Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 426624 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #260 on: November 27, 2009, 10:43:26 AM »
घरबाट कलेजमा पढ्न हिँडेका विद्यार्थी आजभोलि कलेज जानुको सट्टा बिहानी सो हेर्न सिनेमा हलतिर छिर्छन् । राजधानीका अधिकांश सिनेमा हलमा बिहानी सो सञ्चालन हुन्छ ।




भक्तपुर, २०६६ मंसिर १२ - कलेजको पोसाकमा ठाँटिएका एक हुल युवायुवती बिहीबार पौने एघार बजे बाराही सिनेमा हलको दक्षिण गेटबाट बाहिरिए । कलेजमा पढाई सकेर निस्केजस्तै हस्याङफस्याङ गर्दै उनीहरू बाहिर निस्किंदै थिए । कोही हातमा मोबाइल लिएर फोनमा कुरा गर्न मस्त थिए त कोही जोडीजोडी अंगालो मारेर फिल्मको कथावस्तुको चर्चा गर्दै थिए । कलेज छुट्ने समयभन्दा बढी समय भएकाले उनीहरू हस्याङफस्याङ गरेका हुन् ।

'पढाइ माया मारेर आयौं, बरु भोलिदेखि चल्ने 'दे दनादन' हेर्न आउनुपर्ने रहेछ,' कलेज पोसाकमा रहेका एक जोडी हलबाट बाहिरिँदा भन्दै थिए, 'हामीले हेरेको 'कुरवान' त्यति राम्रो लागेन ।' कलेज पोसाक कोर्टपाइन्टमा सजिएका अर्का एक हुल विद्यार्थी भने घरमा कसैले थाहा नपाओस् भन्दै आफूआफूबीच कसम खाँदै थिए ।

यो बातचित पढाइ छाडेर सूर्यविनायकस्थित बाराही मुभिजमा सिनेमा हेर्न जानेको हो । उनीहरू साढे आठदेखि पौने एघार बजेसम्मका बिहानी सो हेरेर फर्केका हुन् ।

घरमा आफ्ना छोराछोरी कलेजमा पढ्न गएको ढुक्क भए पनि छोराछोरी सिनेमा हेर्न गएको अभिभावकलाई अत्तोपत्तो हुँदैन । 'बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन पढाइ छाडेर चलचित्रमाथि ।' यो कुनै उखानटुक्का होइन, सत्य भएको छ । घरबाट कलेजमा पढ्न हिँडेका विद्यार्थी आजभोलि कलेज जानुको सट्टा बिहानी सो हेर्न सिनेमा हलतिर छिर्छन् । राजधानीका अधिकांश सिनेमा हलमा बिहानी सो सञ्चालन हुन्छ । 'बिहानी सो' विद्यार्थीले भरिभराउ हुन्छ । विद्यार्थी पनि कलेज र स्कुल पोसाकमा । पोसाकमा विद्यालयका शिक्षकले चिन्ने डरले धेरै विद्यार्थीले फेर्न कपडासमेत लगेका हुन्छन् ।

विद्यार्थी नजाने हो भने बिहानी सो सञ्चालन गर्न नसक्ने हलका कर्मचारी बताउँछन् । 'हाम्रो बिहानी सो सबै विद्यार्थीले धानेको छ,' बाराही मुभिजका एक कर्मचारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, 'विद्यार्थी नआउने हो भने हलको बिहानी सो बन्द हुन्छ ।'

कलेजले आफ्ना विद्यार्थी आएनआएको खोजी नगर्दा र अभिभावकले पनि छोराछोरी दैनिक कलेज गएनगएको नबुझ्दा विद्यार्थीलाई फिल्म हल जान सहज भएको हो । कलेज पोसाकमै सयौं विद्यार्थी जोडीजोडी बनेर फिल्म हेर्न आउने गरेको हल आसपास व्यापार गर्नेहरू बताउँछन् ।

किताबको झोला बोकेर सिनेमा हलबाट विद्यार्थी निस्केपछि हलबाट नभई पढाइ सकेर कलेजबाट निस्केजस्तो हुन्छ । कलेजको पोसाकमा सजिएर हलबाट निस्कँदा विद्यार्थीको भेला सकेर फर्केजस्तो पनि अनुभव हुन्छ ।

