Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 423131 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #290 on: December 28, 2009, 02:28:26 PM »


kathmandu  and fohar (photo - mysansar)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #291 on: December 28, 2009, 02:51:56 PM »
माघदेखि १२ घन्टा लोडसेडिङ

नयाँ पत्रिका

काठमाडौं, १२ पुस

अहिले दैनिक चार घन्टा लोडसेडिङ भोगिरहेका नेपालीले यही सातादेखि ६ र माघदेखि १२ घन्टा लोडसेडिङ भोग्नुपर्ने भएको छ । हिउँदमा विद्युत् उत्पादन घट्दै गएको र माग बढ्दै गएकाले लोडसेडिङ पनि बढ्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यो हिउँदमा दैनिक १२ घन्टा मात्र लोडसेडिङ सीमित गर्ने प्रयास भइरहेको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले बताएका छन् । सुक्खा मौसममा नदीमा पानीको बहाव घट्ने भएकाले विद्युत् आपूर्ति घटेको, तर विद्युत् माग बढेकाले लोडसेडिङ बढ्ने जानकारी भाटले दिए ।

अहिले दैनिक ८०० मेगावाट विद्युत् माग छ भने दैनिक आपूर्ति ४५४ मेगावाट छ । विद्युत् आपूर्ति हिउँदमा अझै घटेर ४०० मेगावाटमा झर्ने प्रमुख भाटले बताए ।

अहिले विद्युत्गृहबाट ३८० तथा दुहबी र हेटाँडाको थर्मलप्लान्टबाट १४ र १० मेगावाट गरी देशभरबाट जम्मा ४०४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै, भारतबाट ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

विद्युत् आपूर्ति घट्दै गएपछि प्राधिकरणले भारतबाट थप ८० मेगावाट विद्युत् मागेको छ । भारतको ऊर्जा विक्रेता 'पावर ट्रेडिङ कर्पोरेसन' -पिटिसी इन्डिया) ले थप ५० मेगावाटमात्र विद्युत् प्राधिकरणलाई बिक्री गर्ने जानकारी दिएको छ ।

नेपालले टनकपुरबाट २० मेगावाट, दुहबी-कटैया र रामनगर-गण्डक प्रसारण लाइनबाट ३०/३० मेगावाट विद्युत् माग गरेको थियो । 'भारतले टनकपुरबाट १७ पुसदेखि २० मेगावाट विद्युत् आपूर्ति दिँदै छ भने दुहबी-कटैया र रामनगर-गण्डक प्रसारण लाइनबाट १५/१५ मेगावाट मात्रै विद्युत् दिन सकिने जानकारी दिएको छ,' प्राधिकरणका प्रवक्ता डण्डपाणि बस्यालले जानकारी दिए ।

तर, टनकपुरबाट आउने विद्युत्ले बढी लोडसेडिङ हुने राजधानीलगायतका सहरमा भने कुनै योगदान गर्ने छैन । प्रसारण लाइनको अभावमा टनकपुरबाट प्राप्त विद्युत् बाँकेको कोहलपुर पश्चिमका उपभोक्ताले मात्रै प्रयोग गर्न पाउनेछन् । बाँकी देशका जनताले दैनिक १२ घन्टा लोडसेडिङ भोगे पनि कोहलपुर पश्चिमका जनताले भने कम समय लोडसेडिङ भोग्नेछन् ।

प्राधिकरणले भारतबाट थप खरिद गर्न लागेको विद्युत् प्रतियुनिट १० रुपैयाँ ७२ पैसाका दरले खरिद गर्न लागेको हो । यो रकम प्राधिकरणले उपभोक्तालाई बेच्ने रकमभन्दा महँगो हो । प्राधिकरणले उपभोक्तालाई औसत साढे सात रुपैयाँमा विद्युत् बिक्री गर्दै आएको छ ।

