Author Topic: Nepali Movies till date  (Read 61427 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #20 on: August 04, 2009, 12:14:37 PM »
वासुदेव सर । अभिनेता हरहिर शर्मालाई चलचित्र वासुदेव, २०४२ ले अर्को न्वारान गरििदयो यस नामबाट । अढाइ दशक पुरानो यो नाम चलचित्रका परपिक्व दर्शकमाझ जीवित मात्र होइन, अमिट पनि छ । त्यसयता उनले ४२ चलचित्रमा अभिनय गरसिके । तर, वासुदेव सरको बिल्ला भने हटेन ।
राते काइँला । चलचित्रका दर्शकले कण्ठ पारेको अर्को नाम हो यो । हिन्दी चलचित्र शोलेको गब्बरसिंह शैलीमा चिनो, ०४६ को खलपात्र सुनील थापा पर्दामा देखिएपछि उनको नाम फेरयिो दर्शकका नजरमा । 'रातेलाई यो कुरा मन पर्‍यो !' अर्को हिन्दी चलचित्र मिस्टर इन्डियाको खलपात्र मोग्याम्बोको शैलीमा उनले बोल्ने यो संवादसमेत दर्शकले कण्ठ पारे । त्यसयता सुनीलले पाँच दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरसिकेका छन् । तर, उनलाई राते काइँलाकै भूतले छोडेको छैन ।
नक्कली । वसुन्धरा भुसाललाई यो नाम दियो चलचित्र सिन्दूर, ०३७ ले । त्यसयता उनले पनि एक सयभन्दा बढी चलचित्रमा अभिनय गरसिकेकी छन् । तर, अर्को नाम पाउन सकेकी छैनन् । सिन्दूरपछि लगत्तै जीवन्त अभिनय गरेको चलचित्र जीवनरेखाले समेत अर्को नाम दिएन । नायिका भएको मौलिक चलचित्र परालको आगो पनि उनका लागि संख्या बढाउनेमा सीमित भयो ।
युवराज लामा पनि केही दर्जन चलचित्रका खलपात्र हुन् । तर, उनलाई नयाँ परचिय भने चलचित्र देउता, ०५० ले दियो । मूर्ख खलनायकको भूमिकामा देखिएका उनलाई दर्शकले यसरी रुचाए कि उनका अन्य अभिनय फिका सावित भए । आजका मितिसम्म आइपुग्दा उनी स्थापित निर्माता तथा निर्देशकका रूपमा गनिन्छन् । तर, फेर िपनि दर्शकले चाहिँ उनलाई देउताको त्यही डरलाग्दो खलनायकका रूपमा नै चिन्छन् ।

हरहिर शर्मा, सुनील थापा, वसुन्धरा भुसाल र युवराज लामा चलचित्र वृत्तका त्यस्ता उदाहरण हुन्, जो धेरै चलचित्रमा अभिनय गरेर पनि एउटामा गरेको सफल कामले बाँचेका छन् । अनि, त्यही सफलताको छहारीले उनीहरूलाई छोपेको छ । अर्थात्, नयाँ परचिय उनीहरूले चाहेर पनि दिन सकेका छैनन् । सबैभन्दा पहिला हरहिर शर्मासँग बुझौँ, वासुदेवको सफलताले छोपिनुको रहस्य । 'मुनामदनबाहेकका मेरा सबै कृति जलाइदिए हुन्छ' भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ सम्झन्छन् उनी । उनले मुख्य भूमिका निर्वाह गरेका अरू पनि चलचित्र थिए । जस्तो ः बदलिँदो आकाश, कर्जा, छोरो आदि । तर, ती कुनैले पनि उनलाई क्षणिक चर्चासिवाय केही दिएनन् ।

वासुदेव नै किन ? यो प्रश्नमा हरहिर धेरै घोरएिका छन् । जीवन्त विषयवस्तु, लेखकको दमदार प्रस्तुति र निर्देशन कुशलता वासुदेवको तारपिmयोग्य पक्ष रहेको उनले निकालेको निष्कर्ष हो । भन्छन्, "नेपाली जनजीवनमा चुर्लुम्म डुबेको हुनाले त्यो विषयले मन मस्ितष्कमा जरा गाड्यो ।



तर, सुनील थापा अभिनीत चिनोको सफलता भने फरक छ । यसको कथा समाजसँग नजिक छैन । हिरोहरूको भयंकर सफलता देखाउन शक्तिशाली खलनायकको मनगढन्ते कल्पना हो, राते काइँला । तर, दर्शक यसैमा भुलिए । उनी सफल भए नेपाली गब्बरसिंहको पगरी गुथ्न । उनका अनुसार सबैतिर यस्तै हुन्छ । उनको संकेत खासगरी बलिउड हो, जहाँ उनले संघर्षका धेरै भोटा फटाएका छन् । तर, बलिउडमा त्यस ढंगका पात्रहरू लामो दौडका लागिचाहिँ हुन सकेका छैनन् ।
वसुन्धरा भुसाल यस्तो बेलामा सफल भइन्, जतिबेला यस क्षेत्रमा महिला कलाकारको खडेरी थियो । त्यस्तो बेलामा हास्यकलाकारको भूमिका आफँैमा चुनौतीपूर्ण त छँदै थियो, त्यसमाथि सुहाउँदो भूमिका उनलाई जीवन्त बनाउने कडी पनि । युवराज लामाको पहिलो प्रयास चलचित्र देउतालाई अनजानको फल मान्न सकिन्छ । केन्द्रीय भूमिकामा रहेको देउताको खतरनाक खलनायक राते काइँलाजस्तो सापटी पात्र भने थिएन । पहिलोपटक कलाकारका रूपमा उभिएका उनले जीवन्त अभिनय गरेर स्थापित हुने ध्येय राखेका थिए, सायद यो सबैमा हुन्छ । फेर ित्यस चलचित्रको खलपात्रका सबै हाउभाउ मौलिक थिए । लामा सफलताको कारण यसैलाई मान्छन् ।
अरू केही नाम छन्, जो एउटै चलचित्रले अजम्बरी छन् । जस्तो नायक विश्व बस्नेत सिन्दूर, ०३७, नायिका शर्मिला मल्ल कान्छी, ०४१, निर्देशक यादव खरेल प्रेमपिण्ड, ०५०, निर्देशक प्रताप सुब्बा परालको आगो, ०३४ र निर्देशक शम्भु प्रधान सम्झना, ०४२ ले धेरै चलचित्रमा काम गरे पनि एउटैबाट पुग्दो नाम कमाएका छन् ।
पहिलो चलचित्र आमा, ०२२ मा काम गरेबापत पाएको ऐतिहासिक नामबाट चिनिने पनि छन् । प्रथम नायक शिवशंकर, प्रथम नायिका भुवन चन्द, खलनायक उत्तम नेपाली आदि पनि कागजी रूपमा स्मरणीय छन् । पाँच सयभन्दा बढी चलचित्र निर्माण भए पनि कमै चलचित्र र चलचित्रकर्मी स्थापित हुन सकेको पाइन्छ । ऐतिहासिक चलचित्र, कृतिमाथि निर्मित चलचित्र, पहिलो सिनेमा स्कोप चलचित्र आदि नाम र त्यससँग सम्बन्धित कलाकर्मीले पनि इतिहास लेखाएका छन् । धेरै चलचित्रकर्मीसँग चाहिँ जीवन्त बनाइराख्ने नाम छैन । जस्तो शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करश्िमा मानन्धर आदि चलेका नाम हुन् । उनीहरूका धेरै चलचित्रले व्यावसायिक सफलता पनि पाएका छन् । तर, सदावहार परचिय भने उनीहरूसँग छैन ।
एकथरी चलचित्रकर्मीमा बहुआयामिक परचिय दिन सकिएन भन्ने असन्तुष्टि लुकेको छ । क्षणिक चर्चामा सीमितहरूलाई भने सदावहार चिनारी दिन सक्ने भूमिका नपाएकामा चिन्ता छ । तर, न्यायाधीश, दर्शकले भने अझै यिनीहरूबाट धेरै अपेक्षा गरेको छ ।

http://www.kantipuronline.com/Nepal/article.php?&aid=5

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #21 on: August 09, 2009, 07:13:55 PM »
Another list with date of release

    * Aadi Kabi Bhanubhakta (1999)
    * Aafno Manchhe (2001)
    * Aago (2000)
    * Ae Pandit Baje
    * Aankha Lobhi Man Papi
    * Aashirbad (2001)
    * Afanta (1999)
    * Afno Ghar Afno Manche (2001)
    * Ajambhari Maya (2002)
    * Alpaviram (2006)
    * Aama (1964)
    * Anjuli (2002)
    * Apsara (2000)
    * Army (2001)
    * Baacha Bandhan (2002)
    * BabuSaheb (2002)
    * Badal Paree (2001)
    * Baimani (2001)
    * Bajrapat (???????)
    * Bakshis (2002)
    * Bandaki
    * Basain (2005)
    * Basanti (2000)
    * Ber Pipal (2001)
    * Bhagya Le Jurayo (2002)
    * Bhai Tika (2002)
    * Bihani (2001)
    * Buhari (2001)
    * Chameli (1999)
    * Cheli Beti (1995)
    * Chino (1991)
    * Chokho maya
    * Chor Sipahi
    * Daag (2001)
    * Daiva Sanjog (2001)
    * Dakshina (1993)
    * Dancing Kathmandu (2006)
    * Darpan Chaya (2002)
    * Dhansamphati (2002)
    * Dhukdhuki (2000)
    * Dulahi (2001)
    * Duniya(2006)
    * Dusman (1993)
    * Gaajal (2001)
    * Gaunthali (2001)
    * Haami Teen Bhai(2004)
    * Hateri (2002)
    * Haudey (2001)

   

