प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्
दिवस गुरागाईं
पारजिातको अमरकृति शिरीषको फूललाई चलचित्र बनाउन यतिबेला एकहूल चलचित्रकर्मी छायांकनमा जुटेका छन् । निर्माण पक्षका अनुसार फागुन १३ गतेसम्ममा ४० प्रतिशत छायांकन सकिएको छ । यस चलचित्रको निर्माण जगत राजथलाले गरेका हुन् ।
निर्देशनका क्रममा शिरीषको फूलले आधा दर्जनभन्दा बढी नाम परविर्तन गरेको छ । पहिला निर्देशक थिए ज्ञानेन्द्र देउजा । ज्ञानेन्द्रसँग निर्माण संस्थाले १० हजार रुपियाँका साथ सम्झौता गरेको थियो । तर, त्यो सम्झौता लामो समयलाई हुन सकेन । त्यसपछि तुलसी घिमिरे, प्रकाश साय्मि, नरेश केसी, रेशराज आचार्य, विपीन राणा, ऋषि लामिछाने आदि नाम प्रचारमा ल्याइए । अन्त्यमा निर्देशक बने जापनिज नागरकि तासी आकोइतो । तासीलाई सह-निर्देशकका रूपमा सघाइरहेका छन् विजयरत्न तुलाधारले ।
तर, शिरीषको फूल छायांकन क्रममै विवादित बनेको छ । पारजिात स्मृति केन्द्रले फागुन ६ गते विज्ञप्तिमार्फत गैरकानुनी छायांकन रोक्न भनेपछि उसले निर्माण इजाजत गुमाएको हो । केन्द्रको विज्ञप्तिमा भनिएको छ सम्झौता डिम्पल फिल्म प्रोडक्सनसँग भएको भए पनि समयमा चलचित्र नबनेकाले छ महिनाअघि नै निर्माणमा रोक लगाई सकिएको छ । केन्द्रका अनुसार, ०६१ मा भएको सम्झौतामा दुई वर्षभित्र निर्माण सक्नुपर्ने सर्त थियो । डिम्पल फिल्म प्रोडक्सनले निर्माण इजाजत लिए पनि यतिबेला जमिन फिल्मस्को नाममा चलचित्र निर्माण भइरहेको छ । तर, छायांकन रोक्न केन्द्रले विज्ञप्ति जारी गरे पनि निर्माण पक्षले चासो देखाएको छैन ।
सहनिर्देशक विजयरत्नका अनुसार चलचित्रको स्तर गुणात्मक हुने पक्का छ । तर, शिरीषको फूलका पटकथाकार नयनराज पाण्डे भने निराश छन् । चलचित्रमा आफ्नो नाम उल्लेख नगरििदन उनले निर्माण पक्षलाई अनुरोध गरेको बताए ।
मदन पुरस्कारसमेत प्राप्त गरसिकेको यति प्रसिद्ध कृतिको पटकथा लेखक हुने हिम्मत उनले किन गर्न सकेनन् ? भन्छन्, "निर्देशक परविर्तन भएपिच्छे पटकथा चलाएको पाएँ ।" उनका अनुसार, उनी त्यतिबेला अचम्भित भए जतिबेला निर्माण पक्षले चलचित्रमा हाँस्यदृश्य राखी माग्न अनुरोध गर्यो । उनी निष्कर्ष निकाल्छन्, "त्यो समूहसँग शिरीषको फूलमाथि न्याय गर्ने हैसियत छैन ।" पाण्डेकै जस्तो निष्कर्ष निकालेर यो चलचित्र छोडेको बताउँछन् मुख्य सहायक निर्देशक सुमन दाहाल । उनले छायांकनअघि कलाकर्मीलाई तालिमसमेत सञ्चालन गरेका थिए ।
किन बन्छन् कृतिमाथि
'नेपाली चलचित्रकर्मी अपठित छन् । बौद्धिक वर्ग चलचित्रभन्दा टाढा छ । ड्राइभर र खलासीलाई हेरेर चलचित्र बनाइन्छ ।' धेरैअघिदेखि चलचित्रकर्मीले खेप्दै आएको आरोप हो यो । यति भएर पनि उनीहरू थेत्तरा छन् । कृतिमाथि समेत उनीहरू मुम्बइया सूत्र घुसाउन चाहन्छन् । बिनागृहकार्य चलचित्र बनाइन्छ भन्ने आरोप त आमअसफलताले पुष्टि गरसिकेकै छ ।
