Author Topic: kids stories - in Nepali  (Read 12846 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
kids stories - in Nepali
« on: December 28, 2008, 01:44:42 PM »
परिश्रमको फल मिठो हुन्छ (किशोर कुइँकेल)

कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । उनले बनाएका मूर्तिहरु राम्रा भए पनि मानिसहरुले उनलाई गरिब देखी राम्रो भाउ दिँदैन थे । ती गरिब मूर्तिकार महाजनहरुका अगाडि के नै गर्न सक्थे र ! उनी ती मूर्तिहरु कम मोलमै बेच्न विवश थिए ।

उनको ६ जनाको परिवार थियो । उनका परिवारलाई उनको यो कमाइले पालनपोषण गर्न पुग्दैनथ्यो । तर उनको दुःख बुझ्ने त्यस समाजमा कोही पनि थिएनन् । उनीहरु त झन् उनलाई होच्याएर अझ कम मोलमा मूर्ति लान पल्किएका थिए ।
ऊ हिम्मत हार्दैनथे । उनी झन् मेहनतका साथ काम गर्न थाले । उनले जति असफलता पाए पनि हरेस भने खाएनन् । उनले आजभन्दा भोलि भोलिभन्दा पसर्ी गर्दै झनझन राम्रा मूर्तिहरु बनाए ।

एकपटकको कुरा हो उनले मेहनत गरेर एउटा राम्रो बुद्धको मूर्ति बनाए । उनले त्यसलाई महिनौं लगाएर तयार पारेका थिए । त्यसैले यसपटकको मूर्ति किन्न धेरै मान्छेको भीड लाग्यो । उनले त्यसमा आफ्नो कडा मेहनत परेकाले त्यो मूर्ति बेच्न चाहेनन् र उनले म मेरो मेहनतलाई कुनै मोलमा पनि बेच्न चाहन्न भनेर मूर्ति किन्न आएका सबैलाई फर्काए । उनको त्यो घमण्ड कति नै दीन टिक्न सक्थ्यो र उनले आफ्नो पारिवारिक खर्च धान्न मूर्ति नबेची नहुने भयो ।

त्यसै समय एकजना व्यापारी त्यही बाटो भएर कतै गइरहेको थियो । एक्कासी उसको आँखा त्यस मूर्तिमा पुग्यो । उसले सोच्यो यस्तो राम्रो मूर्ति बनाउने मानिस को होला उसलाई अचम्म लाग्यो । उसले यताउती हेर्दा निन्याउरो मुख लगाउँर बसिरहेको त्यस मूर्तिकारलाई देख्यो । उसले त्यस मानिसलाई यसरी घोरिएर बस्नुको कारण के हो भनी सोध्यो । उनले पनि नढाँटी आफूलाई पर्ने गरेका मर्का र दुःख सबै बताए । तब त्यो व्यापारीले त्यो मूर्ति तिम्रै भाउमा म किन्दछु भनी आश्वासन दियो । आफ्नो मूर्ति चाहेको मोलमा बेच्न पाएकाले उनी एकदमै हर्षित भए । अर्को दिन त्यस व्यापारीले उनलाई चाहिने जति पैसा दिएर मूर्ति लिएर गयो ।

त्यस व्यापारीको एकजना साथी मन्त्री थिए । ती मन्त्रीसाथी उसको घरमा आउँदा उनले त्यो मूर्ति देख्यो र साह्रै मन परायो । उनले व्यापारीलाई त्यो मूर्ति देऊ म तिमीलाई यो किन्दा परेको मोलको दोब्बर दिन्छु भने । व्यापारीले आफ्ना साथीको बचन काट्न सकेन । उनले त्यो मूर्ति परेको मोलमा साथीलाई दिए ।

मन्त्रीकी एउटी छोरी थिइन् । तिनी जवान भइसकेकी थिइन् । उनको विवाह गर्ने बेला भइसकेको थियो र मन्त्रीले उनको विवाह धूमधामसित गरिदिए । यो विहेमा उनले आफ्ना सबै इष्टमित्रलाई डाकेका थिए । उनमा त्यस देशका राजा पनि थिए । राजाको आँखा त्यस मूर्तिमा परेछ । उनले यस्तो राम्रो मूर्ति कसले बनाएको हो भनेर सोधे । मन्त्रीबाट बुझ्दै जाँदा गरिब मूर्तिकारले बनाएको भन्ने थाहा पाई उनले त्यस मूर्तिकारलाई दरबारमा बोलाए ।

