Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 426112 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #330 on: March 07, 2010, 10:27:23 AM »



जागिर खुवाउन मन्त्रीको आदेश

जे पाण्डे
(kantipur)
नेपालगन्ज, फाल्गुन २३ - एक राज्यमन्त्रीले नियम विपरीत बाँके जिल्ला विकास समिति र नगरपालिकामा कर्मचारी भर्ना गर्न 'ठाडो आदेश' दिएका छन् । आदेश नमान्नेलाई सरुवा समेत गरिएको छ ।

स्थानीय विकास राज्यमन्त्री गणेश खडकाले आफ्ना कार्यकर्तालाई ती दुई निकायमा भर्ना गर्न तोक आदेश दिएका हुन् । जिविस र नगरपालिकामा अहिले उनको तोक आदेशको ओइरो लागेको छ ।   

निजी सचिवालयका अधिकृत नारायणप्रसाद दुवाडीले मन्त्री खडकाको निर्देशनअनुरूप नियुक्ति दिने भनी तोक आदेशका पत्र पठाउन थालेको ९ महिना भइसक्यो । मन्त्रीले भनेका व्यक्तिलाई जागिर नदिएकै कारण स्थानीय विकास अधिकारी केदारनाथ शर्मालाई बाँकेबाट सरुवा गरी मन्त्रालयमा काजमा बोलाइएको छ । ठाडो आदेश कार्यान्वयन नगरेपछि उनको सरुवा भएको स्रोतले बतायो । शर्मालाई तीन साताअघि मन्त्रालयमा तानिएको हो । उनको स्थानमा विश्वराज डोटेल आएका छन् ।

मन्त्री खडकाले बाँकेका स्थानीय विकास अधिकारीलाई अन्जुकुमारी विक, मायासिह बस्नेत, रामचन्द्र सिग्देल, शोभा शर्मा, पुसुप्रसाद चिडिमार, तरन्नुम वानो ढपाली र रेनुसिंह ठाकुर लगायतलाई परिचरदेखि  खरिदार लगायत विभिन्न पदमा नियुक्त गर्न लिखित निर्देशन दिएका हुन् । 

जिविसको सहायक चौथो तथा खरिदार पदमा रही सेवा गर्ने इच्छा रहेकाले रिक्त पदमा नियुक्ति दिई काम लगाउने आदेश भएको हो । मन्त्रीका तोक लगेका कयांै निवेदन जिविसले  नेपालगन्ज नगरपालिकामा पनि पठाएको छ । सरकरी सेवामा काम खोज्दै निवेदन दिनेहरूले आफू पार्टी र देश प्रति समर्पित भएका आधारमा नियुक्ति माग गरेका छन् । 

'तोक आदेशकै आधारमा जागिर लगाउन सकिंदैन' डोटेलले भने । स्थानीय विकास अधिकारीले कर्मचारी भर्ना लोक सेवा अयोगका परामर्श लिएर मात्र गर्न सकिने र  तोकका आधारमा नसकिने बताए ।  देशभरि १ हजार २ सय सचिव खाली छन् । सरकारले लोक सेवाको परामर्श लिएर उक्त पद पूर्ति समेत गर्न नसकेका बेला तोकका आधारमा जागिर दिन सकिंदैन,' डेटेलले भने मन्त्रीले मात्र नभई नेपाली कांग्रेस बाँकेले समेत लिखित रूपमा कर्मचारी भर्ना गरिदिन मन्त्रीलाई दबाब दिएको छ ।

कार्यावाहक सभापति डा. अरुण कोइरालाले एक जना कार्यकर्ता भर्ना गर्न मन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, 'पार्टीको भ्रातृ संगठनको क्रियाशील नेतृत्वमा काम गर्दै आएकाले नियुक्तिका लागि अनुरोध गर्छु ।'

राजनीतिक आधारमा कर्मचारी भर्ना र सरुवा गर्ने प्रक्रिया तीव्र छ । बाँकेमा यसै विषयलाई लिएर सत्तारुढ दल भित्रै मतान्तर देखिएको छ ।

फत्तेपुर गाविसका सचिव नवराज शाहलाई मन्त्री खडका कारकादोमा सरुवा गर्न चाहन्छन् । तर माओवादी, एमाले मधेसी जनअधिकार फोरम, जनमोर्चा नेपाल र माले लगायतका दलले शाहलाई त्यहीं राख्न दबाब दिंदै आएका छन् ।