व्यापारकि असफलता र बौद्धिक वर्गको खप्की खाईखाई आखिर किन कृतिमाथि चलचित्र निर्माण भइरहेका छन् त ? यस्ता धेरैजसो चलचित्रमा संलग्न नीर शाहलाई सोधौँ किन बन्छन् कृतिमाथि चलचित्र ? भन्छन्, "अरूका कुरा मलाई थाहा छैन तर मैलेचाहिँ बौद्धिक जमातलाई चलचित्रमा आकषिर्त गर्न निर्माण, निर्देशन र अभिनय गरेँ ।" शाह बौद्धिकवर्ग र चलचित्रकर्मी दुवैका प्रतिनिधि हुन् । उनले वासुदेव र वसन्तीको निर्देशन गरेका हुन् भने अभिनयलगायत प्रेमपिण्डको सह-निर्माताका रूपमा समेत सहभागिता जनाएका छन् । मुनामदनका निर्माता नवराज ढकालचाहिँ बाल्यकालदेखिको मोह रहेकाले यसको निर्माणमा हात हालेको बताउँछन् । प्रेमपिण्डका निर्देशक यादव खरेलका अनुसार मौलिकता र सार्थक चलचित्रका लागि पनि कृति समात्ने गरन्िछ ।
तर, कृतिमाथिको महत्त्वाकांक्षा धेरैजसोमा के छ त ? समीक्षकहरूले लगाउँदै आएको आरोप अनुसार चर्चाका लागि उनीहरू कृतिमाथि हात हाल्छन् । तर, ती चर्चाहरू भने सस्तो सावित भएका छन् ।
विवादै विवाद
कृतिमाथि बनेका आमचलचित्र विवादित भए । विवादको मूल प्रश्न हो, सिर्जनामाथिको न्याय । कृतिकारका पक्षधरहरूका अनुसार चलचित्रकर्मीमा कृतिमाथि न्याय गर्न सक्ने हैसियत नै छैन । चलचित्रकर्मीचाहिँ चलचित्रको भाषा बुझ्न नसकेका कारण बढी विवादित बनेको बताउँछन् । कृतिमाथि बनेका हरेक चलचित्रको प्रदर्शनपछि दुई पक्षको दोहोरी यही विषयमा हुने गर्छ । व्यावसायिक रूपमा सफल भनिएका यस्ता चलचित्र पनि विवादमुक्त छैनन् ।
चलचित्र सिन्दूर व्यावसायिक रूपमा सफल भए पनि लेखक चेतन कार्की भने त्यति सन्तुष्ट भएनन् । किन ? भन्छन्, "यो कृतिमाथि बनेको भने पनि कृतिको २५ प्रतिशतसमेत अंश लिएको छैन । यो चलचित्र दौलतविक्रम विष्टको बादल फेर िफाट्छमाथि बनाइएको उल्लेख छ । कार्की भन्छन्, "व्यावसायिक रूपमा यो कोशेढुंगा भए पनि कृतिको हिसाबमा चाहिँ प्रभावित मात्र भन्नुपर्ने हुन्छ ।"
कुमारी र परालको आगोले पनि विज्ञहरूको खप्की खानुपर्यो । अभिनेता नीर शाहका अनुसार, यी चलचित्रमा कमजोर पक्ष धेरै छन् । आमदर्शकले मन पराएको परालको आगो प्राविधिक रूपमा निकै कमजोर रहेको शाह बताउँछन् । भन्छन्, "अरूका मात्र के कुरा गर्नु मेरै निर्देशनमा बनेका चलचित्र पनि बलवान् छैनन् ।" उनले निर्देशन गरेको चलचित्र वासुदेवलाई चेतन कार्की निर्भीक प्रस्तुति मान्छन् । तर, शाह आफैँचाहिँ प्राविधिक रूपमा कमजोर रहेको विश्लेषण सुनाउँछन् ।
चलचित्र बसाइँ हेरेपछि आफ्नो कृतिमाथि न्याय नभएको कुरा उपन्यासकार लीलबहादुर क्षेत्रीले पटकथा लेखक नयनराज पाण्डेकै अगाडि उभिएर बताएका थिए ।
अनावश्यक गीतले चलचित्र बिगारेको भन्दै उनले भनेका थिए, पटकथा पनि चित्तबुझ्दो छैन । त्यसैगरी, अर्का साहित्यकार डायमनशमशेर राणाले पनि वसन्तीमा उपन्यासको भावना नआएको बताएका थिए ।
चलचित्रले कृतिलाई धुजाधुजा पारेका छन्, कृतिको हत्या गरेका छन् आदि आरोप चलचित्र प्रदर्शनताका लाग्ने गरेका छन् । यतिसारो आरोप लाग्ने कारण के हुन सक्छ ? बसाइँ र शिरीषको फूलका पटकथाकार नयनराज पाण्डेका अनुसार लेखनपक्ष कमजोर मात्र होइन, दयनीय भएका कारण यस्तो आरोप लागेको हो । भन्छन्, "मैले आफैँ पनि जानेर लेखेको होइन ।"
