २०६९ जेष्ठ २३ १२:१७

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #41 on: July 04, 2012, 11:12:11 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #42 on: July 06, 2012, 08:46:05 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #43 on: July 06, 2012, 08:46:26 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #44 on: August 08, 2012, 02:13:57 AM »
karishma manandhar nipples slip or visible

Click On the Photo


too bad ...
manche lai murkha banaune ?


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #45 on: August 08, 2012, 02:14:52 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #46 on: August 20, 2012, 08:41:42 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #47 on: August 20, 2012, 10:49:32 AM »





tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #48 on: September 15, 2012, 04:48:43 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Karishma Manandhar - Photos and profile
« Reply #49 on: September 15, 2012, 04:58:34 AM »
Surkhet film festival ....