विरोधमा उत्रेका राजनीतिक दलले शाह भ्रष्ट भएको आरोप लगाउँदै स्थानीय विकास अधिकारीले गरेको सरुवा निर्णयविरुद्ध उत्रेका छन्  । जिल्ला प्रशासनले शाहको सरुवा कारकादो नगर्न भनेको छ  । प्रशासनको उक्त आदेशको पालना गर्दै निमित्त स्थानीय विकास अधिकारी मुक्तिराम भटटराईले अर्को आदेश नहुँदासम्म शाहलाई फत्तेपुर गाविसको कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् तर राज्य मन्त्री खडकाले शाहलाई तत्काल सरुवा गर्न भनेका छन् ।   

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #331 on: March 07, 2010, 10:30:01 AM »
 कब्जा गरिएको सार्वजनिक बाटो सेनाले नखोल्ने
आइतवार, 07 मार्च 2010 08:57 नागरिक




गिरीश गिरी, काठमाडौं, फागुन २३- उपत्यकाको सर्वाधिक व्यस्त स्थानमा रहेको सार्वजनिक सडक केही वर्षअघि नेपाली सेनाले सुरक्षाको कारण देखाई सर्वसाधारणका निम्ति बन्द गरेको थियो। परिस्थिति फेरिएपछि त्यो सडक खोल्न स्थानीयले माग गर्न थालेका छन् भने सेनाले यसलाई अब कहिल्यै खुला नगर्ने जवाफ दिएको छ।

माइतीघरबाट सोझै भद्रकाली पुगिने त्यो सडक सम्झँदा संस्कृतिविद् सत्यमोहन जोशी अहिले पनि पुरानो दिनको यादमा पुग्छन्। 'म त्रिचन्द्र कलेज पढ्न सधैं हिड्ने बाटो हो त्यो,' बुधबार नागरिकसँग उनले भने, 'काठमाडौं जाने ललितपुरवासी सिंहदरबार घुम्नुको साटो सहर पस्न सधैं त्यही बाटो प्रयोग गर्थ्यौं।' केही वर्षअघिसम्म पनि सर्वसाधारणले प्रयोग गर्दै आएको त्यो बाटो बिनाकारण कब्जा गरेर सेनाले निजी प्रयोगमा ल्याउनु गलत भएको जोशी बताउँछन्।

उनी विद्यार्थी छँदा टुँडिखेलको त्यो भागमा परराष्ट्र मन्त्रालयको भवन थियो। 'सात सालको परिवर्तनपछि अचानक त्यो सार्वजनिक क्षेत्र सेनाले कब्जा गरेर मुख्यालय खोलेको हो,' उनी भन्छन्, 'त्यसपछि लगातार विस्तार गर्दा गर्दै अहिले भोज खुवाउनेलगायत व्यावसायिक प्रयोजनका भवनसमेत बनाउन थालिएको छ।'

कुनै समय एसियाकै सहरमध्ये मध्यभागमा रहेको सबैभन्दा ठूलो मैदानका रूपमा चर्चा गरिने टुँडिखेल क्रमशः खुम्च्याएर सानो पारिएको आरोप जोशी लगाउँछन्। पछिल्लो समय सार्वजनिक बाटोसमेत थुनिएको छ।

'सैनिक मुख्यालयको सुरक्षा जरुरी रहेको बताउँदै द्वन्द्वकालमा थुनेका बेला कसैले बोलेनौं,' उक्त सडकबाट दैनिक गुज्रने ललितपुरका मथुरा श्रेष्ठ भन्छन्, 'तर, अहिले पनि थुनेर राख्नुमा सुरक्षाको निहुँ गरेर सार्र्वजनिक बाटो ओगट्ने बदनियत देखिन्छ।' सिंहदरबार र माइतीघर गरेर उपत्यकाकै दुवै मुख्य चोकको ट्राफिक जाम कम गराउन मद्दत गर्न सक्ने त्यो बाटो अहिले मात्र होइन, पहिले पनि थुन्नु जरुरी नरहेको जोशी औंल्याउँछन्।

बबरशम्शेरको दरबारबाट सोझै निस्कने त्यो बाटो टुँडिखेलमा सेना आउनुभन्दा निकै पहिलेदेखि उपत्यकावासीले प्रयोग गर्दै आएका थिए। अहिले सेना उक्त बाटो आफ्नो भएको दाबी गर्न थालेको छ।

