Author Topic: ** Valentine Day Special ** (in Nepali)  (Read 38633 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #10 on: February 15, 2010, 05:09:06 AM »


टौदहमा जोडी। तस्विरः विजय राई

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #11 on: February 15, 2010, 05:10:13 AM »



वसन्तपुर दरबार क्षेत्रमा हिँड्दै गरेका भ्यालेन्टाइन जोडी। तस्विरः विजय गजमेर


फेरी यात्रा गरेर भ्यालेन्टाइन मनाइरहेका इजिप्सियन जोडी। तस्विरः एपी

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #12 on: February 15, 2010, 05:11:36 AM »


पोखराको चिप्लेढुंगामा गुलाब किन्दै गरेका जोडी। तस्विरः मनोज अधिकारी


काठमाडौँको एउटा बेञ्चमा एक जोडी। फोटोः Mr Mlungu

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #13 on: February 15, 2010, 05:13:09 AM »


कपनको गुम्बाबाट काठमाडौँको दृश्यावलोकन गर्दै एक जोडी। फोटोः temp13rec

पोखराको फेवाताल किनारमा एक जोडी। फोटोः blakep76


चिडियाघरमा एक जोडी। फोटोः Salokya

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #14 on: February 15, 2010, 05:15:37 AM »
 पहिला रिल, पछि रियल
आइतवार, 14 फेब्रुअरी 2010 23:46 नागरिक


जिपी तिमल्सिनाले मिस नेपाल उषा खड्गीसँग टेलिभिजनमा लाएको माया रियल लाइफमा परिणत भयो, यी दम्पत्तिले आफ्नो प्रेमकथा सुनाए सुरेन्द्र पौडेललाई-

गाउँले युवक। लप्पन-छप्पन केही जान्दैनन्। फेब्रुअरी १४ भ्यालेन्टाइन्स डेमा उनी राजधानी छिर्छन्।

सामान्य पोशाक। शिरमा ढाका टोपी। ठाँट्टिएर सहर घुम्ने अभिलाषा। यी थिए गणेशप्रसाद तिमल्सिना, उर्फ जिपी तिमल्सिना। नेपाल टेलिभिजनमा एक जमानाका चर्चित सांगीतिक कार्यक्रम 'म्युजिक प्लस' का प्रस्तोता तथा निर्देशक।

काठमाडौं प्रवेशलगत्तै उनी एक हुल सहरिया युवतीको घेरामा थुनिन पुग्छन्। अनि आफ्नो परिचय पाउँछन्, 'पाखे'। सहरिया युवतीले उल्लीबिल्ली पार्छन् उनलाई।

त्यसैबखत रातो धोती, चौबन्दी चोली अनि शिरमा रातै रिबन बाँधेकी एक युवतीको प्रवेश हुन्छ। नरम व्यवहार। सरल स्वभाव। उनी छिल्लिएका युवतीलाई हपार्छिन्, घरि सम्झाउँछिन्। ठीक त्यसैबखत पग्लिए जिपी। उनी एक थुङ्गा रातो गुलाब अघि सार्दै भन्छन्, 'ह्याप्पी भान्टाङ भुन्टुङ डे।'

नरम र सरल स्वभावकी युवती थिइन्- उषा खड्की। मिस नेपाल २०००। 'धन्यवाद,' उषा रातो गुलाब स्वीकार्दै भन्छिन्।

यो 'रियल कथा' थिएन। 'रिल कथा' हो, सानो पर्दाको। सन् २००० मा म्युजिक प्लस कार्यक्रमका लागि बनाइएको भ्यालेन्टाइन डे विशेष कार्यक्रम, 'भान्टाङ भुन्टुङ विशेष'। यही रातो गुलाबले जिपीको मनमा पहिलोपटक भयो 'कुछ कुछ होता है'।

त्यतिखेर उषाको मनमा के थियो थाहा छैन। जिपीलाई भने पक्का भयो। उषा नै ती केटी, जसको उनलाई प्रतीक्षा थियो।

*****

सन् २००० को जनवरी महिना। म्युजिक प्लस कार्यक्रम बनाउन व्यस्त थिए जिपी। उषा काठमाडौंमै संघर्षरत थिइन् करिअर बनाउन। जिपीलाई महिला कार्यक्रम प्रस्तोता (भिजे) को आवश्यकता थियो। कुनै दिन जिपीले आलोक नेम्वाङसँग भनेका थिए- 'कुनै राम्री स्मार्ट केटी छ भने भन है भिजेका लागि।'

