Author Topic: ** Valentine Day Special ** (in Nepali)  (Read 38879 times)

0 Members and 1 Guest are viewing this topic.

KiNgMaKeR

  • Global Moderator
  • ******
  • Posts: 3183
  • be the ONE like no ONE
** Valentine Day Special ** (in Nepali)
« on: February 11, 2009, 05:48:51 PM »
some funny

हामी नेपाली हाम्रो Xनेपाली

kurakani

  • 50x
  • ****
  • Posts: 2481
** Valentine Day Special ** (in Nepali)
« Reply #1 on: February 14, 2010, 01:48:28 PM »
युवतीलाई लभटिप्स् दिन्छन नविन के भट्टराई
14/02/2010 06:00:00
प्रस्तुति ः प्रमिला देवकोेटा


1. प्रायजसो केटाहरू साधारण केटी मन पराउँछन् । साधारण ड्रेसअपलाई मात्र साधारण जीवनशैलीका रूपमा हेर्न सकिँदैन । रफ ड्रेसअपभित्रको साधारणपनमा पनि केटा रमाउँछन् । सकेसम्म कम कमेन्ट गर्ने र समझदार युवतीको खोजीमा केटाहरू हुन्छन् । त्यसैले 'बी सिम्पल' ।

2. कुनै केटा राम्रो लाग्नेबित्तिकै त्यसलाई प्रेमको दृष्टिले हेर्नुहुँदैन । तर, प्रेम हुने पहिलो खुट्किलो आकर्षण नै हो । पहिलो नजरको प्रेममा भावनात्मक सम्बन्धले सबैभन्दा महत्त्वपूर्ण स्थान राख्छ । त्यसले कोही राम्रो लाग्ने केटासँग भावनात्मक सम्बन्ध सुमधुर छ भने त्यसमा प्रेम उत्पन्न हुन सुरु हुन्छ । यतिले मात्रै प्रेम पूर्ण हुन सक्दैन । त्यसमा कमिटमेन्ट हुनुपर्छ । प्रेम गर्ने व्यक्तिमाथि विश्वास हुनुपर्छ । यीमध्ये एउटा मात्र पनि नभए प्रेम बीचमै तुहिन सक्छ ।

3. केटाहरू स्वभावैले सिरियस हुँदैनन् । एक-दुई पटकको भेटलाई आधार मानेर प्रेमप्रस्ताव राख्दा सफल नहुन सक्छ । केटाका धेरैजसो कुरा जानकारी पाइसक्दा पनि उससँगको सम्बन्धमा कुनै फरकपन आएन भने त्यो प्रेम दिगो हुन्छ । विनाजानकारी गरिएका प्रस्तावले प्रेममा तीतोपन ल्याउँछ । हदैसम्म जानकारी सकेपछि मात्र प्रस्ताव राख्नुपर्छ । प्रस्ताव राख्नुअघि केटा राम्रो साथी हुनु जरुरी हुन्छ । यसले सम्बन्धलाई मजबुत पार्छ ।

4. कोही राम्रो लाग्नेबित्तिकै प्रस्ताव राख्न हतारिनुहुँदैन । हतारमा गरिएका अधिकांश निर्णयले फुर्सदमा पछुताउनुपर्छ । धेरैजसो प्रेमसम्बन्ध यसैकारण बीचमै सकिन्छन् । प्रेम भएको हो भन्ने विश्वस्त भएपछि मात्रै प्रस्ताव राख्नुपर्छ । केटाहरू सिधा कुरा मन पराउँछन् । त्यसैले कुनै एसएमएस, इमेल, कार्ड या अरू केही माध्यमबाट गरिएका प्रस्तावभन्दा सिधै भनिएको प्रेम बलियो हुन्छ । यसले स्वीकृत हुने बलियो आधार पनि निर्माण गर्छ । दुवैलाई सहज र पि्रय लाग्ने ठाउँमा सिधै प्रस्ताव राख्दा सफल हुने सम्भावना निकै धेरै हुन्छ ।

5. केटालाई बुझ्ने कोसिस गर्नूस् । यस्ता समयमा गरिएका कुरा पछिसम्म सम्झनलायक हुनुपर्छ । कुनैकुनै केटीको स्वभाव झीनामसिना कुरामा समय सिध्याउने खालका हुन्छन् । जस्तो, आफ्नो घरको कुकुरको कुरा गर्ने, आफ्ना ड्रेसअपको कुरा गर्ने या आफ्नो तारिफ गर्ने पटक्कै नगर्नूस् । यसले तपाईंको तौल घटाउँछ । डेटिङको समयमा नै प्रेमिप्रेमिकाले एकअर्कालाई राम्रोसँग बुझ्नेे मौका पाउँछन् । यो समयमा एकअर्काका कुरा ध्यान दिएर सुन्नूस् । चञ्चले नबन्नूस् । कुरा गर्दा मीठो बोल्नूस् ।

6. सिआइडी नबन्नूस् । ससाना कुरामा गरिने अविश्वासले प्रेमबीचमै तुहिन सक्छ । प्रेम विश्वासले मात्रै दीगो हुन सक्छ । प्रेमीहरू पे्रमिकाबाट कम प्रश्नको अपेक्षा राख्छन् । अर्थात, बढी विश्वास खोज्छन् । प्रेमीको मोबाइल, इमेल चेक गर्ने या कुनै केटीसाथीका विषयमा अविश्वास नगर्नूस् । यसले अनावश्यक विवाद बढाउँदै लैजान्छ । विवादले सीमा नाघेपछि सम्बन्ध टुट्छ । केटाहरू प्रेमिका सधैँ उत्तरदायी भएको हेर्न चाहन्छन् । विवाद भएका मुद्दामा केटीले देखाउने विवेकले पनि केटालाई प्रेमिकाप्रति आकर्षण बढाउन मद्दत गर्छ ।


kurakani

  • 50x
  • ****
  • Posts: 2481
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #2 on: February 14, 2010, 01:56:29 PM »
भ्यालेन्टाइन माया र नाटक
14/02/2010
अभि सुवेदी

