Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 426538 times)

0 Members and 2 Guests are viewing this topic.

ratobadar

  • 50x
  • ****
  • Posts: 74
Re: Can only happen in Nepal!!
« Reply #300 on: January 10, 2010, 04:19:38 PM »
fuckin u twat..nepali ra china ma differences ..sundenas ,,dekdenass........herdenassssss

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #301 on: January 20, 2010, 10:57:23 AM »
  विधवा विवाह प्रोत्साहनमा रोक
मंगलवार, 19 जनवरी 2010 20:43 नागरिक


माधव ढु‌ङ्गेल, काठमाडौं, माघ ५- सर्वोच्च अदालतले विधवा विवाहलाई प्रोत्साहन गर्न ल्याएको प्रतिजोडी ५० हजार रूपैयाँ उपलब्ध गराउने बजेटको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय बलराम केसी र गिरिशचन्द्र लालको इजलाशले यस्तो आदेश दिएको हो।
अदालतले विवाह २ जनाले इच्छाएर सहमतिमा गर्ने विषय भएको, पैसा दिएर विवाहलाई प्रोत्साहन गर्दा प्रलोभनको सिर्जना हुने हुनाले यस्तो व्यवस्था कार्यन्वयन नगर्न अर्थ मन्त्रालयलाई आदेश दिएको छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलका अनुसार, रकम दिएर बिधवा विवाहलाई प्रोत्साहन गर्दा समाजमा विकृति सिर्जना हुनसक्ने उल्लेख गरिएको छ।

सामाजिक व्यवहार सुधार ऐनले दाइजोलाई निषेध गरेकोले यस्तो प्रोत्साह नहुने पनि आदेशमा उल्लेख गरिएको छ। सरकारले एकल महिलालाई सशक्तिकरण गर्नुको साटो बिहे गर्न प्रोत्सान गरेको भन्दै एकल महिलाका तर्फबाट लिली थापाले मुद्दा हालेकी थिइन्।

अधिवक्ता कविता पाँडेले सरकारले सशक्तिकरण गर्न भनेर ल्याएको योजना सरोकारवालासँग छलफल नगरी ल्याएकोले सकारात्मक रूपमा ल्याएको भए पनि यसको नकारात्मक प्रभाव पर्नसक्ने भएकोले अदालत जानुपरेकेा बताइन्। ...१० वर्षे सशस्त्र द्वन्द्वमा भएका विधवामध्ये ६० प्रतिशतभन्दा बढी २० वर्षभन्दा कम उमेरका छन्', अधिवक्ता पाँडेले भनिन्, 'स्वास्थ्य, शिक्षा, रोजगारको अवसर दिने, ऋण दिएर प्रोत्साहन गर्न सकिन्थ्यो।'
विधवा विवाहलाई समाजले समेत स्वीकारेको र अविवाहित पुरुषले समेत विधवा महिलासँग विवाह गर्न थालिसकेको सन्दर्भमा पैसा दिएर बिहालाई प्रोत्साहन गर्दा महिलालाई वस्तुकै रूपमा अर्काको जिम्मा लगाएर मुक्त हुन खोजेको रिट निवेदनमा उल्लेख छ। 'कति विधवा छन् भन्ने तथ्यांकसम्म संकलन नगरी हचुवाको भरमा कार्यक्रम ल्याइयो', पाँडेले भनिन्, 'सासुससुराले पनि अंश नदिनका लागि ५० हजार आउँछ, जाऊ भनेर भन्नसक्छन्।'
चालू आर्थिक वर्षको बजेटमा सरकारले विधवा विवाहलाई प्रोत्साहन गर्न भनी ५० हजार रुपैयाँ दिने उल्लेख गरेको थियो। बजेटमा उल्लेख छ, ...विधवा विवाह प्रोत्साहन स्वरुप प्रत्येक जोडीलाई जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरेको ३० दिन भित्र रु. ५० हजार अनुदान उपलब्ध गराइनेछ। बिधवाहरुलाई रोजगारी र अन्य अवसरहरुमा पहुँच वृद्धि गर्न र भविष्यमा भत्ता सुविधा पुनरावलोकन गर्न विधवाहरुको तथ्याङ्क संकलन गरिनेछ।'
सरकारले बजेटमा ल्याएपछि गत असोज २६ गते नै खिलराज रेग्मीको एकल इजलासले मुद्दालाई अग्राधिकार दिंदै सरकारलाई कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि पनि सरकारले निर्देशिका तयार गरी कार्यान्वयनको अघि बढाएपछि रोक्का गर्न अन्तरिम आदेशको माग गर्दै पुस २४ गते अर्को मुद्दा दायर गरिएको थियो। आर्थिक वर्ष सकिन ५ महिना मात्र बाँकी रहेकाले यो कार्यक्रम यस वर्ष लागू हुन सक्ने अवस्था देखिंदैन। अधिवक्ता पाँडेले भनिन्, 'प्रभाव मूल्यांकन नगरी हचुवाको भरमा यस्तै कार्यक्रम अर्को वर्षको बजेटमा पनि नल्याउला।'

