Author Topic: Nepali Movies till date  (Read 51509 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: Nepali Movies till date
« Reply #30 on: January 12, 2010, 12:23:04 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: Nepali Movies till date
« Reply #31 on: February 24, 2010, 12:04:40 PM »
प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्

दिवस गुरागाईं

पारजिातको अमरकृति शिरीषको फूललाई चलचित्र बनाउन यतिबेला एकहूल चलचित्रकर्मी छायांकनमा जुटेका छन् । निर्माण पक्षका अनुसार फागुन १३ गतेसम्ममा ४० प्रतिशत छायांकन सकिएको छ । यस चलचित्रको निर्माण जगत राजथलाले गरेका हुन् ।



साहित्यीक कृतिमाथि चलचित्र असफल प्रयास


नेपालमा मात्र होइन विश्वका हरेक चलचित्र उद्योगमा अधिकांश चलचित्रहरु व्यवसायिक धारकै बन्ने गरेका छन । मसालेदार चलचित्रको रुपमा परिभाषित गरिदै आएका यस्ता चलचित्रहरु ग्ल्यामर्स, रोमान्टीक, पारिवारिक र मारधाडयुक्त हुने गरेका छन । नायिकाको तिघ्रा देखाउनेदेखि उतेजक दृश्यहरु समावेश गरेर खलनायकमाथि नायकको जीत नै व्यवसायिक चलचित्रको मुख्य कथाबस्तु रहदै आएका छन । नेपाली निर्माता, निर्देशकहरुले पनि यस्तै कथावस्तुहरुलाई बढी प्राथमिक्ता दिदै आएका छन । त्यसो त समय समयमा फरकधारका चलचित्रहरु बन्ने नगरेका होइनन्, तर हिन्दी सिनेमाको प्रभावबाट मुक्त हुन नसकेका दर्शकले त्यस्ता चलचित्रहरुलाई वेवास्ता गरेको देखिएको छ । लगानीका हिसाबले यस्ता चलचित्रहरु अन्यभन्दा बढी खर्चिलो हुनाले पनि यसले लगानीअनुसारको प्रतिफल उठाउन नसकेको देखिन्छ । फरकधारको रुपमा रहेको चलचित्र बलिदानलाई दर्शकहरुले मन पराए पनि त्यसले पुरा लगानी उठाउन सकेन । चलचित्र निमार्णमै धेरै खर्च भएकाले बलिदानबाट निर्माताले घाटा बहोर्नु पर्‍यो ।

साहित्यिक कृतिमा आधारित चलचित्रलाई पनि फरकधारकै चलचित्रको रुपमा राखिएको छ, तर कृतिमा आधारित रहेर निमार्ण गरिएका चलचित्रहरुले पनि निर्मातालाई निराशा नै बनाएको छ । कृतिमा आधारित रहेर चलचित्रहरु बासुदेव प्रेमपिण्ड, बसन्ती, मुना मदन, बसाइँ, नासो, सीमारेखा, परालको आगो निर्माण गरिएका छन भने भानुभक्तको जीवनमा आधारित रहेर चलचित्र आदिकवी भानुभक्त निमार्ण गरिएको छ । धुव्रचन्द गौतमको उपन्यास कट्टेल सरको चोटपटकमा आधारित रहेर निर्माण गरिएको चलचित्र बासुदेवलाई सबैले मन पराए पनि व्यवसायिक रुपमा त्यो सफल हुन सकेन । यसैगरी बालकृष्ण समको उपन्यास प्रेमपिण्ड, डायमण्ड शमशेर जबराको बसन्ती, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, लीलाबहादुर क्षेत्रीको बसाइँ लगायतका चलचित्रहरु समिक्षकको दृष्टि उत्कृष्ट रहे पनि मुनाफा गर्न पनि पछि परे ।

उपन्यासकै आधारको परिवेश, पहिरन र वातावरण खोज्दा समय धेरै लाग्ने र लगानी पनि धेरै पर्ने भएकाले यस्ता चलचित्रहरु अन्यभन्दा मंहगा हुन्छन् । हुबहु कृतिमै रहेर चलचित्र निमार्ण गरिदा, त्यो मसालेदार नहुने र सबै वर्गका दर्शकले यस्ता चलचित्र मन नपराएको देखिएको छ । हिन्दी चलचित्रको स्वाद लिएका दर्शकले यस्ता चलचित्रप्रति आकर्षण कम देखाएका छन् ।

