कुराकानीःबालमुकुन्ददेव पाण्डेसित
ज्ञानुवाकर पौडेल
ृअखवारी पत्रिका, साहित्यिक पत्रिका र व्यङ्ग्य साहित्यका शिखर पुरुष बालमुकुन्ददेव पाण्डेका बारेमा केही लेख्नु सके फलामको च्यूरा चपाएसरह हुनेछ । वि.सं.२०११ सालदेखि ‘दैनिक समाज’ बाट पत्रकारिता क्षेत्रमा हाम फालेदेखि आजका मितिसम्म करिब पचास वर्ष लामो आफ्नो जीवनकालमा बालमुकुन्ददेव पाण्डेले नेपाली पत्रकारिता क्षेत्रलाई विकसित गर्न ठूलो योगदान पु¥याउँदै आउनुभएको छ । तर त्यसको समुचित मूल्याङ्कन गर्न कसैले चासो देखाए जस्तो लाग्दैन ।
विभिन्न पत्रपत्रिकाहरूमा घटोत्कच शर्मा, फाइँफुट्टीराज, हात्तीगौंडे पुरोहित, बलमकनद आदि उपनाम छद्मनामबाट साहित्यका विविध विधाको श्रीवृद्धिमा मनग्गे योगदान पु¥याउने बालमुकुन्ददेवले ऐतिहासिक साहित्यिक पत्रिका ‘रूपरेखा’को सम्पादकको हैसियतले धेरै लेखकलाई स्थापित हुने अवसर प्रदान गर्नुभो विगतमा । मोहन कोइराला, अभि सुवेदी, मदन रेग्मी, द्वारिका श्रेष्ठ आदि जस्ता अहिलेका लब्धप्रतिष्ठित साहित्यकारहरूलाई स्थापित गराउने र उत्तम कुँवरलाई ‘रूपरेखा’ मा प्रवेश गराउने श्रेय पनि प्राप्त छ उहाँलाई ।
आफू ओझेलमा पर्न सकिने जोखिम मोलेर पनि थुपै्र थुपै्र नयाँ नयाँ साहित्यकारहरूका रचनालाई परिमार्जित, परिष्कृत र पुनर्लेखन गरेर भएपनि ‘रूपरेखा’ मार्फत् कैयन लेखक–कविहरूलाई उहाँले प्रकाशमा ल्याउनुभएको कुरा ‘तर म कहिल्यै साहित्यकार चाहिँ भएनछु’ज्ञ मा उल्लेखित छन् ।
समाज र राष्ट्रप्रति विशेष प्रकारको भूमिका र दायित्व निर्वाह गर्ने कुराप्रति हामीलाई बरोबर सचेत गराउँदै आउनुभएका बालमुकुन्ददेवजीले दुई÷दुई पटक ‘गोरखापत्र’ को प्रधान सम्पादक हुने ऐतिहासिक गौरव मात्र प्राप्त गर्नुभएको छैन । अधिकांशले आराम गर्नुपर्ने र गरिरहेको यो उमेरमा उहाँ अझै ‘राजधानी’ दैनिक पत्रिकामा सक्रिय रूपले प्रधान सम्पादकको दायित्व कुशलतासाथ निर्वाह गर्दै हुनुहुन्छ ।
साहित्यको क्षेत्रमा होस् चाहे पत्रकारिताको क्षेत्रमा होस् सदैव केही न केही नयाँ, ठोस र उपलब्धिमूलक परिणामको लागि मात्र आफूलाई काममा अल्मल्याउँदै आउनु आउनुभएको छ पाण्डेले । ‘चिन्तनको चौतारी’, ‘बादेपाको कलम’ स्तम्भ अन्तर्गत उहाँ आजका मितिसम्म हामीलाई सृजनशीलता र संघर्षको जुन पाठ सिकाउँदै हुनुहुन्छ, त्यो मामुली ठानेका छैनौं हामीले ।
सर्वसाधारणको बीचबाट देखा परेर माथि उठ्नुभएका (आर्थिक रूपमा हैन) वरिष्ठ पत्रकार बालमुकुन्ददेव स्वस्थ पत्रकारिताको बाहक हुनुहुन्छ । उहाँ यस पंक्तिकारसँगको भेटमा अक्सर भन्ने गर्नुहुन्छ–‘‘बुझ्यौ ज्ञानु साहित्यिक पत्रकारलाई अल्पज्ञानको लाञ्छना कहिल्यै लाग्न दिनु हुँदैन ।’’