भ्यालेन्टाइन दिवस प्रेम छताछुल्ल पोख्ने दिन रहेछ कि के हो ? मलाई अझै थाहा छैन । मैले प्रेम खुला घाममुनि, सिर्सिरे बतास चल्ने डाँडामा अनि साना बजार, चिया र चौतारामा जाँड खाएर हाटको दिन मात्र बस्ने दोकानवरिपरि व्यक्त गरिने मानवसम्बन्धको हार्दिक नाटक रहेछ भनेर थाहा पाएको बालककालमै हो । लिम्बू युवा/युवतीले रंगीन पहिरनमाथि झुल्के र अस्ताउन लागेको घाम खसेर झन् रंगीन भएको वेला, केही कवितामा मायाँका बोली आदान-प्रदान भएका वेला, शिरमा ठूलो सुनको फूल लाएकी युवतीछेउ लामो रंगीन दौरा-सुरुवाल अनि अस्कोट लाएको... अनि मायालुले बुनेको गलेबन्दी लाएको युवकले केही भनिरहँदा मलाई भित्र केही उज्यालाले काउकुती लाएजस्तो लाग्थ्यो । युवती विस्तारै जमिनतिर हेर्थिन् । अनि रातभरि ती युवायुवती गाउँदै धाननाच गर्दर्ै आकाश र पृथ्वीमा आप\mना परिवेशभरि जीवन र शक्ति भर्थे ।
मैले लिम्बू संस्कृतिमा देेखेको प्रेमको अभिव्यक्ति त्यताका अरू जातिमा देखिनँ । तर, ती समाजभित्र पनि मायाँ गर्नेले शास्त्रभित्र कैद भएका कथा, मन्त्र अनि नियमलाई तोडेर युवायुवतीले मायाँ गरी हिँडेका यी घटनाले मलाई एकदम भित्रसम्म छुन्थे । ती मायाँ गरेर बिदेसिन्थे । रेलको बाटो सायद जान्थे ती । 'आउन कान्छी, जाउँन कान्छी रेलैमा कम्पनीको धूलो उडाउँदै' भनेर ती गाउँथे । कालो अनुहारको विदेश मुग्लानबाट फर्केको युवकले भन्थ्यो, 'मै त कालो रेलको धूवाँले ।' रेल ठूलो मन हरण गर्ने कुरा थियो । त्यसको पनि 'म' नै कोइला र पानी मिलाएर उठेको वाष्पले रेल चलाउने मानिस हुँ र त्यसैले मलाई कालो बनाएको हो भन्ने युवकसँग मायाँ गर्नु ठूलो कुरा थियो । पछि-पछि गएर चोरहरू जन्मे । तिनले झुक्याएर चेलीहरू बेच्न लगे । भारतका कोठीमा लगेर बेचे । त्यो विकृति र भ्रष्टता मैले देखेको र सम्झेको अनि बुझेको प्रेमको परिवेशमा थिएन ।
मलाई अहिले पनि लाग्छ प्रवासमा जाने नेपाली सबै प्रेमी थिए । सबै विद्रोही थिए । त्यसैले नेपाली डायस्पोरा प्रेमले बनिएको जातीय संरचना हो । मायालुका अलिखित कथा वा मौखिक वर्णनले भनेसम्म बुझएिका नेपाली मायालुका बस्ती हुन्, प्रवासहरू । त्यसैले बाहिरको समाजमा मायालु र स्नेहका कथा अनि गीत धेरै छन् । बीसौँ सताब्दीको सुरु र अझ अघिदेखि बनारसमा छापिएका प्रेम लहरीका गीतमा गम्भीरदेखि लिएर 'छोरो पाउने मन त भए लौ त पुछर जोरूँ है ! झम्के गुलेली' जस्ता गीत पनि संकलित भएर नेपालभरि आए । प्रेमीका गोजीमा ती प्रेमलहरी हुन्थे । कट्टर समाजमा प्रेमले विचलन ल्याएका कथा छन् अरूतिर पनि । नेपाली रीति कवितामा प्रेमको शंृखला बनिएको देखिन्छ । ओछ्यानमा बिहान अबेरसम्म सुत्न मन लाग्ने प्रेमीको चित्रण गर्दै कविले लेेखेका छन्, 'प्यारी उठौँ कि अब ता कुखुरा कराए ।' यो कविता ढिलोसम्म सुतेका प्रेमीले बाहिर चियाएर बिथोल्न खोज्ने घामलाई 'फटाहा घाम, ढिलो पाठशाला जाने बच्चालाई सम्झा, अरूतिर गएर किसानलाई जगा, हामीलाई दिक्क लाउन किन आउँछस् π' भन्ने अंग्रेजी मेटाफिजिकल कवि जोन डनको प्रसिद्ध प्रेम कवितासँग मिलेको कुराले रमाइला प्रसंग जोड्छ, प्रेमका ।
मायालुले एक-अर्काबाट जीवनका नयाँ उमंग पाउँछन् । कठोर जीवनमा एक-अर्काको भरोसाले जीवन सार्थक बनाउने चिन्ता प्रेमीको हुन्छ । तर, अब मायालुका अति निजी क्षणहरूको अन्त्य हुँदै छ । एकान्तमा भनिने कुरा र राखिने कुरा बजारमा राखिन्छन् । मैले केही समयअघि बजारमा भर्खर बिहे गरेका रंगले भरिएका युवायुवतीले पसलमा आएर सोधपुछ गरेको सुनेँ । तिनीहरूले ओछ्यान, खाट अनि कोल्टो फेर्ने ओछ्यानका स्पेस र एकान्तमा बस्ने ठाउँको पसलमा खुलेआम जाँच गरे । भाउ सोधे । पसलेले उनीहरूका प्रेमका कोमल क्षणको बयान गर्‍यो । यत्ति भए यत्ति पल्टिन सकिन्छ, यताबाट यसो यति अंकमालका लागि यो हलुका डाउनीले रोक्दैन, यो सबै गुटुमुट्याएर पल्टिन र बल्ड्याङ खेल्न सकिन्छ सबै भन्यो त्यसले प्रकारान्तरले । म झसंग भएँ । निजत्व, मायाँका सूक्ष्म क्षणहरूको अब बजारमा मोलतोल, 'रेइफिकेसन्' हुन थाल्यो ।
केही दिनअघि लन्डनमा एउटा खोजको प्रतिवेदन प्रकाशित भयो । अब लन्डनमा प्रेमीहरू समाप्तप्राय भए भन्यो त्यस प्रतिवेदनले । प्रेम गर्न सजिलो छैन । मान्छे मनको पहिरो जाला भनेर डराएसम्म, काम गर्दा मायालुका सम्झनाले पिरोलेर ध्यानकेन्दि्रत नहोला भनेर तर्सेसम्म, मेरो समय सुन हो, म यसलाई खर्च गर्दिनँ भन्ने विचार नत्यागेसम्म, ज्ञानले बनिएका मनको कलेबरमा शास्त्रका विधि-विधानलाई प्रेमको तथाकथित नैसर्गिक अज्ञानताले छोप्ला कि भनेर डराएसम्म, प्रेममा आज मात्र होइन आदिमकालदेखिका केही कुरा सनातन चलिआएका छन् भन्ने विचारले मनमा विचलन नल्याएसम्म प्रेम हुन सक्दैन भन्ने कुरा देखिएको छ । अहिलेको संसारमा प्रेम हुन नसक्नु त्यही कारणले गाह्रो देखिएको हो ।