    * Himalaya – l’enfance d’un chef (1999)
    * Janma Bhoomi (1995)
    * Jaya Baba Pashupati Nath (1996)
    * Je Bho Ramrai Bho (2003)
    * Jeevan Rekha
    * Jeevan Saathi (2001)
    * Jetho Kancha (2003)
    * Kaidi (2001)
    * Kanchi (1988)
    * Karma (2006/I)
    * Karma Ko Phal
    * Ke Bho Lau Na Ni (2001)
    * Khandan (2002)
    * Krodh (2006)
    * Maan (2002)
    * Maanis(2006)
    * Mahadevi (1993)
    * Maili
    * Malai Maaf Garidau (2002)
    * Malati (2002)
    * Mama Bhanja (2002)
    * Mamaghar (2002)
    * Manai Ta Ho (2001)
    * Manmandir (2002)
    * Ma timi bina marihalchhu (2008)
    * Maya Baiguni (2001)
    * Maya Ko Saino (2001)
    * Maya Namara (2002)
    * Melong (2002)
    * Mero Hajur (2002)
    * Mitini (2002)
    * Mohani Lagla Hai (2002)
    * Muglaan(2004)
    * Mukundo (2000)
    * Muna Madan (2003)
    * Muskan (2002)
    * Nata Ragat Ko (1999)
    * Natedar (2001)
    * Nepal Pyaro Chha (2001)
    * Numafung (2001)
    * Pagalpan
    * Panchavati (1986)
    * Paral Ko Aago (1978)
    * Parenni Maya Jalaima (2004)

   

    * Pheri Temro Yaad Aayo (2002)
    * Pijanda (2002)
    * Pirati Aafai Hudon Rahechha (2001)
    * Pooja (2002)
    * Prem Pinda (1995)
    * Raanko (1996)
    * Ragat (1995)
    * Ram Balram(2007)
    * Rickshaw Puller, The (2002)
    * Rough Cut on the Life and Times of Lachuman Magar, A (2001)
    * Sagarmatha (1988)
    * Sagun (1998)
    * Sahid Gate (2002)
    * Sannani (1994)
    * Sano Sansar (2008)
    * Santan
    * Santan Ko Maya (2002)
    * Sanyas (2002)
    * Sauta (1993)
    * Shadhyantra (2002)
    * Shankar (1997)
    * Shukha-Dukha(2003)
    * Siudo Ko Sindoor (2001)
    * Spirit Doesn’t Come Anymore, The (1997)
    * SuperStar (2001)
    * Tapasya (1991)
    * Thuldai (1999)
    * Timi Meri Hau
    * Timrai Lagi (2001)
    * Upahar(2003)
    * Yastai Rahecha Jindagi (2002)
    * Yeh Mero Hahur(2002)
    * Yo Kasto Saino (2001)
    * Yo Maya Ko Sagar (2001)
    * Yuddha(2007)
    * Yug Dekhi Yug Samma (1992)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #22 on: August 30, 2009, 03:36:40 AM »
पर्ढाई कम रवाफ बढी
 
 2007-11-28
      

चलचित्रको रंगीन दूनियाँमा प्रवेश गर्नका लागि अहिलेसम्म कुनै निश्चित शैक्षिक योग्यता तोकिएको छैन तैपनि वलिउड र हलिउडमा चलचित्र उद्योगमा क्रियाशील कलाकर्मीहरु आफ्नो पर्ढाईपुरा गरेर मात्र यो क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । बलिउडमा अहिलेका पुस्ताका नायक/नायिकाहरु प्राय स्नातक र स्नातकोत्तर पूरा गरेर सिने क्षेत्रमा आएका छन् । तर नेेपाली चलचित्रका नायक केही हदसम्म शिक्षित नै भएपनि नायिकाहरु न पढाइ पुरा गरेर यो क्षेत्रमा छिरेका छन् न उनीहरुमा फर्ुसदको बेला पुस्तक पढ्ने बानी नै छ । यहाँ अझै पनि एस.एल.सी पनि उत्तर्ीण्ा गर्न नसकेका नायिकाहरुकै हालीमुहाली छ । स्तरीय चलचित्र निर्माणका लागि त्यससँग सम्बन्धीत जनशक्ति दक्ष पनि हुनर्ुपर्छ । त्यसपछि मात्र स्तरीय चलचित्रको आशा गर्न सकिन्छ ।
नेपाली चलचित्रको नायिकाको कुरा गर्दा रेखा थापा हुन् वा रेजिना उप्रेती, मेलिना मानन्धर हुन् वा रिचा घिमिरे, अरुणिमा लम्साल हुन् वा नन्दिता के.सी., रन्जु लामिछाने हुन कि वा गरिमा पन्त यी सबै नायिकाहरुको शैक्षिक योग्यता एस.एल.सी. वा त्यसकै हाराहारीमा छ ।
केही वर्षपहिले सिनेमा ँटम्ब राइडर’ की नायिका एन्जेलिना जोलीलाई र बलिउड नायिका मनिषा कोइरालालाई संयुक्त राष्ट्रसंघले सद्भावना दूत नियुक्त गरेको सुन्दा नेपाली सिनेकर्मीहरुले आर्श्चर्यले ज्रि्रो टोके । उक्त निर्र्ण्र्ाालाई यहाँ ँआकाशको फल’ ठान्नुको प्रमुख कारण हो - अभिनय क्षेत्रमा अल्पशिक्षाको वाहुल्य । कम्वोडिया र सियरालियोन स्थित शरणार्थी शिविरका केही दृष्य समेटिएको ँटम्ब राइडर’की एन्जेलीना र भारतिय उपमहादिपमा मनिषाको लोकप्रियता हेरेर उनीहरुलाई सम्बन्धीत मामलाको दक्षताको कारण राष्ट्रसंघले उक्त सम्मानित जिम्मेवारी सुम्पेको हो । यस्तै प्रकृतिको जिम्मा हालै नेपाल सरकारले नायिका विपना थापालाई सुम्पेको थियो । तर उनले जिम्मेवारी राम्रोसँग पूरा नगरेको चर्चा चल्न थालेको छ ।
लोकप्रिय सिने कार्यक्रम ँरजतपट’ मा सिने पत्रकार प्रकाश सुवेदीले केही वर्षपहिले धेरै कलाकारलाई भेला गराएर ँसगरमाथाकोे उचाई कति छ -’ भनेर सोध्दा कसैले सही उत्तर दिन नसकेको घटना यहाँ सम्झन लायक छ । त्यतिमात्र होइन, त्यसमध्ये कतिले त तत्कालिन प्रधानमन्त्रीको नाम समेत भन्न जानेका थिएनन् । नेपाली कलाकारहरुको अध्ययनको घेरा भने साँघुरो नै छ । नेपाली चलचित्रकी एक स्थापित नायिकासँग मैले अन्तर्वार्ताको क्रममा सोधेको थिए ँद्रव्य शाहको जन्म कहाँ भएको थियो - उनले थाहा छैन भनिन् । फेरी मैले सोधे -\"रोल्पा, रुकुमको नाम सुनेको छ -\" उनले भनिन् - छैन । हामी कलाकार राजनीतिको त्यति मतलव राख्दैनौं ।\" उनले देशको भूगोल र राष्ट्रियतालाई राजनीतिसँग जोडेर आफू उम्किने प्रयास गरिन् । यसबाट के प्रमाणित हुन्छ भने नेपाली महिला कलाकारहरु अध्ययनशील छैनन् । ती नायिका त मात्र एउटा उदाहरण हो । खोज्दै जाने हो भने यस्ता अल्पज्ञान भएका असंख्य नायिका यहाँ पाइन्छन् ।
अहिलेपनि त्यो अवस्थामा खास सुधार आउन सकेको छैन । केही पुराना र केही नयाँ कलाकार पढे-लेखेका भित्रिए पनि अनपढको जमातमा उनीहरु गन्तीमै आउन गाह्रो छ । प्राविधिकहरु भन्छन् -ँअल्पशिक्षाका कारण धेरै कलाकारलाई अलि घुमाउरो संवाद र केही अप्ठेरा शब्द घोक्न ँवालकलाई तितो दवाई सुवाउनुभन्दा गाह्रो पर्छ ।’ हुन पनि एक स्थापित कलाकारको एउटा दृष्यको सुटिङमा खुबै रमाईलो घटना भएको थियो । संवादको बीचमा ँप्रजातन्त्र’ भन्ने शब्द आयो । संवाद कण्ठाग्र पारेको भए पनि ँप्रजातन्त्रमा पुगेपछि ती नायकले ँप्रातन्त्र’,ँपरातन्त्र’भन्दा शुद्ध उच्चारण गर्नै सकेनन् । एक, दर्ुइ गर्दै ँप्रजातन्त्र’मा दर्जनभन्दा बढी टेक खाएपछि हैरान भएका निर्देशकले नयाँ जुक्ति निकाले - एक प्राविधिकको निधारमा ँप्रजातन्त्र’ लेखेको कागज टाँसियो, उनलाई क्यामेरा छेउमा उभ्याइलो र हिरोलाई उनको निधारमा हेरेर पढ्न लगाइयो । ती प्राविधिक त्यो घटना सम्झेर भन्ने गर्छन् -ँमेरो निधारमा अझै ँप्रजातन्त्र’ छ जस्तो लाग्छ ।’ त्यो घटनाबाट सिकेका निर्देशकले अहिले पनि अप्ठेरा र अंग्रेजी शब्दमा ँकागज टाँस्ने कला’ दोहोर्‍याइरहेका छन् ।
केहीलाई छाड्ने हो भने हाल नेपाली अभिनय क्षेत्रको मूल प्रवाह ँएस.एल.सी. फेलको जमात’ मै सिमित छ । नायिका तर्फयो रोग झन चर्को छ । सुपर हिट नायिका रेखा थापादेखि विपना थापा, मेलिना मानन्धर, रेजिना उप्रेती, उषा पौडेल, निरुता सिंह, सिरु विष्ट, दिपा श्री, गरिमा पन्त, पूजा लामा, पूजना प्रधान, रञ्जु लामिछाने, झरना थापा, सिरु विष्ट आदि सम्मले औपचारिक रुपमा क्याम्पसको अनुहार देखेका छैनन् ।
राजधानीको कान्ति इश्वरी स्कूलमा पढाउने मिथिला शर्मा यस क्षेत्रमा संक्रिय महिलातर्फसम्भवतः एक्लो स्नातक हुन् । ड्रि्रीसम्म पढेकी सनी रौनियार दैव संजोग, सिता, प्रेमपिण्ड पछि पलायन नै भएकी छन् भने क्याम्पसको अनुहारसम्म देखेका नायिकाहरुमा झरना ब्रज्राचार्य, नन्दिता के.सी., सरीता लामिछाने, सञ्चिता लुइटेल, ऋचा घिमिरे आदि हुन् । समय समयमा अध्ययनमा राम्रो दखल भएका अभिनेत्रीहरु प्नि यो क्षेत्रमा नआएका होइनन् तर उद्योगमा टिक्नै सकेनन् । अन्यत्रका कलाकार गहन कूटनितिक जिम्मेवारीको हैसियत राख्ने अवस्थामा हुँदा नेपाली सिने उद्योगबाट चाँहि पढे लेखेका नायक-नायिका किन पाखा लाग्ने गरेका छन् - उत्तर सायद यही हुनर्ुपर्छ -यहाँ पढे लेखेकालाई टिक्ने वातावरण नै छैन । हुन पनि यस क्षेत्रमा पढेका भन्दा नपढेकाको उन्नति र रवाफ ठूलो हुने गरेको छ ।
निर्देशक युवराज लामाका अनुसार जुनसुकै चलचित्र निर्देशनको क्रममा पनि पढेका र नपढेका कलाकारहरुबीच ठूलो अन्तर आउँछ । उनीहरुको बोलाई, हिर्डाई, गर्राई र व्यवहारमा नै ठूलो अन्तर हुने उनको अनुभव छ । चलचित्र निर्देशनको क्रममा पढेका कलाकारले संवादको भाव बुझ्न सक्छन् र जुन प्रयोजनको लागि गर्न खोजिएको हो त्यही अनुसार गर्छन्, भने नपढेकाले त्यसको मूल मर्म बुझ्न सक्दैन् निर्देशक लामा भन्छन् । उनको अनुसार हाम्रो चलचित्र उद्योगमा पढेको भन्दा नपढेका कलाकारहरुको संख्या बढि छ । पर्ढाई सकेका भन्दा गर्दै अनुभव संगाल्नेहरुबाट काम चलाउनु परेको छ ।
चलचित्रमा राम्रो कलाकार बन्न ड्रि्री नै नचाहिने भए पनि अहिलेको प्रतिस्पर्धात्मक युगमा पढेको कलाकार भएपछि हाम्रो चलचित्रको स्तरमा निश्चय पनि सुधार आउने थियो । हाम्रा चलचित्रहरु स्तरीय नहुनुमा यो पनि एक कारक तत्व हो । कलाकारहरुले राष्ट्रिय मात्र होइन अन्तर्रर्ााट्रय क्षेत्रमा समेत जानुपर्ने, सभा सम्मेलनमा र विभिन्न संचारमाध्यमहरुसँग आफ्ना भनाईहरु राख्नुपर्ने भएकोले समेत अहिले अंग्रेजी जानेको र पढे, लेखेको हुनु जरुरी नै भइसकेको छ । आउँदा दिनमा हाम्रो चलचित्र उद्योगमा पनि पर्ढाई पुरा गरेर मात्र आउने परिपाटीको थालनी हुनसके हाम्रा चलचित्रहरु प्नि स्तरीय हुने कुरामा शंक गर्ने ठाउँ रहँदैन ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #23 on: August 30, 2009, 04:18:19 AM »
बढे डिजिटल फिल्म
29/08/2009 16:48:00 प्रवीण बुढाथोकी