kurakani

  • 50x
  • ****
  • Posts: 2481
Re: Can only happen in Nepal!!
« Reply #302 on: January 21, 2010, 09:30:09 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #303 on: January 24, 2010, 12:01:28 PM »
Can you see cracks and water seepage in the concrete floor above..... Prachanda should be lucky; it didn't fall on him :D



शनिबार राजविराजमा आयोजित आमसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । तस्विर: हेमशंकर सिंह


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #304 on: January 25, 2010, 02:16:43 PM »
  भारतमा साढे तीन लाखमा बेचिन्छ नेपाली पासपोर्ट
आइतवार, 24 जनवरी 2010 08:58 नागरिक



केपी ढुंगाना, काठमाडौं, माघ १०- विदेश भ्रमणका लागि नेपाली नागरिकहरुलाई जारी गरिने नेपालको पासपोर्ट भारतमा पांच हजार अमेरिकी डलरमा(तीन लाख ६८ हजार ) बिक्री हुने गरेको तथ्य खुलेको छ।

मलेसियामा पक्राउ परेका नेपाली पासपोर्टवाहक पांच आफगानी नागरिकबाट सो तथ्य खुलेको हो।

मलेसियाली सरकारको हिरासतमा रहेका अफगानी नागरिकहरुसँग सोधपुछका लागि गएका मलेशियामा रहेको नेपाली दुतावासका अधिकारीसँग उनीहरुले ' भारतको नयाँदिल्लीमा विक्रम नाम गरेका ब्यक्तिसँग पाँच हजार अमेरिकी डलरमा नेपाली पासपोर्ट किनेको' बयान दिएपछि नेपाली पासपोर्ट भारतमा बिक्री हुने गरेको खुलेको हो।

नेपालमा रहेका एजेन्टले नेपालको ठेगाना उल्लेख गरेर उनीहरुको तस्विर टासेर पासपोर्ट भारत पठाउने गरेको र भारतमा रहेका एजेन्टले विदेशी नागरिकलाई नेपाली पासपोर्ट वेच्ने गरेको तथ्य समेत खुलेको छ।

प्रहरीले विदेशीको तस्विर राखेर नेपाली पासपोर्ट बनाईदिने परराष्ट्र मन्त्रालयका नायव सुब्बा बच्चुराम केसी पक्राउ परेपनि विक्रमको बारेमा भने कुनै जानकारी पाएको छैन। विक्रम नेपाली नागरिक हुन् या भारतीय त्यो भने खुल्न सकेको छैन।