दुहबीमा भएको ३९ मेगावाट क्षमताको थर्मलप्लान्ट मर्मतसम्भार गरेर थप ऊर्जा उत्पादन गर्न सकिने भए पनि प्राधिकरणले ऊर्जा उत्पादन लागत महँगो भन्दै मर्मत गरेको छैन । साढे ६ मेगावाटका ६ वटामध्ये तीनवटा मेसिन बिगि्रएको र मर्मतका लागि फिनल्यान्डबाट सामान आयात गर्दा महँगो पर्ने प्राधिकरणका प्रवक्ता बस्यालले जानकारी दिए । 'मर्मत गर्दा थप्नुपर्ने उपकरण मात्रै महँगो छैन, उत्पादन हुने विद्युत्को लागत पनि महँगो छ,' प्रवक्ता बस्यालले भने । उनका अनुसार प्राधिकरणले अहिले थर्मर्लप्लान्टबाट प्रतियुनिट विद्युत् उत्पादन गर्न ३० रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ ।

गतवर्ष प्राधिकरणले दैनिक १६ घन्टासम्म लोडसेडिङ गरेको थियो । लोडसेडिङ बढेपछि सरकारले गत ९ पुसमा ३५ बुँदे कार्ययोजनासहित नेपालमा विद्युत् संकटकाल घोषणा गरेको थियो । विद्युत् संकटकाल घोषणा भए पनि विद्युत् आपूर्तिमा सुधार हुन सकेको छैन भने माग घटाउने प्राधिकरणको प्रयास पनि सफल भएको छैन । १२ घन्टा लोडसेडिङ हुँदा घोषणा भएको यो संकटकाल १८ घन्टा पुग्दा मात्र होइन, वर्षात्मा दुई घन्टामा झर्दा पनि कायमै राखियो । तर, प्राधिकरणले संकटकाल घोषणा गर्दा ल्याएको ०६६ भित्र २०० मेगावाटको थर्मलप्लान्ट जोड्ने कार्ययोजनामा भने कुनै काम भएको छैन ।

ऊर्जामन्त्री डा. प्रकाशशरण महतले जर्मनी जाँदा ५० मेगावाटको थर्मलप्लान्ट नेपाल ल्याउन प्रस्ताव गरे पनि अहिले यो कार्ययोजना सुस्ताएको जानकारी प्रवक्ता बस्यालले दिए । 'तर, प्राधिकरणले निजी क्षेत्रका थर्मलप्लान्टबाट विद्युत् खरिद गर्न गृहकार्य गरिरहेको छ,' उनले भने ।

निजी क्षेत्रले थर्मलप्लान्टबाट ४० मेगावाट विद्युत् दिन सक्नेगरी प्राधिकरणमा चारवटा प्रस्ताव हालेका छन् । 'प्रस्तावको मूल्यांकन भइरहेको छ, केही दिनमा छिनोफानो हुन्छ,' प्रवक्ता बस्यालले भने ।

सरकारले सहुलियतमा सिएफएल चिम वितरण गरी विद्युत् माग घटाउने कार्ययोजना बनाए पनि अहिलेसम्म प्रभावकारी भएको छैन ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #292 on: December 28, 2009, 02:52:49 PM »

हामीलाई पनि राज्य चाहियो

चितवनमा ब्राहमणहरुको अग्राधिकार रहने गरी नारायणी प्रान्त घोषणा गर्नु पर्ने माग गर्दै सोमबार नारायणगढको सहिद चोकमा उपवास बसिरहेकाहरु। तस्बिरः रमेश पौडेल


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #293 on: December 31, 2009, 03:14:16 AM »

khatee

  • 50x
  • ****
  • Posts: 179
Re: Can only happen in Nepal!!
« Reply #294 on: December 31, 2009, 06:53:59 AM »


kathmandu  and fohar (photo - mysansar)
recycle bin and kathmandu

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #295 on: December 31, 2009, 04:45:29 PM »
recycle bin and kathmandu