राजाले बोलाएको खबर पाउनासाथ मूर्तिकार दरबारमा पुगि हाले । राजाले उनलाई यस्तो राम्रो मूर्ति कसरी बनायौ भनेर सोधे । उनले परिश्रमले बनाएको हुँ भन्ने उत्तर दिए । उनको परिश्रम र लगनशीलताबाट राजा खुसी भए । राजाले उनलाई धेरै धनसम्पत्ति र पुरस्कार दिई बिदाइ गरे ।

कलाको पहिचान कलापारखीले मात्र गर्दछ । कडा मेहनतको फल सँधै मीठो हुन्छ ।




किशोर कुइँकेल
कक्षा ६ स्वर्ण शिक्षा इ.मा. वि गोकर्ण काठमाडौं ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: kids stories - in Nepali
« Reply #1 on: December 28, 2008, 01:45:35 PM »
बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं (इनु श्रेष्ठ)

एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा पुगी । त्यस जङ्गलमा धेरै डरलाग्दा जनावरहरु बस्दथे । त्यस बाख्रीले अलि परबाट एउटा अर्को बाख्री आइरहेकी देखी । त्यस बाख्रीलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । उसले त्यस बाख्रीलाई सोधी- 'तपाईंलाई यस जङ्गलका बारेमा केही जानकारी भएको भए मलाई बताइदिनुहुन्छ यसो गर्नुभयो भने म निकै नै आभारी हुने थिएँ ।

अर्को बाख्रीले भनी- 'यस जङ्गलको राजा सिंह र मन्त्री बाघ हुन् । यस जङ्गलको एउटा नियम छ । यस नियमअनुसार कुनै पनि जनावरलाई सिकार बनाउनुपर् यो भने त्यस सिकारीले जनावरले सोधेको प्रश्नको उत्तरका साथसाथै जनावरले अर् हाएको काम पूरा गर्नुपर्छ । यसरी बाख्रीसँग जानकारी लिएपछि त्यो बुढी बाख्री त्यहाँबाट प्रस्थान गरिन् । उसले हिँड्दा-हिँड्दै एउटा भालुलाई भेटी । त्यस भालुले बाख्रीलाई सोध्यो- 'के म तिमीलाई खान सक्छु।'

बाख्रीलाई सबै कुरा थाहा भएको कारण उसले एउटा जुक्ति निकाली । बाख्रीले भनी - 'तिमी मलाई खान चाहन्छौ भने तिमीले मसँग मिलेर बाघलाई मार्नुपर्छ ।'

भालुले सोच्यो- 'बाघ मरेपछि मलाई जताबाट पनि फाइदै-फाइदा हुन्छ । बाघ मरेपछि िसंहको नजिकको मिल्ने जनावर भनेको म नै हु । त्यसपछि म नै मन्त्री हुनेछु । त्यस बाख्रीलाई मार्नुभन्दा यसको जुक्तिमा सामेल हुन्छु ।'
त्यसपछि बाख्रीले भालुलाई भनी- 'बाघलाई मार्ने तिमीसँग कुनै जुक्ति छ भने त्यस जुक्तिअनुसार नै हामी चल्नुपर्छ ।
भालुले भन्यॊ- 'भोलि राजाको सभा हुन्छ । राजाको हरेक सभामा बाघले एउटा न एउटा जनावर िसंहलाई उपहार दिने गर्दछ । िसंहले त्यस जनावरलाई एउटा प्रश्न सोध्ने गर्दछ । यदि त्यस जनावरले उत्तर दिन सक्यो भने िसंहले जे भन्यो त्यही पुर् याइदिन्छ । यदि जवाफ दिन सकेन भने त्यस जनावरलाई आफ्नो सिकार बनाउँछ ।'
त्यसपछि बाख्रीले बाघसँग भेट्ने र िसंहसामु बाख्रीलाई उपहारस्वरुप उपस्थित गर्न आग्रह गर्ने निधो गरे । उता भालुले भने आफ्नो निर्णय फेरिसकेको थियो । उसलाई राम्रोसँग थाहा थियो कि बाघलाई मार्न असम्भव छ । त्यसकारण उसले बाख्रीलाई नै मार्ने निधो गर् यो । तर त्यसलाई मार्नका लागि नियम पालना गर्नुपर्थ्यो । त्यसैले भालुले सोध्यो- ''तिमी किन बाघलाई मारेर मात्र मर्न चाहन्छौ ।'
बाख्रीले भनी- 'म एउटा यस्तो बाख्री हँ, जसलाई भागवानले सबैसँग लड्ने क्षमता दिएका छन् । मलाई मद्दत गर्ने जनावरलाई वरदान दिने शक्ति पनि ममा छ ।'
त्यसपछि भालुले सोच्यो- 'म यस बाख्रीको सहयोगी बन्छु र राजा हुने वरदान माग्छु ।'
बाख्रीले अब बाघसँग भेट गरी र भनी- 'भालुलाई म नजिकबाट चिन्छु । उसले तपाईंलाई मार्नका लागि मलाई प्रयोग गर्न लागिरहेको छ । तपाइ र म मिलेर त्यस भालुलाई मार्नुपर्छ ।