म बि्रटेनमा विद्यार्थी भएर जाँदा लन्डन सहरमा पहिले देखेको कुरा प्रेम थियो । जहाँ पनि यताउता युवायुवती चुम्बन गरेर उभिएका देखेँ । सोचेँ यिनीहरू त ठूला प्रेमी रहेछन् । पछि एडिनबरा विश्वविद्यालयमा पनि त्यही देखेँ । पछि बुझ्दै देख्दै गएपछि थाहा भयो मलाई, प्रेमहरू मौसम रहेछन् अनि मौसमका उत्सवजस्ता रहेछन् मिलनहरू जो त्यसरी नै परिवर्तन भइरहन्छन् । प्रेमको अस्थिर संस्कृति अनि चिप्लेर स्की खेलिरहने प्रेमीका मन पश्चिमी प्रणय संस्कृतिका लक्षणा रहेछन् ।
'भ्यालेन्टाइन दिवस'लाई जापानीले अरूले भन्दा बढी लोकपि्रय बनाए । म जापान विश्वविद्यालयमा अनुसन्धान गरिरहेका वर्षहरू १९९७-९८ मा मैले दुईवटाजति भ्यालेन्टाइन दिवस देखेँ । त्यसका निम्ति उनीहरू अत्यन्त ठूलो उत्साहले दौडधूप गरिरहेका देखेँ । म र बिन्दुले त्यसलाई एक महान् प्रेमीहरूका दिवसको रूपमा देखिने अनुमान गर्‍यौँ । तयारीहरू निकै थिए । पसलमा प्रेमका विम्बलाई बजारीकरणमा ढालेर राखिएको थियो । लुगाफाटादेखि भोजन अनि उपहारका ढेर लागेका थिए रंगिन पसलहरूमा । मलाई त्यो देखेर मन प्रसन्न भएको थियो । भ्यालेन्टाइन दिवसको दिन सधैँजस्तै आप\mनो विश्वविद्यालयको कोठामा गएँ । त्यहाँ रंग थियो, उमंग थियो तर उमेर त्यति थिएन । बूढाबूढी हुन लागेका प्राध्यापकहरू बढी थिए । मलाई परैबाट एकजना प्राध्यापिकाले हँसिलो अनुहारले हेरिरहेकी थिइन् । छेउमा आएपछि फूलको गुच्छा दिएर गालामा पहिलो बाछिटाले छोएजति मात्रै स्पर्शले म्वाइँ खाइन् । एउटा राम्रोखाले फुल्टिन् उपहार दिइन् । अनि अँगालो मारेर अर्कोलाई फोटो खिचाइन् । त्यसपछि उभिएर मलाई मायाँलुलेजस्तै स्मीत-मुस्कानले हेरिरहिन् । लाग्यो यी बूढीले प्रेम गरिछन्, ला ! अब के भन्ने । खाना खान निम्तो दिइन् । नजिकैको क्यान्टिनमा खायौँ । उनको कामबारे सुनाइन् । प्राध्यापक हुन् । अनि छक्क पर्दै म छुटेर काम गर्न गएँ । त्यसपछि जम्मा अरू दुई बूढी एकेडेमिक र एक तरुनीले भ्यालेन्टाइन दिए । जम्मा चार भ्यालेन्टाइनका नरम म्वाइँको छक्कलाग्दो संवेदना गालामा बोकेर बसेको मैले जापानी सिक्न गएकी बिन्दुलाई फोन गरेँ । भने, अब काम गर्ने मुड भएन । गिन्जा स्टि्रटतिर घुम्न जौँ । बिन्दु केही समयपछि आइपुगिन् । उनका हातमा पनि फूलका गुच्छा थिए । तीनजना जापानी संस्कृति र भाषाका एकेडेमिक बूडाहरूका गालामा म्वाइँका स्पर्श बोकेर ती पनि आएकी रहिछन् । अनि खुब रमाइलोसँग हाँस्यौँ । त्यो साँझ रोपोङ्गीमा प्रसिद्ध नारी कवि काजुको सिराइसीको भ्यालेन्टाइन दिवसको कविता पाठ थियो । तिनलाई मैले भ्यालेन्टाइन दिवसको उपहार दिएँ ।
भ्यालेन्टाइन दिवसलाई जापानीले एक आमप्रेमको रिचुअल बनाएको कुरा चाखलाग्दो छ । तिनीहरू इटालीको भ्यालेन्टिनो सहरमा ठूलो संख्यामा पर्यटक भएर जान्छन् । त्यहाँ पर्यटकीय उद्यम नै फस्टाएको छ । अहिले दक्षिण एसियातिर पनि भ्यालेन्टाइन दिवस मनाउने चलन बढेको छ । कतिपय प्रेम गर्ने दिवस वा क्षण वा उत्सवलाई बन्दी र कट्टर समाजमा युवाहरूले मुक्तिका क्षण अनुभव गर्ने दिनका रूपमा लिन्छन् । एकदिन प्रेमको संवेग अनुभव गरेको, एकदिन नियम भंग गर्ने सानो लाइसेन्स लिएको, एकदिन अलिक पि|mक भएको अनुभव गर्न अवसर एसियाका निकै देशमा लोकपि्रय हुनु स्वाभाविक हो ।
मलाई भ्यालेन्टाइन दिने प्राध्यापकलाई मनपरेका दुईवटा कथा रहेछन् भ्यालेन्टाइनका । पहिलो राम्रो लाग्यो मलाई । जे पर्ला यही ठीक माने । क्रिश्चियानिटी आउनुभन्दा पहिला रोममा नरनारी अति रमाइलो गर्थे । पछि क्रिश्चियानिटी आएपछि पादरीले कडाइ गरे । भ्यालेन्टाइन रोमका पादरी थिए, उनले युवाहरूलाई प्रेम गर्न मद्दत गरे । सिपाहीहरूले बिहे गर्न पाउँदैनथे । भ्यालेन्टाइनले तिनलाई गोप्य रूपमा बिहे गरिदिए । तिनको समय तेस्रो सताब्दी हो । तिनलाई पछि सहिद पनि बनाइयो ।
जे होस् भ्यालेन्टाइन दिवस एउटा जीवनमुखी, प्रेममुखी दिवस हो । मनका उद्वेलन र मायाँका तरंगमा पनि समयको परिवर्तनले प्रभाव पार्ला, तर आजको जर्जर, अनि प्रेममा विश्वास हट्दै गएको विश्वमा अनेकौँ उमेरका नरनारी, पुरुष वा नारी, समलिंगी वा तेस्रोलिंगी सबैले आ-आप\mना तरिकाले माया गरे भने तात्तिएर बिजोग हुन लागेको पृथ्वीमाताले केही शान्ति पाउनेछिन् ।
यो दिन सबैका सम्झना उजागर हुन्छन्, तर सबैले सबै सम्झना भन्दैनन् । त्यो जीवनजस्तै घामछायाको कथा हो । जीवन र प्रेमको कथा हो । भ्यालेन्टाइन दिवस मलाई निरंकुश समयलाई मायाले लगाउने एउटा एकदिने भए पनि बलियो ब्रेक हो जस्तो लाग्छ ।
-१४ फेब्रुअरी २०१०)