१९ जनवरी। आलोकको फोन आयो। उनकै अफिसमा भेट्ने कार्यक्रम बन्यो। जिपी पुगे आलोकको कार्यालय, लाजिम्पाटस्थित इमेज च्यानल। उषा र जिपीको पहिलो भेट त्यहीँ भयो। भोलिपल्टदेखि सँगै सुटिङमा।

'सुटिङमा मलाई एक्स्ट्रा केयर गर्नुहुन्थ्यो,' उषाको जवाफमा मौन थिए जिपी। कस्तो एक्स्ट्रा? 'हरेक कुरामा पहिला मेरो नाम लिनुहुन्थ्यो। खानेकुरा खाँदा, कतै जानुपर्दा। सुटिङमा अरू केटी पनि हुन्थे। तिनलाई केयर गरेको म देख्दिनथें,' उषाले कुरा खोलिन्। जिपीको व्यवहारले कहिलेकाहीँ लाग्थ्यो रे, 'यस्तो मान्छे लाइफपार्टनर पाए त हुन्थ्यो नि।'

सुटिङ सकिएपछि जिपीका यी भनाइ उषालाई सामान्य भइसकेका थिए- 'केमा जान्छौ?' 'म पुर्‍याइदिऊँ?' 'ट्याक्सीमा जाऊ न।' आदि
*****

सन् २००० फेब्रुअरी १४। भ्यालेन्टाइन्स डे। जिपीले भ्यालेन्टाइन्स पार्टीका दुईवटा पास पाए होटल सहन्सामा। एउटा आफू, अर्को को लाने? पासमा लेखिएको छ : 'जोडीलाई मात्र प्रवेश'। युवती नै कोही खोज्नुपर्ने भयो। उनको दिमागले एउटै नाम सम्झ्यो, उषा।

घडीले पाँच बजेको संकेत गर्‍यो। जिपी नेपाल टेलिभिजनको क्यान्टिनमा प्रतिक्षारत थिए। उषा आइन्।

'आज भ्यालेन्टाइन्स पार्टीमा तिमी र म जाउँ है?,' उनले ढिला नगरी सोधिहाले।

'भ्यालेन्टाइन्समा त मन परेको मान्छेसँग पो जाने त,' उषाले अनकनाउँदै भनिन्।

'मलाई मन परेको तिमी नै त हो,' जिपीले यो वाक्यमा आवाज भर्न सकेनन्। मनैमन भने। मुखबाट चाहिँ यति निस्कियो, 'तै पनि के हुन्छ त?'

'सरी, म जान सक्दिनँ,' उषाको जवाफले जिपी खिन्न भए। अनि दुवै आ-आफ्ना घर लागे।

पौने सात हुनै लागेको थियो। जिपीले पास हेरे। पार्टी सुरु हुने समय साढे सात। नजाने पास के हेर्नुजस्तो लाग्यो क्यार। सँगैको टेबलमाथि मिल्काइदिए। एक मन त च्यातेर डस्टबिनमा फाल्दिउँजस्तो लाग्यो उनलाई। उषाको स्थिति त्यस्तै। सिंहदरबारबाट बाहिरिएपछि उनलाई लाग्यो 'नाइँ' नभन्नुपर्ने। बाटोभरि सोच्यासोच्यै। घरमा बस्दा छट्पटी भइरह्यो उनलाई। त्यति नै बेला फोनको घण्टी बज्यो।

'हेलो'

'तयार हनुभयो त?,' उषाको आवाजले जिपीमा नयाँ तरङ्ग ल्यायो, साथै भ्रम।

'कस्तो तयारी?,' उनले सोधे।

'पार्टीमा जाने भन्नुभएको होइन?'

जिपीलाई गहिरो निन्द्राबाट एक्कासी ब्युँझिएर होस् सम्हालेजस्तो भयो।

'मलाई गिफ्ट ल्याउन नभुल्नु नि।'

पार्टी सुरु हुन ४५ मिनेट बाँकी थियो। बीस मिनेटमा न्वाइध्वाइ गरी जिपी उपस्थित भए उषासामु। संयोग दुवै कालो ड्रेसमा थिए। उषा बाइकपछाडि बसिन्। बाइकले गति लियो। जिपी र उषा दुवैका आँखा घरिघरि अन्य बाइकमा जान्थे। प्रायः बाइकमा युवायुवती नै देखिए। लिपिक्क टाँसिएका, एउटै ज्यान हो कि दुई जनाको, ठम्याउनै मुश्किल। उषाको मन उकुसमुकुस भएर आयो।

'मलाई कम्फरटेबल भएन, प्लिज मलाई घर पुर्‍याइदेऊ,' बीचबाटोमै उनले भनिन्।

हिंडेको पाँच मिनेटमै घर पुर्‍याइदेऊ भनेको सुन्दा जिपी अक्क न बक्क परे।

'के भयो?,' उनले जिज्ञासा राखे।

'आजको दिन पनि के सँगै हिंड्नु?'