पक्राउ परेका अफगानीहरुले विक्रमले कहिले म नेपाली हुं भन्ने त कहिले भारतीय हुं भन्ने गरेको बताएका छन्। प्रहरीले विक्रमका सहयोगी परराष्ट्र मन्त्रालयका नायवसुब्बा बच्चुराम केसीबाट पनि उनको बारेमा जानकारी पाउन सकेको छैन।

परराष्ट्र स्रोतका अनुसार मलेसियाको अध्यागमनले १५ जनवरी २०१० मा क्वालालाम्पुरमा रहेको नेपालको दुतावासमा आधिकारीकताको जांचका लागि पांच वटा पासपोर्ट पठाएपछि दुतावासवाट गएका नेपाली अधिकारीले पासपोर्टबाहकहरु नेपाली नागरिक नभएको पुष्टी गरेका थिए।
मलेशियाको अध्यागमन कार्यालयले दुतावासमा पठाएको पत्रमा

नेपाली पासपोर्टवाहक पांच जना शंकास्पद ब्यक्ति नेपाली जस्ता नदेखिएकाले पासपोर्ट र पासपोर्टवाहकको आधिकारीकता पुष्टी गर्न' अनुरोध गर्दै पत्र पठाएको थियो।

अध्यागनको पत्र आए लगत्तै मलेसियाको अन्तराष्ट्रिय विमानस्थलको हिरासतमा रहेका उनीहरुसित सोधपुछको क्रममा उनीहरुले आफू अफगानी नागरिक रहेको स्वीकार गरेका थिए।
सोधपुछको क्रममा नविनकुमार श्रेष्ठको नामको पासपोर्टवाहक अफगानी मोहम्मद हसान अहमद रहेको खुलेको थियो। त्यस्तै राजेन्द्रकुमार लिम्बुको नामको पासपोर्ट बाहक मोहम्मद हनिफ, नविन सापकोटाको नामको पासपोर्टबाहक मोहम्मद जवाद, वीरबहादुर तामाङ्गको पासपोर्ट बाहक मोहम्मद करिम र राजकुमार लिम्बुको नामको पोसपोर्ट बोक्ने इन्यात अल्हा रहेको खुलेको थियो।

अफगानीको साथबाट बरामद भएको पासपोर्ट परराष्ट्र मन्त्रालयवाट डिसेम्बर ७ २००९ देखी १३ सम्मको मितिमा जारी भएको देखिएको थियो। परराष्ट्र मन्त्रालयस्रोतका अनुसार नेपाली राजदुत डा ऋषिराम अधिकारीले 'सक्कल राहदानीहरु हेर्दा कुनै प्रकारको भौतिक छेडाछेड गरिएको नदेखिएकाले कसरी ती नेपाली राहदानी अफगानी नागरिकहरुले पाए भन्ने विषयमा मन्त्रालयबाट कार्वाही गर्नुपर्ने देखिएको' प्रतिवेदन पठाएपछि मन्त्रालयले अनुसन्धान शुरु गरेको थियो।

अनुसन्धानको क्रममा पासपोर्ट शाखामा कार्यरत केसी शंकाको घेरामा परेपछि मन्त्रालयले गृहलाई पत्र पठाएपछि काठमाडौं परिसरको टोलिले बिहीबार केसीलाई मन्त्रालयबाटै पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै केसीले नेपाली पासपोर्टमा नाम र ठेगाना लगायतका विवरण नेपाली राखेर अफगानीको तस्विर राखेर भारत पठाएको स्वीकार गरेका छन्। उनले प्रति पासपोर्ट कति रकम लिन्थे भन्ने खुलेको छैन।

विदेशीलाई नेपाली पासपोर्ट बिक्री गर्ने समूहमा केसी लगायत परराष्ट्रका अन्य कर्मचारी समेत संलग्न रहेको प्रहरीले आशंका गरेपनि अहिलेसम्म अन्य कर्मचारीको बारेमा प्रहरीले जानकारी पाएको छैन। केसीले प्रहरीलाई'परराष्ट्रका धेरै कर्मचारीले पासपोर्ट बेच्ने गरेको दावी गरेपनि उनले कर्मचारीको नाम भने बताउन नसकेको अनुशन्धानमा संलग्न एक प्रहरीले बताए।

