Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 423322 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #270 on: November 30, 2009, 01:26:20 AM »
  विकास बजेट मन्त्रीका लागि इन्धनमा खर्च
आइतवार, 29 नोभेम्बर 2009 ( नागरिक)


रुद्र खड्का, नेपालगन्ज मंसिर १४- जिल्लामा आउने मन्त्री र नेताले सवारी साधन माग गर्ने क्रम बढेपछि बाँकेका अधिकांश सवारी साधन भएका कार्यालयले वार्षिक विनियोजनभन्दा बढी रकम इन्धनमा खर्च गरेका छन्। नेता र मन्त्रीका लागि मागिने गाडीले इन्धनको व्यवस्था सम्बन्धित कार्यालयले व्यहोर्नुपर्ने भएकाले विकास बजेटबाट खर्च गर्नुपरेको हो।

इन्धनमा वार्षिक विनियोजनभन्दा बढी रकम खर्च गरेका कार्यालयले बढी खर्च हुनुमा नेता र मन्त्रीले जथाभावी सवारीसाधन माग्नुलाई कारण जनाएका छन्। नेता र मन्त्रीले जथाभावी गर्दा कैयौ कार्यालय प्रमुखलाई समेत सवारी साधन दुरुपयोग गरी इन्धनमा भएको खर्चलाई मन्त्री र नेताको नाममा देखाउन सजिलो भएको छ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #271 on: November 30, 2009, 09:29:32 AM »
  मन्त्रीको कुटाइ खाने सीडीओलाई 'कारबाही'
सोमबार, 30 नोभेम्बर 2009 08:37 नागरिक

काठमाडौं, मंसिर १५ (नागरिक)- उच्च पदस्थ कर्मचारीहरूले पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कारबाही नहुने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सम्पूर्ण निजामती प्रशासनको मनोबल गिरेको टिप्पणी गरेका छन्।

राज्यमन्त्री वेगमले आफू गृह जिल्ला पर्सामा जाँदा थोत्रो गाडी पठाएको भन्दै कात्तिक २४ मा भण्डारीमाथि कुटपिट गरेकी थिइन्। उनले घटना भएकै दिन संवाददाताहरूसित थोत्रो गाडी पठाएर अपमान गरेकाले आफूले कुटेको बताएकी थिइन्।

'करिमाले घटनाप्रति दुःख प्रकट गर्नेभन्दा सीडीओ भण्डारीमाथि उल्टै जघन्य आरोप लगाउनुभएको छ। त्यसप्रति बेवास्ता गरी प्रधानमन्त्रीले राज्यमन्त्रीलाई कारबाही हुँदैन भनेर दिएको अभिव्यक्तिले हामीलाई चिन्तित बनाएको छ। त्यसले उद्दण्ड व्यवहार गर्नेहरू उत्साहित र कर्मचारीहरूलाई निरुत्साहित बनाएको छ' खनालले नागरिकसित भने।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #272 on: December 01, 2009, 06:01:38 AM »

डिजेलको अभावमा ट्रेक्टर नपाएपछि  मोटरसाइकलको सहयोगले खेत सम्म्याउँदै डुमरवाना (बारा) का कृषक।   तस्बिर : उपेन्द्र लामिछाने।


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #273 on: December 02, 2009, 10:36:15 AM »
पाँच दिनदेखि तेल छैन

    * सरकारी पेट्रोल पम्पमा लामो लाइन
    * समस्या सुल्झाउन कसैले चासो दिएन
    * सरोकार मन्त्रालयका मन्त्री र सचिव विदेश भ्रमणमा

विज्ञान अधिकारी, काठमाडौं, मंसिर १७- माओवादी सम्वद्ध अखिल नेपाल पेट्रोलियम मजदुर संघको आन्दोलनका कारण पाँच दिनदेखि मुलुकभर तेल आपूर्ति बन्द भएको छ।

source - nagarik

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #274 on: December 02, 2009, 12:46:43 PM »