जिपीलाई असह्य भयो। के गर्ने, के नगर्ने? उनले बाइक घुमाए। अब उषालाई घर पुर्‍याउनुको विकल्प थिएन। दुवैको बोली बन्द थियो। तीन मिनेटपछि जिपीलाई के लाग्यो कुन्नि, फेरि बाइक मोडे। अनि भने, 'तिमीले भनेर हुन्छ।'

*****
पार्टीमा पुग्ने उषा र जिपीको जोडी पहिलो थियो। पार्टी फ्लोरमा छिर्नेबित्तिकै उनीहरूलाई एक/एकवटा रातो गुलाबको फूल थमाइयो। अनि साट्न लगाइयो। उनीहरूले त्यसै गरे। विस्तारै फ्लोर जोडीले भरिभराउ भयो। कोही अँगालोमा बेरिएका, कोही वाइनको गिलास समातेर माहौल मादक बनाइरहेका। एकअर्काको हात समाएर नाच्ने जोडीको भीड थपिंदै गयो।

रोमान्टिक माहौलमा लठ्ठिंदै थिए जिपी। उनको मनमा एक्कासी के भयो। सोधे उषालाई, 'तिमी मसँग किन आएको?' कस्तो प्रश्न? उषालाई जवाफ दिनै अप्ठ्यारो पर्‍यो। आफै पार्टीमा डाक्ने, अनि आफै किन आएको भनी सोध्ने? एक मन त रिस पनि उठ्यो। तर उनले जवाफ फर्काइनन्।

जिपी त्यसपछि भूमिका बाँध्न लागे। उनी परिवारप्रति बढी आशक्त थिए। जीवनलाई कहिल्यै हल्का रूपमा लिएका थिएनन्। जिपीप्रति अरूको बुझाइ भने ठीक उल्टो थियो। उषालाई समेत यस्तै लाग्थ्यो। जिपीले आफ्नी भावी श्रीमतीको शब्दमार्फत रेखाचित्र कोर्न थाले उषासामु - दुःख-सुखमा साथ दिने। मध्यमवर्गीय। उच्च विचार भएकी। जिपीले वाक्य टुङ्ग्याए, 'तिमीमा मैले यो सब देखेको छु। के तिमी मेरो लाइफपार्टनर बन्छौ?'

जिपीको प्रस्तावमा मौन रहिन् उषा। जीवनकै कठिन मोड लाग्यो उनलाई, सबभन्दा कठिन। उनले आनाकानी गरिन्। जिपी मान्नेवाला थिएनन्। कोट्याइरहे। उषाले विगत सम्भि्कन्। जिपी प्रायः ठट्टा गर्थे। एकमन लाग्यो, 'कतै यो ठट्टा त होइन?' अर्को मनले भन्यो, 'आजको दिन पनि कोही ठट्टा गर्छ र?'

जिपीका तर्फबाट प्रेमको संकेतसम्म उनले पाएकी थिइनन्। अचानक आएको प्रश्नले उनी रनभुल्लमा परेकी थिइन्। डेढ घण्टा बित्यो। उनलाई एक्कासि सम्झना भो। भनिन्, 'म अर्को कास्ट (जात) को मान्छे।'

'के भो त, म बिहे गर्छु,' जिपीले भने।

'ओके,' उषाको मुखबाट अचानक शब्द फुस्कियो। उनले त्यस दिनको स्वीकारोक्ति प्रष्ट्याउँदै भनिन्, 'त्यहाँको वातावरण यति रोमान्टिक थियो कि सायदै कसैले नाइँ भन्न सक्थ्यो।' जिपीलाई थप केही भन्न मन लाग्यो- 'फिल्म भएको भए रोमान्टिक गीत सुरु हुन्थ्यो।'

तर त्यसको पनि कमी थिएन। पार्टीमा गीत अनुरोध गर्न पाइन्थ्यो। सबै आ-आफ्ना प्रेमी-प्रमिकाका लागि गीत अनुरोध गरिरहेका थिए। प्रेम प्रस्ताव पारित हुनेबित्तिकै जिपी त्यही मेसोमा लागे। गीत अनुरोध गर्दा लभ-बाइट लेखेर चिट दिनुपर्थ्यो। उनले चिट पठाए। पार्टीमा एक व्यक्ति उभिएर जिपीको चिट पढे, 'दिस सङ फर माइ फस्ट लभ। टुडे सी यासेप्ट माइ प्रपोज।' अनि बज्यो ब्रायन एडम्सको गीत-

एभ्री थिङ आइ डु
आइ डु इट फर यु........