भक्तपुरको बाराही मुभिजमा विशेषगरी ख्वप्प कलेज, बागेश्वरी, प्रभात, निकोल्सन, एसएस, मोर्डन, सिबर्ड, भक्तपुर बहुमुखी, नवदुर्गा, शारदालगाएतका नाम चलेका कलेजका विद्यार्थी पोसाकमा ठाँटिएर हलमा पुग्ने गर्छन् । भक्तपुरमा आफन्तले थाहा पाउने आशंकमा उनीहरू काठमाडौंको हलतिर पनि पोसाकमै देखिन्छन् । काठमाडौंतिरका कलेजका विद्यार्थी भने कसैले नदेखोस् भनेर भक्तपुरको हलमा जाने गर्छन् । विद्यालय पोसाकमै हलमा पुग्ने भएकाले कुन कलेजको विद्यार्थी हो भन्ने प्रस्ट हुन्छ ।

कलेजले विद्यार्थीसँग महँगो शुल्क लिएपछि आफ्नो विद्यार्थी आएनआएको सोधखोजसमेत गर्दैन । अभिभावकले पनि आफ्ना छोराछोरी दैनिक विद्यालय जान्छन् कि जाँदैनन् भन्ने चासो दिने हो भने कलेज जाने बहानामा विद्यार्थी फिल्म हल पुग्ने दैनिक कार्य अन्त्य हुन्छ । (kantipur)

thulomulo

  • VIP
  • ******
  • Posts: 201
Re: Can only happen in Nepal!!
« Reply #261 on: November 27, 2009, 11:22:03 AM »
घरबाट कलेजमा पढ्न हिँडेका विद्यार्थी आजभोलि कलेज जानुको सट्टा बिहानी सो हेर्न सिनेमा हलतिर छिर्छन् । राजधानीका अधिकांश सिनेमा हलमा बिहानी सो सञ्चालन हुन्छ ।



Khai yesto nepalma matra k hunthiyo ni! This happens more often in India! Ajha USA and Europe ko kati thau ma ta college students haru lai focus garera day bars and discotheque nai banayeko huncha! Anyway malai lagcha dheraile aafno +2 years ma yesto garekai hunu parcha: maile ta kantipur mai ahile kaam garne euta sathi sanga gako thiye around 5 years back bunking college to see a Shahrukh Khan Thriller! Yo Kantipurka manche harule pani kaam nai paudaina bhanya! :D


भक्तपुर, २०६६ मंसिर १२ - कलेजको पोसाकमा ठाँटिएका एक हुल युवायुवती बिहीबार पौने एघार बजे बाराही सिनेमा हलको दक्षिण गेटबाट बाहिरिए । कलेजमा पढाई सकेर निस्केजस्तै हस्याङफस्याङ गर्दै उनीहरू बाहिर निस्किंदै थिए । कोही हातमा मोबाइल लिएर फोनमा कुरा गर्न मस्त थिए त कोही जोडीजोडी अंगालो मारेर फिल्मको कथावस्तुको चर्चा गर्दै थिए । कलेज छुट्ने समयभन्दा बढी समय भएकाले उनीहरू हस्याङफस्याङ गरेका हुन् ।

'पढाइ माया मारेर आयौं, बरु भोलिदेखि चल्ने 'दे दनादन' हेर्न आउनुपर्ने रहेछ,' कलेज पोसाकमा रहेका एक जोडी हलबाट बाहिरिँदा भन्दै थिए, 'हामीले हेरेको 'कुरवान' त्यति राम्रो लागेन ।' कलेज पोसाक कोर्टपाइन्टमा सजिएका अर्का एक हुल विद्यार्थी भने घरमा कसैले थाहा नपाओस् भन्दै आफूआफूबीच कसम खाँदै थिए ।

यो बातचित पढाइ छाडेर सूर्यविनायकस्थित बाराही मुभिजमा सिनेमा हेर्न जानेको हो । उनीहरू साढे आठदेखि पौने एघार बजेसम्मका बिहानी सो हेरेर फर्केका हुन् ।

