संबिधान सभा को खोप
धेरै समाचार सुने , धेरै जनता को अन्तेर्वार्ता पनि सुने । अह , छैन धेरै लाई स्पस्ट छैन अनी कोही विश्वाशत छैन ।
चैत्र २८ गते नेपाल मा हुन गैरहेको चुनाव आउन अब २५ दिन मात्र बाँकी छ । सबै कुरा सामान्य रहेमा अनी कुनै अपसगुन नभएको खन्ड मा चुनाव हुने पक्का पक्की छ । नेपाल मा नेपाली जनता चुनाव मा आफ्नो अमुल्य मत खसाल्न तयार भएर बसेका छन । डर को अनी भय को नी बातावरण छ , सुरक्षा को प्रश्न पनि अझै अनुत्तरित नै छ ।
त्यो भन्दा पनि अर्को सबै भन्दा गहन कुरा भनेको चेतना हो । शहरी क्षेत्र मा बसोबास गर्ने पडेलेखेका जनता ले नै नबुझेको यस् निर्वाचन लाई
बहुसन्ख्यक शिक्षा अनी संचार को अभाव मा तेस्रो विस्व को तेस्रो दर्जा को नागरिक जस्ता भएर बसेका नेपाली ले कत्ती सम्मा बुझेका होलान?
अनी यही चेतना को अभाब मै हुन्छ निर्वाचन मा मासु भात अनी रक्सी को बिजय् , पैसा अनी शक्त्ती को बिजय्।
सप्पै कुरा को समस्या चेतना , अनी सबै समस्या को समाधान पनि चेतना ।
हे पशुपती नाथ नेपाल मा पोलियो खोप , दादुरा को अनी भिटामिन को सुइ लाये जस्तै लगाउन लाई चेतना को पनि सुइ बनाइ देउ। एक्कै दिन मा सबै लाई चेतन सिल बनाउन सकियोस।
अस्तु