डिभिजन सडक कार्यालयका इन्जिनियर कर्णबहादुर रानाभाटका अनुसार त्यस सडकको कालोपत्रे गर्ने र मर्मत सम्भार गर्ने काम यसै कार्यालयबाट हुँदै आएको थियो। तर, द्वन्द्वकालमा उक्त सडकलाई विभागीय निर्णयबाटै सेनालाई बन्द गर्न दिइएको उनले बताए। 'सार्वजनिक सडकलाई सडक विभागले कसैलाई बन्द गर्न दिने सहमति गर्न मिल्छ?' भनेर सोध्दा उनी मौन रहे।

डिभिजन सडक कार्यालयकै कम्प्युटर शाखाका एक कर्मचारीका अनुसार उक्त सडक सुचारु गर्न दुई वर्षअघि क्षेत्रीय कार्यालयमा लिखित पत्र पठाइएको थियो। 'जवाफ आउनु परको कुरा,' उनी भन्छन्, 'पत्र कहाँ पुग्यो र कसले के भने भन्ने भेउसमेत पाउन सकेनौं।'

काठमाडौंका सम्पूर्ण सडक तीन वर्षअघि मात्र सडक विभागले आफूहरूलाई हस्तान्तरण गरेको महानगरपालिकाका भौतिक तथा निर्माण विभागका इन्जिनियर सुरेन्द्र राजकर्णिकार बताउँछन्। जिम्मा पाउँदा उक्त सडक आफूहरूले नपाएको उनी सुनाउँछन्।

आफ्नै मातहतका इन्जिनियरले विभागीय निर्णयबाट दिइएको बताए पनि सडक विभागको सम्पत्ति शाखाका सिनियर डिभिजनल इन्जिनियर सुरज सिग्देल प्रतिवाद गर्छन्। 'द्वन्द्वको बेला सुरक्षाको कारण देखाई सेनाले रोकेको कुरामा कसले बोल्ने?' उनले भने, 'विभागीय निर्णयबाट उक्त सडक सुम्पने काम भएको होइन।'

'त्यो बन्द गरिएको सार्वजनिक सडकलाई लिएर अहिले चासो सुरु भएको छ,' महानगरका इन्जिनियर राजकर्णिकार भन्छन्, 'त्यस क्षेत्रको ट्राफिक जाम कम गर्न त्यो सडक फिर्ता लिनुपर्ने प्रतिवेदन हालै एक संस्थाले दिएको छ।' दीगो सहरी यातायात सशक्तीकरण प्रोजेक्टले केही अघिमात्र यस्तो प्रतिवेदन दिएको उनले बताए। उनका अनुसार सडक फिर्ता लिन कसले पहल गर्ने भन्ने अन्यौल छ।

'द्वन्द्वका बेला प्रहरीले थुप्रै ठाउँका पेटीमा काँडेतार लगाएर पैदलयात्री रोकेको थियो,' उनले भने, 'प्रहरीका मामलामा महानगरपालिकाले नै कुरा गरेपछि त्यस्ता अवरोध लगभग सबैतिर हटाइएको छ।' तर, सेनाबारे पहल गर्न समस्या देखिएको उनी बताउँछन्।

बन्द बाटो खुलाउन पहल गर्ने निकायको खोजी भइरहेकै बेला सेनाले भने उक्त बाटो खुल्दैन भनेर ठाडो जवाफ दिएको छ।

'जताततै हाम्रो क्याम्प रहेको स्थानमा त्यो बाटो परेकाले सार्वजनिक भए पनि जे भए पनि हामी खोल्दैनौं,' सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले नागरिकलाई भने, 'मैले यसअघि पनि सयौं पटक यो कुरा भनिसकेको छु र फेरि हाम्रो धारणा मागिरहनु कुनै आवश्यक छैन।'
सार्वजनिक बाटोलाई बन्द गर्न मिल्छ? भनेर सोध्दा उनले 'मिल्छ' भनेर जवाफ दिए।

'अहिले अन्तर्राष्ट्रिय विमानस्थल भएको स्थानमा पहिले थुप्रै बाटा थिए रे भन्ने सुनेको छु,' उनले प्रतिप्रश्न गरे, 'के त्यो बाटो अहिले फिर्ता देऊ भनेर पाइन्छ?'