घरमा आफ्ना छोराछोरी कलेजमा पढ्न गएको ढुक्क भए पनि छोराछोरी सिनेमा हेर्न गएको अभिभावकलाई अत्तोपत्तो हुँदैन । 'बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन पढाइ छाडेर चलचित्रमाथि ।' यो कुनै उखानटुक्का होइन, सत्य भएको छ । घरबाट कलेजमा पढ्न हिँडेका विद्यार्थी आजभोलि कलेज जानुको सट्टा बिहानी सो हेर्न सिनेमा हलतिर छिर्छन् । राजधानीका अधिकांश सिनेमा हलमा बिहानी सो सञ्चालन हुन्छ । 'बिहानी सो' विद्यार्थीले भरिभराउ हुन्छ । विद्यार्थी पनि कलेज र स्कुल पोसाकमा । पोसाकमा विद्यालयका शिक्षकले चिन्ने डरले धेरै विद्यार्थीले फेर्न कपडासमेत लगेका हुन्छन् ।

विद्यार्थी नजाने हो भने बिहानी सो सञ्चालन गर्न नसक्ने हलका कर्मचारी बताउँछन् । 'हाम्रो बिहानी सो सबै विद्यार्थीले धानेको छ,' बाराही मुभिजका एक कर्मचारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने, 'विद्यार्थी नआउने हो भने हलको बिहानी सो बन्द हुन्छ ।'

कलेजले आफ्ना विद्यार्थी आएनआएको खोजी नगर्दा र अभिभावकले पनि छोराछोरी दैनिक कलेज गएनगएको नबुझ्दा विद्यार्थीलाई फिल्म हल जान सहज भएको हो । कलेज पोसाकमै सयौं विद्यार्थी जोडीजोडी बनेर फिल्म हेर्न आउने गरेको हल आसपास व्यापार गर्नेहरू बताउँछन् ।

किताबको झोला बोकेर सिनेमा हलबाट विद्यार्थी निस्केपछि हलबाट नभई पढाइ सकेर कलेजबाट निस्केजस्तो हुन्छ । कलेजको पोसाकमा सजिएर हलबाट निस्कँदा विद्यार्थीको भेला सकेर फर्केजस्तो पनि अनुभव हुन्छ ।

भक्तपुरको बाराही मुभिजमा विशेषगरी ख्वप्प कलेज, बागेश्वरी, प्रभात, निकोल्सन, एसएस, मोर्डन, सिबर्ड, भक्तपुर बहुमुखी, नवदुर्गा, शारदालगाएतका नाम चलेका कलेजका विद्यार्थी पोसाकमा ठाँटिएर हलमा पुग्ने गर्छन् । भक्तपुरमा आफन्तले थाहा पाउने आशंकमा उनीहरू काठमाडौंको हलतिर पनि पोसाकमै देखिन्छन् । काठमाडौंतिरका कलेजका विद्यार्थी भने कसैले नदेखोस् भनेर भक्तपुरको हलमा जाने गर्छन् । विद्यालय पोसाकमै हलमा पुग्ने भएकाले कुन कलेजको विद्यार्थी हो भन्ने प्रस्ट हुन्छ ।

कलेजले विद्यार्थीसँग महँगो शुल्क लिएपछि आफ्नो विद्यार्थी आएनआएको सोधखोजसमेत गर्दैन । अभिभावकले पनि आफ्ना छोराछोरी दैनिक विद्यालय जान्छन् कि जाँदैनन् भन्ने चासो दिने हो भने कलेज जाने बहानामा विद्यार्थी फिल्म हल पुग्ने दैनिक कार्य अन्त्य हुन्छ । (kantipur)
XNepali फोरमको अनुभवी प्रयोगकर्ता

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #262 on: November 27, 2009, 02:43:42 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #263 on: November 28, 2009, 01:08:53 AM »
गृहमन्त्रीका लागि आइपुग्यो एक करोडको गाडी
27/11/2009 03:42:00 सागर पण्डित

नयाँ पत्रिका

काठमाडौं, ११ मंसिर

गृहमन्त्री भीम रावलका लागि झन्डै एक करोडको अत्याधुनिक जापनिज मित्सुबिसी जिप आइपुगेको छ । मन्त्रालय अधिकारीले सस्तोमा गाडी खरिद गर्न सुझाब दिँदादिँदै मन्त्री रावलको दबाबका कारण मन्त्रीको दबाबमा एक करोड पर्ने गाडी मगाइएको हो ।