*****

भोलिपल्ट। अफिस एउटै। कसरी सामना गर्ने? उषालाई छट्पटी हुन थाल्यो। उनलाई अझै विश्वास लागेको थिएन। हिजो पार्टीमा जिपीले जे गरे त्यो के साँचो थियो? उनलाई अफिस पुग्नेबित्तिकै 'हिजो जे भयो त्यो सब मजाक थियो' भन्छ जस्तो लाग्यो।

'अफिस पुग्दा त सर पूरा कविता लेखेर बसिराख्नु'भा रै'छ। रातारात कवि। ल हेर तिमीलाई लेखेको कविता भन्नुभयो। मैले हेरें। कविता मेरैबारे थियो। अनिमात्र लाग्यो, साँच्चै रहेछ हिजोका कुरा।'

मजाक गरेको भए? उनले भनिन्, 'चित्त दुख्थ्यो।' त्यही दिन जिपीले अफिसभर भन्न भ्याए, त्यही हिजोका कुरा। अनि अफिसमा एक्लै प्रवेश गर्‍यो कि प्रश्न उठिहाल्थ्यो, 'खोई त, आज एक्लै?'

*****

सन् २००० जुलाई १२। मिस नेपाल प्रतियोगिताको दिन। उषा प्रतियोगीमध्ये एक थिइन्। हुन त प्रशिक्षणदेखि नै उषा र जिपी सँगै थिए। उनीहरूको प्रेम कसैबाट लुकेको थिएन, यिनका परिवारबाहेक।

प्रतियोगितामा सहभागीले एक/एक नृत्य गर्नुपर्थ्यो। पार्टनर भए पार्टनरसँग, नभए दाजुभाइ जो भए पनि एकजना चाहियो। उषाले रोजिन् जिपी। नवीन भट्टराईको 'लाखौं पटक' बोलको गीतमा उषा र जिपीले नृत्य गरे।

मिस नेपाल २००० को अन्तिम पाँचमा छनौट भइन् उषा। स्टेजमा उषाको धड्कन जसरी बढेको थियो, ठीक त्यस्तै हाल थियो जिपीको। दर्शकदिर्घामा थिए जिपी। आँखा नझिम्क्याई जिपी स्टेज र उषालाई नियालिरहेका थिए। उद्घोषकले मिस नेपालको नाम उद्घोष गरे, 'मिस नेपाल २००० इज् उषा खड्की।' स्टेजमा उषाका आँखाबाट खुसीका आँसु बर्सिए। दर्शकदिर्घामा रहेका जिपी खुसीले उन्मत्त भई चिच्चाइरहे।

फोटोसेसन सकिएपछि उषा बाआमाले घेरिइन्। जिपी नजिकै उभिएका थिए। हात मिलाएर भने 'बधाई छ।' आठ वर्ष पुरानो भावना अभिव्यक्त गर्दै जिपीले भने, 'अँगालोमा बेरेर बेस्कन उठाउँजस्तो लागेको थियो। नजिकै उषाका बाआमा हुनुहुन्थ्यो। उहाँहरूलाई हाम्रो सम्बन्ध थाहा थिएन। मेरो इच्छा अधुरै रह्यो।'

मिस नेपालको घोषणासँगै जिपीको मनमा एक किसिमको भय पनि उब्ज्यो। 'मिस नेपाल भई, अब मैले उनलाई गुमाउनुपर्ने त होइन?,' यस्तै तर्कना उनका मनमा आउँथे।

*****

सन् २००० नोभेम्बर ८। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। उषा मिस वर्ल्ड प्रतियोगितामा भाग लिन लन्डन जाँदै थिइन्। चिनेजानेका सबै उनलाई बिदाइ गर्न आएका थिए। त्यहाँ जिपीको उपस्थिति नभए कसरी पूरा हुन्थ्यो त्यो यात्रा?