बाख्रीले भनी- 'भोलि सभामा तपाईं मलाई िसंहको उपहारका रुपमा प्रस्तुत गर्नुस् । जब राजाले मलाई प्रश्न सोध्छ म त्यस प्रश्नको उत्तर यस्तो ढङ्गले दिनेछु कि राजाले मैले जे भन्यो त्यही पुर् याइदिन्छ ।'

बाघले त्यो कुरा मान्यो । यसरी बाख्रीले दुई जिब्रे भएर जङ्गल पार गर्ने विचार गरी ।
भोलिपल्ट जब बाघले बाख्रीलाई िसंहसामु उभ्यायो तब िसंहले सोध्यो- 'स्वोर्गको भर् याङ हुन्छ किन हुँदैन ?

बाख्रीले भनी- 'स्वोर्गको भर् याङ हुन्छ ।'

सिँहले फेरि सोध्यो- त्यो भर् याङ केबाट बनेको हुन्छ । बाख्रीलाई के जवाफ दिने थाहा थिएन । त्यसले बुद्धि पुर् याएर भनी- 'यदि सत्य र राम्रो कुरा गर्ने हो भने त्यही नै स्वर्गको भर् याङ निर्माण गर्ने सामग्री हुन् ।'

िसंहलाई त्यो कुरा चित बुझ्यो र सोध्यो- भन तिमी के चाहन्छौ ।'

बाख्रीले भनी- 'म चाहन्छु भालुको मृत्यु बाघको हातबाट होस् र यस जङ्गलबाट मैले सुरक्षापूर्वक निस्कन पाऊँ ।'

िसंहले भालुको मरण बाघबाट गरायो र बाख्रीलाई जान दियो । यसरी बाख्रीले आफ्नो भ्रमण गर्ने इच्छा पूरा गर् यो ।



इनु श्रेष्ठ
कक्षा ८ स्वर्ण शिक्षा इ. स्कुल, गोकर्ण काठमाडौँ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: kids stories - in Nepali
« Reply #2 on: December 28, 2008, 01:45:51 PM »
मनु र गाईको उपयोगिता (अन्जु लामा)

एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही थाहा थिएन ।

एकदिनको कुरा हो । मनुले आफ्नो आमालाई 'गाईलाई किन लक्ष्मी भनेको' भनेर मधुरो स्वरमा सोध्यो । उसको आमाले उसलाई गाईको बारेमा राम्ररी वर्णन गर्नकोलागि घरको एउटा भैँसी बेचेर गाई किनेर ल्याइन् ।

भोलिपल्ट मनुको आमाले मनुलाई गोठमा बोलाइन् । मनुले छक्क परेर आमाको छेउको जनावरलाई हेरेर 'यो के हो' भनेर सोध्यो । उसकी आमाले भनिन् 'यो गाई हो ।' 'आमा यो लक्ष्मी हो भन्छन् तर यो त हाम्रो भैँसी जस्तै देखिन्छ ता भनेर मनुले निकै चाख लाएर सोध्यो । उसको आमाले उसलाई 'गाई निकै राम्रो जनावर हो भनेर भनिन् । 'कसरी आमा' भनेर मनुले सोध्यो । आमाले 'तिमीले आज यसको शरीरको आकार देखिहाल्यौ अब यसको उपयोगिता पछि थाहा पाउछौ' भनिन् ।

एक महिनापछि मनु पहिलाभन्दा निकै तन्दरुस्त भयो । तर ऊ कसरी तन्दुरुस्त भएको हो भन्ने बारेमा अन्जान थियो । ऊसले पहिला जस्तो आमालाई सहयोग गर्दैनथ्यो । एकदिन बाटोमा हिडिरहेको बेलामा उसले एउटा गाईलाई देख्यो र उसको दिमागमा उत्ताउलो बिचार आयो । अनि गाईलाई एउटा ठुलै ढुङ्गाले हान्यो ।