गृहमन्त्री रावलका लागि मगाइएको गाडी मित्सुबिसीको शोरुममा आइपुगेको छ । अब दुई/चार दिनभित्रै उनले यो गाडीमा सयर गर्नेछन् । 'जिप आइसकेको छ, त्यसको प्राविधिक अध्ययन गरेपछि गाडी मन्त्रालय आइपुग्छ र मन्त्रीले गाडी चढ्नुहुनेछ,' गृह मन्त्रालय स्रोतले भन्यो । स्रोतका अनुसार ८६ लाख मूल्यको सो गाडीमा विभिन्न सुविधाका साधन जडान गर्दा ९० लाखसम्म पर्नेछ ।

गृहमन्त्री रावलका लागि ल्यान्डक्रुजर टोयटा कारले काम नदिएपछि महँगो मूल्यको मित्सुबिसी जिप जापानबाट ल्याइएको हो । मन्त्री रावल हाल चढ्दै आइरहेको टोयटा कारको मूल्य ४५ देखि ५५ लाखसम्म पर्छ । केही महिनाअघि मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रावलका लागि एउटा जिप खरिद गर्ने सहमति दिएपछि मन्त्रालय अधिकारीले मन्त्री रावललाई ५० देखि ५५ लाखसम्मको गाडी किन्दा उपयुक्त हुने सुझाव दिएका थिए ।

तर, मन्त्री रावलले भने सो सुझाबको बेवास्ता गर्दै झन्डै एक करोड मूल्य पर्ने मित्सुबिसी जिप खरिद गर्न अधिकारीलाई दबाब र निर्देशन दिएका थिए । मन्त्रालयले राजधानीको तीनकुनेस्थित मित्सुबिसी जिपको डिलर लियोन मोटर्स् प्राइभेट लिमिटेडमार्फत जिप मगाएको हो । हाल सो जिप लियोन प्राइभेट लिमिटेडकै ग्यारेजमा राखिएको छ ।

मन्त्री रावल मन्त्री पदबाट हटेपछि पनि सोही जिप उनले पाउनेछन् । सरकारले गृहमन्त्री पदबाट हटेपछि उनको सुरक्षा हेक्का गर्दै मन्त्रीले चढ्दै आइरहेको गाडी मन्त्रीलाई नै दिने नियम छ । सोही नियमअनुसार मन्त्री रावलले यो गाडी आफँ लैजानेछन् । मन्त्री पदबाट हटेपछि जीवनभर गाडी पाइने हुँदा मन्त्री रावलले महँगो मूल्यको गाडी खरिद गर्न दबाब दिएको दाबी मन्त्रालय स्रोतले गरेको छ ।

मित्सुबिसी जिप हेर्न केही दिनअघि मन्त्री रावल ग्यारेजमै गएका थिए । अत्याधुनिक गाडी देखेर मन्त्री रावलले प्रसन्नता व्यक्त गर्दै छिटोभन्दा छिटो सो गाडी मन्त्रालयमा ल्याउन अधिकारीलाई निर्देशन दिएका छन् । 'मन्त्रीज्यूकै निर्देशनअनुसार काम भइरहेको छ, छिट्टै जिप ल्याउँछौँ,' गृह स्रोतले भन्यो ।

मन्त्रालयले अपुग भएका मन्त्रीका लागि ल्याउन लागेको १० वटा हार्ड टप कार आउन भने अझै केही समय लाग्ने भएको छ । अरू मन्त्रीका लागि भने गृह मन्त्रालयले ५० देखि ५५ लाखसम्मका गाडी मगाएको छ । ती गाडीका टेन्डर परिसकेको भए पनि स्वीकृत भएको छैन ।


गृहमन्त्रीले अहिले चढिरहेको गाडी । टोयटा ल्यान्डक्रुजरले चित्त नबुझेर उनले करिब एक करोडको मित्सुबिसी मगाएका हुन् ।