खस्कँदै गएको नेपाली सिनेमाको बजार बिस्तारै उकालो चढ्दै छ । हिन्दी फिल्मको बाहुल्य रहने उपत्यकाका हलमा नेपाली फिल्म पनि उत्तिकै चल्न थालेका छन् । जुन तहका भए पनि अहिले हलमा दर्शक प्रशस्तै देखिन थालेका छन् । नेपाली सिनेमाको बजार माथि उठेकै हो त ? के-केमा प्रगति गर्‍यो होला, नेपाली सिनेमा बजारले ?

चर्चित म्युजिक भिडियो निर्देशक भूषण दाहालले कागबेनी निर्माण गरे, 'डिजिटल प्रविधिमा' त्यो पनि नयाँ कथावस्तु लिएर । फिल्म हिट पनि भयो । बौद्धिक वर्गले फिल्म रुचाए पनि । कागबेनीमा प्रयोग भएको डिजिटल प्रविधि नेपालमा भित्र्याएका थिए जय नेपाल हलका सञ्चालक नकिम-सुद्दिमले । कागबेनी एकैसाथ विश्वभर प्रदर्शन भयो । पटकथाको निकै आलोचना गरे फिल्मी समीक्षकले । तर, नयाँ प्रविधिको स्वागत पनि एकैसाथ भयो । नेपालमै पहिलोपटक 'टेक-२' क्यामेराको प्रयोग गरेका थिए दाहालले कागबेनीमा । ओस्कार विजेता फिल्म 'स्लमडग मिलेनिएर'मा पनि सोही क्यामेराको प्रयोग भएको थियो । वर्षौंंदेखि नेपाली फिल्म उद्योगले खेप्दै आएको पुरानै प्रविधि, विदेशी फिल्मबाट प्रभावित कथावस्तुजस्ता आरोपलाई निराधार बनाइदियो कागबेनीले ।

अर्का म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले त्यही प्रविधिलाई निरन्तरता दिए— फिल्म सानो संसारमा । सबैतिरबाट वाहवाही पाए उनले । त्यसपछि धेरै निर्माताले त्यही प्रविधिमा चलचित्र बनाउन थाले । कागबेनीबाट भित्रिएको डिजिटल प्रविधि सानो संसार, म तिमीबिना मरिहाल्छु, सलाम छ मायालाई, गिरफ्तार, सिलसिला, हाम्रो गन्तव्य, कहाँ भेटिएलालगायत ५० भन्दा बढी फिल्ममा देख्न पाए दर्शकले । अहिले प्रदर्शनको तयारीमा रहेको मेरो एउटा साथी छ, द युगदेखि युगसम्म, कृष्णालगायत दर्जनौँ फिल्ममा पनि डिजिटल प्रविधिकै स्वाद पाउनेछन् दर्शकले ।

यति छिटो यस प्रविधिले सफलता पायो, किन ? के फरक छ त पुरानो र नयाँ प्रविधिमा ? फिल्म निर्देशक तथा निर्माता संघका अध्यक्ष अशोक शर्मा भन्छन्, 'अहिलेका दर्शक हरेक एंगलबाट उत्कृष्ट फिल्म हेर्न चाहन्छन्, डिजिटल प्रविधि भित्रिएपछि फिल्मको क्वालिटीमा सुधार आएको छ ।' नेपालमा डिजिटल फिल्मको काम डिजिटल सिनेमा नेपालले गर्दै आएको छ । अध्यक्ष शर्मा डिजिटल सिनेमा नेपालका प्रबन्ध-निर्देशकसमेत हुन् । डिजिटल प्रविधिमा फिल्म बनाउँदा निर्मातालाई फाइदा/घाटा के ? 'पहिले फिल्म खिच, त्यसपछि नेगेटिभ बनाऊ, फेरि रिल बनाऊ, प्रक्रिया लामो थियो, अहिले तयारी फिल्म हार्डडिस्कमा लोड गरे मात्र पुग्छ,' शर्माले भने, 'निर्माताको समयको बचत त हुन्छ नै त्यसमाथि पनि आठदेखि १० लाख रुपैयाँसम्म निर्माण-खर्च कम लाग्छ ।'

डिजिटल प्रविधिमा निर्माण गरिएका फिल्म युनाइटेड फिल्म अर्गनाइजेसन, मुम्बईका माध्यमबाट डिजिटल प्रविधिका सम्पूर्ण हलमा एकैसाथ प्रदर्शन गरिन्छ । काठमाडौंका जय नेपाल, कुमारी, गुण, वाराही, अष्टनारायण, पृथ्वी गरी १२ हल तथा काठमाडौंबाहिर बिर्तामोड, धरान, दमक, विराटनगर, राजविराज, जनकपुर, वीरगन्ज, नारायणघाट, पर्सा, पोखरा, नेपालगन्जलगायत नेपालका ४६ वटा सिनेमा हलमा एकैसाथ प्रदर्शन गर्न सकिन्छ ।

डिजिटल प्रविधिमा निर्मित फिल्म 'कहाँ भेटिएला'का निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठ यस प्रविधिको नयाँ स्वाद दर्शकले पाउने बताउँछन् । 'फिल्मको पि्रन्टमा पनि क्वालिटी हुन्छ र हलमा पनि सजिलै देखाउन सकिन्छ ।' प्रविधि त भित्रियो, तर कथावस्तु त पुरानै ढर्रामा छन् नि ? 'मेरो चलचित्रमा कथावस्तुदेखि लिएर सबै कुरामा नयाँ प्रयोग गरेको छु,' नायक श्रीकृष्णले सुनाए, 'सबै सिनेमा हलमा डिजिटल प्रविधि राख्नुपर्‍यो, अनि मात्र नेपाली चलचित्रको विकास हुन्छ ।'

source - nayapatrika

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #24 on: August 30, 2009, 04:41:35 AM »
चलेका १० नायिका
हिट हिरोइनहरूको कुरा गर्दा नेपाली चलचित्र उद्योगमा विवाहिताहरूको बोलवाला छ । हिरोइनहरूको लिस्टमा सबैभन्दा अगाडि आउँछिन् रेखा थापा । व्यस्तता र सफलता दुवै आधारमा उनी नम्बर एक मानिन्छिन् । निर्माता-निर्देशक तथा दर्शक दुवैको पहिलो रोजाइकी नायिका हुन् उनी । हिरो फिल्मबाट हिरोइन बनेकी रेखा पछिल्लो समयमा फिल्म निर्मात्रीका रूपमा पनि सफल हुँदै छिन् ।