ऊ घरमा आउँदा उसकी आमा चिन्तित भएर बसेरहेकी थिइन् । यो देखेर उसले आमालाई 'किन चिन्तित हुनुभएको' भनेर सोध्यो । उसकी आमाले 'आफ्नो गाई चर्दा-चर्दै टाढा पुगेछ र कसैले गाईलाई ठूलो ढुङ्गा हानेर घाइते बनाइ दिएछ भनिन् ।
मनुले आफूले आफ्नै गाईलाई पो ढंगाले हानेछु भनेर थाहा पायो । उसलाई निकै आत्मग्लानि भयो । उसले आफूबाट ठूलो गल्ति भएको कुरा आमालाई बतायो । त्यो गाईलाई आफ्नै छोराले गर्दा चोट परेको रहेछ भन्ने थाहा पाएर तिनलाई निकै दुःख लाग्यो । तर तिनले धैर्य गरिन् । छोरालाई 'अबदेखि यस्तो उत्ताउलो काम नगर्नु' पनि भनिन् । मनु र आमाले गाईलाई भेटेनरी अस्पताल लगेर उपचार गराए र घर ल्याए । मनुले त्यो दिनदेखि गाईको दुध दुहुन थाल्यो र कहिलेकाँही गाईको लागि घाँस पनि काटेर ल्याउथ्यो । मनुमा आएको परिवर्तन देखेर आमा खुसी र हर्षित भइन् ।

एकदिन राती मनुलाई आमाले दुइमहिना अघिको कुरा सम्झाइन् र 'तिमीले गाई किन लक्ष्मी भनेर सोधेको प्रश्नको उत्तर आज दिन्छु' भनेर बताइन् । मनुले पनि सहमति जनाएर 'भन्नुस् न त' भन्यो ।

उसको आमाले भनिन्- 'गाई हाम्रो देशको राष्ट्रिय जनावर हो । गाईले दुध दिन्छ र त्यही दुधबाट घ्यू दही मोही इत्यादि बन्दछन् । गाईका ती परिकार खाएर नै तिमी यति तन्दरुस्त भएका हौ । गाईका ती परिकारहरु बेचेर धेरै पैसा पनि आँउछ । त्यसैले गाईलाई लक्ष्मी भनेको हो । बुझ्यौ ?'
त्यो दिनदेखि मनुले पनि आमालाई गाईको स्यहार सुसार गर्न अरु बढी ध्यान दिन थाल्यो ।



अन्जु लामा
कक्षा IX, स्वर्ण शिक्षा इ. स्क्जूल स्कूल गोकर्ण काठमाडौँ

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: kids stories - in Nepali
« Reply #3 on: December 28, 2008, 01:46:17 PM »
श्यामको यात्रा र परी (प्रज्ञा सुवेदी)

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको सुविधा थिएन । एकदिन भरि पूरा हिँडेर नै जनुपथर्यो । श्यामले आफ्नी आमासँग मामाघरसम्म एक्लै हिँडेर जान नसक्ने बतायो । तर आमाले उसको कुरा नसुनी उसलाई मामाघर जान बाध्य गराइन् । बाटो निकै लामो थियो र बीचमा ठूलो वन पथ्र्यो । अर्को दिन आमाले उसका लागि बाटामा खाने खाजा तयार गरिदिइन् र ऊ घरबाट हिँड्यो । एक ठाउँमा दुईवटा बाटा आए । सानैमा आमासँग मामाघर गएकाले उसलाई बाटो राम्रोसँग याद थिएन । त्यसैले ऊ एउटा बाटोबाट जानुको सट्टा अर्को बाटो गयो । जाँदा-जाँदा बाटोमा ठूलो वन आयो तैपनि निडर मनका साथ ऊ त्यस जंगलमा प्रवेश गर् यो ।

वन निकै घना थियो तर ऊ एक्लै । उसलाई अलिकति थकाइको महसुस भयो । त्यसैले ऊ एउटा ठूलो ढुंगामा बसेर आमाले दिएको रोटी खान थाल्यो । उसले खाइसकेपछि उसको यात्रा पुनः सुरु गर् यो । उसको मनमा सपना थियो कि कहिले मामाघर पुगँुला र मामा-माइजुलाई भेटौंला । तर बिचरा उसलाई के थाहा कि उसले बाटो भुलेको छ । ऊ त्यही सपना बोकेर हिँडिरह्यो ।

तीन दिन भइसक्यो तर मामाको घर नै देखा परेन । उनलाई निकै भोक र थकाइ लागिरहेको थियो तर न त्यहाँ कुनै घर देखा पर् यो न कुनै मान्छे । घना वनमा ऊ एक्लै थियो । निकै थकाइ लागेकाले एउटा ठूलो ढुंगामा बसेर उपाय सोच्न थाल्यो । त्यसै बेला उसको आँखा एउटा बत्ती बलिरहेको घरमा पुग्यो । त्यसपछि उसको मन अलिकति ढुक्क भयो । ऊ त्यही घर भएतिर लाग्यो । धेरै हिँडेपछि त्यो घर आइपुग्यो । र उसले त्यो घरभित्र प्रवेश गर् यो । त्यहाँ उसले थुप्रै मिठाइहरु र गहनाहरु देखे । उसलाई किनै भोक लागेकाले उसले त्यहाँ भएका मिठाइहरु खायो । उसको भोक मेटिएकाले त्यहाँ भएको एउटा खाटमा ऊ निदायो र एकछिनपछि बिउँझियो । ऊ अलि लोभी भएकाले त्यहाँ भएको गहना लिएर जाने निर्णय गर् यो । उसले गहना भएको ठूलो खुला बाकसमा के हात हालेको थियो त्यहाँ एउटा आवाज निस्कियो र त्यस घरमा बस्ने राक्षस त्यहाँ आइपुग्यो । त्यस राक्षसलाई देखेर ऊ आत्तिएर भाग्यो । तर त्यसले खेदन लाग्यो ।