जिपीले आफन्तलाई छल्दै गिफ्ट दिए। भने, 'विमानभित्र मात्र खोल है।' उषालाई उत्सुकता जाग्यो। के होला त्यो सानो रंगिन कागजले बेरेको बक्सभित्र? उषा केही सोध्नेवाला थिइन्। जिपीले अर्को गिफ्ट झिकेर उनका हातमा थमाइदिए। उषाले हात खोलिन्। देखिन्, 'गोल्डन रिङ'।

जिपीले इच्छा भए पनि रिङ लगाइदिने आँट गरेनन्। उषाले एकछिन् धैर्य गरिन्। आशा थियो, जिपीले रिङ लगाइदिनेछन्। धैर्यको बाँध टुट्यो। उषाले रुँदै भनिन्, 'के हेरिरहनु'भा, लगाइदिनु न औंठी।' जिपीको साहस बढेर आयो। उनले औंठी लगाइदिए।
उषाको उत्सुकता मेटिएको थिएन। झिलमिले बक्समा के छ उनलाई हेर्नु छ। विमानभित्र सिटबेल्ट बाँध्न नभ्याउँदै उनले उत्सुकताको पोको खोलिन्। भित्र थियो, 'भाले, पोथी र एउटा चल्ला।' उषालाई भविष्य आफ्नोसामु आएजस्तो लाग्यो। जिपीको ध्येय त्यही थियो।

*****

दुई परिवारबाहेक अरूसँग उषा र जिपीको प्रेम छिपेको थिएन। दुवै सेलिब्रेटी। जहाँ गए पनि नचिन्ने कमै हुन्थे। त्यसमाथि अफिस एउटै। भेट सधैं हुन्थ्यो। 'स्पेसल डेटिङ' को आवश्यकता महसुस नभए पनि कहिलेकाहीँ निस्कन्थे। प्रायः मिलेनियम क्याफे, नाङ्लो क्याफे, ओशो तपोवन, मनकामना र धुलिखेल।

'भेटमा के गफ हुन्थ्यो त?'

'प्रायः उहाँ मेरो रूपको वर्णन गर्नुहुन्थ्यो। कहिलेकाहीँ भावी योजनाले समेत हाम्रो गफमा प्रवेश पाउँथे,' उषाले भनिन्। एक दिन बच्चाको नाम के राख्ने भन्नेसम्म निर्णय भयो। छोरा जन्मिए उगेन, छोरी भए उगेस्ना। अहिले उगेस्ना साढे चार वर्षकी भइसकिन्।

सन् २००२ को भ्यालेन्टाइन्स डेमा जिपीले उषालाई अनौठो गिफ्ट दिए, अडियो क्यासेट-

'उषाको लाली भई छाइदेऊ तिमी
तिमी नै हो मेरो जिन्दगानी'

गीतमा जिपीको आवाज थियो। पछि थाहा पाइन् शब्दसमेत उनकै रहेछ। उषा तीनछक परिन्। त्यो दिन सम्झँदै जिपीले भने, 'प्रेमले गजबको इनर्जी दिंदोरहेछ।'

दिन बित्दै थिए। उनीहरूको सम्बन्ध कति दिन लुक्न सक्थ्यो र? एक दिन आफैले भन्नैपर्‍यो। उषा परिवारकी जेठी छोरी। जिपी जेठै। विवाहको कुरा आयो। जातलाई लिएर परिवारमा मतभिन्नता देखियो। दुवैले आफ्ना परिवारलाई भने- 'अरूसँग गर्दै गर्दिनँ, गरे उसैसँग मात्र।' उषाको परिवार के कम? परिवारका अन्य सदस्यले अड्डी कसे, 'विवाह गर्ने भए गरिहाल्नुपर्छ।'

दुई परिवारबीच मध्यस्थकर्ता बने मिठाराम शर्मा बजगाइँ। यी थिए जिपीका भानिज दाइ। शर्माले आश्वासन दिए, 'चिन्ता नगर, कोही आएन भने म आउँछु तिम्रो विवाहमा।' जिपीले केही राहत महसुस गरे। उषा र जिपीको अडानसामु कसको के लाग्थ्यो र? परिवारले स्विकृति दिए। २०५९ वैशाख १९ गते निर्णय भयो, अनि वैशाख २६ गते दक्षिणकालीमा विवाह।

*****


विवाहपछि दुवैले फरक महसुस गरेका छन्। उत्साहित हुँदै उषाले भनिन्, 'विवाहअगाडि सबै कुरा भनिंदैनथ्यो, अहिले सबै कुरा थाहा हुन्छ। विवाहपछि सम्बन्ध अझ गाढा हुने रहेछ।'

विवाहपछि के मिस हुन्छ पहिलाको कुरा?