 



यस्तो पनि हुँदोरहेछ भ्यालेन्टाइन डेमा...

भ्यालेन्टाइन डे ः एउटा दुखद हत्या
सन् १९२९, फेबु्रअरी १४का दिन अमेरिकाको सिकागो राज्यमा भ्यालेन्टाइन डे मनाउनेे तयारी हुँदै थियो । तर, एकाबिहानै ग्याङ वारका कारण सातजनाको मृत्यु भयो । क्लार्क स्टि्रटस्थित एक गोदाममा दुई ग्याङ भिडेका थिए । एउटा ग्याङका नेता अल कापोने थिए भने अर्काे ग्याङका नेता थिए जर्ज मोर्गन । अल कापोन ग्याङले मोर्गन ग्याङका सात सदस्यलाई मारेका थिए । प्रहरीको भेषमा गोदाम प्रवेश गरेको कापोन ग्याङले मेसिनगन प्रयोग गरेर मोर्गन ग्याङका सदस्यहरूको हत्या गरेको थियो । यो घटना भ्यालेन्टाइन डे आमहत्याका नामले चिनिन्छ ।
'भ्यालेन्टाइन डे' का दिन भएको अर्काे चर्चित हत्याकाण्ड इलिनोइस युनिभर्सिटी हत्याकाण्ड हो । मेसिनगन लिएर युनिभर्सिटीको लेक्चरहलमा छिरेका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा पाँच विद्यार्थीको मृत्यु भएको थियो । घटनामा प्रोफेसरसहित १८ जना घाइते भएका थिए भने मेसिनगनधारीले आफूलाई पनि गोली हानेर आत्महत्या गरेको थियो । प्रेमिकाले धोका दिएकीले भ्यालेन्टाइन डेकै दिन उनले बबन्डर मच्चाए भनिन्छ ।