साहित्यिक क्षेत्रमा निरन्तर बढ्दो वैचारिक प्रदूषणको लागि चिन्तित, अग्रगामी सोचका धनी तर शालीन स्वभावका बालमुकुन्ददेव पाण्डेले देश विदेशको यात्रा गरेर सँगाल्नुभएका अनुभवलाई साहित्य र पत्रकारितामा लगानी त गर्नुभो तर त्यसको कुनै प्रतिफल चाहिँ पाउनुभएन, पाउनु भएन होइन चाहनु नै भएन भनौं ।
अनेकौं प्रयास र आग्रहपछि उहाँका निकटतम मित्र पदम ठकुराठी र सुपुत्री कल्पना पाण्डेका रोहवरमा बालमुकुन्ददेव पाण्डे जस्ता स्वाभिमानी, बहुआयामिक प्रतिभासित भएको कुराकानीको यो सार संक्षेप पाठकहरूका लागि ज्ञानवर्धक, रोचक र प्रेरकसमेत हुने विश्वास लिएको छु । – ज्ञानुवाकर े
देशको वर्तमान साहित्यिक र अन्य सांस्कृतिक गतिविधिसित सन्तुष्ट हुनुहुन्छ ?
छैन, हाम्रो संस्कृतिउपर अनेकौं कोणबाट आघात उपस्थित छन् । नेपाली संस्कृति जसरी अधोगतितिर लागिरहेछ, त्यो साँच्चि नै चिन्ताको विषय हो । साहित्यिक पत्रिकाले नेपाली साहित्य र साहित्यको विकासमा जति योगदान दिन सक्नु पथ्र्यो दिन सकेको देखिँदैन । पाठकहरूपनि निकै कम छन् । यस्तोमा नेपाली साहित्य टाक्सिनु र मधौरो जस्तो देखिनु स्वाभाविकै हो । यस्ता विसंगतिहरूसित सहमत अथवा सन्तुष्ट हुनु आफ्नो घुँडामा बन्चरो हान्नु जस्तै हो
साहित्यिक पत्रिका कत्तिको पढ्नुहुन्छ ?
पढ्छु, पाएसम्म
कस्तो लाग्छ ?
चित्त कटक्क कुँडिन्छ !
किन ? तपार्इंंको पालाको साहित्यिक पत्रकारिताको दाँजोमा अहिलेको साहित्यिक पत्रकारिता स्तरीय नलागेर ?
हाम्रो पालामा साहित्यकारहरू अहिलेको जस्तो विभिन्न राजनीतिक दलको खेमामा बाँडिएका थिएनन् । साहित्यिक पत्रिकाका सम्पादकहरू मिहिनेती थिए । लेखक कविहरू पनि पारिश्रमिक नपाए पनि मिहिनेत गर्थे । नेपाली साहित्यले प्रगतिको मूलबाटो नभएपनि गोरेटो सम्म पहिल्याइसकेको थियो । तर अहिले त साहित्यइतर पत्रिकाले पो विकास गरेको छ । मुद्रण प्रविधिको विकासबाट साहित्यिक पत्रिकाले लाभ उठाउन सकेन ।
हाम्रो मुलुकमा अखबारी पत्रकारितालाई चाहिने भन्दा बढी महत्व दिएर नै यसो भएको हो कि ? तपाईंले पनि अखबारी पत्रकारितालाई नै बढी महत्व दिनुभयो । नढाँटीकन भन्नुस् त ! साहित्यिक पत्रकारिता र अखबारी पत्रकारिता मध्ये कुनमा बढी आत्मसन्तोष मिल्यो तपाईंलाई ?
साहित्यिक पत्रकारितामा लागेर बढी गुमाइयो । तर अखबारी पत्रकारिताको सिलसिलामा भने विश्वका करिव ३० वटा मुलुक घुम्न पाएँ । साहित्यिक पत्रकारको हैसियतले चाहिँ स्वदेशका केही भाग मात्र डुलियो । अझ अंग्रेजी भाषाको पत्रकार भएको भए बढी फाइदा उठाउने थिएँ कि !