उषा हाँसीमात्र रहिन्। एकछिन मौन। मौनता तोड्दै उनले भनिन्- 'पहिला खुब तारिफ गर्नुहुन्थ्यो। अहिले यो मिस गर्छु।'

किन त? 'सबै पहिल्यै भनिसकियो अब के भन्नु,' जिपीले अर्थ्याए।

उषालाई भने विवाहपछि केटामा आउने परिवर्तन त्यति मन पर्दैन। यो उनले जिपीमा 

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #15 on: February 15, 2010, 05:18:16 AM »
contd....

उषालाई भने विवाहपछि केटामा आउने परिवर्तन त्यति मन पर्दैन। यो उनले जिपीमा पनि देखिन्। विवाहपछि केटा बढी परिपक्क देखिन खोज्छन् रे। अरू त अरू श्रीमतीका अगाडिसमेत। विवाहपछि कार्ड, उपहार दिन बन्दै गर्छन् केटाहरू, उषाको बुझाइ यही छ।

जिपीको मुखबाट अहिले उनले आफ्नो रूपको तारिफ सुन्न पाएकी छैनन्। यसको अर्थ माया कम भएको भन्ने होइन। जिपीप्रति इंगित गर्दै केटीको मनोविज्ञान भन्दै थिइन् उषा, 'केटी अलि बब्ली टाइपका हुन्छन्। विवाहपछि पनि श्रीमान्ले उपहार दिइरहून्, रूपको तारिफ गरिरहून् भन्ने चाह हुन्छ।'


photos Usha Khadki -- Miss Nepal








tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #16 on: February 15, 2010, 05:19:54 AM »
 मन पराएकालाई सँगै बसेर प्रेमपत्र
बिहिवार, 11 फेब्रुअरी 2010 14:30 नागरिक



अर्जुन सुवेदी, काठमाडौं, माघ २८- वर्षौँदेखि मन पराएकी युवती दैनिक भेट हुँदा पनि उनलाई प्रेम प्रस्ताव राख्‍न डर लागेको थियो। त्रिचन्द्र क्याम्पसका विद्यार्थी सुजनले बुधबार मन पराएकी युवतीसँगै बसेर क्याम्पस कक्षमै खुल्ला प्रेमपत्र लेखे।
अरु बेला हुँदो हो त उनले आफ्नो मनको कुरा व्यक्त गर्न सक्दैन थिए। तर, भ्यालेन्टाइन दिवस पारेर क्याम्पसले नै आयोजना गरेको कार्यक्रम भएकाले उनले प्रेमपत्र लेख्‍ने काम मात्र गरेनन्, तिनै युवतीलाई देखाउँदै र सुनाउन पनि भ्याए।

बुधबार क्याम्पसमा आयोजित खुल्ला प्रेमपत्र लेखन प्रतियोगिताले सुजनजस्ता धेरैले प्रेमबारे आफ्ना कुरा राख्ने मौका पाए। झण्डै एक सय जनाले भाग लिएको प्रतियोगितामा दुई दर्जन महिला पनि थिए। भाग लिनबाट वन्चित विद्यार्थीको भीडले भने झ्यालबाट प्रतियोगिता कक्ष नियालिरहेको थियो।

प्रतियोगिताले प्रेम दिवसको झझल्को दिएको मात्र नभई विचारआदान प्रदान गर्ने र प्रेमलाई सामाजिकीकरण गर्न सहयोग पुर्‍याउने विषयमा प्रतियोगितामा भाग लिने र नलिने दुवैथरिको मत एउटै छ। 'मनका कुरा अर्कालाई भन्न नसकेपछि क्याम्पस जीवन नै अर्काको बारेमा सोच्दासोच्दै बित्छ तर मनको कुरा कहिल्यै पूरा हुँदैन' प्रतियोगिताका सहभागी रोज, उसस र जीवनले नागरिकसँग भने, 'यसरी प्रतियोगिता आयोजना गर्दा प्रेमप्रतिको दृष्टिकोणमा समेत परिवर्तन आउन सक्छ।'