भ्यालेन्टाइन डे ः भिडन्त दिवस
सन् २००१ यता भारतका मुम्बई, दिल्लीजस्ता सहरमा भ्यालेन्टाइन डेका दिन शिव सेनाका समर्थक र भ्यालेन्टाइन डे समर्थकबीच सधँै घम्साघम्सी पर्छ । शिव सेनाका कट्टर समर्थकहरू भ्यालेन्टाइन डेलाई पश्चिमबाट आएको सांस्कृतिक प्रदूषण ठान्छन् । भ्यालेन्टाइन डे नमाउन शिव सेनाले उर्दी जारी गर्छ । उर्दीको अवज्ञा गर्नेले शिव सेनाका लडाकुको चुटाइ भेट्छ । यसदिन शिव सेनाका लठैतहरू पार्क, सिनेमा घर, रेस्टुरेन्टमा बसिरहेका हुन्छन् । भ्यालेन्टाइन डे मनाइरहेका जोडी देखेमा उनीहरू कारबाही गर्छन् । भ्यालेन्टाइन समर्थकहरू पनि के कम ? प्रेमका खातिर उनीहरू शिव सेनासँग भिड्न पछि पर्दैनन् ।

लाज-शरम पचेकाहरूको दिवस
पाकिस्तानमा जमात-ए-इस्लामी पार्टीले भ्यालेन्टाइन डेमाथि प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै आएको छ । यस पार्टीले भ्यालेन्टाइन डेलाई 'शरम नभएको दिन' नामकरण गरेको छ । भ्यालेन्टाइन डेको बिदाले इस्लाम धर्मको अपमान गर्ने यस पार्टीले बताएको छ । उता, साउदी अरेबियाई सरकारले २००२ र २००८ मा भ्यालेन्टाइन डेसँग सम्बन्धित सामग्रीमा बिक्री निषेध गरेको थियो ।
 
'भ्यालेन्टाइन डे' विरोधी समूह
एन्टिभ्यालेन्टिनिजम धारका मानिस भ्यालेन्टाइन डेको आलोचना गर्छन् । उनीहरू भ्यालेन्टाइन डेले प्रेमलाई व्यापारीकरण गर्‍यो भन्छन् । उता प्रेमी/प्रेमिका नभएका एक्लाहरू भने भ्यालेन्टाइन डेकै दिन उदास दिवस मनाउँछन् । प्रेमका प्रतीक मानिएका रातो गुलाबजस्ता वस्तु उनीहरू प्रयोग गर्दैनन्, तर एन्टिभ्यालेन्टाइन कार्ड भने दिने गर्छन् जसमा भ्यालेन्टाइन डेमा हुने प्रेमको व्यापारीकरणको धज्जी उडाइएको हुन्छ ।

गोबरमा आई लभ यू
अमेरिकाको मिनोसोटा राज्यका एकजना किसानले 'म तिमीलाई प्रेम गर्छु' लेखिएको गोबरको थुप्रो श्रीमतीलाई उपहार दिएर भ्यालेन्टाइन डे मनाएका थिए । आफ्नो बारीमा भएको गोबरको थुप्रोमा बु्रुस एन्डरसनले दुई दिन लगाएर 'आई लभ यू' लेखे । आई लभ यू लेख्न उनले ट्रयाक्टर र गोबर छर्ने उपकरण प्रयोग गरेका थिए । उनकी श्रीमती बाथलाई पनि श्रीमान्ले ३७ वर्षको लामो वैवाहिक जीवनमा दिएको सबैभन्दा ठूलो र मौलिक उपहार लाग्यो ।

- एजेन्सीको सहयोगमा

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #3 on: February 14, 2010, 02:45:25 PM »
Nice start -- Nagariknews has special section on it...


तेस्रो लिंगीका तीन प्रेम
आइतवार, 14 फेब्रुअरी 2010 02:04 नागरिक


रुमा आले-
८ वर्षको हुँदा मेरो 'पुरुष जिउमा महिला आत्मा' पस्यो। म स्त्री भएँ। रामबहादुर नाम फेरेर रुमा राखें। त्योभन्दा पहिले म केटा हुँ भन्ठान्थें। दाइहरुले बहिनीको ढाँचा नपार तँ भाइ होस् भन्दै कुट्थे। मगरको छोरा सात वर्ष पुगेपछि छेवार (ब्राम्हण क्षेत्रीको व्रतबन्ध जस्तै मगरी संस्कार) गर्दिने चलन हुन्छ। छेवार गर्दा कपाल खौरन पर्थ्यो मैले मानिनँ।

कपाल पाल्न, नाक कान छेड्न र गहना लाउन मन हुन्थ्यो। घरमा केटाको लुगा लगा भन्दै कर गर्थे, मैले मान्थिन। मेरो चाला सबै केटीको जस्तो भो। पछि थाहा भो, म जस्तोलाई तेस्रो लिङ्गी भन्दो रैछ। त्यसमा पनि जिउ पुरुषको चाहना महिलाको हुने मजस्तोलाई 'मेटी' भन्दो रै'छ। गाउँमा मलाई ऊ हिजडा आइ भन्दै गिल्याउँथे।

पाल्पा मस्याम गाविस मेरो घर हो। यही फागुनमा म ३७ वर्षकी पुगेँ। मेरा अंग सबै केटाको जस्तो छ। तर मलाई केटीसँग कुनै चाह हुँदैन। पुरुषसँग उठाबसी गर्न र हिमचिम बढाउन मन हुन्छ।