तपाईं प्रेस काउन्सिलबाट २०५४ सालमा पुरस्कृत र अभिनन्दित हुनुभयो । सोही वर्ष फागुनमा हास्यव्यंग्य क्षेत्रमा ‘घटोत्कच शर्मा’ उपनामबाट योगदान पु¥याएबापत् ‘भैरव अर्याल पुरस्कार’ पाउनुभयो । के अखबारी पत्रिकाबाट पाएको सन्तुष्टि भन्दा यी कुरा कम सन्तोषजनक हुन् त ?
पक्कै पनि होइनन् । कुनै जमानामा म आफैं पनि प्रेस काउन्सिलमा थिएँ । मैले साहित्यिक पत्रकारिता र साहित्यको पक्षमा त्यसबेला केही गर्न नसकेपनि त्यही प्रेस काउन्सिलबाट २०५४ सालमा एक साहित्यिक पत्रकारका रूपमा आफू सम्मानित हुनु मैले ठूलो उपलब्धि र गौरवको कुरा ठानेको छु । त्यस्तै भैरव पुरस्कारका लागि पनि कृतज्ञ छु । त्यो बेलाका प्रेस काउन्सिलका सदस्य रोचक घिमिरे र भैरव पुरस्कार गुठीका पदाधिकारीहरूप्रति यस निम्ति म आभारी छु ।
तपाईं आफैं प्रेस काउन्सिलको सदस्य हुँदा एक वरिष्ठ पत्रकार र साहित्यकार दुुवै हुनुको नाताले आफ्नो व्यक्तित्वको ‘प्रभाव’ देखाएर साहित्यिक पत्रकारिताको लागि केही गर्नसक्नुु हुन्थ्यो, तर गर्नुभएन किन ?
यसो भएन, उसो भएन भनेर कसरी भनूँ ?
कुनै जमानामा तपाईंले हस्त–लिखित पत्रिका निकाल्नुभएदेखि ‘रूपरेखा’ जस्तो ऐतिहासिक महत्वको पत्रिकासम्मको आफ्नो साहित्यिक पत्रकारिताका पु्राना दिन सम्झँदा अहिले कस्तो लाग्छ ?
कुनै जमानामा हस्तलिखित मासिक पत्रिका ‘प्रभात’ निकालियो । त्यो मेरो लहड थियो । केही सीमित व्यक्तिले मात्र पढ्न पाउँथे । मिहिनेत चाहिँ उत्तिकै गर्नुपथ्र्यो । त्यो मिहिनेत सम्झँदा अहिले हाँसो उठ्छ । मुद्रित साहित्यिक पत्रिका निकाल्न पनि उत्तिकै सक्रिय थिएँ । तर आर्थिक कमजोरीले दर्ता गरिसकेको ‘जुनकिरी’ द्वैमासिक निकाल्न सकिन । कवि भूपी शेरचनको अस्वस्थताले त्यो प्रकाशित हुन नसकेको हो । पछि राष्ट्रिय पुुुस्तकालयले ‘रूपरेखा’ निकाल्ने भएपछि मलाई प्रेस व्यवस्थापक बनायो । दुई अङ्क निस्किएपछि त्यसमा लागेकाहरू सबै लाखापाखा भए । म र योगेन्द्रनाथ अर्यालले जस्तोसुकै परिस्थितिको सामना गर्नुेपरेपनि ‘रूपरेखा’को प्रकाशनलाई नियमित रूपले अघि बढाउने निर्णय ग¥यौं । पछि उत्तम कुँवर पनि ‘रूपरेखा’मा प्रवेश ग¥यो । त्यसबेला साहित्यिक पत्रकारिताको आफ्नै इज्जत एवं प्रतिष्ठा थियो । हामी अति मिहिनेत गथ्र्यौं । त्यसबेलाको कुरा सम्झँदा अहिलेपनि निकै उत्साह पैदा हुन्छ । लेख–रचना बटुल्न लेखकहरूको ढोका धाउँदा अनि त्यो पाउँदाको आनन्द आफ्नै किसिमको थियो । प्रेसमा म्याटर पठाएर कम्पोज गर्न लाउनु, प्रुफ हेर्नु, पत्रिका तयार भएपछि त्यसलाई वितरण गर्नु जस्ता सबै अभिभारा बोकिन्थ्यो । ‘रूपरेखा’लाई नियमित निकाल्न र ठाउँठाउँमा पु¥याउनुको मजा आफ्नै किसिमको थियो । छोटो अवधिमा पत्रिका निकै लोकप्रिय हुन पुगेको थियो । त्यसबेला साहित्यिक पत्रकारिता भर्खरै शुरुको अवस्थामा थियो । र त्यसमा लाग्नु रहरकै विषय थियो । पत्रिका निस्कन्थे र केही समयपछि ती बन्द हुन्थे । यसले गर्दा नियमित रूपले पत्रिका निकाल्न चाहनेहरूले समेत निकै कठिनाईको सामना गर्नुपथ्र्यो । तर हामी कहिल्यै निराश भएनौं ।
फेरि साहित्यिक पत्रकारिता शुरु गरौं जस्तो लाग्दैन तपाईंलाई ?