माओवादी मजदुरले डिपोबाट पेट्रोलियम पदार्थ उठाउन नदिएपछि केही सरकारी पम्पमा ठूला लाइन लागेका छन्। तस्बिर : नागरिक

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #275 on: December 02, 2009, 12:49:40 PM »
तारसमेत चोरी भएपछि केन्द्रीय कार्यालय सम्पर्कविहीन

नयाँ पत्रिका

काठमाडौं, १५ मंसिर

देशका लाखौँ विद्यार्थीलाई शिक्षा दिने सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय साढे तीन करोड विद्युत् महसुल तिर्न नसक्दा अन्धकार भएको छ । टेलिफोन तारसमेत नभएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय सम्पर्कविहीन भएको छ ।

त्रिविले महिनौँसम्मको महसुल नतिर्दा विद्युत् प्राधिकरणले विद्युत्लाइन काटिदिएको छ भने टेलिफोनको तार चोरले लगेपछि सञ्चार-सम्पर्क पनि हराएको छ । त्रिविले नेपाल विद्युत् प्राधिकरणलाई करिब तीन करोड ६० लाख रुपैयाँ महसुल तिर्न नसकेपछि विद्युत्लाइन काटिएको हो ।

ँविद्युत् प्राधिकरणले चेतावनी त दिएको थियो,' त्रिवि सूचना शाखाप्रमुख प्रेमकृष्ण चित्रकारले नयाँ पत्रिकासँग भने, 'तर, पैसा तिर्न नसकेपछि बिजुलीको लाइन काटिदियो ।'

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #276 on: December 02, 2009, 04:26:55 PM »
ललितपुर जिल्ला धापाखेल खुमलटारस्थित २४ वर्षीय दीपक शर्मा बजगाईंले मंगलबार तीनवटा विधामा विश्व कीर्तिमानको रेकर्ड तोडे।

बास्केटबललाई ५४ सेकेन्डमा तीन सय ४० पटक बल बाउन्स गर्दै, टेबलटेनिस ब्याट र बललाई चार घण्टा ३९ मिनेट ५२ सेकेन्डसम्म ब्याट र बललाई हावामा नियन्त्रण गर्दै र एक मिनेटमा ३४ वटा लसुनको पोटी खाएर उनले विश्व कीर्तिमान तोडेको दावी गरिएको छ। यद्यपि त्यसलाई गिनिज बुकले पुष्टी गर्न भने बाँकी छ।

यसअघि उनले एक सय १३ घण्टा १५ मिनेट लगातार पढेर विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन्।

दशरथ रंगशालाको कभर्ड हलमा ५४ सेकेन्डमा ३ सय ४० पटक बास्केटबल बाउन्स गरेर उनले राखेको कीर्तिमान। यसअघि यो कीर्तिमान १ मिनेटमा ३३९ पटकको थियो।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #277 on: December 06, 2009, 11:32:30 AM »

काहिँलाहरूको अस्तित्व खतरामा रे


यो अजब नेपाल गजब नेपालमा कहिलेकाहीँ यस्ता खबर आउँछन् कि नहाँसौँ भन्दा पनि मन मान्दैन। हाँस्नै पर्ने हुन्छ। हेर्नु न अब, आधुनिक युगमा दम्पतीले कम सन्तान जन्माउन थालेपछि काँहिला श्रेणीका सन्तानहरूको अस्तित्व नासिँदै गएको भन्दै पोखरामा काँहिलाहरू एकजुट हुन थालेछन्। कसो आरक्षण चाहिँ मागेनछन् भाइ यिनीहरुले।

mysansar

blinked

  • 50x
  • ****
  • Posts: 293
Re: Can only happen in Nepal!!
« Reply #278 on: December 07, 2009, 05:21:13 PM »
tyo tpaswi bamjan kai hoina, manchey thugdai hiney boka ho, teso pariwar gau ma nai chor bhanera popular thiyo ley
:|

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #279 on: December 09, 2009, 01:27:27 AM »