म १७ वर्षको हुँदा केटीकै पहिरन गर्थेँ। साथी पनि केटी थिए। दैलो लिप्ने, भाँडा माझ्ने, रोटी पोल्ने, लुगा धुने, घर सफा गर्ने पट्टी मन गयो। त्यही उमेरमा केटाहरुसँग प्रेम गाँस्न मन हुन्थ्यो।

उमेर पुगेका अरु महिलालाई हुने सबै चाह मलाई पनि हुन्छ। मेरा रहर हुन्नन् र? मन त हुन्छ, इच्छा पनि हुन्छन्। मन सम्हाल्ने, इच्छा बुझ्ने मान्छे खोज्दै भौंतारिन्थें। उमेर पुगेपछि रहर पनि जाग्दो रैछ। मनखाने मान्छे देख्दा कुरा गर्न, समय बिताउन मन हुन्थ्यो। उमेर ढल्कँदा पनि इच्छा बुझ्ने कोही पाइनँ।

३-४ जना खुबै मन पर्‍याथ्यो तर म मुखले भन्न सक्थिन। दुई जनालाई चाँही थोरधेर माया बाँडे। मसँग प्रेम गाँस्न चाहेका धेरैले तेस्रो लिंगी भन्ने थाहा पाएर बस्नै लागेको प्रेम निमोठे। हामी 'मेटी'को जात कि माया दिन्नौं दिएपछि प्राण हाल्छौं। यस्तो कुरा बुझ्ने मान्छे कोही छैन यो दुनियाँमा। मैले प्रेमका लागि के गरिनँ र?

घाटैघाटाको मेरो पहिलो प्रेम
(प्रेम प्रसंग कोट्याउनु अगाडि रुमा एक्कासी भक्कानिइन्।) सम्झँदा मनै चुडिन्छ। मेरो मायामा केही कमी थिएन।

(पछ्यौरीको सप्कोले आँसु पुछिन्) ऊ मेरै गाउँको हो। मसँग हुरुक्कै गर्थ्यो। साथ दिन्छु भनेर वचन दिएको थियो। सँधै भेट्थ्यौं। उ २० बर्षको थियो म २७ की थिएँ। सेक्स त हुन्थेन तर प्रेम गहिरो थियो। उसलाई थाहा थियो म तेस्रो लिंगी हुँ भन्ने। तेस्रो लिंगी भएर के भो म तिमीलाई औधी माया गर्छु भन्थ्यो।

मैले उसलाई पढ्न सघाएँ। पढाइ खर्च दिएर सीएमए पास गराएँ। काम गरेर उसको तानसेन बजारको पढ्ने खर्च पुर्‍याउँथे। दुई तोलाको सिक्री बेचेर विदेश पनि पठाएँ। तिम्रै नाममा पैसा पठाउँछु भनेर गएको अहिलेसम्म फोन खबर केही गरेन। ऊ स्वार्थका लागि नजिकिएको रैछ। मैले अब के गर्ने? (आँसु थामिएन)

हेर्नुस्, कसैलाई चाहनु दोष हो र? तर भावना बुझेनन्। स्वार्थै त होला। समाजको डरले पो हो कि? केही होला उनैले जानुन्। मेरो यो पहिलो प्रेम थियो। प्रेममा नाफा घाटाको के कुरा गरुँ। तर मेरो धेरै खर्च भो। आखिर केही पाइनँ।

मेरो अन्तिम प्रेम जसले अब प्रेम गर्ने चाह नै मेटायो।

ऊ छिमेकी गाउँको हो। भर्खर वैंशमा लागेका केटामा बढी मन जान्छ मेरो। ऊ १९ वर्षको थियो। म भने ३० काटेकी। हामी नजिक भयौं। प्रेमपत्र पठाएँ। उताबाट पनि पाएँ। उस्ले मलाई निकै माया गर्थ्यो। उसका बा नेपाल आर्मीमा गोर्खा थिए। पछि सबै परिवार उतै लगे। हामी छुट्टिन नसक्ने भएकाथ्यौं। ऊ मेरो घरमा काम पनि गर्थ्यो। हामी सँधै भेट्थ्यौं, कुरा हुन्थे, माया साट्थ्यौं। यो कुरा मेरो परिवारलाई पनि थाहा थियो। उसको घरकालाई भने थाहा थिएन। हामी एकअर्कालाई निकै माया गर्थ्यौ।

हामी छुट्टिन नसक्ने भएका थियौं। म झोक्राएर मात्रै बस्थेँ। खाना पनि खाइनँ। निद्रा पर्थेन। मलाई त के के भो के के। यस्तो यसअघि कहिल्यै भा'थेन। यसैलाई प्रेम भन्छन् क्यार। मलाई गहिरो प्रेम भएको थियो।

पछि घरको काममा सहयोग गर्न भनेर दाइहरुले उसलाई घरमै ल्याइदिनु भो। अब ऊ हाम्रै घरमा बस्ने भयो। मैले जिन्दगीमा सबै पाएको झै मानेँ। मैले उस्को सबै सेवा गर्थे। लुगा धुने, जुत्ता सफा गर्ने बिस्तरामै खाना लैजाने गर्थेँ। पेन्टीसम्म धोइदिन्थेँ। उसलाई सुख कटाउन हुरुक्कै गर्थेँ। मेरै मोबाईल लिन्थ्यो। एक तोलाको सिक्री बनाइदिएँ, हराएछ। हात खर्च सबै मै दिन्थेँ। कपडा त कति किन्देँ किन्देँ।