स्याम अघिअघि र राक्षस पछिपछि थियो । श्याम झट्ट एउटा रुखको पछि लुक्यो जसले गर्दा उसलाई राक्षसले देख्न पाएन र फर्कियो । गहना चोरेकोले यस्तो भयो भनेर उ पछुताउदै रुन लाग्यो । धेरै रोएपछि त्यस जंगलकी राजकुमारी डुल्दै आइरहेको बेलामा रोएको आवाज सुनी तिनी त्यतै आइन् र स्यामलाई भेटिन् ।

तिनले उसको बारेमा सोधिन् । स्यामले आफ्नो बारेमा सबै कुरा बतायो । राजकुमारी परी भएको हुँदा ऊसँग अदृश्य शक्ति थियो । श्यामले अबदेखि त्यो गल्ती नगर्ने कुरा पनि परीसामु बतायो । परीले पनि आफ्नो साथी कोही नभएको हुँदा उसलाई आफ्नो महलमा लगिन् । त्यसपछि श्यामले त्यहाँ नै सुखसँग आफ्नो जीवन बिताउन थाल्यो । उता श्यामकी आमालाई भने छोरालाई एक्लै पठाएकोमा पछुतो भइरह्यो ।




प्रज्ञा सुवेदी
कक्षा IX, स्वर्ण शिक्षा अंग्रेजी माध्यमिक विद्यालय गोकर्ण काठमाडौँ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: kids stories - in Nepali
« Reply #4 on: December 28, 2008, 01:46:42 PM »
शान्ति (रुविना रायमाँझी अमेरिका)

शान्ति खोज्ने यि हातहरु
वम र वारुद वनाईरहेछन्
शान्ति खोज्ने यि आँखाहरु
रोधन र क्रोधन हेरिहेछन् ।

शान्ति खोज्ने यि खुटटाहरु
वारुदी सुरुंग टेकिरहेछन्
शान्ति खोज्ने यी मुटुहरु
रगतै रगत पिईरहेछन् ।
शान्ति क्षेत्र भनेर चिनीने नेपाल
शान्ति कस्तो हुन्छ सोधिरहेछन् ।

शान्ति प्रिय नेपाली भनेर चिनीने
आज नेपाली भन्नै डर्राईरहेछन् ।
अव त गौतम वुद्ध यहा जन्मेको
हुनकि हैन प्रश्न उत्पन्न भईरहेछ ।

आज गौतम वुद्धकै आँगनमा
युद्धको वम र वारुद चिच्चाई रहेछ
कहि यहि चिच्चाहटले कतै
गौतम वुद्ध उठने त हैनन् ?
यदि उठिहाले भने हामी कहा जन्मेको भन्ने
प्रश्नले सताई रहने छ ।




विश्वपरिक्रमा पत्रिकाको वाषिर्क उत्वस कार्यक्रममा अमेरिका र क्यानाडामा रहेका १५ वर्षमुनिका वाल वालिका विच आयोजना गरिएका वाल कविता प्रतियोगितामा तेस्रो स्थान प्राप्त कविता


रुविना रायमाँझी
अमेरिका

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: kids stories - in Nepali
« Reply #5 on: December 28, 2008, 01:47:09 PM »
इसप र उनका नीति कथा

इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले पालैपालो दुई जना मालिकको घरमा काम गरेका थिए । उनको साहित्यमा रुचि र विद्वत्ता देखेर दोस्रो मालिकले इसपलाई दासबाट मुक्ति दिएका थिए ।

त्यसबेला ग्रिसमा गणतन्त्र थियो । नागरिकहरू सार्वजनिक विषयमा भाग लिन स्वतन्त्र थिए । इसपले पनि यस्तै सार्वजनिक चासोका सभाहरूको उपयोग गरेर दासको जीवनबाट सम्मानित जीवन पाउन सफल भएका थिए । उनले छिमेकी देशहरू घुमे । उनले त्यसबेलाका दार्शनिकहरू र विद्या र कलाको सम्मान गर्ने व्यक्तिहरूसँग भेटने सभा र वादविवादहरूमा भागलिने अवसर पाए र सम्मानित भए ।