प्रतियोगिता मात्र भए पनि सहभागीहरू यसले सहजता थप्ने र समस्या समाधानमा सघाउ पुर्‍याउने बताउँछन्। खुल्लारूपमा यस्ता कार्यक्रम गर्दा मन पराएको व्यक्तिलाई प्रस्ताव राख्न, बिहे र प्रेमका विषयमा बहस गर्न सहज हुने उनीहरू बताउँछन्। कुराकानीकै क्रममा रोज भन्छन्, 'अहिले प्रेमपत्र लेखियो, पक्कै पनि मैले यही वर्ष मन पराएको मान्छे पाउनेछु।' उनी प्रेमपत्रमा व्यवहारिक कुरा मात्र नभएर सकेसम्म आफूप्रति आकर्षित गर्ने प्रयास गरेको उनी बताउँछन्। उनी भन्छन्, 'राम्रो प्रेम पत्र सार्वजनिक गर्ने भएकाले मन परेको व्यक्तिले समेत जानकारी पाएपछि मेरो प्रेम प्रसंग झनै अघि बढनेछ,' उनले थपे, 'प्रतियोगिताले बढाएको आत्मबलले अर्को वर्ष पुनः प्रतियोगितामा भाग लिन नपरोस्।'


प्रणय दिवसका अवसरमा प्रत्येक वर्ष आयोजना गरिँदै आएको यो प्रतियोगितामा पछिल्ला वर्षहरूमा महिलाको सहभागितासमेत उत्तिकै बढेको छ। सुरुमा १ जना महिलाले भाग लिएको यो प्रतियोगितामा भाग लिने महिलाको संख्या बढेको मात्र छैन, भाग नलिने महिलाको हुललाई समेत आकर्षित गरेको छ।

'अहिलेको समय प्रेम अनिवार्य भइसक्यो भने किन लुकेर प्रेम गर्ने?' प्रतियोगितामा सहभागी सम्झना अवस्थीले भनिन्, 'यस्ता कार्यक्रमले उत्तरदायित्वसमेत बढाउँछ। पत्रमा लेखकले आफ्नो खुबीसमेत दर्शाउँछ।'

कसले राम्रो लेख्‍ने भन्ने कुरा फरक-फरक भएपनि प्रेमका विषयमा प्रायको भावना एउटै हुने उनको भनाइ छ।

प्रेमपत्र लेखन कम्प्युटर र मोबाइलको आगमनसँगै प्रेमपत्र लेखन कम हुँदै गएको छ। तर प्रतियोगितामा सहभागीभने प्रेमपत्रको छुट्टै मौलिकता र महत्व हुने बताउँछन्।

प्रतियोगिता सकेलगत्तै गम्भीर मुद्रामा भेटिएकी सविता शर्मा विद्युतीय साधनको प्रयोगले पत्र लेखनको महत्त्व घटाए पनि यसको संवेदनशीलता र यसले दिने अनुभूति बेग्लै भएको बताउँछिन्। उनले भनिन्, 'अनलाइन र मोबाइलबाट भन्दा यसमा बढी भावना र मेहनत खर्चिएको हुन्छ।' हस्तलिखित पत्रका अगाडि विद्युतीय माद्यमबाट आउने सन्देस निरर्थक हुने उनको भनाइ छ। उनले थपिन् 'प्रत्येक अक्षर थपिँदै जादा मन पनि कमलो बनाउँदै जाँदोरै'छ।'


यसको महत्त्व बढदै गएकाले कार्यक्रमलाई निरन्तरता दिन थालिएको भनाइ आयोजकको छ। प्रतियोगितामा भाग लिने मात्र नभएर नलिनेको पनि ध्यानाकर्षित गर्न आयोजकले प्रणय दिवस अर्थात् फेब्रुअरी १४ मा अंग्रेजी र नेपालीतर्फ तीन-तीन उत्कृष्ट प्रेमपत्र घोषणा गर्ने भएका छन्। सो दिन उत्कृष्ट प्रेमपत्रका लेखकहरूलाई पुरस्कृत समेत गर्ने त्रिचन्द्रका विद्यार्थी संगठन र त्रिचन्द्र युथ फोरमले बताएको छ।


नेपाली चलचित्र क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरूबाट पुरस्कार वितरण र सम्मान गरिने त्रिचन्द्र युथ फोरमको महेन्द्र कार्कीले बताए।


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #17 on: February 15, 2010, 05:21:00 AM »
तारा चाम्लिङ-
'हाम्रो नाम लेख्देउ ल?,' बिदामा घर जाने बेला साथीले यसै भनेकी थिइन्।