धेरैजसो आधुनिक युवतीको भूमिकामा देखापर्ने रेखा नृत्यमा अब्बल छिन् । अंग प्रदर्शनमा 'उदार' भएकाले पनि लगालग फिल्म पाइरहन्छिन् । दुर्गा र हिम्मतबाट उनले एक्सन पनि देखाइन् । जस्तोसुकै अभिनय पनि सहजताका साथ निभाउन सक्ने क्षमता उनीसित रहेको मानिन्छ । वेलाबखत सहकर्मी नायकहरूसँग विवादमा आइरहने विवाहित यी नायिकाको हातमा अहिले आधा दर्जन फिल्म छन् ।
...
सञ्चिता लुइँटेल शालीन र भद्र नायिकाको रूपमा स्थापित छिन् । विशेषगरी गाउँले र सीधासादा युवतीको भूमिकामा उनी निर्माता-निर्देशकको पहिलो रोजाइ हुन् । अरू नायिकाजस्तो अंग प्रदर्शनलाई उनले सफलताको हतियार बनाएकी छैनन् । एउटा फिल्म सिध्याएपछि मात्र अर्के फिल्ममा साइन गर्ने उनी पारिश्रमिकमा पनि किचकिच नगर्ने र पंचुअल भएकीले निर्माता-निर्देशकहरूकी पि्रय बनेकी छिन् ।
अप्सराबाट नेपाली चलचित्र उद्योगमा भित्रिएकी यी नायिकाको वैवाहिक जीवन भने सफल हुन सकेन । श्रीमान्सित पारपाचुकेपछि उनले एकल जीवन बिताइरहेकी छिन् ।
...
दाइजोमा सानो भूमिकामा देखिएकी झरना थापा आफ्नै श्रीमान्ले निर्माण गरेको फिल्म धर्मसंकटबाट नायिका बनिन् । सुरुका दिनमा आफ्नै होम प्रोडक्सनको फिल्ममा सीमित थिइन् उनी । उनले अभिनय गरेको होम प्रोडक्सनबाहिरको पहिलो फिल्म थियो- जीवन साथी ।

शिव रेग्मी निर्देशित फिल्ममा प्रवेश पाएपछि उनी बिस्तारै जम्दै गइन् । उनको अभिनयको पनि तारिफ हुन थाल्यो । पछिल्लो समयमा उनी अभिनित फिल्महरू लगातार सफल भइरहेका छन् । हाल उनको हातमा तीन फिल्म रहेका छन् । अभिनयसँगै फिल्म निर्माणमा समेत संलग्न झरना नम्र व्यवहार र कामप्रतिको लगावका कारण निर्माताको छनोटमा पर्ने गरेकी छिन् ।
...
एकल नायिकाको भूमिका खासै नपाए पनि अरुणिमा लम्साल चलेकी नायिकाको सूचीमा पर्छिन् । अरुणिमाको सफलतामा उनको सुन्दरताको पनि ठूलो हात मानिन्छ । अजम्बरी मायामा सानो भूमिका निभाएपछि निर्देशक नरेश पौडेलले आफ्ना फिल्महरूमा उनलाई लगातार नायिका बनाइरहेका छन् । नरेशकै धड्कनबाट हिरोइनको रूपमा स्थापित भएकी उनको अभिनय पनि तारिफयोग्य छ । नरेशसितको सम्बन्धका कारण उनी बारम्बार विवादमा तानिन्छिन् ।

अरुणिमा पनि अहिले फिल्म निर्माणमा हात हाल्ने तरखरमा छिन् । साथै, दीपशिखा फिल्मको स्त्रिmप्ट राइटरसमेत बनेकी छिन् ।
...
नेपाली चलचित्र उद्योगका थोरै अविवाहित नायिकाहरूमा पर्छिन् रेजिना उप्रेती । टेलिभिजन शृंखला चेतनाबाट अभिनय थालेकी उनी पहिलोपटक आफ्नो मान्छेमा सानो भूमिकामा देखा परिन् । खानदानमा उनलाई साइड हिरोइनको भूमिका मिल्यो ।

निर्देशक शोभित बस्नेतका अधिकांश फिल्ममा देखिँदै आएकी रेजिना अंग प्रदर्शनमा माहिर मानिन्छिन् । उनले पनि एकल हिरोइन बन्ने मौका निकै कम पाएकी छिन् । मन उनी एक्लो हिरोइन भएको पहिलो फिल्म हो, जुन सुपर फ्लप भयो । त्यसैगरी मन, मुटु र मायामा पनि उनी मुख्य भूमिकामा थिइन् । त्यो फिल्म पनि आए-गएको पत्तो भएन । निर्माता-निर्देशकसितको सम्बन्धका कारण बारम्बार विवादमा आइरहन्छिन् रेजिना । अभिनयमा भन्दा अंग प्रदर्शनमा बढी 'रुचि' राख्ने हुनाले उनलाई 'एक्सपोज'कै लागि फिल्ममा लिन्छन् कतिपय निर्माताहरू ।
...
नृत्य-निर्देशक राजु शाहद्वारा निर्मित इन्द्रेणीबाट नायिका भएकी हुन् नन्दिता । उतिसारो चर्चामा नभए पनि उनले लगातार चलचित्रहरू पाइरहेकी छिन् ।
इन्द्रेणीपछि वसन्त ऋतु, हामी तीन भाइ, त्रिशूल, नौलो नेपाल लगायतका फिल्ममा अभिनय गरेकी उनले पछिल्लो समय करुणा-२ टेलिशृंखलामा अभिनय गरेकी छिन् । हाल उनको हातमा दुई फिल्म छन् ।

उमेरको आधारमा कान्छी नायिका मानिने नन्दिताले आफूलाई प्रमाणित गर्ने भूमिका भने अहिलेसम्म पाउन सकेकी छैनन् । विशेषगरी ग्रामीण महिलाको भूमिकामा 'फिट' हुने नन्दिता अभिनयसँगै नृत्यमा पनि अब्बल मानिन्छिन् ।
...
हिरो फिल्मबाट रेखासँगै ब्रेक पाएकी अर्की नायिका पूजना प्रधानले हालसम्म एक दर्जन फिल्म खेलिसकेकी छिन् । तर, अहिलेसम्म पापी मान्छे-२ मा मात्र सोलो हिरोइन बन्ने मौका पाएकी छिन् ।

ग्ल्यामरस नृत्यमा पारंगत मानिने पूजना पछिल्लो समयमा अभिनयभन्दा बढी धर्मकर्ममा लागेकी छिन् । उनलाई अधिकांश फिल्ममा सानातिना भूमिकामात्र हात लाग्छन् । अझसम्म पनि दमदार भूमिका पाउन नसकेकी पूजना पनि निर्माताहरूसितको अन्तरंग सम्बन्धका कारण चर्चामा आइरहन्छिन् । चलचित्र त्यति नपाएपछि भिडियो फिल्म तथा म्युजिक भिडियोमा आफूलाई व्यस्त राख्ने कोसिसमा छिन् ।
...
पछिल्लो समय उदाएका नायिकामध्ये गरिमा पन्तको नाम अगाडि आउँछ । त्यति चर्चामा नरहे पनि शान्त र शालीन अभिनयका कारण लगातार फिल्म पाइरहेकी छिन् ।
निखिल दाइबाट नायिका भएकी गरिमाले त्यसपछि झन्डै दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । अपराजिता र सिन्दूर टेलिशृंखलामा समेत अभिनय गरेकी उनी अभिनित थुप्रै फिल्म प्रदर्शोन्मुख रहेकाले उनको अभिनयको पूर्ण मूल्यांकन हुन बाँकी नै छ ।
...
नेपाली चलचित्र उद्योगकी 'ब्ल्याक ब्युटी' ऋचा घिमिरे टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा सुरुमा क्यामरासामु उभिएकी थिइन् । टेलिभिजनमा फिल्मसम्बन्धी कार्यक्रम चलाउने ऋचाले पहिलोपटक तिम्रो माया ९९ मेरो माया १०० मा नायिका बन्ने मौका पाइन् । तर, सो चलचित्रले हावा खाएपछि उनको हातमा धेरै वर्ष फिल्म परेनन् । पछि फैसला, सपनाको नौलो संसारलगायतका फिल्ममा खुलेर अंग प्रदर्शन गरेर सेक्सी नायिकाको इमेज बनाइन् । तर सो 'एक्सपोज'ले उनलाई सफलता दिलाउन सकेको छैन । विशेषतः अचेल उनी 'आइटम डान्स'मा सीमित हुँदै गएकी छिन् ।
...
नृत्यांगनाबाट नायिका बनेकी उषा पौडेल अहिले चलचित्र क्षेत्रमा नजम्दै हराउन लागेकी छिन् । मुनामदनजस्तो प्रसिद्ध कृतिमा आधारित चलचित्रमा प्रमुख भूमिका पाए पनि उनले जस पाइनन् ।

नृत्यमा पारंगत मानिने उषा फिल्म अभिनयमा भन्दा नृत्य र विदेश प्रोग्राममा बढी व्यस्त हुँदै गएकी छिन् । हाल उनको हातमा एउटै मात्र चलचित्र छ- अल्झेछ क्यारे पछ्यौरी । हालसम्म एक दर्जनभन्दा बढी फिल्ममा खेले पनि गतिलो भूमिका नपाउनाले उनले अपेक्षाकृत सफलता पाउन सकेकी छैनन् ।
...
यीबाहेकका अन्य नायिका पनि छन् जो आक्कलझुक्कल चर्चामा आउँछन् र हराउँछन् । यस्ता नायिकामा पर्छन्- झरना बज्राचार्य, मेलिना मानन्धर, प्रेरणा शर्मा, रञ्जना शर्मा, रञ्जु लामिछाने, पि्रया रिजाल, पूजा लामा, जेनिसा केसी, सोनिया केसी आदि ।

एक समयकी नम्बर वन नायिका निरुता सिंह भने अहिले दौडमा पछि परेकी छिन् । उनी ख्यातिप्राप्त निर्देशक तुलसी घिमिरेकी खोज हुन् । घिमिरे निर्देशित दक्षिणाबाट ब्रेक पाएलगत्तै उनको हातमा अफरहरूको ओइरो लागे । दर्पण छायाले उनलाई नम्बर वन नायिकाका रूपमा स्थापित गर्‍यो । तर, पछिल्लो समयमा भने चरित्र अभिनेत्री टाइपको रोनाधोनावाला भूमिकामात्र पाउन थालेपछि उनको जाँगर मर्दै गएको छ ।

अहिले उनी अभिनय नै छाडेर इन्टेरिअर डिजाइनिङको कोर्स गर्न मुम्बै पुगेकी छिन् । उनी अभिनित देश फिल्म प्रदर्शनको तयारीमा छ । घिमिरे निर्देशित यस फिल्मबाट उनको शानदार 'पुनरागमन' अपेक्षा गरिएको छ ।

झरना बज्राचार्य नेपालमा गतिलो निर्देशक नै नभएको दाबी गर्छिन् । उनी अभिनित प्रायः फिल्म असफल भए । हिन्दी फिल्म लभ इन नेपालमा खुला अंग प्रदर्शन गरेर उनी सर्वत्र आलोचित बन्न पुगिन् । बलिउडमा जम्ने ध्येयले मुम्बई हानिएकी उनलाई अवसर हात परेन । झरना अहिले भने आलोक नेम्वाङको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा खेल्दै छिन् ।