प्रेमपिण्ड निर्देशन गरेका निर्देशक यादव खरेलले साहित्यिक कृतिमाथि चलचित्र बनाउनु राम्रो रहेको बताउँदै चलचित्र बनाउदा मुल कृतिबाट विचलित हुन नहुने बताए । द्धन्द्ध, रोमान्स र सेक्समा आधारित चलचित्रहरुले कृतिमा आधारित चलचित्रहरुलाई छायाँमा पारेको टिप्पणी गर्दै निर्देशक खरेलले हिन्दी चलचित्रको बोलबाला रहेसम्म नेपाली चलचित्रको प्रभाव नबढने उन्ले बताए । चलचित्रको अवधारणाभन्दा बाहिरको हुने भएकाले कृतिमा आधारित चलचित्र दर्शकको रोजाइ नबनेको कुरालाई भने चलचित्रकर्मीहरुले स्वीकार गर्छन् । हुबहु कथा खोज्दा अधिकांश चलचित्र असफल भएको उनीहरुको तर्क छ । यस्ता चलचित्रहरुले भाषिक र सांस्कृतिक पक्षको संरक्षण गरे पनि मुनाफा भने शून्य हुन्छ । राज्यले यस्ता चलचित्रमा लगानी गरे भने केही राहत हुने चलचित्रकर्मीको अपेक्षा छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: Nepali Movies till date
« Reply #32 on: February 26, 2010, 07:26:46 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: Nepali Movies till date
« Reply #33 on: March 13, 2010, 11:20:28 AM »
नाम दोहोर्‍याउँदा होसियार
12/03/2010 04:35:00 Naya Patrika


पुराना हिट फिल्मको नाम दोहोर्‍याई प्रदर्शित अधिकांश फिल्मले व्यावसायिक असफलता हात पारेका छन् । सन्तान, जीवनरेखा, कसुमेरुमाल, युगदेखि युगसम्म तथा सम्झना एक जमानाका हिट फिल्म हुन् । तर, यिनै हिट नाममा पुनर्निर्माण भएका फिल्मले भने न त पुरानाको जस्तो चर्चा बटुल्न सकेका छन् न व्यावसायिक सफलता नै । तथापि पुराना हिट नाम दोहोर्‍याएर फिल्म बनाउने क्रम भने जारी नै छ ।

प्रकाश थापाको निर्देशनमा बनेको जीवनरेखा यादगार फिल्म मानिन्छ । शिव श्रेष्ठ र मीनाक्षी आनन्द प्रमुख भूमिकामा रहेको सोही नाम दोहोर्‍याए, निर्देशक प्रदीप श्रेष्ठले । मुख्य सहायक निर्देशकका रूपमा काम गरिरहेका प्रदीप नयाँ जीवनरेखाबाट भाग्य अजमाउन एकल निर्देशनमा उत्रिए । तर, प्रदीपको पहिलो प्रयास नै असफल भयो । 'पुरानो हिट फिल्मको नाम दोहोर्‍याउँदा दर्शकमाझ आफ्नो फिल्मको नाम बिकाउन सजिलो हुने भएकाले पनि जीवनरेखा नाम राखियो । तर, म सफल भइनँ,' निर्देशक प्रदीप स्विकार्छन्, 'पुरानो फिल्मको चार्मले केही मात्रामा भए पनि दर्शक तान्छ भन्ने आश थियो । सोचेजस्तो भएन ।'

निर्देशक प्रदीपले अहिले फेरि डेढ दशकअघि बनिसकेको फिल्म सडकको नाम दोहोर्‍याएका छन् । 'फिल्मको कथामा म्याच भएकाले नाम दोहोरिन पुगेको हो । तर, पुरानो सडकको मेरो सडकसँग कुनै तारतम्यता छैन । पुरानोबाट कुनै लोभ पनि छैन,' उनी भन्छन्, 'नेपाली फिल्ममा नामको संकट छ । त्यसकारण पनि जुध्न गएको हो ।'