:D



जनसंख्या राज्यमन्त्रीका ९ छोराछोरी
31/12/2009 05:08:00 अर्जुन पौडेल

अर्को जन्माइदिऊँ ?
जनसंख्या राज्यमन्त्री
खड्गबहादुर बस्याल

नयाँ पत्रिका

काठमाडौं, १५ पुस

दुई मात्र सन्तान, ईश्वरका वरदान ! यस्तै विज्ञापनमार्फत जनसंख्या मन्त्रालय रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट जनतालाई सन्देश दिइरहेको छ । तर, मुलुककै जनसंख्या राज्यमन्त्रीका नौजना छोराछोरी छन् ।

हुन त, जनसंख्या मन्त्रालयले छोरा होस् या छोरी, दुवै बराबरी भन्ने सन्देश पनि दिन्छ, तर जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले छोराको आसमा आठ छोरी र एक छोरा जन्माएका हुन् ।

'पहिले छोरा भएन, छोरी जन्मँदै गए, त्यसैले सन्तान धेरै भए,' जनसंख्या मन्त्रालयको कुर्सीमा बसेर राज्यमन्त्री बस्याल आफैँले नयाँ पत्रिकासित भने, 'सातजना छोराछोरीबाट १२ नाति-नातिना जन्मिएका छन् ।'

छोरा जन्मिएला भन्दा-भन्दै उनले सात छोरी जन्माए । आठौँ सन्तान छोरा जन्मिए । एउटा छोरा जन्मिएपछि बस्यालले अर्को छोरा जन्माउने प्रयत्न गरे । तर, जन्मिइन् फेरि अर्की छोरी । जम्मा नौजना सन्तान जन्मिएपछि उनको 'सन्तान उत्पादन-प्रक्रिया' रोकिएको छ ।

धेरै छोराछोरीको मात्र होइन, अहिले देशको पनि जिम्मेवारी पाएका राज्यमन्त्री बस्यालले आफ्ना छोराछोरीको नाम र कोभन्दा को जेठो हो भन्नेसमेत बिर्सिएका छन् । आठजना छोरीको नाम बताउने क्रममा मन्त्री बस्याल दुईपटक झुक्किए । '६ नम्बरमा छोरी निर्मला जन्मिई,' उनले भने, 'होइन क्यार, त्योभन्दा पहिले त गीता जन्मिएकी हो, त्यसपछि मात्र सातौँ नम्बरमा निर्मला ।'

जेठी छोरी शारदाको बिहे दैलेख घर भई भारत अहमदाबादमा कार्यरत इन्जिनियरसँग भएको थियो । 'ज्वाइँ गत वर्ष मात्र हार्टअट्याक भएर बिते,' उनले सुनाए । अहमदाबादको घर बिक्री नभएकाले छोरी र नाति-नातिना उतै रहेको उनले बताए ।

माइली छोरी विष्णु सुर्खेतकै तातोपानी उत्तरगंगामा घरजम गरी बसेकी छिन् । साँहिली छोरी गाउँमै अनमि छिन् । 'उसको विवाह गर्न बाँकी नै छ,' मन्त्री बस्यालले भने ।

चौथो नम्बरकी छोरी सीताको सुर्खेत नगरपालिका भैरवथानमा बिहे भएको छ । पाँचौँ नम्बरकी तारा र छैटौँ नम्बरकी निर्मलाको पनि बिहे भइसकेको छ ।

सातौँ नम्बरकी छोरी गीता राज्यमन्त्री बस्यालसँगै अहिले मन्त्रीनिवास पुल्चोकमा बस्छिन् । गीताका श्रीमान्लाई मन्त्री बस्यालले नै मलेसिया पठाएका छन् ।