प्रेयसीबाट हिरोइन भएकी मेलिना मानन्धर एकताका चर्चामा थिइन् । तर, उनका फिल्म लगातार असफल भएपछि रित्तो हात हुँदै गइन् । केही समयअघिसम्म करुणा-२ सिरियलमा देखिने गरेकी उनी त्यसबाट पनि 'आउट' भएकी छिन् । उनी अभिनित एउटा मात्र फिल्म हलचल प्रदर्शन हुन बाँकी छ ।

रञ्जु लामिछाने, रञ्जना शर्मा, प्रेरणा शर्मा, पि्रया रिजाल, पूजा लामाहरू अझसम्म पनि 'स्ट्रगल'मै छन् । उनीहरूले आफ्नो खास पहिचान बनाउन सकेका छैनन् । जेनिसा केसी नायक विराज भट्टसँगको सम्बन्धका कारण चर्चामा छिन् । सोनिया केसीले सिलसिलापछि दोस्रो फिल्म हात पारेकी छैनन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #25 on: August 30, 2009, 08:01:12 AM »
६-माघ-२०६५,सोमवार
कला चलचित्र नवयथार्थवाद र फिल्मकार

दीपक सापकोटा
फ्रान्सेली नयाँ चलचित्र (नाउभ वेग)ले साठीको दशकमा नै फिल्मकारहरुमा अलग वर्ग उभ्याइदियो। समानान्तर चलचित्र, कला चलचित्र र नयाँ चलचित्र नामबाट फिल्मकारहरुले आफूलाई उभ्याउन थाले। केवल एक भाषा उनीहरुको समान भयो, त्यो हो– दृश्य भाषा। जसको माध्यमबाट जीवनको यथार्थलाई पर्दामा उतार्न सक्नेछन् र कला चलचित्रको उद्देश्य हो– स्टार पद्धतिलाई भंग गर्नु। तर कला चलचित्रको उमेर एक दशक पनि नपुग्दै यसमा समाहित कलाकार, निर्देशक र निर्माताहरुलाई लोकप्रिय चलचित्रको धारले बदल्न थाल्यो।
खासमा सन् १९०३ मा बनेको 'द ग्रेट ट्रेन रवरी' विश्वको पहिलो सिनेमा मान्ने हो भने सिनेमाले एक सय पाँच वर्ष पार गरिसकेको छ। यसबीचमा हजारौं फिल्महरु बने तर थोरै मात्र कालजयी फिल्मले दर्शकको मन जित्न सकेका छन्। भारतीय फिल्म समीक्षक विजय अग्रवाल लेख्छन्– 'कलात्मक चलचित्रको जन्म आफ्नो समयको आर्थिक, सामाजिक र राजनीतिक स्थितिहरुको गर्भमा भयो। यसैले यसको प्रसव पीडाको अलग्गै व्यथा छ। व्यावसायिक फिल्महरुको चका चौधका बीच परिस्कृत रुचि भएका फिल्महरु बनाउने साहस गर्नु कम चुनौतीको काम थिएन।' यस बीचमा पनि कला चलचित्र लोकप्रिय चलचित्रको तुलनामा थोरै बनेका छन् जुन चलचित्रले चलचित्र क्षेत्रलाई नै बचाइरहन्छन्।
१९५० अघि जापानको अन्तर्राष्ट्रिय बजारमा पहिचान थिएन। पचासको दशकमा आकिरा कुरोसावको 'रासोमोन'को प्रदर्शनपछि सार्थक चलचित्रको निर्माण र प्रदर्शनमा जापान अग्रपंक्तिमा आयो। यही चलचित्रको असरले १९५५ मा भारतमा पनि त्यस्तै कालजयी फिल्म बन्यो जुन अहिलेसम्म पनि चलचित्रको आदर्श बनेको छ। १९५६ मा सत्यजीत रेको 'पाथेर पाञ्चाली'को प्रदर्शनले त्यो कदमको अनुशरण गर्‍यो। फिल्म रिलिजपछि भारतलाई लाखौं विदेशी दर्शकले 'सत्यजीत रेको देश' भनेर सम्भि्कन थाले। 'हिस्ट्री अफ फिल्म' र धेरै चलचित्रसम्बन्धी समीक्षा, आलोचना, पुस्तकका लेखक जैक सी एलिसले एसियाली निर्देशक सत्यजीत रेको 'पाथेर पाञ्चाली'को प्रदर्शनको टिप्पणी गर्दै भनेका छन्– 'त्यो एकदमै अप्रत्याशित घटना हो। एकदमै अपरिचित, सत्यजीत रे नामक एक युवकले कुरोसावाको फिल्मलाई पछ्याउँदै आफ्नो कृति प्रदर्शन गरे। जबकि कुरोसावाबाट प्रभावित भए पनि त्यसभन्दा भिन्नै र त्यसको प्रतिनिधित्व गरेको भन्न नमिल्ने खालको यो फिल्म, शुद्ध भारतीय माटोमा बनेको यसमा इटालीमा सुरु भएको नवयथार्थवादको प्रभावचै थियो। गहिरो सामाजिक सम्बन्ध, गैरअभिनेताहरु र छायांकन भएका स्थलहरुमा अन्तर्राष्ट्रिय शैलीको अनुकरण थिएन।'
लोकतान्त्रिक मुलुक भारत र तत्कालीन कम्युनिष्ट मुलुक रुसबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भारतीय सिनेमाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकै हुन्। एक समय थियो जतिबेला राजकपुर तथा नरगिस दत्तका फिल्म रुसमा अति लोकप्रिय हुन्थे। अझै भारतलाई रसियनहरुले राजकपुर तथा नरगिसको देश भनेर चिन्ने गर्छन्।
भारतमा कला चलचित्रको आन्तरिक प्रेरणा स्रोत सत्यजीत रे नै हुन्, जसले 'पाथेर पाञ्चाली' बनाएर विश्व चलचित्रको ध्यान आकृष्ट गरे र नेपाली सिनेकर्मी र दर्शकलाई पनि त्यसप्रति मोहित बनाए। पछिल्लो समय नेपाली चलचित्रले पनि लोकप्रिय चलचित्रको धार बदलेका हुन्। र कला चलचित्रतर्फ नेपाली फिल्मकारहरु आकृष्ट भएका छन्। नेपाली लोकप्रिय चलचित्रको धार बदल्नमा भारतमा बनेका सत्यजीत रे शैलीका फिल्महरुले एउटा बाटो बनाएको सत्य हो। सत्यजीत रे, मृणाल सेन, गोविन्द निहलाणी, बासु भट्टाचार्य, अडडुर गोपालकृष्ण, मणिकौल, कुमार साहनी, एसएस सथ्यु, कुन्दन शाह, मणि रत्नम, मीरा नायर, दीपा मेहता, अर्पणा सेनजस्ता भारतीय फिल्मकारहरुले नेपाली चलचित्रका दर्शक, निर्देशक र फिल्म समीक्षकको कला चलचित्रप्रति रुचि परिवर्तन गरेको मात्र नभई उत्साह पनि थपेको हो।
२०२२ सालमा हिरासिंह खत्रीको निर्देशनमा बनेको 'आमा' र २००७ सालमा भारतबाट नेपाली भाषामा बनेको सत्य हरिशचन्द्रलाई पहिलो नेपाली फिल्म मान्ने हो भने नेपाली फिल्म यात्राले अहिले ४३ वर्ष पार गरिसकेको छ। यस अवधिमा एक हजारभन्दा बढी नेपाली फिल्म बने तर तीमध्ये एउटाले पनि आफूलाई उच्चकोटीमा पार्न सकेन। लोकप्रिय चलचित्रको धार बदलिए पनि कला चलचित्रमा फिल्मकारहरु ठ्याक्कै भिज्न सकेनन्।
हुन त केही वर्षअघि नेपालमा 'क्याराभान' बन्यो। यस फिल्मले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका धेरै देशमा पुर्‍यायो। तर 'क्याराभान' फ्रान्सेली निर्देशक एरिक भ्यालीको फिल्म बनेर रह्यो। नेपालमा बनेका केही कला चलचित्रले आफूलाई उचाइमा पुर्‍याएका हुन्। निर्देशक नवीन सुब्बाले 'नुमाफुङ'लाई फ्रान्सको भेसोल सिनेमा महोत्सवमा पुर्‍याए। 'कला फिल्महरुमा नगर–गाउँसम्म सरोकार राख्ने तात्कालीन समस्याहरुलाई उठाइन्छ, जुन समस्यासित फिल्मकार भित्री तवरमा परिचित हुन्छन्। 'नुमाफुङ'मा पनि त्यसै भएको थियो। भारतमा कला–फिल्मको जरो सुरु भएको सन् १९७० मा रफतारमा अघि बढ्यो र यसैको अन्तर स्रोत पछि नेपालमा दश वर्षपछि 'परालको आगो'मार्फत् सुरु भयो। प्रताप सुब्बाले सुरु गरेको यो परम्पराले खासै गति लिन भने सकेन। त्यसपछि उनले परालको आगोहरु बनाउन सकेनन्। केही चलचित्र बनाएपछि आफैं ओझेल परे। फिल्मकार तत्कालीन समस्याहरुसित भित्री तवरमा परिचित हुन सकेनन्।
देशमा फिल्म वितरणको सुव्यवस्था नभएको कारणले र कमजोरीले पनि नेपालजस्तो अल्पविकसित मुलुकमा सार्थक फिल्म बन्न सकेन। यसका पछिल्ला उदाहरण सस्ता नेपाली फिल्महरु हुन् जुन बौद्धिक दर्शकले हेर्दैनन्। नेपालमा केही कला चलचित्र बने पनि त्यसैको धारमा पछि तिनै फिल्मकारले त्यस्तो चलचित्र बनाउन सक्दैनन्। निर्देशक नीर शाहले डा. ध्रुवचन्द्र गौतमको उपन्यास 'कट्टेल सरको चोटपटक'मा आधारित भएर 'वासुदेव' बनाए तर पछि उनी त्यही बाटो हिंड्ने सासह गर्न सकेनन्।
निर्देशक तुलसी घिमिरेले 'दक्षिणा' बनाए। त्यस फिल्म बौद्धिक जमातको मन–मस्तिष्कमा बस्यो। तर पनि कालजयी फिल्म बन्न सकेन। यहाँ 'वासुदेव', 'नुमाफुङ', 'दक्षिणा', 'परालको आगो', 'बसन्ती' फिल्म राम्रा प्रयास हुन्। तर पनि यिनीहरुले आफूलाई कला चलचित्रको विशिष्ट धारमा उभ्याउन सकेनन्। कला चलचित्रको केही पभाव भए पनि यी फिल्महरुले लोकप्रिय चलचित्रको धार बदल्न सकेनन्।
नेपालमा 'नुमाफुङ' बने पनि 'पाथेर पाञ्चाली' बन्न सकेन, 'रासोमोन' बन्न सकेन। समानान्तर चलचित्र, कला चलचित्र र नयाँ चलचित्र किसिमका फिल्महरुको विशेषताका रुपमा कम बजेट, यथार्थ फिल्महरुमा आधारित विषयवस्तु र स्थानीय दृश्य महत्वपूर्ण हुन्छन्। नेपाली फिल्महरुमा व्यवासायिक र कला चलचित्रको धार छुट्टिए पनि कला चलचित्रलाई माध्यम बनाएर अघि बढ्न भने सकेन।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #26 on: August 30, 2009, 08:02:50 AM »
प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्