जसरी विमानस्थलले ओगटेको सार्वजनिक बाटो फिर्ता पाइँदैन, त्यसैगरी सेनाले बन्द गरेको यो बाटो पनि नखुल्ने उनले जिकिर गरे।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #332 on: March 08, 2010, 01:11:43 AM »
  सिस्नोको धुलो ५ सय रुपैयाँ किलो
शनिवार, 06 मार्च 2010 22:03 नागरिक



गजेन्द्र बोहरा, दाङ फागुन २२-रोल्पाली गाउँमा उम्रेको सिस्नोको धुलो यहाँको बजारमा बिक्री हुन थालेको छ। पाखाबा तथा जंगलमा खेर गइरहेको एकप्रकारको झार(सिस्नो)लाई पिसेर धुलो बनाई स्थानीय युवाले बजारमा ल्याएका हुन्।

तरकारी र अचारका रुपमा पनि प्रयोग गर्न सकिने यस्तो सिस्नोको धुलो प्रतिकिलो ५ सय रुपैयाँमा पाइन्छ। रोल्पामा पहिलोचोटी उत्पादन गरिएको सिस्नोको धुलोको बजार खोज्दै यतिबेला उत्पादनकर्ता युवती दाङका बजारमा छन्। विदेशी संस्था जिटिजेडको सहयोगमा सिस्नोलाई धुलो बनाउने तालिम लिएका रोल्पाली युवतीले यस्तो व्यवसाय थालेका हुन्।

घर वरिपरि खेर गइरहेका सिस्नोको झारको उपयोगिता नबुझेका उनीहरु त्यसलाइ बेचेर पैसा आउनथालेपछि अब व्यावसायिक रुपमै त्यसतर्फ आकर्षितसमेत भएको बताए। रोल्पा गाम गाविस (९ की दीपा बुढाले भनिन्- 'अघिसम्म भैंसीलाई मात्रै खुवाउँथ्यौं, अब त्यसबाट पैसा पनि आउने रै'छ भन्ने थाहा भो।'

उनीहरुका अनुसार सिस्नोको कलिलो मुना (बढीमा तीनपाते भएको)लाई टिपेर केही दिन सुकाउनुपर्छ। त्यसपछि त्यसलाई जाँतोमा पिधेर धुलो पारिन्छ र प्लास्टिकमा पोका पारिन्छ। कुनै आधुनिक प्रविधिहरु नभएका कारण गाउँले युवतिहरु अहिले घरैको उपकरण(जाँतो) प्रयोग गरिरहेका छन्। बोटबाट ल्याएर त्यसलाई प्रयोगयोग्य धुलो बनाउनका लागि कम्तीमा १५ दिन लाग्छ। त्यसपछि सिस्नोको धुलो प्रतिकिलो ५ सय रुपैंयाँका दरले बिक्री हुन्छ। 'चाँखीमा पिस्नुपर्छ, धेरै मसिनो पार्नुपर्ने भएका कारण धेरैचोटी पिस्नुपर्छ निकै गाह्रो हुन्छ' बुढाले भनिन्।

रोल्पामा उत्पादन भएको सिस्नोको धुलो अहिले दाङका बजारहरु घोराही, तुलसीपुर तथा लमहीका होटेलहरुलेसमेत राखेका छन्। हाल सिस्नोको धुलो १ सय ग्रामको प्याकमा उपलब्ध छ। जसलाई ५० रुपैयाँ पर्छ। १ सय ग्राम सिस्नोको धुलोलाई १ लिटर उमालेको पानीमा तरका बनाउन ठिक्क हुन्छ।

रोल्पाका ६ गाविस थबाङ, सेरम, जयमाकशला, गाम, उवा र सिउली गाविसका २३ जना महिलाहरुलाई उक्त संस्थाले सिस्नोको धुलो बनाउने तालिम दिएको थियो। अहिले ती महिलाहरुले 'चिनो सिस्नो उत्पादन समूह' बनाएर धुलो उत्पादन गरिरहेका छन््। घरघरमै बनाएको सिस्नोको धुलो प्रत्येक महिनाको १० गते एकै ठाउँमा जम्मा गरेर बिक्रीका लागि कहाँ लैजाने भनेर सल्लाह गरिन्छ। 'सबैले घरघरमा बनाएको सिस्नोको धुलो एकै ठाउँमा जम्मा गर्छौं अनि कहाँ बजार छ भनेर सल्लाह गर्छौ' उत्पादक गौमाया बुढाले भनिन्् 'नजिकमा सिस्नो पाइए, धेरै हुन्छ, टाढा जानुपरे थोरैमात्र उत्पादन गर्न सकिन्छ। उनका अनुसार स्थानीय १० डोका सिस्नोबाट जम्मा १ किलो धुलो बनाउन सकिन्छ।