राज्यमन्त्री बस्यालका एक मात्र छोरा अहिले जनस्वास्थ्यमा स्नातक तहमा अध्ययनरत छन् । उनी आठौँ नम्बरमा जन्मिएका थिए । सबैभन्दा कान्छी सन्तान सुशीला जन उच्च मावि, सुर्खेतमा कक्ष्ाा १० मा अध्ययनरत छिन् । कक्षा नौमा पढ्दै 'लभ-म्यारिज' गरेकी सुशीलाले बच्चा पनि जन्माइसकेकी छिन् ।

राज्यमन्त्री बस्याल दलित मात्र होइनन्, गरिब परिवारका पनि हुन् । छोराछोरी हुर्काउँदा लागेको ऋण उनले मन्त्री भएपछि मात्र तिरेका छन् ।

'सम्पत्ति केही छैन, गाउँमा १० धुर जमिन छ,' उनले भने, 'पैसा ल्याऊ, अनि घर बनाएर बसौला भनेर ज्वाइँलाई मलेसिया पठाइदिएको हुँ ।'

बस्यालले जमानामा पनि 'लभ-म्यारिज' गरेका हुन् । सानो परिवार, सुखी परिवार बनाउने सपना थियो उनको पनि । 'तर, छोरीहरू जन्मँदै गए, परिवार बढ्दै गयो,' उनले भने ।

आफैँ एसएलसीसम्म पढेका राज्यमन्त्री बस्यालका सातजना छोरीले पनि एसएलसी मात्र उत्तीर्ण गरेका छन् ।

०४७ सालमा कांग्रेस प्रवेश गरेका बस्याल ०६२/६३ को आन्दोलनमा दुईपटक गिरफ्तार भएका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको हो । बस्याल दलित कोटामा सभासद् र मन्त्री भएका हुन् ।

'सबैले सरकारी विद्यालयमै पढेका हुन्, छोरीहरू बेरोजगार छन्,' राज्यमन्त्री आफैँ गुनासो गर्छन्, 'छोरीहरूलाई कतै काममा अल्झाइदिन पाए हुन्थ्यो भन्ने पनि लाग्छ । 'तर, कसलाई भन्नु, आफैँ मन्त्री छु ।'

'बाउ' नै मन्त्री हुँदा पनि जागिर पाइएन भनेर छोरीहरूले गुनासो गर्ने गरेको उनले बताए । 'आफ्नै बाउ मन्त्री हुँदा पनि (जागिर) नभए कहिले पनि हुँदैन भन्छन्,' उनले भने ।

एकताका गि्रल उद्योग खोल्दा लिएको ऋण बढेर एक लाख २५ हजार पुगेको थियो । ऋणले घर-जग्गा नै गुम्ने हो कि भन्ने चिन्ता थियो । 'तर, पार्टीले मन्त्री बनाइदिएपछि ऋण तिरेको छु,' भर्खरै ऋणमुक्त भएकामा उनी सन्तुष्ट छन् ।

mansara basyal

'नौ सन्तान भएपछि नियोजन गरेँ'
श्रीमति मनसरा बस्याल

म भर्खरै १४ वर्षकी थिएँ, उहाँ -खड्गबहादुर बस्याल) सँग माया बस्यो । उहाँ -सुर्खेतको) गोठीकाडाबाट यहाँ -वीरेन्द्रनगर) पढ्न आउनुहुन्थ्यो, म गाई लिएर गोठालो जान्थेँ । पहिले चिनजान भयो, पछि माया बस्यो ।

उहाँको बानी राम्रो थियो । आउँदा-जाँदा भेट हुन्थ्यो । पछि मलाई उहाँ राम्रो लाग्न थाल्नुभयो । माया बसेको करिब तीन वर्षपछि मलाई भागौँ भनेर उहाँले नै भन्नुभो । मैले त्यही राति सबै कपडाको कुम्लो बनाएर घरमा कसैलाई थाहा नदिई भाग्ने योजना बनाएँ । ०२५ साल असोजको पूणिर्मा मनाएर हामी भाग्यौँ । उहाँका साथीहरू हामीलाई झुप्रासम्म पुर्‍याउन आउनुभयो ।

