Author Topic: Manisha Koirala - Photo profile  (Read 71189 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Manisha Koirala - Photo profile
« Reply #80 on: August 04, 2013, 08:22:12 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Manisha Koirala - Photo profile
« Reply #81 on: September 25, 2013, 07:39:54 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Manisha Koirala - Photo profile
« Reply #82 on: January 30, 2014, 05:19:20 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Manisha Koirala - Photo profile
« Reply #83 on: August 18, 2014, 03:58:14 AM »
मनिषाको कमब्याक तयारी


बलिउडमा 'इलु इलु गर्ल' को उपमाले चिनिने मनीषा कोइराला शनिबारदेखि ४४ वर्षमा लागेकी छन्। उनी सन् १९७० अगस्ट १६ का दिन काठमाडौंमा कोइराला परिवारमा जन्मेकी थिइन्। १९ वर्षकै उमेरमा नेपाली फिल्म 'फेरि भेटौंला' खेलेपछि मुम्बई पुगेर बलिउड फिल्म खेल्न थालेकी मनीषाले नब्बेको दशकमा उधुम नै मच्चाइन्। सुभाष घईले आफ्नै निर्माण तथा निर्देशनमा फिल्म 'सौदागर' बाट मनीषालाई ब्रेक दिएका थिए। सोही फिल्ममा उनले नायक विवेक मुश्रानसँग 'इलु इलु' गीतमा नाचेकाले सोही उपमा पाएकी थिइन्। पहिलो फिल्म नै जबरजस्त हिट भएपछि उनले पछाडि फर्केर हेर्नुपरेन। मनीषालाई दिल खोलेर अभिनय गर्ने अभिनेत्रीका रूपमा अहिले पनि लिइन्छ। नेपाली चेली भएर पनि उनको हाउभाउ र लवजले बलिउड दर्शकलाई पृथक स्वाद दिलायो।

भर्खरै मात्र पाठेघरको क्यान्सरबाट मुक्ति पाएकी मनीषा पुनः बलिउड फिल्ममा कमब्याक गर्ने तयारीमा छिन्। दुई वर्षअघि उनको रामगोपाल बर्माको 'भूत रिटर्नस्' रिलिज भए पनि त्यसले न मनीषालाई कुनै चर्चा दिलायो न त फिल्म नै चल्यो। यसै वर्ष उनको एक मलायालम फिल्ममा देखिने भए पनि बलिउडमा भने अब मीनाकुमारीको जीवनीमा आधारित फिल्म खेल्ने सम्भावना बाक्लो देखिएको छ। बलिउडकै पूर्वनायिका मीनाकुमारीको जीवनीमा उनकै सौतेलो छोरा ताज्दर अम्रोहीले निर्माण गर्न लागेका हुन्। फिल्मलाई शशिलाल नैयरले निर्देशन गर्न लागेका हुन्। तर कुनै बेला नैयरसँगै 'ग्रहण' फिल्म खेलिसकेकी मनीषाको यतिबेला भने उनीसँगको सम्बन्धमा साँच्चिकै ग्रहण लागिरहेको छ। सन् २००२ को फिल्म 'एक छोटी सी लभस्टोरी' का क्रममा मनीषाले नैयरलाई आफ्ना केही दृश्यलाई दुरुपयोग गरेको आरोप लगाएपछि सम्बन्ध एकाएक बिग्रेको थियो। यही कारण मात्रै हालसम्मलाई मनीषालाई मीनाकुमारी बन्नबाट रोक्ने देखिएको हो। मलायालम फिल्मको सुटिङबाट फुर्सद मिल्नेबित्तिकै मनीषा बलिउड फर्केर पुनः तहल्का मच्चाउन चाहेको बताउँछिन्। केही वर्षअघि नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेर स्वदेशमै बसेकी मनीषा पुनः अभिनयमै फर्किएकी थिइन्। उनको वैवाहिक सम्बन्ध खासै सुमधुर हुन सकेन। तर यतिबेला क्यान्सरलाई समेत जितेकी मनीषाले अभिनयमा फर्केर पुनः दर्शकको मन जित्ने अपेक्षा गरेकी छन्।

प्रकाशित मिति: २०७१ भाद्र १ ०९:२६

anand

  • Administrator
  • *******
  • Posts: 1202
Re: Manisha Koirala - Photo profile
« Reply #84 on: March 26, 2015, 12:10:46 AM »
She made a comeback -- http://xnepali.net/movies/manisha-koirala-making-a-comeback-in-game-looks-as-good-as-ever/

and she looks awesome :



मनिषाको कमब्याक तयारी

प्रकाशित मिति: २०७१ भाद्र १ ०९:२६


anand

  • Administrator
  • *******
  • Posts: 1202
Re: Manisha Koirala - Photo profile
« Reply #85 on: March 26, 2015, 11:25:33 AM »


anand

  • Administrator
  • *******
  • Posts: 1202
Re: Manisha Koirala - Photo profile
« Reply #86 on: March 31, 2015, 03:21:44 AM »
मनिषा र नम्रताले उत्कृष्ट डान्सर छान्ने

पुनः बलिउड फिल्ममा ब्यस्त हुन थालेकी अभिनेत्री मनिषा कोईरालाले नेपाल आएर सर्वोत्कृष्ठ डान्सर छान्ने भएकी छिन् । सुशीला आर्टस् एकेडमीको आयोजनामा हुन गईरहेको ‘वेष्ट डान्सर नेपाल २०१५’ को फाईनल प्रतिस्पर्धी छान्न उनी आउँदो चैत बीस गते काठमाडौं आउने भएकी छिन् ।

मनिषालाई सम्माननिय अतिथि र नेपाली नायिका नम्रता श्रेष्ठलाई प्रमुख अतिथि बनाइको उक्त कार्यक्रमका निर्णायकहरुमा अभिनेत्री मिथिला शर्मा, निर्देशक आकाश अधिकारी, ओस्कार अजार्ड विजेता एलिजे वियानिक रहेका छन् ।

शिक्षाको माध्यमबाट कलाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गएको सुशीला आर्टस् एकेडेमीले संगीत, नृत्य, अभिनय र सबै क्षेत्रका कलाकारलाई प्रोत्साहित गर्दै आएको छ ।

यो एकेडेमीले टाटा मोटर्सको सहयोगमा दुई वर्षदेखि ९० जना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराइरहेको छ ।