लाग्दैन, त्यसतर्फ लाग्न चाहनेहरूलाई प्रोत्साहन दिन पनि मन लाग्दैन । तथापि स्तरीय साहित्यिक पत्रकारिताको आवश्यकता भने छ ।
छातीमा हात राखेर भन्नुहोस् त–‘रूपरेखा’को जन्म हुनु र फस्टाउनुमा कसको बढी हात थियो । उत्तम कुँवरको कि तपाईंको ?
बढी र घटीको कुरा नगरौं । दुवैको समान हात थियो । हाम्रा बीच पारस्परिक समानता थियो । राम्रै भएको थियो; तर उत्तम र मेरा बीचको मित्रता केही व्यक्तिलाई सह्य भएन क्यारे ! तिनैले हामीलाई फुटाएका हुन् । तिनको नाम म बताउन चाहन्न ।
रूपायन प्रेसको आन्तरिक व्यवस्था र ‘रूपरेखा’ को स्थायित्वमा तपाईंको अनुभव र योगदानलाई उत्तम कुँवरले आफ्नो संस्मरणका अनेक ठाउँमा उल्लेख गरेबाट उनले तपाउँको गुन र महत्वलाई नबिर्सेको देखिएन र ?
भनिहालें नि; उत्तम र मेरा बीचको समझदारी एवं मित्रताप्रति असहिष्णु तत्वले हामीलाई फुटाउने काम ग¥यो । त्यसबारे अब अरू धेरै नकोट्याउँ ज्ञानुजी !
‘रूपरेखा’ बाट अलग हुनुमा वासुदेव लुइँटेलको पनि हात रहेको कुरो तपाईंले आफ्नो लेख–‘माड्साबको शतायु होस्’द्दमा उल्लेख गर्नुभएको रहेछ ।
वासुदेव माड्साबप्रति मेरो कुनै द्वेष छैन । उत्तम र मलाई फुटाउनुमा अरु नै तत्व थियो । मलाई ‘रूपरेखा’बाट सरक्क पन्छिन मात्र वासुदेव माड्सावकोे सहयोग लिइएको हो । तपाईं किन यस्तो खोतलखातल गर्नतिर लाग्नुभएको हँ ? छोडिदिनुस् ज्ञानुजी ती कुरा ! उत्तम र मलाई फुटाउनेले कुनै फाइदा गरेनन् । बरु ऐतिहासिक महत्व बोकेको एउटा साहित्यिक पत्रिकाको हत्या गर्ने काम मात्र गरे । म कहिलेकाहीं जोशिन्छु वास्तविक कुरा सबै छ्यालब्याल गरिदिउँ कि भनेर । तर म आफू सहनाई जस्तो भएकोले बच्छी–बाजासँग निहुँ खोज्नु मनासिव नभएकोले स्वतः खुम्चिन पुग्छु ।
साहित्यिक पत्रकारिता गर्दाका घतलाग्दा कुनै तीतामिठा प्रसङ्ग भए बताइदिनुस् न !