दिवस गुरागाईं

पारजिातको अमरकृति शिरीषको फूललाई चलचित्र बनाउन यतिबेला एकहूल चलचित्रकर्मी छायांकनमा जुटेका छन् । निर्माण पक्षका अनुसार फागुन १३ गतेसम्ममा ४० प्रतिशत छायांकन सकिएको छ । यस चलचित्रको निर्माण जगत राजथलाले गरेका हुन् ।

निर्देशनका क्रममा शिरीषको फूलले आधा दर्जनभन्दा बढी नाम परविर्तन गरेको छ । पहिला निर्देशक थिए ज्ञानेन्द्र देउजा । ज्ञानेन्द्रसँग निर्माण संस्थाले १० हजार रुपियाँका साथ सम्झौता गरेको थियो । तर, त्यो सम्झौता लामो समयलाई हुन सकेन । त्यसपछि तुलसी घिमिरे, प्रकाश साय्मि, नरेश केसी, रेशराज आचार्य, विपीन राणा, ऋषि लामिछाने आदि नाम प्रचारमा ल्याइए । अन्त्यमा निर्देशक बने जापनिज नागरकि तासी आकोइतो । तासीलाई सह-निर्देशकका रूपमा सघाइरहेका छन् विजयरत्न तुलाधारले ।

तर, शिरीषको फूल छायांकन क्रममै विवादित बनेको छ । पारजिात स्मृति केन्द्रले फागुन ६ गते विज्ञप्तिमार्फत गैरकानुनी छायांकन रोक्न भनेपछि उसले निर्माण इजाजत गुमाएको हो । केन्द्रको विज्ञप्तिमा भनिएको छ सम्झौता डिम्पल फिल्म प्रोडक्सनसँग भएको भए पनि समयमा चलचित्र नबनेकाले छ महिनाअघि नै निर्माणमा रोक लगाई सकिएको छ । केन्द्रका अनुसार, ०६१ मा भएको सम्झौतामा दुई वर्षभित्र निर्माण सक्नुपर्ने सर्त थियो । डिम्पल फिल्म प्रोडक्सनले निर्माण इजाजत लिए पनि यतिबेला जमिन फिल्मस्को नाममा चलचित्र निर्माण भइरहेको छ । तर, छायांकन रोक्न केन्द्रले विज्ञप्ति जारी गरे पनि निर्माण पक्षले चासो देखाएको छैन ।

सहनिर्देशक विजयरत्नका अनुसार चलचित्रको स्तर गुणात्मक हुने पक्का छ । तर, शिरीषको फूलका पटकथाकार नयनराज पाण्डे भने निराश छन् । चलचित्रमा आफ्नो नाम उल्लेख नगरििदन उनले निर्माण पक्षलाई अनुरोध गरेको बताए ।

मदन पुरस्कारसमेत प्राप्त गरसिकेको यति प्रसिद्ध कृतिको पटकथा लेखक हुने हिम्मत उनले किन गर्न सकेनन् ? भन्छन्, "निर्देशक परविर्तन भएपिच्छे पटकथा चलाएको पाएँ ।" उनका अनुसार, उनी त्यतिबेला अचम्भित भए जतिबेला निर्माण पक्षले चलचित्रमा हाँस्यदृश्य राखी माग्न अनुरोध गर्‍यो । उनी निष्कर्ष निकाल्छन्, "त्यो समूहसँग शिरीषको फूलमाथि न्याय गर्ने हैसियत छैन ।" पाण्डेकै जस्तो निष्कर्ष निकालेर यो चलचित्र छोडेको बताउँछन् मुख्य सहायक निर्देशक सुमन दाहाल । उनले छायांकनअघि कलाकर्मीलाई तालिमसमेत सञ्चालन गरेका थिए ।

किन बन्छन् कृतिमाथि

'नेपाली चलचित्रकर्मी अपठित छन् । बौद्धिक वर्ग चलचित्रभन्दा टाढा छ । ड्राइभर र खलासीलाई हेरेर चलचित्र बनाइन्छ ।' धेरैअघिदेखि चलचित्रकर्मीले खेप्दै आएको आरोप हो यो । यति भएर पनि उनीहरू थेत्तरा छन् । कृतिमाथि समेत उनीहरू मुम्बइया सूत्र घुसाउन चाहन्छन् । बिनागृहकार्य चलचित्र बनाइन्छ भन्ने आरोप त आमअसफलताले पुष्टि गरसिकेकै छ ।

व्यापारकि असफलता र बौद्धिक वर्गको खप्की खाईखाई आखिर किन कृतिमाथि चलचित्र निर्माण भइरहेका छन् त ? यस्ता धेरैजसो चलचित्रमा संलग्न नीर शाहलाई सोधौँ किन बन्छन् कृतिमाथि चलचित्र ? भन्छन्, "अरूका कुरा मलाई थाहा छैन तर मैलेचाहिँ बौद्धिक जमातलाई चलचित्रमा आकषिर्त गर्न निर्माण, निर्देशन र अभिनय गरेँ ।" शाह बौद्धिकवर्ग र चलचित्रकर्मी दुवैका प्रतिनिधि हुन् । उनले वासुदेव र वसन्तीको निर्देशन गरेका हुन् भने अभिनयलगायत प्रेमपिण्डको सह-निर्माताका रूपमा समेत सहभागिता जनाएका छन् । मुनामदनका निर्माता नवराज ढकालचाहिँ बाल्यकालदेखिको मोह रहेकाले यसको निर्माणमा हात हालेको बताउँछन् । प्रेमपिण्डका निर्देशक यादव खरेलका अनुसार मौलिकता र सार्थक चलचित्रका लागि पनि कृति समात्ने गरन्िछ ।

तर, कृतिमाथिको महत्त्वाकांक्षा धेरैजसोमा के छ त ? समीक्षकहरूले लगाउँदै आएको आरोप अनुसार चर्चाका लागि उनीहरू कृतिमाथि हात हाल्छन् । तर, ती चर्चाहरू भने सस्तो सावित भएका छन् ।

विवादै विवाद

कृतिमाथि बनेका आमचलचित्र विवादित भए । विवादको मूल प्रश्न हो, सिर्जनामाथिको न्याय । कृतिकारका पक्षधरहरूका अनुसार चलचित्रकर्मीमा कृतिमाथि न्याय गर्न सक्ने हैसियत नै छैन । चलचित्रकर्मीचाहिँ चलचित्रको भाषा बुझ्न नसकेका कारण बढी विवादित बनेको बताउँछन् । कृतिमाथि बनेका हरेक चलचित्रको प्रदर्शनपछि दुई पक्षको दोहोरी यही विषयमा हुने गर्छ । व्यावसायिक रूपमा सफल भनिएका यस्ता चलचित्र पनि विवादमुक्त छैनन् ।

चलचित्र सिन्दूर व्यावसायिक रूपमा सफल भए पनि लेखक चेतन कार्की भने त्यति सन्तुष्ट भएनन् । किन ? भन्छन्, "यो कृतिमाथि बनेको भने पनि कृतिको २५ प्रतिशतसमेत अंश लिएको छैन । यो चलचित्र दौलतविक्रम विष्टको बादल फेर िफाट्छमाथि बनाइएको उल्लेख छ । कार्की भन्छन्, "व्यावसायिक रूपमा यो कोशेढुंगा भए पनि कृतिको हिसाबमा चाहिँ प्रभावित मात्र भन्नुपर्ने हुन्छ ।"

कुमारी र परालको आगोले पनि विज्ञहरूको खप्की खानुपर्‍यो । अभिनेता नीर शाहका अनुसार, यी चलचित्रमा कमजोर पक्ष धेरै छन् । आमदर्शकले मन पराएको परालको आगो प्राविधिक रूपमा निकै कमजोर रहेको शाह बताउँछन् । भन्छन्, "अरूका मात्र के कुरा गर्नु मेरै निर्देशनमा बनेका चलचित्र पनि बलवान् छैनन् ।" उनले निर्देशन गरेको चलचित्र वासुदेवलाई चेतन कार्की निर्भीक प्रस्तुति मान्छन् । तर, शाह आफैँचाहिँ प्राविधिक रूपमा कमजोर रहेको विश्लेषण सुनाउँछन् ।

चलचित्र बसाइँ हेरेपछि आफ्नो कृतिमाथि न्याय नभएको कुरा उपन्यासकार लीलबहादुर क्षेत्रीले पटकथा लेखक नयनराज पाण्डेकै अगाडि उभिएर बताएका थिए ।


अनावश्यक गीतले चलचित्र बिगारेको भन्दै उनले भनेका थिए, पटकथा पनि चित्तबुझ्दो छैन । त्यसैगरी, अर्का साहित्यकार डायमनशमशेर राणाले पनि वसन्तीमा उपन्यासको भावना नआएको बताएका थिए ।

चलचित्रले कृतिलाई धुजाधुजा पारेका छन्, कृतिको हत्या गरेका छन् आदि आरोप चलचित्र प्रदर्शनताका लाग्ने गरेका छन् । यतिसारो आरोप लाग्ने कारण के हुन सक्छ ? बसाइँ र शिरीषको फूलका पटकथाकार नयनराज पाण्डेका अनुसार लेखनपक्ष कमजोर मात्र होइन, दयनीय भएका कारण यस्तो आरोप लागेको हो । भन्छन्, "मैले आफैँ पनि जानेर लेखेको होइन ।"