ग्यास्ट्रिक, जन्डिस, प्यारालाइसिस, मधुमेहलगायतका रोगीहरुलाई सिस्नोको धुलोको नियमित प्रयोगले निकै फाइदा गर्ने आयुर्वेद चिकित्सकहरुको भनाई छ। खासग गाउँघरमा यसलाई तरका(साग)का रुपमा प्रयोग गरिन्छ। बढी सिस्नो पाइने ठाउँमा गाईभैंसीका लागि यो दानामा पनि प्रयोग गरिन्छ। सिस्नोको धुलो बेचेर आम्दानी हुन थालेपछि अहिले त्यहाँका मानिसहरुले व्यावसायिक रुपमा सिस्नोको खेती नै गर्नेबारेमा छलफल भइरहेको पनि उनीहरुले बताए।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #333 on: March 08, 2010, 01:14:07 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #334 on: March 10, 2010, 11:12:44 PM »
None of the ministers of UML are elected.... :(
 


अन्तत राजीनामा गरे गृहराज्यमन्त्रीले
बुधवार, 10 मार्च 2010 20:07 नागरिक

काठमाडौं, फागुन २६ (नागरिक)- गृहमन्त्री भीमबहादुर रावलसँगको लामो खटपटपछि राज्यमन्त्री रिजवन अन्सारीले अन्तत पदत्याग गरेका छन्। वर्तमान मन्त्रिपरिषदमा एमालेबाट एकमात्र निर्वाचित मन्त्रीको रुपमा रहेका अन्सारीले बुधबार प्रधानमन्त्रीसमक्ष बुझाएको राजीनामा प्रधानमन्त्री माधवकुमार नेपालले स्वीकृत गरेका छन्।

आठ महिनाअघि राज्यमन्त्रीमा नियुक्त भएदेखि नै अन्सारीले सरुवा, आर्थिक सहायता, सुरक्षा लगायत जिम्मेवारी नपाएको भन्दै मन्त्रीविरुद्व असन्तुष्टी ब्यक्त गर्दै आएका थिए। मंगलवार राति नेपालले राजीनामा मागेपछि अन्सारी पदत्यागको निर्णयमा पुगेका हुन्। सार्वजनिक रुपमा सरकार र मन्त्री रावलको आलोचना गरेको आरोपमा अन्सारी कारवाहीमा परेका छन्।

'शान्ति सुरक्षामा सुधार नआए १५ दिनभित्र राजीनामा दिने घोषणा गरेको थिए,' उनले नागरिकसँग भने- 'सुधार हुने लक्षण देखिएन, त्यसैले बुधवार राजीनामा दिंदैछु।'

अन्सारीले तीन दिन अघि सुरक्षा व्यवस्थामा सुधार नआए पन्ध्र दिनमै राजिनामा दिने घोषणा गरेका थिए। उनले शान्ति सुरक्षाको वहालीलाई राजिनामाको कारण बनाएका छन्।
मन्त्री आफैले प्रत्यायोजन गरेको अधिकार समेत प्रयोग गर्न नपाएको भनि नियुक्ति भएको दुई महिनामै रावल र अन्सारीबिच विवाद सुरु भएको थियो।

पूर्ववर्ती मन्त्रीहरुको अनुसरण गर्दै रावलले एसपीसम्मको सरुवाको अधिकार उनलाई दिइएपनि अन्सारीले त्यसको अभ्यास गर्न पाएनन्। त्यस्तै गृहबाट वितरण हुने आर्थिक सहायतामा मन्त्रीको एकलौटी तजबिज हुने तर राज्यमन्त्रीले एक पैसा पनि बाड्न नपाउनु विवादको जड बनेको थियो।

गृहमन्त्रीले सुराकी खर्चबापत दैनिक ५० हजार र सचिवले दैनिक २० हजार खर्च गर्न पाउँछन्। राज्यमन्त्रीले आफूले भने कार्यकर्तालाई रित्तो हात पठाउनुपर्ने भन्दै आक्रोश र निराशा व्यक्त गरिरहेका हुन्थे।

