Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 427870 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #210 on: October 25, 2009, 04:02:19 AM »
Yesto pani hunchha.....


नेपालगन्ज, २०६६ कार्तिक ७ - मोटरबाटो निर्माणको टेण्डरमा प्रतिष्पर्धा रोक्न डोल्पाका निर्माण ब्यवसायीहरुले जुफाल बिमान स्थल हिलाम्य पारेर जहाज अवतरणमा अवरोध गरेका छन् ।

सदरमुकाम दुनैदेखि यालाकोटसम्मको २० किलोमिटर सडक निर्माणको टेण्डरमा प्रतिष्पर्धा गर्न नेपालगन्ज र सुर्खेतबाट हवाई मार्ग भइ जाने व्यवसायीलाई रोक्न  धावान मार्गमा पानी खन्याएर हिलाम्मे पारेका छन् ।

more - http://www.ekantipur.com/np/news/news-detail.php?news_id=301295

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #211 on: October 25, 2009, 04:17:16 AM »
पशुपतिका भण्डारीद्वय क्याबिन र डान्स रेष्टुरेन्टमा

काठमाडौं, कार्तिक ७ (नागरिक) - पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरका भण्डारी रातभर राजधानीका क्याबिन र डान्स रेष्टुरेन्टमा झुम्ने गरेको खुलासा गरेको छ। पशुपतिका भण्डारीद्वय सानुबाबु राजभण्डारी र जितेन्द्र राजभण्डारी एउटा क्याबिन रेष्टुरेन्टमा मदिरापानमा व्यस्त रहेको फोटो पनि समितिले शनिबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गर्यो।


पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी नियुक्तिका लागि समितिको गठन भएको हो। पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक डा. ऋषिप्रसाद शर्माले भक्तजनले चढाएको भेटी दुरुपयोग गरिएको भन्दै यस्ता भण्डारीहरुलाई तत्कालै हटाउन माग गरे।

भारतीय पुजारी राखेपछि चढाइएको भेटी आफूखुसी दुरुपयोग गर्न पाइन्छ भनेर नै भण्डारीहरु भारतीय भट्ट राख्ने पक्षमा रहेको आरोप लगाए। उनले भारतीय भट्ट र भण्डारीहरुले नेपालको पशुपतिनाथ मन्दिरमा बसेर गरिरहेका कुकृत्य आउँदा दिनमा पनि भण्डाफोर गर्दै जानेसमेत चेतावनी दिए। उनले भने, 'पशुपतिमा पानी फोहोर छ, खानेपानी छैन। तीर्थालु बस्ने ठाउँसमेत छैन। भण्डारीहरुले भेटी जाँड रक्सी र यौन दुराचारमा सकेका छन्। यिनलाई हटाउनुपर्छ।'

पूर्व पुजारी विष्णु दाहालले नियम र पद्धतिलाई धज्जी उडाएको भन्दै हटाउनुपर्ने माग गरे। भण्डारीले माछा, मासु, चुरोट, रक्सीजस्ता इन्द्रीयलाई उत्तेजित पार्ने कुनै पनि चिज खान बर्जित गरेको बताए। उनले भने, 'लसुनसमेत नखाने, सात्विक खाना मात्र खानुपर्ने नियम छ। सत्कर्ममा लाग्ने मात्र भण्डारी र पुजारी हुन पाउँछ।'

पशुपतिमा चढेको भेटी पारदर्शी बनाउनुपर्ने माग उठ्दैआएको छ। तर, अहिलेसम्म भएको छैन। पौडेल गत पुसमा १७ देखि २३ सम्म पुजारी हुँदा दैनिक ३२ देखि ४० हजारसम्म भेटी सार्वजनिक गरेको बताए। उनले भने, 'त्यसबेला त भक्तजन नै आएका थिएनन्। विवाद थियो।' उनका अनुसार दैनिक दुई लाखसम्म भेटी उठ्छ। शिवरात्रिको दिन ५ करोडजति उठ्ने उनले बताए। तर भेटी अहिलेसम्म पारदर्शी नभएको भन्दै पारदर्शी बनाउने आवाज उठिरकेको छ।

from - http://nagariknews.com/society/nation/6280-2009-10-24-13-41-25.html

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #212 on: October 26, 2009, 01:30:59 AM »
पशुपतिका भण्डारीद्वय क्याबिन र डान्स रेष्टुरेन्टमा


here you go - photos



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #213 on: October 27, 2009, 07:49:39 AM »

मकै खाने भालु, चोट पाउने कालु !

विद्यार्थीले लात्ती हानेपछि ढल्दै गरेको मोटरसाइकल। भोजपुरका क्याम्पस प्रमुख पर्वतकुमार राईलाई कुट्ने माओवादी कार्यकर्तालाई कारबाहीको माग गर्दै उनीहरुले केही बेर प्रदर्शनीमार्गमा सवारी आवागमन बन्द गराएका थिए। तस्बिर : विजय राई



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #214 on: October 28, 2009, 04:43:05 AM »


पाल्पाको गोठादी, जगातका विद्यार्थीहरु पुल नभएपछि खोला तरेर विद्यालय जाँदै । यहां पुल नहुंदा विद्यार्थी खोला तर्न बाध्य छन् । खोलामा बाढी आएको बेला विद्यालय जादैनन् ।
फोटोग्राफर: माधब अर्याल

khatee

  • 50x
  • ****
  • Posts: 179
Re: Can only happen in Nepal!!
« Reply #215 on: October 28, 2009, 10:15:22 AM »
tundikhel bro tapai kunai chachune manche hoina. id not necessary but deep inside i feel so u r great

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #216 on: October 28, 2009, 11:54:56 AM »
tundikhel bro tapai kunai chachune manche hoina. id not necessary but deep inside i feel so u r great


oh ... OMG....

That's awesome compliment!!

Thank you very much.

xsajha

  • 50x
  • ****
  • Posts: 1490
Re: Can only happen in Nepal!!
« Reply #217 on: October 28, 2009, 11:26:11 PM »
tundikhel bro tapai kunai chachune manche hoina. id not necessary but deep inside i feel so u r great

I second to that!!

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #218 on: October 28, 2009, 11:50:03 PM »
I second to that!!
Thanks xsajha

Lau yesto pani hunchha.... Stadium banaunu paryo bhaera tyo bus ko ke dos?



अराजकताको हद !
सुनसरीको इटहरिमै रङ्गशाला बन्नुपर्ने अडानसाथ आमहड्तालमा उत्रेका स्थानीयले लगाएको आगो। तस्बिर : अमर खड्का (nagariknews)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #219 on: October 28, 2009, 11:51:43 PM »
Child Care Center?? Never heard such a thing!!



दोहोरो जिम्मेवारी
दाङको लोहारपानी गाविसस्थित प्राथमिक विद्यालयमा आफ्नो बच्चा बोकेर विद्यार्थी पढाउँदै शिक्षिका। तस्बिर : गजेन्द्र बोहरा (Nagarik)