 कसैको माया पाउन म जे गर्न पनि तयार छु। केही बन्न पर्छ भनेर सिलाई सिकेँ, झोला बुन्न सिकेँ, अदुवा खेति गरेँ, बाख्रा पालेँ। त्यसबाट राम्रो आम्दानी गर्थेँ। केटाहरु कलाकारसित हुरुक्क हुन्छन् भनेर गीतको एल्बम पनि निकालेँ। शब्द, लय, स्वर सबै आफ्नै हो। तर क्यासेट त्यति चलेन। क्यासेटको नाम 'पाल्पा बजार' हो।

ऊसँगको यो मेरो अन्तिम प्रेम थियो। पछिल्ला ५ वर्षमा ऊसँग मेरो गहिरो प्रेम बसेको हो।

पछि त शत्रु लागे। टोलकै दिदी बैनीले मेरो खुसी सहेनन्। उस्लाई तँ हिजडासँग लसपस गर्ने बुद्धि सकिएको भनेछन्। राम्रा, सद्दे केटी जति पनि पाउँछस् भनेर आफैतिर सल्काउन खोजेर मेरो प्रेम भाँडे। उसले माया कम गर्दै गयो। घर छोडेर हिँड्ने बनाए। अहिले ऊ पोखरामा ग्रिल उद्योगमा काम गर्छ। बेलाबेला मिसकल दिन्छ। माया लाग्छ फोन गर्छु। (रुमा भक्कानिइन्, सुँक्क...सुँक्क...।) मलाई शत्रु लागे, बर्बाद गराए। (केही बेर सवाल जवाफ बन्द भो।)

कसैको मनमा पस्न सकिनि रैनछ। किन मलाई माया गरेर उसले सजिलै छाड्यो थाहा भएन। पैसा धुत्‍न पो हो कि? तर मुस्किलले पाएको यौटाको गहिरो माया मेरा हातबाट फुस्क्यो। केही गरी फर्काउन पाए हुन्थ्यो भनेकी छु। मेरो यो अन्तिम प्रेम थियो। डेढ वर्ष यता मलाई प्रेम गर्न पटक्कै मन छैन।


प्रेमले पीडा दियो
प्रेमले मलाई जंगल बास बनायो। के नै भोगिन मैले? ठूलो चाड दशैको दिन भोकै जंगलको गुफामा रात पनि काटें। कति दिन घर छोडेर हिँडे। एक्लै बसेर कति रोएँ रोएँ। यो सबै बेहोर्नु भन्दा विष खान ठीक भनेर विष पनि पिएँ।

कारण एउटै हो, परिवारले पुरुष भएर महिलाले झैं केटासँग सम्बन्ध किन राख्छस् भन्थ्यो। तँ केटासँग नहिँड र सम्बन्ध राख्दै नराख भन्थे। १६-१७ को उमेरमा म राम्री थिएँ। केटा पनि हुरुक्कै गर्थे। तर त्यतिखेर मलाई प्रेमको चाह त्यत्ति हुँदैनथ्यो। २२ काटेपछि प्रेमको चाह बढ्दै गयो। २२ पछि नै मेरा पीडा र दुःखका दिन सुरु भए।

विष पनि पिएँ, तर पनि मर्न सकिन। जब विष मुखमा हालेँ आमालाई देख्ने मन भो। भक्कानो फुट्यो। मन बिझ्यो। आमा भन्दै बेस्सरी चिच्याएछु। सुनेर भाउजुहरु आउनु भएछ। जडिबुटी ख्वाएर बान्ता गराएछन्। म बाँचे। त्यसपछि भने परिवारले मलाई अलि बढी वास्ता गर्न थाले। अचेल मलाई परिवारले राम्रै व्यवहार गर्छ।

म अहिले नीलहिरा समाजमा काम गर्छु। एचआईभी एड्स र यौन स्वास्थ्य बारे चेतना दिने काम गर्छु। कण्डमको प्रयोग गर्न सिकाउँदै हिँड्छु। धेरैलाई सिकाएँ। लुब्रिकेन्ट जेली लाएर सेक्स गर्ने तरिका सिकाउँछु। पन्ध्र ननाघेकादेखि चालिस काटेकासम्म परामर्शका लागि आउँछन्। लाजले होला सुटुक्क भेट्न खोज्छन्। त्यो बेलामा जिस्कन्छन् पनि। एक पटक यहीँ ट्राई गर्न पाए हुन्थ्यो पनि भन्छन्। तर मैले उति वास्ता गर्दिन। आफ्नै पार्टनरसँग गएर गर्नुस् भन्छु। बुटवलमा मेरो अफिस छ। एक वर्ष भो पाल्पा अफिस छाडेर बुटवल झरेको।

म जस्तो मेटीको जातलाई भगवानले किन बनाएका होलान्। न बच्चा पाउने वरदान दिए न प्रेम गर्ने मान्छे। सबैले प्रेम दिवस मनाउँदा मेरा कोही प्रेमी छैनन् ३७ कि भएँ न त मेरा श्रीमान् नै छन्।

मलाई लाहुरेनी हुन मन छ। फलानीलाई त बिहे गरेर बूढोसँग विदेश गई अरे भन्ने बयान चलाउने धोको छ। बच्चाको आमा बन्ने पनि रहर छ। तर बन्न सक्दिनँ भन्ने पनि थाहा छ। तै बच्चा पाउन हुरुक्कै हुन्छु। मैले सपनामा कति पटक बच्चा पाएको देखेँ। मनमा त्यही कल्पेर त होला। ब्यूँझदा नानी काखमै छ कि जस्तो हुने। तातो हुने, घाउ दुखे जस्तो, रगतै भएँ जस्तो हुने। तर बिस्तरा छाम्दा छैन। मन अमिलो हुन्छ। (आँखा फेरि रसाए रुमाका)