एसपीको सरुवा, बढुवा र पदस्थापनमा पनि रावलले एकलौटी गरेपछि बिग्रेको सम्बन्ध पानी बाराबार भयो। जमिम शाह हत्या प्रकरणपछि उनी रावलप्रति थप आक्रामक भए। मुस्लिम समुदायप्रति सद्भाव प्रकट गर्न उनी हत्या काण्डपछि मन्त्रीको सार्वजनिक आलोचनाको मात्रा अझै बढाएका थिए।

सर्लाही-२ बाट संविधानसभामा निर्वाचित अन्सारी २२ वर्षदेखि कम्युनिष्ट राजनीतिमा छन्। २०४४ सालमा नेकपा मानन्धरको सदस्यता लिई राजनीतिक यात्रा सुरु गरेका अन्सारी २०४८ सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए।

एमालेले २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा उनलाई सांसदको उम्मेदवार बनाएको थियो। प्रधानमन्त्री सहित मन्त्रिपरिषद्मा एमालेका दस जना सदस्यध्ये संविधान सभामा अन्सारी मात्र प्रत्यक्ष निर्वाचनबाट चुनिएका थिए।




१५ दिन पर्खन्छु, जिम्मेवारी नपाए छाड्छु:मोहमद रिजवान अन्सारी गृह राज्यमन्त्री

कान्तिपुर संवाद्‍दाता

फाल्गुन २३ - शान्तिसुरक्षाको अवस्था बिग्रनुमा गृहमन्त्री भीम रावल प्रमुख जिम्मेवार रहेको धारणा तपाईंले किन व्यक्त गरिरहनुभएको ?

हामीले जिम्मेवारी सम्हाल्नासाथ शान्तिसुरक्षाको अवस्था सुधार्ने प्रण गरेका थियौं । पाँचै विकास क्षेत्रमा क्षेत्रीय सम्मेलन गर्दा सुरक्षाकर्मीलाई 'दण्ड र सजायको प्रणाली लागू गर्छौं,' 'मूल्यांकनको परिपाटी राम्रो बनाउँछौं' भनेका थियौं । त्यसपछि सुरक्षाकर्मीको मनोबल निकै उच्च भएको थियो । तर जब बोलेका कुरा व्यवहारमा लागू गर्ने कुरा आयो, सरुवा, बढुवा, अवसर दिने कुरा, त्यसबेला बोलीअनुसारको व्यवहार भएन । त्यही हीनभावना सुरक्षाकर्मीमा देखापर्‍यो र उनीहरू निराश भए । यसको प्रमुख कारण गृहमन्त्रीको कार्यशैली नै हो ।

कहिलेदेखि यस्तो भएको ?

दुई, अढाइ महिनाअघि सरुवा, बढुवाका बेला गृहमन्त्रीको व्यवहार ठीक भएन ।

कस्तो व्यवहार ?

उहाँमा क्षेत्रीय संकीर्णता देखियो । जति पनि राम्रा ठाउँ छन्, त्यहाँ सुदूरपश्चिमका मानिसहरू राखिएका छन् । सुदूरपश्चिमका मानिसहरू राख्नु नै हुँदैन, उनीहरू अयोग्य छन् भन्ने होइन । त्यहाँका इमान्दार, योग्य मानिसलाई राम्रा ठाउँमा राख्नुपर्छ । तर उहाँ सिंगो मुलुक होइन, सुदूरपश्चिमका पनि केही व्यक्तिको मात्र गृहमन्त्री बन्नुभयो । इमान्दार सुरक्षाकर्मीले कामका सिलसिलामा थुप्रै कुरा गुमाएको हुन्छ, राजनीतिक पार्टी, अपराधी थुप्रैसँग शत्रुता मोलेको हुन्छ । अवसर दिने बेला राज्यले पनि न्याय गरेन भने केका लागि गर्ने ? त्यो प्रश्न आज उठेको छ । शान्तिसुरक्षा कायम गर्न पहिला सुरक्षा निकायभित्र भएका दण्डहीनताको अन्त्य गर्नुपर्छ, त्यसपछि मात्रै मुलुकको दण्डहीनताको अन्त्य गर्न सकिन्छ ।

सरुवा, बढुवामा गृहमन्त्रीले किन इमान्दार नबनेका, अलि प्रस्ट्याइदिनु न ?

किन त्यसो भएन मलाई थाहा भएन ।

तपाईंहरूबीच छलफल, समन्वय हुँदैन ?