प्रकाश थापाकै अर्काे फिल्म सन्तान पनि फेरि बन्यो । निखिल उप्रेतीलाई खतरनाक स्टन्ट पनि गराइयो । तर, नयाँ सन्तानले असफलताबाहेक अरू केही बटुल्न सकेन ।

तुलसी घिमिरेको निर्देशनमा बनेको कुसुमे रुमाल रजत जयन्ती मनाउन सफल एक मात्र नेपाली फिल्म हो । सर्वाधिक सफल कुसुमे रुमाल सिक्वेल स्वरूप पुनः आयो । पुरानो कुसुमे रुमालकै निर्माता उद्धव पौडेलले आफ्ना पुत्र नीरकलाई निर्देशक बनाए, नयाँ कुसुमे रुमालबाट । तर, जुन रूपमा नयाँ कुसुमे रुमालको प्रचार गरिएको थियो, त्यो रूपको सफलता भने हासिल गर्न सकेन ।

राजेश हमाल अभिनीत पहिलो फिल्म युगदेखि युगसम्मको नाम पनि दोहोर्‍याइयो । मात्र अगाडि थपियो 'द' । उनै नायक हमाललाई नयाँ युगदेखि युगसम्ममा पनि नौलो गेटअपमा प्रस्तुत गरियो । तर, नयाँ युगदेखि युगसम्मले पनि व्यावसायिक सफलता हासिल गर्न सकेन ।

भुवन केसी र तृप्ति नाडकर अभिनीत पुरानो हिट फिल्म सम्झनाको नाम पनि दोहोरियो । प्रज्ञा जोशीले निर्माण गरेको नयाँ सम्झना हाल राजधानीका हलमा प्रदर्शन भइरहेको छ । पुरानो सम्झनाको झै खुराक खोज्दै हल पुग्ने दर्शक भने नयाँ सम्झनाले तृष्णा नमेटाएको बताउँछन् । निर्मात्री प्रज्ञा पनि पुरानो सम्झना र आफ्नो सम्झनाबीच कुनै सम्बन्ध नरहेको बताउँछिन् । भन्छिन्, 'नाम मात्र मिलेको हो । अरू केही मिल्दैन । त्यसकारण पुरानोसँग दाँजेर हेर्नु अक्कलपूर्ण होइन ।'

नाम दोहोरिएको अर्का फिल्म दागले पनि दर्शकको मन जित्न नसकेको रिपोर्ट आएको छ । यद्यपि, आकाश अधिकारीको निर्देशनमा बनेको पहिलाको दाग पनि असफल फिल्ममा गनिन्छ ।

पछिल्लो समयमा पुराना चलेका फिल्मका नाम दोहोरिने क्रम अझ बढेको छ । निर्देशक सोभित बस्नेतले चिनो र कन्यादान नाममा फिल्म बनाइसकेका छन् भने दीपक रायमाझीको पहिलो कसम अहिले लक्ष्मण रिजालको निर्देशनमा बन्दै छ ।

प्रकाश थापाकै फिल्म सिन्दूरको नाम पनि दोहोरिएको छ । निर्माण हुने घोषणा भइसकेको नयाँ सिन्दूरको निर्देशन मुम्बई रिटर्न निर्देशक गोविन्द गौतमले गर्दै छन् ।

पुराना फिल्मको नाम दोहोर्‍याउनुमा केही बाध्यता र केही लोभ भएको बताउँछन् निर्देशक दयाराम दहाल । 'अहिले यहाँ दर्शकले क्याच गर्ने नामको खडेरी परेको छ । त्यसकारण पनि नाम दोहोरिन पुगेका हुन्,' उनको ठम्याइ छ, 'कतिपय निर्माता/निर्देशक पहिला हिट भएको फिल्मकै नाममा फिल्म बनाउँदा हिट हुन सजिलो हुने मानसिकताका पनि छन् ।'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: Nepali Movies till date
« Reply #34 on: March 31, 2010, 09:02:09 AM »
« Last Edit: March 31, 2010, 11:32:19 AM by tundikhel »

alex

  • Guest
Re: Nepali Movies till date
« Reply #35 on: August 30, 2010, 08:09:51 AM »
guys, thanks for this info, but i`d like to watch these movies. Where i can download them. I can not watch online, because of my bandwidth.