सल्लाह चलचित्रकर्मीको
मुनामदनका निर्माता ढकाल व्यावसायिक सफलताले यसबाट पाठ सिक्नुपर्ने बताउँछन् । उनी चाँडै कृतिमाथि अर्को चलचित्र थाल्ने घोषणा गर्छन् । भन्छन्, "यस्तो विषयमा चलचित्र बनाउँदा अनावश्यक मसला, तडक-भडक गर्ने अनि चिनिएका कलाकार राख्ने गल्ती कसैले गर्नु हुँदैन ।"
बौद्धिक वर्गसमेतलाई भनेर चलचित्र बनाएपछि स्तर त्यही अनुरूपको हुनुपर्नेमा निर्देशक यादव खरेल र नीर शाह एकमत छन् । शाह भन्छन्, "बौदिक वर्गसँग गोष्ठी, अन्तरक्रिया र सर्जकसँग लामो उठबस गर्न जरुरी छ । वासुदेव र वसन्ती निर्माण गर्दा आफूले सम्बन्धित सर्जकलाई चलचित्रको छायांकन अवधिभर सम्पर्क गरेको उनी बताउँछन् । तर, सिर्जनामाथि चलचित्र बन्न रोकिन नहुने शाह जिकिर गर्छन् । नयनराजचाहिँ सबैभन्दा पहिला पटकथा तालिमको आवश्यकता देख्छन् ।
असफल भए पनि चर्चाको गणनामा कृतिमाथि बनेका सबै चलचित्र माथि छन् । आमचलचित्रकर्मी चर्चाको लोभी भएकाले उनीहरू यसै प्रकृतिका चलचित्रमा हात हाल्न चाहन्छन् । गृहकार्य, परामर्श, सरसल्लाह आदि पक्षमा उनीहरू आजका मितिसम्म गम्भीर हुन सकेका छैनन् ।
अपवाद मुनामदन
चलचित्र मुनामदनलाई आजका मितिसम्म कसैले औँला ठड्याएका छैनन् । भलै निर्माता नवराज ढकाल र निर्देशक ज्ञानेन्द्र देउजाबीच पानी बाराबार नै किन नहोस् । मुनामदन स्तरीय बनेको कुरामा चलचित्रकर्मीले एकता नै प्रदर्शन गरेका छन् । कृतिमाथि जोखिम मोलिसकेका यादव खरेल, नीर शाह, नयनराज पाण्डे, सुभास गजुरेल आदि कलाकर्मी विगतमा जे जस्तो भए पनि यो चलचित्र तारपिmयोग्य बनेको बताउँछन् । अर्का निर्देशक नारायण पुरी उनीहरूको कुरामा सही थाप्छन् । भन्छन्, "मुनामदन उत्कृष्ट बनेको छ ।"
चलचित्रकर्मी मात्र होइन, उल्लेख्य रूपमा दर्शक तान्नसमेत मुनामदन सफल भएको छ । निर्माण पक्षका अनुसार, हालसम्म यो चलचित्रको प्रदर्शन २१ ठाउँमा भइसकेको छ । फागुन १२ गतेदेखि पर्साको जनज्योति हलमा प्रदर्शन प्रारम्भ गरएिको मुनामदन सबै ठाउँमा कम्तीमा एक महिना चलेको निर्माता ढकाल बताउँछन् । मोफसलमा बसेर प्रदर्शनको व्यवस्थामा जुटेका उनी भन्छन्, "आमचलचित्रको भन्दा दुई गुणा बढी व्यापार गररिहेको छ । हेटौँडामा यो चलचित्र एक महिनादेखि प्रदर्शनमा छ ।"
मुनामदनको व्यापारले हौसिएका छन् निर्माता ढकाल । चाँडै कृतिमाथि अर्को चलचित्र बनाउने उनी घोषणा गर्छन् । उनले भीमनिधि तिवारीको एक चर्चित कृति छानिसकेको बताए । विगतमा सबैभन्दा बढी तारपिm पाउन सफल थियो, वासुदेव । तर, त्यस अनुरूपको व्यापार भने वासुदेवलेे गर्न सकेको थिएन । मुनामदनले कृतिमाथि न्याय गर्दै व्यापार पनि गरेकाले अब निर्माणमा लहर आउने यसका निर्माता बताउँछन् ।
http://www.kantipuronline.com/Nepal/arcarticle.php?aid=5&isd=333