त्यस बेला ग्रिस धेरै गणतन्त्रहरूमा बाँडिएको थियो । इसप प्रायः सबै गणतन्त्रहरूमा घुमिरहन्थे । उनलाई उच्चस्तरको राजकीय कामको जिम्मा पनि दिइन्थ्यो । यस्तो काम अहिलेको राजदूतको जस्तो हुन्थ्यो । एक पटक उनलाई डेल्फीमा गएर त्यहाँका नागरिकहरूलाई पैसा बाँडने जिम्मा दिइयो । यो कामले उनलाई मृत्युको मुखमा पुर्‍यायो ।

डेल्फीका मानिसहरूको लोभीपन देखेर इसपलाई यति रिस उठ्यो कि उसले आफूले ल्याएको असर्फी नबाँडिकन त्यसको मालिकलाई नै फर्काइदिए । यो घटनाले डेल्फीबासीहरू उग्र भए । उनीहरूले इसपमाथि निर्दयी भएको आरोप लगाए । उनको राजदूतको हैसियतको बाबजुद पनि डेल्फी बासीहरूले उनलाई सामान्य नागरिक सरह मृत्युदण्ड दिए ।

यो जघन्य अपराधको डेल्फीबासीहरूले धेरै पटक र ठूलो मोल चुकाउनु पर्‍यो । इसपको हत्या गर्नेहरूले भोग्नु परेको दुःखबाट अपराधीले सजाय पाएरै छोड्छ भन्ने भनाइ प्रचलित भयो ।

मृत्युपछि पनि इसपको सम्मान भयो । महान मूर्तिकार लिसिपसले उनको मूर्ति बनाए र एथेन्समा त्यसको स्थापना गरियो ।

इसपका बारेमा धेरै खालका किंवदन्तीहरू प्रचलित छन् । कोही उनलाई दास होइन विद्वान दार्शनिक मान्छन् । उनका कथाहरू पढदा उनी पशुपन्छीको भाषा बुझ्नसक्थे भन्ने लाग्छ । तर मानिसलाई शिक्षा दिनका लागि पशुहरूलाई पात्र बनाएर उनले रचेका कथाहरू साह्रै घतलाग्दा छन् । रचनाकालदेखि यी कथाहरूले संसारभरिका मानिसलाई मनोरंजन र ज्ञान दिइरहेका छन्

इसपका नीति कथा भनेर विश्वमा सैयौँ कथाहरू प्रचलित छन् । कैयन कथाहरू एकअर्कासँग मिल्छन् । विभिन्न देश र समुदायमा एउटै कथाका पनि बेग्लाबेग्दै रूप र उपदेश पाइन्छ । कसैकसैले विभिन्न देशका लोक कथा पनि इसपको नामसँग जोडिँदै उनकै कथाको रूपमा प्रचलित भयो भनेका छन् । कतिपय साहित्यकारहरूले इसपका नीति कथाको आधारमा आफ्नै परिवेशमा ढालेर कथाहरू रचेका छन् ।



from: Balsansar

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: kids stories - in Nepali
« Reply #6 on: December 28, 2008, 01:47:47 PM »
प्रसिद्ध लोककथा: रिप भान विंकल (अमेरिकी लोककथा)

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम छाडेर जहिले पनि अरुकै काम गरिरहेका हुन्थे ।

उनको यस्तो बानीले उनकी पत्नी साह्रै दिक्क थिइन् । उनी दिनभरि कचकच गरिरहन्थिन् । "रिप, आज तिमी श्रीमती ग्रिनको भित्ता लिप्न व्यस्त छैनौ भने गोठमा मुसाको प्वाल टाल । छिमेकी किसानको घुर डढाल्नुको सट्टा कुखुरालाई चारो ख्वाऊ अनि गाईको दूध दुह । आर्ने ज्याकबको पर्खाल बनाउन छाड । बारीमा गएर आलु गोड । गाडा सफा पार्ने काम छ । ढल सफा गर्नुछ । आगन बढार्नुछ . . . ।" सँधैजसो यस्तै कुरा हुन्थ्यो ।