काठमाडौं परिसरका प्रमुख गणेश केसी पासपोर्ट बिक्री गर्ने समूहका बारेमा अनुसन्धान भइरहेको बताउँछन्। हिरासतमा रहेका केसीले अभियोग स्वीकार गरेपनि अन्यको बारेमा जानकारी नदिएको केसीले बताए।


अष्ट्रेलिया हिँडेका थिए अफगानी
नेपाली पासपोर्ट बोकेर मलेशिया पुगेका पांच जना अफगानी नागरिक अष्ट्रेलिया जाने योजनामा रहेको तथ्य खुलेको छ। मलेसियामा रहेको नेपाली दुतावास पक्राउ परेका पांच जना अफगानीसंग सोधपुछका क्रममा उनीहरुले' आफगानीस्तानको पासपोर्टवाट विदेश जान समस्या पर्ने भएकाले नेपाली पासपोर्ट लिएर अष्ट्रेलिया जान हिँडेको' बयान दिएका छन।


नेपाली अधिकारीसंग पक्राउ परेका अफगानी नागरिकहरुले अफगानिस्तानवाट भारतको नयांदिल्लीसम्म अफगानी पासपोर्टमा यात्रा गरेको र चेन्नेईवाट मलेसिया गएको जानकारी दिएका थिए। सोधपुछको क्रममा उनीहरु पर्यटक भिसामा मलेसिया पुगेका थिए। ३ जनवरीमा मलेसिया पुगेपछि उनीहरुले मलेशियामा रहेको इन्डोनेशियामा रहेको इन्डोनेशियन दुतावासमा इन्डोनेशिया जान ११ जनवरी मा भिसा लिएका थिए।

उनीहरु १३ जनवरीमा इन्डोनेशियाका लागि उडेकोमा इन्डोनेसियाका पोलानिया विमानस्थलवाट भिसा अस्वीकृत भएपछि उनीहरु मलेसिया फर्किएका थिए। मलेसिया फर्किएलगत्तै मलेसियाको अध्यागनले उनीहरुलाई पक्राउ गरी मलेसियामा रहेको नेपाली दुतावासलाई उनीहरुको बारेमा जानकारी माग गरेपछि पक्राउ पांचै जना अफगानी नागरिक रहेको खुलेको थियो।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #305 on: January 26, 2010, 01:49:41 PM »


source-mysansar

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #306 on: January 29, 2010, 08:08:04 AM »
आफन्त र कार्यकर्ताको जम्बो टोली बोकेर खेलमन्त्री ढाकामा
नेपाली टोली भारतको भन्दा ठूलो-

बलराम बानियाँ, काठमाडौं, माघ १५- युवा तथा खेलकुद मन्त्री गणेश नेपाली र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हरिबाबु चौधरी असम्बन्धित व्यक्तिको भीडका साथ एघारौं सागमा जम्बो टोली लिएर बंगलादेशको ढाका प्रस्थान गरेका छन्।

kurakani

  • 50x
  • ****
  • Posts: 2481
Re: Can only happen in Nepal!!
« Reply #307 on: January 29, 2010, 02:10:29 PM »
BHAGYA le saath diyo bhane SANJOG le bachnu hola :)



  पाल्पा तानसेनबाट गुल्मिको तम्घासका लागि छुटेको बस भित्र नअटेका यात्रु छतमा चढेर गन्तव्य तर्फजाँदै, तानसेन-तम्घास सडक खण्डमा यस्ता दृष्य दैनिक देख्न पाइन्छ। तस्वीरः दिपक पाण्डेय

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #308 on: January 30, 2010, 03:32:23 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #309 on: February 04, 2010, 09:47:24 PM »


Credits: Sushil Gautam