मित्सुबिसी जिपको डिलर काठमाडौंको तीनकुनेस्थित लियोन मोटर्स् प्राइभेट लिमिटेडको ग्यारेजमा आइपुगेको गाडी, जसमा केही दिनभित्रै गृहमन्त्री रावल सयर गर्दै छन्, मन्त्री पद गुमेपछि पनि व्यक्तिगत सुरक्षाका नाममा घर लग्ने लोभले रावलले यति महागो गाडी किन्न लगाएका हुन्

KiNgMaKeR

  • Global Moderator
  • ******
  • Posts: 3183
  • be the ONE like no ONE
Re: Can only happen in Nepal!!
« Reply #264 on: November 28, 2009, 02:45:34 PM »
Kanhi Nabhako Jatra Handi Gaunma

हामी नेपाली हाम्रो Xनेपाली

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #265 on: November 28, 2009, 03:06:09 PM »
Kanhi Nabhako Jatra Handi Gaunma

yes!!


arko


( Video courtesy : Kantipur TV )
Description :

Nepal's ousted King Gyanendra said in his farewell address to the nation that he respected the decision to abolish his monarchy
He decided to call a press conference - and for dismayed royalists the ensuing scene encapsulated the fall of an ancient institution that had collapsed from within.
Excited journalists climbed on the palace furniture. They posed for pictures in the chair where Gyanendra would sit, flanked by two stuffed tigers. When the ex-king arrived they heckled him with the rudest words in the Nepali language.
Yet he gave his speech with dignity. Five years after sacking his first prime minister, three years after he used the army to seize absolute power, he was going quietly.
The king had seized power to defeat a powerful Maoist insurgency that was fuelled by the poverty and injustice of village life. But while the royal army floundered against the rebels in the hills, republican protests swelled on the streets of the capital. A peace process led to elections earlier this year.
The next government will be led by the Maoists, who have already abolished the monarchy. The king - seen as a living god, and worshipped as an incarnation of Lord Vishnu - became just another commoner.
And yet, in the manner of his departure, Gyanendra won sympathy from some unexpected quarters. On the day he left the palace a well-known commentator, not noted for his royalist sympathies, sent me an email. "It was a day full of thrill and tears," he wrote. "Some people are really sad today. His exit was a tragic day for an institution."
"Leaving the palace was the best thing he has done in two years," says Sirish Shumsher Rana, the king's former information minister. "What the king did [when he seized power] was necessary, but he failed."
Monarchists still cling to the hope that if Gyanendra's reputation is repaired, and if the next government fails as most Nepali governments do, some kind of royal revival might one day be possible. After all, abolishing an institution with such deep roots - Nepal was forged in war by the king's ancestors 239 years ago - is no small matter.
In some ways, nothing has changed. At the shine of Pashupatinath - Nepal's protector deity - the traditional rhythms of life and death continued this week.
A cremation was taking place on the river bank, observed by teary-eyed mourners.
Nearby, a woman sang devotional songs to the accompaniment of tabla drums and a harmonium. Young couples held hands and flirted in hidden corners.
The chief priest at the temple still recognises the king and still goes to him to make offerings, although he has been told that he must stop. Gyanendra was the nation's religious leader, as well as its would-be ruler. It was his duty to preside at the rituals which keep Nepal in harmony with its gods.


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #266 on: November 28, 2009, 03:08:10 PM »
येस्तो छ हाम्रो Kathmandu को सार्वजनिक बस ....


khatee

  • 50x
  • ****
  • Posts: 179
Re: Can only happen in Nepal!!
« Reply #267 on: November 29, 2009, 01:14:22 AM »
tundikhel bro u r the best.+1

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #268 on: November 29, 2009, 01:19:07 AM »
tundikhel bro u r the best.+1

Thanks khatee bro.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #269 on: November 29, 2009, 04:02:41 AM »
  बम्जन तपस्यास्थलमा फ्रुटी र विस्कुट
शनिवार, 28 नोभेम्बर 2009 17:31 नागरिक