पत्नीको कचकच सुन्नु पर्ला भनेर रिप वान विंकल प्रायः काँधमा बन्दुक बोकेर आफ्नो इमानदार कुकुर उल्फलाई सँगै लिएर पत्नीसँग एक बचन पनि नबोली घरबाट निस्कन्थे । पत्नीको झिनो स्वर समेत नसुनिने ठाउँमा उनी पुग्न चाहन्थे । उनी पहाड, खोलाको तिरैतिर र सल्लाघारीमा घुम्थे जहाँ चराहरूको चिरबिर, पात सुसाएको र उसको कुकुर थाकेर स्याँस्याँ गरेको मात्रै सुनिन्थ्यो । घर फर्केपछि यसको बदलामा घेरै कुरा सुन्नु पर्नेछ भन्ने उनलाई थाहा थियो । तर दिनभरिको शान्तिपूर्ण र घमाइलो दिनको बदलामा यो उनका लागि कुनै ठूलो कुरा थिएन ।

एक दिन यस्तै शान्त एकान्त वातावरणमा हराएको बेला रिप वान विंकल रुखको सिँयालमुनि आराम गरिरहेको बेलामा उनले कसैले बोलाएको सुने । "रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल !" भनेर कसैले चिच्याएर बोलाइरहेको थियो ।
उल्फ कुकुरले कान चनाखो पार्दै आवाज आएको दिशातिर हेर्दै सुस्तरी भुक्यो । रिपले पनि त्यतातिर हेर्यो । हरिया घाँसहरूको माझमा उनले निहुरिएको हरियो प्वाँख देख्यो । त्यो प्वाँख चहकिलो रातो टोपीमा घुसारिएको थियो । अनि त्यो टोपी लामो दाह्री पालेको मानिसको टाउकोमाथि थियो । त्यो मानिस रिपले लाएको बुट जुत्ताभन्दा अग्लो थिएन । त्यसले काठले बनेको जाँड (बियर) राख्ने गोलो भाँडो, ब्यारललाई बोकेर लैजाने कोशिस गर्दै थियो ।

त्यो बाउन्नेले रिपलाई बोलाउँदै भन्यो, "रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल ! यो ब्यारेलको भारीले म च्यापिन लागेँ । तिमी मलाई मदत गर्न सक्छौ कि !"
रिपलाई अरुले अह्राएको काम गर्ने बानी परिसकेको थियो । बाउन्नेको कुरा सुन्ने बित्तिकै उसलाई मदत गर्न उनी तयार भए ।

ब्यारल गह्रुँगो थियो । रिपले एकातिरबाट उचालेको देखेर बाउन्नेले लामो सासा फेर्दै भन्यो, "बेस गर्यौ । अब हामी माथितिर लागौँ !" यसरी रिपले बाउन्नेलाई आफ्ना बुटले कुल्चनबाट जोगाउँदै दुईतिर दुई जनाले उचालेर पहाडको उकालो चढ्न थाले ।
यसरी एक घण्टाभन्दा धेरै उकालो हिँडेपछि बाउन्नेले रिपलाई छङछङ गर्दै झरिरहेको छाँगोमा पुर्यायो । छाँगोको पछाडि गोप्य बाटो थियो । त्यो बाटो भएर उनीहरू ठूलो गुफाभित्र पुगे ।

गुफाभित्र धेरै बाउन्नेहरू थिए । जताततै बाउन्नेहरू यताउता गरिरहेका थिए । केही बाउन्नेहरूले भोज ख्वाउनेहरूले लाउने एप्रोन लाएका थिए । उनीहरूले रिपले ल्याएकाजस्ता ब्यारलबाट अग्लाअग्ला मगहरूमा बियर भर्दै थिए । केही बाउन्नेहरू नाइनपिन भनिने खेल खेलिरहेका थिए । उनीहरू खेलमा रमाउँदै कराइरहेका थिए । धेरै बाउन्नेहरू बियर खाएर मस्त भै बियर खाएको मग आपसमा ठोक्काउँदै त्यसैको सुरमा ठूलोठूलो स्वरले गाइरहेका थिए ।

"कुर्सी तानेर बस ।" रिपको नयाँ साथीले रिपलाई भन्यो र मगभरि बियर राखेर उसलाई खान दियो । "उकालोमा भारी बोक्दा तिमी थाक्यौ होला । तीर्खा पनि लाग्यो होला । दिल खोलेर बियर खाऊ ।" उसले भन्यो ।

"ओहो यति धेरै बियर कसरी खाने !" भन्दै छक्क परेको रिप वान विंकलले बियरको ठूलो घुटको निल्दै भने । "जे होस् । यो त साह्रै मिठो रहेछ !" उनले ओँठ चाट्दै भने र फेरि आफ्नो मग बियरले भरे । कुनै पनि बाउन्नेले उनलाई वास्ता गरेन । अनि रिपले बाउन्नेहरूले नाइनपिन खेल प्रतियोगिता खेलिरहेको हेर्न थाले ।