thanks.

kurakani

  • 50x
  • ****
  • Posts: 2485
Re: Nepali Movies till date
« Reply #36 on: December 09, 2010, 02:41:46 AM »
फ्लपपछि पलायन
08/12/2010 02:01:00 Naya Patrika

एकपछि अर्को फिल्म फ्लप भएपछि एकताकाका चर्चित हिरोहरू पलायन

काठमाडौं/ कुनै वेला रमेश उप्रेती निकै व्यस्त र चर्चित हिरो थिए । रगत, यो मायाले लौन सतायो र करोडपति फिल्ममा खलअभिनेताका रूपमा अभिनय गरेका उनलाई निर्देशक दीपक रायमाझीले पराइघर फिल्मबाट हिरोमा बढुवा गरिदिए । हिरोका रूपमा त्यसपछि उनका दिन खुले ।

रमेशलाई निकै आश गरिएको हिरोका रूपमा हेरिएको थियो । अभिनय, नृत्य तथा एक्सन पनि उत्तिकै राम्रो गर्ने उनले धर्मसंकट, देवदूत, घरसंसार, कस्तो सम्झौता, यो मायाको सागर, माउते दाइ, १६ वर्षे जोवन, मायाको जाललगायत चार दर्जन बढी फिल्ममा अभिनय गरे । एकताका निर्माता-निर्देशकको पहिलो रोजाइमा पर्ने गरेका रमेश एकाएक फ्लप हिरोमा दरिन पुगे । उनले अभिनय गरेका माया गर्छु म, मायाको जाल, अँगालो अँगालोमालगायत केही फिल्म नराम्रोसँग फ्लप भए । जसकारण उनले फिल्म पाउन छाडे । त्यसपछि उनी नेपाली फिल्म लाइनबाट पलायन भए । कहिले आफैँ फिल्म बनाउँछु भन्ने त कहिले बिजनेसमा लाग्छु भन्ने गरेका उनी अमेरिका पलायन भए । उनले केहीअघि नेपाल आएको मौका छोपी पाइलट गायक विकास राणाको एउटा गीतमा अभिनय गरेका थिए । सो गीतले समेत उनको कुनै चर्चा दिलाएन् ।

अशोक शर्माको यो मायाको सागरमा खलनायक भई देखापरेका श्याम घिमिरे यादव खरेल निर्देशित हत्तेरी फिल्मबाट हिरोका रूपमा देखापरे । त्यसपछि उनी नरेन्द्र श्रेष्ठको निर्देशनमा बनेको ग्रहण फिल्ममा पनि हिरोका रूपमा देखिए । हत्तेरी र ग्रहण फ्लप भएपछि हिरोका रूपमा अन्य फिल्म पाउने अवस्थामा रहेनन् उनी । केही टेलिसिरियल तथा म्युजिक भिडियोमा समेत अभिनय गरेका उनी पनि अचेल रजतपटबाट टाढिएका छन् । अचेल जग्गाको कारोबारमा लागेका उनी कहिलेकाहीँ फाट्टफुट्ट रूपमा म्युजिक भिडियोमा देखिने गरेका छन् ।

निर्माता चिरञ्जीवी बस्नेतले चक्रव्यूह फिल्मबाट अमृतजंग बस्नेतलाई साइड हिरो बनाए । त्यसपछि पनि उनी मन मेरो मान्दैन, फेरि तिम्रो याद आयो, ठूले, गाउँले गंगारामलगायत फिल्ममा हिरोका रूपमा देखापरे । अभिनय, फाइट तथा नृत्यमा समेत अब्बल मानिने अमृतजंगले अभिनय गरेका कुनै फिल्मले पनि चर्चा गर्नलायक व्यापार गरेनन् । जसकारण उनी केही वर्षअघि परिवारसहित विदेश पलायन भए । उनले केही टेलिशंृखलामा समेत अभिनय गरेका थिए ।