हालै आठ, दस जना प्रजिअको सरुवा भएको मैले पत्रिका पढेर थाहा पाएँ । केही अघि एआईजीको बढुवा भएको पनि पत्रिकैबाट थाहा पाइयो, अवस्था यस्तो छ । सहमतिमा अघि बढ्नुपथ्र्यो, उहाँको कार्यशैलीका कारण त्यसो भएन ।

भनेपछि, शान्तिसुरक्षा अस्तव्यस्त हुनुमा प्रमुख जिम्मेवार गृहमन्त्री नै हुन् त ?

म गृहमन्त्री भएको भए, त्यो कुर्सीमा एक मिनेट पनि बस्दिन, राजीनामा गर्थें । अहिले त मैले केही जिम्मेवारी नै पाएको छैन । मैले मलाई तीन महिनामात्रै यो मुलुकको गृह मन्त्रालयको जिम्मेवारी दिनुस् परिवर्तन गरेर देखाइदिन्छु भनेको छु ।

तपाईंको अवस्थाबारे सरकार र पार्टी प्रमुखलाई जानकारी गराउनुभयो ?

प्रधानमन्त्री माधवकुमार नेपाल र पार्टी अध्यक्ष झलनाथ खनाल दुवैलाई जानकारी गराएको छु । दुवै मुलुकको शान्तिसुरक्षा र हामीबीचको सम्बन्धबारे निकै चिन्तित हुनुहुन्छ । उहाँहरूले यो समस्या छिट्टै समाधान गर्छौं भन्नुभएको छ ।

समस्या समाधान नभए के गर्नुहुन्छ ?

म कामकाजी मान्छे हो । मलाई पनि काम गर्ने अवसर नदिएपछि किन बस्ने ?

कहिलेसम्म पर्खनु हुन्छ ?

बढीमा १५ दिन पर्खन्छु, काम, जिम्मेवारी नदिए राजीनामा दिन्छु ।
« Last Edit: March 10, 2010, 11:41:43 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #335 on: March 10, 2010, 11:14:02 PM »
अब एमालेका चुनाव जित्‍ने कोही मन्त्री भएनन्
By Salokya, on March 10th, 2010

गज्जबको यो मन्त्रिमण्डलमा अब एमालेको नयाँ कीर्तिमान बन्ने भएको छ। आफ्नै मातहतका मन्त्रीलाई आलोचना गरेको भन्दै गृह राज्यमन्त्री रिजवन अन्सारीलाई राजीनामा दिन प्रधानमन्त्री माधवकुमार नेपालले दबाब दिएपछि उनले आज राजीनामा दिँदैछन्। उनले राजीनामा दिएपछि अहिलेको मन्त्रिमण्डलमा नेकपा एमालेका १० मन्त्रीहरु मध्ये कि हारेका कि चाहिँ समानुपातिकबाट संविधान सभा छिरेकाहरु हुनेछन्। एमालेका मन्त्रीहरु मध्ये अन्सारी मात्रै थिए प्रत्यक्ष निर्वाचित मन्त्री। तर सर्लाही क्षेत्र नम्बर २ बाट जितेका अन्सारी नाम मात्र राज्यमन्त्री बनेर बस्नुपर्‍यो, त्यसैले राजीनामा दिनुअघि नै उनले राजीनामा दिन्छु भन्दै भाषण गर्दै हिँड्नु परेको थियो।


को को छन् त हारेर पनि मन्त्री बन्नेहरु

Madhav Kumar Nepal - Prime Minister (Defeated in two places: Kathmandu and Rautahat)

Vidhya Bhandari - Defense Minsiter (Defeated in Kathmandu)

Rakam Chemjong - Peace Minister (Defeated in Dhunkuta)

Dilli Bahadur Mahat - Deputy Minister of Peace (Defeated in Jumla)

Other ministers representing CPN-UML didn't participate in the election


Another high profile minister - Sujata Koirala was defeated in Sunsari. Sujata is Deputy Prime Minister and Foreign Minister.
« Last Edit: March 10, 2010, 11:23:15 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #336 on: March 10, 2010, 11:15:48 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #337 on: March 10, 2010, 11:28:30 PM »
« Last Edit: March 10, 2010, 11:37:01 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #338 on: March 13, 2010, 02:06:45 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #339 on: March 13, 2010, 02:06:58 AM »