पछि उहाँले नेटाको खल्टाकुरा प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो, मलाई त्यहीँ राख्नुभयो । चार महिनापछि हामी घर गयौँ ।

म त्यतिवेला १८ वर्षको थिएँ, उहाँ २० को हुनुहुन्थ्यो । जेठी र माइली छोरी जन्मिसकेपछि हामीले बाजा बजाएर माइती मानेका -गएका) हौँ ।

जीवनमा उहाँले धेरै संघर्ष गर्नुभो । पहिला पुलिस हुनुभो । हो नि, मेरा बूढा त असइ पनि हुनुभा हो । तीन वर्ष असइ भइकेपछि त्यो जागिर छाडेर दुई वर्षजति मास्टर हुनुभो । पछि १८ महिनाजति भेटेरिनरीका मुखिया पनि हुनुभो । कपडा-पसल पनि गर्‍यौँ ।

पछि गि्रल उद्योग खोलेर पनि बस्यौँ । उहाँले त्यतिवेलादेखि नै राजनीति गर्न थाल्नुभा हो । तर, छोराछोरी धेरै भए, मलाई धेरै छोराछोरीको टेन्सन हुन्थ्यो । उहाँ राजनीतिमै व्यस्त हुनुभो । घर पनि कहिलेकाहीँ भुल्नुहुन्थ्यो ।

छोरा पाउने भन्दा-भन्दै आठवटी छोरी भए । त्यसपछि पनि नौ महिनाकी छोरी खेर गइसकेपछि छोरो भयो । अर्को पनि छोरा जन्माऊँ न त भनेको फेरि छोरी नै जन्मिई । त्यसपछि मैले परिवार नियोजन गरेँ ।

यति धेरै छोरी हुँदा पनि उहाँले कहिल्यै अर्को बिहे गरौँ भन्नुभएन । तर, समाजले त छिटो बिहे गर्, नत्र तेरो छोरा नै हुँदैन भन्थ्यो । मेरा बूढाले मलाई धेरै माया गर्नुहुन्छ ।

जेठी छोरी शारदा ३८ वर्षकी छे । उसको भारतको गुजरातमा बिहे भको छ । साँहिली विनीता र छोरो भानुभक्तबाहेक सबैको बिहे भइसक्यो । कान्छी छोरी सुशीला १९ वर्षकी छे । उसको यतैका एकजना गुरुङसँग बिहे भको छ ।

दुई बिघा घडेरीसहित चार बिघाजति पुख्र्यौली सम्पत्ति बूढाले जम्मै राजनीतिमै सिध्याउनुभो । हाल (सुर्खेत) उत्तरगंगा बजारमा सानो घडेरीमा घर छ । गाउँमा एक कठ्ठा बारी र ६ कठ्ठा खेत छ ।

म अहिले काठमाडौंको मन्त्रीनिवासमा बस्छु, अहिले जाडोमा घर आएकी हुँ । धेरै त बूढासँगै बस्छु । राजनीति गरेर सम्पत्ति त गयो, तर खेर गएन जस्तो लाग्छ । अहिले मेरा बूढा मन्त्री हुनुहुन्छ । कसला काटे मसला पाइँदो रहेछ ।

(गणेशकञ्चन भारतीसँगको कुराकानीमा आधारित)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #296 on: January 04, 2010, 10:59:23 AM »
« Last Edit: January 04, 2010, 11:08:05 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #297 on: January 04, 2010, 03:18:43 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #298 on: January 08, 2010, 10:37:18 AM »

KiNgMaKeR

  • Global Moderator
  • ******
  • Posts: 3183
  • be the ONE like no ONE
Re: Can only happen in Nepal!!
« Reply #299 on: January 08, 2010, 08:38:44 PM »
Jai Ho Nepal

हामी नेपाली हाम्रो Xनेपाली