"दिउँसोको समय बिताउने यो सबैभन्दा रमाइलो काइदा रहेछ !" उनले अर्को मग बियर थप्दै मनमनै भने । उनले थपीथपी बियर खान थाले । उनलाई आफूले कति रक्सी खाएँ भन्ने होसै भएन । उनी नजिकैको ठूलो ढुंगामाथि पल्टे र भुसुक्क निदाए ।

रिप जाग्दा बाउन्नेहरू गइसकेका थिए । गुफा रित्तो थियो । उनले हाई काढ्दै सँगै सुतेको उल्फलाई बोलाए । ती दुबै जागे र जिउ तन्काए । उनीहरू हतारहतार गुफाबाहिर निस्के, डाँडा ओर्ले र घरतिर लागे ।

घरको आगनमा पुग्ने बेलामा रिपले उल्फलाई भने, "एक छिन पर्ख । मेरी पत्नी अहिले आकासपाताल उचाल्ने गरी कराउन थाल्नेछिन् ।" उनले ढोका ठेल्ने हातो समातेर बिस्तारै ढोकालाई घचेटेर खेल्न खोजे । तर सजिलोसँग ढोका खुलेन । रिपले अलि जोड लगाए । तैपनि खुलेन । उनले ढोकामा साँचो लाएको अडकल गरे । तर उनकी पत्नीले कहिल्यै पनि ढोकामा साँचो लाउन्नथिन् ।

त्यही बेला घरको मूलढोका खुल्यो । ढोकाबाट रिसले चूर भएकी महिला उभिएकी थिइन् । "को हौ तिमी ?" ती महिला चिच्याइन् ।

ती महिला रिपकी पत्नी थिइनन् । यसैले उनले भने, "तिमी मेरो घरको ढोकामा के गरिरहेकी छ्यौ ?" ती महिलालाई रिपले पहिले कहिल्यै देखेका थिएनन् ।

"तिमी को हौ ? मेरो घरमा के गर्दैछ्यौ ?" रिपले आत्तिँदै सोधे ।

"के रे ? तिम्रो घर रे ? म यो घरमा बस्न थालेको उन्निस वर्षन्दा धेरै भयो !" महिलाले रिसाउँदै भनिन् ।

रिपले आफ्नो वरिपरि र घरको बरण्डा अनि आगनमा हेरे । उनले टाउको तन्काएर हेरे । ती महिलाको कुरा ठिक थियो । त्यो घर उनको थिएन । त्यो घर उनको घरजस्तै थियो । तर घरका झ्यालमा राखिएका पर्दाहरू बेग्लै थिए । आगनमा राखिएका टेबुल कुर्सी पनि फरक थिए । गोठअगाडि राखिएको घोडाले तान्ने गाडी पनि पनि उनको थिएन ।
"तर, ... म, ... कसरी ..." रिप भकभकाउन थाले । "श्रीमती वान विंकल कहाँ छिन् त ?"
"श्रीमती वान विंकल ?" छक्क परेकी ती महिलाले ट्वाल्ल परेर हेरीरही । "उनी त बीस वर्षअघि नै यो गाउँ छाडेर गइन् । घुम्न गएको उनको लोग्ने हराएपछि उनी यहाँ बस्नसकिनन् । अब तिमी यहाँबाट गइहाल, नत्र प्रहरीलाई बोलाउनु पर्ला ।"

"बीस वर्ष!" रिप वान विंकल छक्कै पर्यो । उनले आफ्नो लामो दाह्री कन्याउन थाले । दाह्रीमा हात पुग्ने बित्तिकै रिपको ध्यान दाह्रीतिर गयो । उनको दाह्री बढेर घुँडासम्म पुगेको रहेछ । ती महिलाको कुरा साँचो हुनुपर्छ । म त बीस वर्षसम्म निदाएछु !

पुरानो कुरा सम्झना आउनेबित्तिकै रिपको जिउ फतक्क गल्यो । उनी काम्न थाले । उनले नजिकै उभिएको उल्फलाई ढाडस दिँदै थपथपाए । अनि उनले आफ्नो अनुहार माथितिर फर्काउँदै अलिकति मुस्कुराए । उनले अरुले नबुझ्ने गरी भने, "उल्फ, कस्तो दिन आयो ! अब कत्ति पनि कचकच सुन्नै पर्दैन ।"

यति भन्दै रिप त्यहाँबाट बाहिर निस्के र मुखले रमाइलोसँग सिठी बजाउँदै सडकको अर्को छेऊमा पुगे । तर रक्सी भट्टी भने पहिले जहाँ थियो अहिले पनि त्यहीँ रहेछ । उनी भट्टीभित्र पसे । त्यहाँ भएका मानिसहरू उनको कथा सुनेर निक्कै रमाए । त्यस दिनदेखि उनलाई जाँड खान एक पैसा पनि खर्च गर्नु परेन ।


from: Balsansar