सल्लाह चलचित्रकर्मीको

मुनामदनका निर्माता ढकाल व्यावसायिक सफलताले यसबाट पाठ सिक्नुपर्ने बताउँछन् । उनी चाँडै कृतिमाथि अर्को चलचित्र थाल्ने घोषणा गर्छन् । भन्छन्, "यस्तो विषयमा चलचित्र बनाउँदा अनावश्यक मसला, तडक-भडक गर्ने अनि चिनिएका कलाकार राख्ने गल्ती कसैले गर्नु हुँदैन ।"

बौद्धिक वर्गसमेतलाई भनेर चलचित्र बनाएपछि स्तर त्यही अनुरूपको हुनुपर्नेमा निर्देशक यादव खरेल र नीर शाह एकमत छन् । शाह भन्छन्, "बौदिक वर्गसँग गोष्ठी, अन्तरक्रिया र सर्जकसँग लामो उठबस गर्न जरुरी छ । वासुदेव र वसन्ती निर्माण गर्दा आफूले सम्बन्धित सर्जकलाई चलचित्रको छायांकन अवधिभर सम्पर्क गरेको उनी बताउँछन् । तर, सिर्जनामाथि चलचित्र बन्न रोकिन नहुने शाह जिकिर गर्छन् । नयनराजचाहिँ सबैभन्दा पहिला पटकथा तालिमको आवश्यकता देख्छन् ।

असफल भए पनि चर्चाको गणनामा कृतिमाथि बनेका सबै चलचित्र माथि छन् । आमचलचित्रकर्मी चर्चाको लोभी भएकाले उनीहरू यसै प्रकृतिका चलचित्रमा हात हाल्न चाहन्छन् । गृहकार्य, परामर्श, सरसल्लाह आदि पक्षमा उनीहरू आजका मितिसम्म गम्भीर हुन सकेका छैनन् ।
अपवाद मुनामदन


चलचित्र मुनामदनलाई आजका मितिसम्म कसैले औँला ठड्याएका छैनन् । भलै निर्माता नवराज ढकाल र निर्देशक ज्ञानेन्द्र देउजाबीच पानी बाराबार नै किन नहोस् । मुनामदन स्तरीय बनेको कुरामा चलचित्रकर्मीले एकता नै प्रदर्शन गरेका छन् । कृतिमाथि जोखिम मोलिसकेका यादव खरेल, नीर शाह, नयनराज पाण्डे, सुभास गजुरेल आदि कलाकर्मी विगतमा जे जस्तो भए पनि यो चलचित्र तारपिmयोग्य बनेको बताउँछन् । अर्का निर्देशक नारायण पुरी उनीहरूको कुरामा सही थाप्छन् । भन्छन्, "मुनामदन उत्कृष्ट बनेको छ ।"
चलचित्रकर्मी मात्र होइन, उल्लेख्य रूपमा दर्शक तान्नसमेत मुनामदन सफल भएको छ । निर्माण पक्षका अनुसार, हालसम्म यो चलचित्रको प्रदर्शन २१ ठाउँमा भइसकेको छ । फागुन १२ गतेदेखि पर्साको जनज्योति हलमा प्रदर्शन प्रारम्भ गरएिको मुनामदन सबै ठाउँमा कम्तीमा एक महिना चलेको निर्माता ढकाल बताउँछन् । मोफसलमा बसेर प्रदर्शनको व्यवस्थामा जुटेका उनी भन्छन्, "आमचलचित्रको भन्दा दुई गुणा बढी व्यापार गररिहेको छ । हेटौँडामा यो चलचित्र एक महिनादेखि प्रदर्शनमा छ ।"
मुनामदनको व्यापारले हौसिएका छन् निर्माता ढकाल । चाँडै कृतिमाथि अर्को चलचित्र बनाउने उनी घोषणा गर्छन् । उनले भीमनिधि तिवारीको एक चर्चित कृति छानिसकेको बताए । विगतमा सबैभन्दा बढी तारपिm पाउन सफल थियो, वासुदेव । तर, त्यस अनुरूपको व्यापार भने वासुदेवलेे गर्न सकेको थिएन । मुनामदनले कृतिमाथि न्याय गर्दै व्यापार पनि गरेकाले अब निर्माणमा लहर आउने यसका निर्माता बताउँछन् ।

http://www.kantipuronline.com/Nepal/arcarticle.php?aid=5&isd=333

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #27 on: August 30, 2009, 08:03:24 AM »
सधैँ असफल मात्र !



रमण घिमिरे
जब गुरुप्रसाद मैनालीको परालको आगो किताबका पन्नाहरूबाट चाँदीका पर्दामा रूपान्तरित हुनपुग्यो अनि मानिसले भने चलचित्र त यस्तो होस् न ! यसका निर्देशक प्रताप सुब्बा रातारात चर्चा र प्रशंसाको शिखरमा एकैचोटि टेक्न पुगे । हुन त नेपाली चलचित्रको इतिहासमा भारतबाट बनिएको पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्र पनि नयाँ विषयवस्तुमा आधारित त थिएन तर पौराणिक कथामा आधारित र पहिलो भएकाले चर्चा भने धेरथोर पायो नै । यद्यपि परालको आगो पनि नेपालमा निर्मित थिएन । तर, नेपाली लोकपि्रय साहित्यमा निर्मित पहिलो लोकपि्रय चलचित्र हुनपुग्यो । त्यसपछि लोकपि्रय भएको चलचित्र सायद ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटकमाथि नीर शाहले निर्देशन गरेको चलचित्र वासुदेव नै थियो । गीत गाउने र अभिनेता-अभिनेत्रीलाई रूखवरिपरि नचाउने व्यावसायिक मोह निर्देशकले नराखेका भए र यसको प्राविधिक पक्ष पनि सबल रहेको भए वासुदेव सायद अझ उल्लेखनीय चलचित्रका रूपमा स्थापित हुने थियो ।
त्यसपछि पनि यस्ता साहित्यिक कृतिहरूमाथि चलचित्र त बनिए तर कृतिको लोकपि्रयता र त्यसको स्थापित मान्यताभन्दा उक्लेर प्रशंसित हुन सकेनन् । विजय मल्लको कृति कुमारी शोभामाथि बनिएको कुमारी पहिलो रंगीन नेपाली चलचित्र थियो । हुन त यो कृति पनि मल्लका अरू कृतिहरूको तुलनामा चर्चित हुन सकेन । तर, त्यही सानोतिनो भए पनि विजय मल्लका नाममा कृतिले कमाएको लोकपि्रयताको दाँजोमा कुमारीले छुन सकेन ।
वास्तवमा कृतिमाथि बनिएका अधिकांश चलचित्रहरू किन असफल भए, यो एउटा अनुसन्धानकै विषय हुनसक्छ । अझ, चलचित्र क्षेत्रले यसलाई अनुसन्धानको विषय बनायो भने आगामी दिनमा यस्ता कृतिमाथि बनिने चलचित्रहरू कम कचल्टिन्थे कि !
पछिल्लो समय महाकवि देवकोटाको अत्यन्तै लोकपि्रय कृति मुनामदनमाथि पनि चलचित्र बनियो । महाकविको यो कृति नेपाली साहित्यकै सर्वाधिक लोकपि्रय कृति त हो नै यसबाहेक महाकविले पनि आफ्ना कृतिहरूमध्ये सबैभन्दा मन पराएको कृति पनि मानिएको छ । तर, यो आजसम्म बौद्धिक दर्शकको दृष्टिबाट छेकिएको छ । लीलबहादुर क्षेत्रीको चर्चित कृति बसाइँको नियति मुनामदनकै जस्तो छ ।
यस प्रसंगले दुइटा कुरातर्फ संकेत गर्छ । पहिलो, हाम्रा प्रदर्शकहरू साहित्यप्रति यति उदासीन छन्, उनीहरू यस्ता स्थापित साहित्यमा बनिएका चलचित्रलाई पनि आलुप्याजको भाउमा मोलतोल गरेर प्रदर्शनीमा बाधा तेस्र्याउँछन् । अर्को कुरा यी फिल्म यति कमजोर छन्, प्रदर्शकहरू यिनको प्रदर्शन गरेर आफ्नो हलमा उडुस-उपियाँका गोलो बढाउन चाहँदैनन् ।
अर्को रोचक प्रसंग छ, पारिजात लिखित शिरीषको फूलको । यसमाथि फिल्म बनाउने भनेर गोडा दसेक निर्देशक अदलीबदली भए । तर, अझै चलचित्र पूर्ण हुन सकेको छैन । जन्मनुअघि नै यति प्रश्रव पीडा भोगिरहेको यस कृतिले चलचित्रको कुलमा जन्म लिएपछि पनि यति नै वेदना सहनुपर्‍यो भने कुन गति होला ! चलचित्रमा रूपान्तरित हुँदै आएका अधिकांश कृतिहरूको सारसंक्षेप नियति यही नै हो ।
यस्ता चलचित्रका लागि हामीकहाँ सायद निर्देशकहरूको कमी छ । कृतिको धरातलमा पुग्नसक्ने निर्देशक या त जन्मिाएका छैनन् या त धरातलमा पुगेर पनि न्याय गर्नसक्ने क्षमता उनीहरूसँग छैन । आमदर्शकको आँखाबाट यस्तो कुनै पनि चलचित्र पार हुँदा दर्शकको मनमा कस्तो छाप बस्छ ? उसले त्यसलाई स्वीकार्छ या स्वीकार्दैन ? चलचित्रकर्मीले यस्ता कुरालाई त्यति वास्ता गरेजस्तो लाग्दैन । त्यसैले यस्ता चलचित्र बनिए पनि मूल्यांकनमा यसरी बनिनुको औचित्य पुष्टि गर्न सकेका छैनन् यी चलचित्रले । सामान्य चलचित्र लेखकको कथामा बनिने चलचित्र र यस्ता गहन कृतिमाथि बनिने चलचित्रबीचको जुन दूरी हुन्छ, त्यसलाई चलचित्र लेखक/निर्देशकले चिन्न नसक्नु नै कृतिमाथि बनिने चलचित्र दुर्गति हुनुको मूल कारण हो ।
भन्दा निर्देशक-निर्माताहरूलाई दुःख लाग्ला तर कुनै पनि कृति चलचित्रका रूपमा देखा परेर सफल भएका छैनन् । यसो हुनुको दोष त यिनैमाथि नै जान्छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #28 on: September 01, 2009, 11:33:01 AM »
नायिकाहरूमा श्रीमान् छोड्नेे लहर