(पाल्पा संवाददाता टेकनारायण भट्टराईसँगको कुराकानीमा आधारित) 

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #4 on: February 14, 2010, 02:46:00 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #5 on: February 14, 2010, 02:48:22 PM »




tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #6 on: February 14, 2010, 02:49:56 PM »










tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #7 on: February 14, 2010, 02:52:15 PM »


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #8 on: February 14, 2010, 02:52:24 PM »


पहिलो प्रेमको सम्झना

सुशील पौडेल
काठमाडौ, फाल्गुन २ -

पहिलोपटक लाएको मायाले जीवनमा कस्तो प्रभाव छाड्छ ? भ्यालेन्टाइन डेमा रमाइरहेका जोडीले यतातिर ध्यान दिन्छ या दिँदैन थाहा छैन, तर मोफसलका हलहरूमा प्रदर्शन भइरहेको नेपाली कथानक फिल्म 'पहिलो पहिलो माया'ले भने दर्शकलाई 'पहिलो प्रेम'बारे बताउनेछ । शुक्रबारदेखि मोफसल विभिन्न हलहरूबाट एकैसाथ प्रदर्शनमा आएको दीपक श्रेष्ठ निर्देशित फिल्मले पहिलो प्रेमलाई चोखो र पवित्र रूपमा देखाउन खोजिएको छ ।

बुधबार राजधानीको कुमारी हलमा पि्रमियर शोसमेत गरिएको फिल्म ब्रदर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो, प्रस्तुकर्ता रहेका छन् प्रदीपकुमार उदय । फिल्म दुई बालसखा चाँदनी र सागरबाट सुरु हुन्छ । चाँदनी धनी बाबुकी एक्ली छोरी, सागर गरिब एकल महिलाको छोरा । चाँदनी सागरले बजाउने 'माउथ हार्मोनियम' को संगीतमा डुब्दाडुब्दै ऊबिना तड्पने हुन्छे । तर, उनीहरूको पहिलो प्रेममा खलनायक बन्छन् चाँदनीको बाबु । बिछोडिएका बालसखा चाँदनी र सागरलाई त्यही बाजाको संगीतले पुनः जोड्छ । चाँदनीका बाबुले फेरि उनीहरूको सम्बन्धमा खलनायकी पस्कन्छन्, आफ्नै छोरीलाई भ्रुण हत्या गराउन बाध्य बनाउनेसम्म ।

फिल्ममा सागर राजवल्लभ कोइराला सागर र युना उप्रेती चाँदनीको भूमिकामा छन् । चाँदनीको बाबु प्रताप सिंको भूमिकामा सुनिल थापा छन् । निखिल उप्रेती डाक्टर अर्जुनको भूमिकामा चाँदनीको सम्भावित पति बनेर पुछारमा देखिएका छन् । कोइराला र थापाबाहेक अन्य कलाकारको अभिनय उल्लेखनीय लाग्दैन । बालकलाकार पनि अभिनयमा जम्न सकेका छैनन् । संवेदनात्मक दृश्यमा निर्देशक चुकेका छन् । कथाको गति यति छिटो बग्छ, दर्शकले फिल्म महसुस गर्नै पाउँदैनन् ।

फिल्मको सबैभन्दा उत्कृष्ट पक्ष संगीत लाग्छ । महेश खड्काको संगीत चाँच्चिकै मन छुनेछ । फितलो पटकथाले भने फिल्मलाई कमजोर बनाएको छ । फिल्मले बाल अवस्थामा लगाएको पहिलो माया नै चोखो र पवित्र हो भन्ने देखाउन खोजेको छ । फिल्मको नृत्यले पनि दर्शकको मन तान्छ । पाँचवटा नृत्यलाई शान्ता नेपालीले राम्रै निर्देशन गरेकी छन् । यद्यपि चल्तीको नेपाली फिल्ममा जस्तै अस्वाभाविकता र नाटकीयपनलाई यसले पनि पछ्याएको छ । पोखरा र काठमाडौंका दुई प्लट (परिवेश) यसरी देखाइएको छ कि पात्रहरू कहाँ छन् भन्नेमै दुविधा पर्छ । लाग्छ, दुई सय किलोमिटर दूरीका यी दुई सहर दुई मिटरको फरकमा छन् । साथै, फिल्ममा बाबुले गर्भवती छोरी चाँदनीलाई रेखदेखका लागि भनेर गाउँमा बस्ने साथी डाक्टरकहाँ पठाउँछन् जहाँ नौ महिनादेखि बेहोस सागरको उपचार भइरहेको हुन्छ । गाउँमा रहेको नर्सिङहोममा त्यत्रो लामो समयसम्म बेहोस बिरामीको उपचार अनि होस खुल्दासमेत डाक्टर किञ्चित आश्चर्यमा पर्दैनन् । नायक र उसको आमालाई अप्ठ्यारो परिस्थितिमा संरक्षण दिने पात्र, जसलाई नायकले मामा भनी आत्मीयता देखाउँछ, उसको उपस्थिति बीचमै हराउँछ ।

कृष्णहरि बराल र दयाराम पाण्डेका गीत मनछुने र अर्थपूर्ण लाग्छन्, दीपक लिम्बू, अञ्जु पन्तलगायत गायक-गायिकाको स्वरमा सजिएका छन् । केही गीत पोखराका फेवाताल र आसपासमा छायांकन गरिएका छन् ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #9 on: February 15, 2010, 05:08:41 AM »




कीर्तिपुरको टौदहमा भ्यालेन्टाइन्स जोडी। तस्विरः विजय राई

Photo source - nagariknews