थुप्रै छन् त्यस्ता प्रसङ्ग । एकताका यस्तो समय पनि आयो जब ‘रूपरेखा’ र शङ्कर लामिछानेको नाम अन्योन्याश्रित बन्न पुग्यो । उहाँको निबन्ध वा हाइकु कविता छाप्न पाइयो भने रूपरेखाको बाह्रपन्ध्र सयप्रति बढी बिक्थ्यो । त्यसैले हामी उहाँको पछि लाग्यालाग्यै गथ्र्यांै । शुरुमा उहाँ जनसेवा सिनेमाहलसँग सम्बद्ध हुनुहुन्थ्यो । पछि कहिले क्यूरीयो पसलमा बस्न थाल्नुभयो, त कहिले नेपाल भारत सांस्कृतिक केन्द्र वसन्तपुरमा । उहाँको लेख लिन रामं्रो पारिश्रमिक दिनुपथ्र्यो । साँझ उहाँलाई अफिसमा बोलाएर मदिरापान गराउनु पथ्र्यो । उहाँ अति सौखिन हुनुहुन्थ्यो । पैसाले जहिलेपनि हाहा र स्यूस्यू पथ्र्यो उहाँलाई । एउटा लेख लिन कति धाउनुपथ्र्यो हामीलाई थाहा छ । अर्का कवि हुनुहुन्थ्यो हरिभक्त कटुवाल । उहाँ पनि त्यत्तिकै पियक्कड तर गीत र कविता साहै्र राम्रो लेख्ने । यति त मान्नै पर्छ उहाँले ‘रूपरेखा’को निम्ति निकै परिश्रम गर्नुभयो । एकेडेमीको सदस्य बनाउने आश्वासन राजा महेन्द्रबाट पाएपछि स्वास्नी–छोराछोरी लिएर कटुवालजी स्थायी रूपले काठमाडौं बस्न आउनुभयो, तर अलपत्र पर्नुभयो । ‘रूपरेखा’ को कार्यालय शुरुमा मेरै घरमा थियो । जुद्धसडकको नजिकै पर्ने भएकाले लेखक कविको जमघट भैरहन्थ्यो । दिउसो चिया र चुरोटको त साँझ रक्सीको दौर चल्थ्यो । बढी खर्च मेरै हुन्थ्यो । श्रीमतीको सधंै कचकच सुन्नुपथ्र्यो । भैगो, गएको कुरालाई छोडिदिनु नै राम्रो ।
तपाईंलाई त्यस दौरान कोको कवि लेखकहरू मन पर्थे ?
मन पर्ने कवि लेखकहरू थुप्रै थिए । तर कोही यस्ता पनि थिए, जो सधंै कचकच मात्र गर्थे । लामालामा कविता र कृतिहरू सुनाउथे । फुर्सद छैन, अहिले छोडेर जानुस्, पछि पढौंला भनेर सुख नपाइने । बैरागी काइँला, तुलसी दिवस जस्ताले कविता सुनाउँदा मनै रमाउने । कोही कोही त साह्रै घमण्डी खालका कवि–लेखक पनि थिए ।
को थिए ती घमण्डी लेखकहरू ?
नाम किन लिने ! तर त्यस्ताहरूलाई म पटक्कै मन पराउन्न थिएँ ।
मोहन कोइरालाको कवि व्यक्तित्वको विकास पनि ‘रूपरेखा’बाटै भएको हो क्यारे !
हो, तर ‘रूपरेखा’मा छापिएका मोहन कोइरालाका शुरु शुरुका कविता हामी ‘प्रगति’का सम्पादक नारायण बाँस्कोटा मार्फत् पाउने गथ्र्यांै । त्यसबखत उत्तम कुँवर ‘रूपरेखा’मा छँदै थिएन ।
मतलव ‘प्रगति’मा अस्वीकृत भएका रचनाहरू तपाईंकहाँ पठाइदिने गरेको त होइन ?
कुन्नि ! यसै भन्न सकिन्न । तर पछिपछि चाहिँ उहाँका जतिपनि कविता ‘रूपरेखा’मा छापिए, तिनमा अधिकांश उहाँ कार्यालयमै आएर मलाई नै दिनुहुन्थ्यो । तर मोहन कोइरालाले केही महिना अघि कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा भन्नुभएछ–‘‘मेरो शुरुशुरुका कविताहरू उत्तम कुँवरले छाप्नुभएको हो....।’’ एकदिन बाटोमा उहाँसँग भेट हुँदा मैले उहाँलाइ वास्तविकता याद दिलाउन खोज्दा–‘‘ए, मलाई त्यो त यादै भएन !’’ भन्नुभयो ।
देशविदेशका साहित्य कत्तिको