गोपाल सुवेदीको औँठाछाप फिल्मबाट हिरोका रूपमा उदाएका दीपर्शनजंग राणालाई चक्लेटी हिरोका रूपमा हेरिएको थियो । दीपर्शन त्यसपछि ग्रहण फिल्ममा पनि हिरो बने । उनी अभिनीत फिल्मले पनि निर्मातालाई धनलाभ गराउन सकेनन् । त्यसपछि उनी ठूलो पर्दाका फिल्ममा हिरो बनेर देखापरेका छैनन् । केही टेलिशंृखला, विज्ञापन तथा थुप्रै म्युजिक भिडियो अभिनय गरेका दीपर्शन पनि पछिल्लो समयमा म्युजिक भिडियोमा देखापर्ने गरेका छन् ।

पुराना हिरो कृष्ण मल्लले आफूले निर्माण गरेको लगनगाँठो फिल्ममा बलिउडका नायक 'बी देओलजस्तो' भनेर नयाँ हिरोलाई चान्स दिए- सौरभ कार्की । सौरभले लगनगाँठोपछि फेरि तिम्रो याद आयोमा पनि अभिनय गरे । अभिनीत दुवै फिल्म फ्लप भएपछि उनी ठूलो पर्दाका फिल्ममा फेरि देखिएनन् । बेलाबखत विदेश पनि गइरहने उनी केहीअघि घमण्ड नामक भिडियो फिल्ममा देखापरे । जहिले भेटिए पनि 'अब फिल्म बनाउँछु' भन्ने गरेका उनी पनि फिल्मकर्मबाट ओझेलमा परेका छन् ।

श्रीकृष्ण श्रेष्ठ गम्भीर बिरामी परेकाले निर्देशक दीपक श्रेष्ठले जीवनसाथी नामक फिल्मबाट नवीन श्रेष्ठलाई हिरो बनाए । एक्सन हिरोका रूपमा चर्चामा आएका नवीनलाई पनि नेपाली फिल्म क्षेत्रमा केही गर्न सक्ने हिरोका रूपमा हेरिएको थियो । उनले त्यसपछि आफ्नोपन, अञ्जुली, एकतालगायत फिल्म अभिनय गरे । आफू अभिनीत फिल्मले राम्रो व्यापार नगरेकाले विरक्तिएका नवीन अचेल फिल्म लाइनमा सक्रिय देखिन्नन् ।

प्रेमयुद्ध फिल्मबाट हिरो बनेका विक्रान्त बस्नेतले बज्रपात, घायल, पलपलमालगायत फिल्ममा अभिनय गरे । उनले अभिनय गरेका फिल्म पनि हिट भएनन् । जसकारण उनी केही समयअघि अमेरिका उडे । अनाम फिल्म नाम के होबाट हिरो बनेका वीरेन श्रेष्ठले भने मिस्टर मंगले निर्माण गरे । मिस्टर मंगले फ्लप भयो । अहिले उनले मनले मनलाई छुन्छ निर्माण गरेका छन् । म्युजिक भिडियोमा पनि देखापर्ने गरेका उनी हिरोभन्दा निर्माताका रूपमा कहलिने गरेका छन् अचेल ।

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Nepali Movies till date
« Reply #37 on: April 20, 2015, 01:02:58 PM »
Please help in creating a Nepali Movies photo profile

here is the list of movies produced till date.... please post photos, posters etc. so we can make a nice profile.

No. of Films Produced Till Date

1978

1. Paral Ko Aago
2. Silu

1988

1. Kanchi
2. Sagarmatha

1991



http://filmsofnepal.com  has everything...

jimmas

  • 10X
  • ***
  • Posts: 38
    • Global Sansar
Re: Nepali Movies till date
« Reply #38 on: June 21, 2015, 09:32:10 PM »
2008 ma only 2 movies ho ra??
Global Sansar :समाचार संसार को

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15955
Re: Nepali Movies till date
« Reply #39 on: June 22, 2015, 12:55:22 AM »
2008 ma only 2 movies ho ra??

होइन होला .. धेरै रिलिज् भएका थिए २००८ मा