'तपस्वीलाई बदनाम गर्ने षडयन्त्र'
उपेन्द्र लामिछाने, वीरगन्ज मंसिर १३ - साढे चार वर्षदेखि निराहार रहँदै आएका भनिएका रामबहादुर बम्जनको तपस्यास्थलमा फ्रुटी, बिस्कुटका खाली खोल र कोकाकोलाका खाली बोतल पाइएका छन्।
कडा सुरक्षा घेराभित्रको तपस्यास्थलमा बाराका एक दर्जन सञ्चारकर्मी शुक्रबार अकस्मात प्रवेश गर्दा उक्त सामाग्रीसँगै पोलीथिनको झोलामा पोको पारिएको मानव मलमूत्र समेत पाइएको थियो। मंसिर ३ गत गढीमाई मेला हेर्न निस्किएका बम्जन सम्पर्कबिहीन भएको भन्दै तपोवन समितिले तपस्यास्थलमा छिर्न सर्वसाधरणलाई रोक लगाएको छ।

पत्रकार महासंघ वारा शाखाका सभापती गुरु गौतमसहित विभिन्न समाचारसंस्थाका १२ जनाको टोली अपरान्ह ४ बजेतिर अकस्मात तपस्याथलमा पुग्दा त्यस क्षेत्रमा खैलाबैला मच्चिएको थियो। टोली तपस्यास्थल नजिकै पुगेपछि सुरक्षामा रहेका केही लामाहरु दौडेर टोलीलाई रोक्न आइपुगेका थिए।

समाचार संकलन गर्न आफूहरु उक्त स्थानमा जाने अड्डी पत्रकारले लिएपछि लमाहरुले आफ्नो साथ टोलीलाई भित्र लगेका थिए। टोलीले बम्मजनले तपस्या गर्ने बज्रआसन वरिपरि छरिएका समाग्रीलाई नियालेको थियो। त्यहाँ केही नाम नखुलेका औषधीको खोल समेत फेला परेको थियो।

पत्रकारको टोलीले नजिकै छरिएर रहेका खाद्य सामाग्रीको डिव्बा र मानव मलमूत्रको तस्वीर खिचेर फर्केको थियो। अत्यन्त कडा सुरक्षा घेराभित्र रहेको उक्त सामाग्रीलाई सँगै गएका लामाले भने कसैले तपष्वीलाई बदनामा गराउन फ्याँकेको  हुन सक्ने दावी गरे।

'तपस्वीलाई बदनामा गराउन कसैले यसो गरेको हुन सक्छ ',फ्रुटी र विस्कुटका डिव्वा उठाउदै गरेका सन्तलाला वाईवाले भने - 'यो तपष्वीले खाएको बस्तु हैन।' उनले तपष्वी अहिलेसम्म तपष्यास्थलमा नफर्केको समेत दावी गरे। तपस्यास्थलमै रहको बंकरभित्र भने पत्रकारले प्रवेश गरेनन्। ८ घनमिटर को उक्त पक्की गुफामा विगत केही समय तपस्वी भुमिगत ध्यानमा रहेको दावी गरिएको थियो।

घटनास्थलमा पुगेका पत्रकार माहासंघ बाराका सभापती गुरुप्रसाद गौतमले अत्यन्त कडा सुरक्षा घेरा भित्र प्लास्टिकको थैलोमा मलमूत्र भेटीनु र खानेकुराको डिव्वा भेटीनु आश्चर्यजनक रहेको बताए। 'जंगलमा सौच गर्ने ले पोलीथीन प्रयो्ग गर्नु जरुरी छैन ', उनले भने - 'सुरक्षित घेराभित्र कोक र बिस्कुटका डिव्वा भेटिनु समेत आश्चर्य छ।'

२०६२ जेठ ३ गते देखी निराहार तपष्यामा बस्दै आएका भनिएका रामवाहादुर बम्जन पछिल्लो समयमा देश विदेशमा निक्कै चर्चा पाएका थिए। विभिन्न समयमा चमत्कारिक घटनासमेत गर्दे आएका भनिएका तपस्वीले मंसिर ५ गते गढीमाईमा गएर पशुबली रोक्ने दावी समेत गरेका थिए। उनको दावीका वावजुद गढीमाई मेलामा हजरौ पशुबली चढेपछि उनी प्रति कतिपयले सन्देह समेत व्यक्त गरेका थिए।

हलखोरीया बन क्षेत्रमा रहेको तपस्यास्थल भित्रको झण्डै डेढ बर्ग किलोमिटर बन क्षेत्रलाई नमोबुद्ध समितीले तारबार गरेर आफ्नो नियन्त्रणमा लिएको छ।