१३-फागुन-२०६४,सोमवार
दिवाकर मैनाली
 
काठमाडौं। नेपाली नायिकाहरुमध्ये अधिकांश विवाह बन्धनमा बाँधिसकेका छन्। विवाह नहुने नायिकाहरुमा निरुता सिंह, रेजिना उप्रेती, उषा पौडेल, ऋचा घिमिरे, पूजना प्रधान, रञ्जु लामिछानेमात्रै बाँकी छन्। तर केही समययतादेखि नेपाली नायिकाहरुमा सम्बन्ध विच्छेदको लहर नै चलेको छ। जल शाह, गौरी मल्ल, मौसमी मल्ल, पूजा चन्द, सौजन्य सुब्बा, सिरु विष्ट, सञ्चिता लुइँटेलजस्ता नाम चलेका नायिकाहरुको एकचोटि विवाह भएर सम्बन्ध विच्छेद भइसकेको छ। त्यस्तै करिश्मा मानन्धर, कृष्टि मैनाली, मेलिना मानन्धर, झरना थापा, रेखा थापा, विना बुढाथोकी, शर्मिला मल्ल, अरुणिमा लम्साल, शुभेच्छा थापा, सरिता लामिछानेलगायतका नायिकाहरुको अहिलेसम्म रामै्रसँग घरपरिवार चलेको छ। सबै नायिकाले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँगै विवाह गरेका छन्। करिश्माले निर्माता तथा कलाकार विनोद मानन्धर, कृष्टिले कलाकार उज्ज्वल मैनाली, सरिताले निर्देशक ऋषि लामिछाने, रेखाले निर्माता छवि ओझा, झरनाले निर्माता सुनील थापा, शर्मिलाले कलाकार तथा निर्देशक कृष्ण मल्लसँग विवाह गरेका छन्। नायिका विना बुढाथोकी हाल जापानमै छिन्, उनका श्रीमान् रमेश बुढाथोकी हुन्।
निरुता सिंहले हालसम्म विवाह नगरे पनि धेरैले निर्माता बाला गुरुङसँग निरुताको विवाह हुने अड्कल काटेका छन्। उनलाई निर्देशक तुलसी घिमिरे क्याम्पको नायिका भनेर आरोप लगाइने गरिन्छ। यता लामो समयसम्म नायिकाको दौडमा पछि परेकी ऋचा घिमिरे एकाएक व्यस्त हुन थालेपछि चाँडै विवाह नगर्ने सोचमा पुगेकी छन्। एकताका उनको नाम नायक दिवस उप्रेतीसँग जोडेर चर्चामा आउँथ्यो। दिवस नायक रमेश उप्रेतीका भाइ हुन्। त्यसैगरी नायिका विपना थापा पनि भारतीय नागरिक डा.आशुतोष भारद्वाजसँग विवाह बन्धनमा बाँधिदै छिन्। केही समयअघि यिनको भारतको मथुरामा भारद्वाजसँग इंगेजमेन्ट भएको थियो। त्यस्तै नायिका झरना बज्राचार्य पनि बेलायती नागरिकसँग विाह गरेर विदेशिएकी छन्। नायिका सज्जा मैनाली पनि विवाहपछि अमेरिका पुगेकी छन्।
नायिका जल शाहले दुई वर्षअघि अमेरिका बस्दै आएका ४२ वर्षे शरदसँग विवाह गरेकी थिइन्, तर केही समयअघि नेपाल आएका शरद अमेरिका नफर्केपछि जल शाह सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा पुगेको बताइन्छ। जलसँग उनकी आमा प्रेमा शाहसँगै बस्दै आएकी छन्। साहित्यकार प्रेमाले पनि श्रीमान्सँग सम्बन्ध विच्छेद गरेरै बसेकी हुन्। त्यसैगरी नायिका गौरी मल्ल विवाहपछि जापान पुगेकी थिइन्, तर पाँच वर्षसँगै बसेपछि दुई वर्षअघि उनले पनि सम्बन्ध विच्छेद गरिसकेकी छन्। नायिका मौसमी मल्ल लामो समयदेखि एकल जिन्दगी बिताउँदै आएकी छन्। त्यसैगरी नायिका पूजा चन्दले सुरज चन्दसँग सम्बन्ध विच्छेद गरी अमेरिका भासिएकी छन्। दर्जनौं टेलिचलचित्रकी नायिका सिरु विष्टको पनि श्रीमान्सँग सम्बन्ध विच्छेद भइसकेको छ। पहिलेको श्रीमान्बाट सिरुले एउटा छोरा जन्माएकी छन्। पछिल्लो समय नायिका सञ्चिता लुइँटेल र सौजन्य सुब्बाले सम्बन्ध विच्छेद गरेपछि नेपाली नायिकाहरुको पहिलो विवाह सफल हुँदैन कि क्या हो भन्ने शंका उत्पन्न भएको छ। चलचित्र अप्सरा चल्नेवित्तिकै आकाश शाहसँग विवाह बन्धनमा बाधिन पुगेकी सञ्चिताको जोडीलाई सबैले अनमेल भनेका थिए। उनीहरुबीच पछि गएर सम्बन्ध विच्छेद हुने धेरैले भविष्यवाणी गरेका थिए। भयो पनि त्यस्तै, उनले आकाशसँग सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन हालेकी छन्। सञ्चितालाई पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक व्यस्त नायिका मानिन्छ। समाचार स्रोतअनुसार सञ्चिताको नाम चलेका एक निर्मातासँग 'अफेयर्स' रहेको बताइन्छ।
त्यसैगरी नायिका सौजन्य सुब्बाले पनि दुई साताअघि श्रीमान्सँग सम्बन्ध विच्छेद गरेकी छन्। उनले दुई वर्षअघि सिरोज घिमिरे नाम गरेका व्यक्तिसँग प्रेम विवाह गरेकी थिइन्। तर उनीहरुको दाम्पत्य जीवन अघि बढ्न सकेन। टेलिफिल्ममा व्यस्त हुँदाहुँदै पछिल्लो समय थुप्रै चलचित्रमाअभिनय गर्न पुगेकी सौजन्यलाई सिरोजले कि त चलचित्र छाड, कि त मलाई छोड भनेपछि बाध्य भएर सम्बन्ध विच्छेद गर्नु परेको सौजन्यले बताइन्।   

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Movies till date
« Reply #29 on: September 01, 2009, 11:37:52 AM »
२०६५ का हिट नायकनायिका र चलचित्रहरू

पहिलो चलचित्रबाट नै अवार्ड हात पार्दै राजबल्लभ

गएको वर्ष २७ वटा चलचित्रहरु रिलिज भए पनि तीमध्ये निकै कम निर्माताहरुलाई फाइदाको वर्षको रुपमा २०६५ रह्यो । १९ चलचित्र या त मध्यम रहे या त तिनको नामनिशाना नै रहेन ।

यस वर्ष हिट हुने चलचित्रहरुमा "पर्खी बसेँ", "म.. तिमीबिना मरिहाल्छु", "सिलसिला", "तकदीर", "किस्मत", "खलनायक", "गिरफ्तार", "जयशिवशंकर" रहेका छन् । यसबाहेक अन्य १९ चलचित्रहरुले भने आफ्नो कुनै उल्लेखनीय स्थान जमाउन सकेनन् ।

"सिलसिला", "किस्मत", "खलनायक", "गिरफ्तार" र "जयशिवशंकर" जस्ता राम्रो चलेका चलचित्रका नायकका हिसाबले यस वर्ष पनि विराज भट्ट सबैभन्दा अगाडि देखिए । अघिल्लो वर्ष पनि उनी अभिनित चलचित्रहरू बढी चलेको विश्लेषणसहित नं. १ नायक मान्नेहरू थिए । तर उनी अभिनित सबै चलचित्रहरुमा दुइ वा दुइभन्दा बढी नायक रहेका कारण उनकै खातामा पूरै सफलता राख्न भने मिल्दैन ।

धेरै चलचित्रमा अनुहार देखाउने हिसाबले निखिल उप्रेती उद्योगमा छाएको स्पष्ट अनुभव गर्न सकिन्छ । उनले अभिनय गरेका आठ वटा चलचित्रहरु यस वर्ष रिलिज भएका छन् । उनको पछिपछि विराज भट्ट, राजेश हमाल, राजबल्लभ कोइराला आइरहेका छन् ।

भुवन केसी अझै पनि नेपाली चलचित्र उद्योगका हेभिवेट हुन् भन्ने कुराको प्रमाण एउटै मात्र चलचित्रबाट प्रमाणित गरिदिएका छन् । उनको "म तिमीबिना मरिहाल्छु"ले उनको "शो म्यान" छविलाई ज्यूँका त्यूँ राखेको छ । र, गएको वर्ष बढी कमाउने चलचित्र पर्खीबसेँ पछि यो दोश्रो रहेको छ ।

राजेश हमाल अहिले धेरै चलचित्रमा देखिएका भए पनि अधिकांशमा प्रमुख भूमिकाभन्दा पनि अतिथि भूमिकामा देखापरिरहेका छन् । खलनायक, गिरफ्तारजस्ता चलेका चलचित्रमा उनी छोटो तर प्रभावकारी भूमिकामा देखिएका थिए ।

नयाँ भए पनि विस्तारै आफ्नो प्रभाव विस्तार गरिरहेका राजबल्लभको भविष्य चम्किलो देखिएको छ । त्यो कुरा उनको पहिलो चलचित्र "पर्खी बसेँ"को सफलताले पनि पुष्टी गरिसकेको छ ।

यता नायिकाहरुमध्ये धेरै चलचित्र हिट भएको हिसाबमा नायिका झरना थापालाई वर्षकी नं. एक नायिकाका रुपमा उभ्याउनेहरु पनि छन् । उनको म तिमीबिना मरिहाल्छु, तकदीरजस्ता चलचित्रहरुले राम्रो सफलता कमाएका थिए । त्यसपछि रेखा थापा, सञ्चिता लुइटेल, ऋचा घिमिरेका चलचित्र चलेका कारण यिनलाई हिट नायिकाको दर्जा दिलाएको छ ।