धराने साथीहरू मिलेर होस्टलमा बुढासुब्बाको चर्चा धेरैपटक गरेका थियौं। शोभाको आस्था जागेछ। प्रेममा परेकीले होला। 'नबिर्सी लेख है? नत्र मसँग बोल्नुपर्दैन,' स्कुले छँदाको त्यो घुर्की मैले अझै भुलेकी छैन।


खासमा बुढासुब्बाको आकर्षण नै त्यहाँका बाँसघारी हुन्। यहाँ प्रेमीहरू अक्सर आफ्ना नाम खोप्छन्। हजारौंले नाम खोपिसके आजसम्म। तिनका प्रेम सफल भए कि असफल तिनीहरूलाई नै थाहा होला, या बुढासुब्बालाई। प्रेमीहरूको आस्था पनि गजबकै हुन्छ, जसले तानेर उनीहरूलाई बारम्बार उही बाँसका फेरमा पुर्‍याउँछन्।

अचेल बाँसमा लेख्न पाइन्न। सुकेको बाँसका झ्याङलाई निकै राहत पुगेछ, हरियो देखिन्छ सबतिर।


बुढासुब्बामा अचेल यस्तो देखिन्छ। तस्बिरः उमेश

तर प्रेमीहरू हार्ने प्राणी कहाँ हुन् र? लेख्न नपाए के भो? बाँसघारी घेरिएको तारै काफी छ। उनीहरू हिजोआज त्यसैमा धागो बाँध्न थालेका छन्। रङ्गीचङ्गी धागोले बाँसका फेद मज्जाले सिंगारिएको छ।

एउटा ठिटो उही तारमा झुण्डिएर धागो बाँध्दै थिए। एक फेर कसेपछि उनी भुईतिर हाम हाले। उमेरमा सबै जोशिला हुन्छन्। उनी बोल्न पनि सिपालु रहेछन्।

'धागो बाँध्दै के माग्नुभो?'

'यहाँ मागेको कुरा सुनाए पूरा हुँदैन रे,' उनी उम्कन खोजे।

एक छिनपछि 'जे बुझ्नुभो त्यही मागें' भन्दै हाँसे।

'मनपरेको मान्छे भनिदिंदा के फरक पर्छ र?,' छेवै बसेका उनका साथीले थपे।

उनीहरू इटहरीबाट धागो बाँध्न बुढासुब्बा उक्लेका रहेछन्, त्यो पनि कलेज युनिर्फममा। उनको भाग्यमा बाँसमा नाम लेख्न जुरेन।

'केही फरक पर्दैन, बुढासुब्बाले बुझे भइगो,' उनले तुरून्त जवाफ फर्काए। कहिल्यै टुप्पो नपलाउने ती बाँस मासिए बुढासुब्बाको अस्तित्व नरहने कथन पनि उनलाई थाहा रहेछ।

'गुराँसको फेद मुनी सम्झनाको छायाँ
जहाँ गए'नि किन लाग्छ, मलाई तिम्रै माया ........
यो कथाको राजकुमार मै तिम्रो लागि,
तिम्रो साथ पाएँ भने उड्छु बादलमाथि
आजै गई बुढासुब्बा लेखुँ नाम बाँसैमा,
कति बसौं म तिमी आउने आशैमा'

शायद ती केटोको हालत यस्तै थियो।

हुन त बुढासुब्बामा सबैले उस्तै भाकल गर्दैनन्। तिनका अनुसार धेरै युवा आफूलाई मनपरेको मान्छे माग्न आउँछन्। त्यही भएर बाँँसका झ्याङ प्रेमीहरूकै नामले पुरिएको छ।

'मेरो बुढा यसपालि लाहुरे लागोस् है,' कसैले यस्तो पनि लेखेका रहेछन्। ब्रिटिस गोर्खा सैनिकमा जान धरानमा पाँच हजारभन्दा बढी युवा वर्षेनी भर्ती भिंड्न आउँछन्। शायद उसैबेला कसैकी श्रीमतीले त्यस्तो लेखेकी हुन्।

बुढासुब्बा परिसरको दुवैतिरको फलैंचा अक्सर रित्तो हुन्न। तर आज त्यस्तो थिएन। उत्तरपट्टि फलैंचामा बसेर एउटा केटो गीत सुन्दै थिए। उनको मोबाइलबाट गजनी फिल्मको 'तु मेरी अधुरी प्यास प्यास, ........ हे गुजारिश' घन्किरहेको थियो। शायद उनी कसैलाई एसएमएस पनि गर्दै थिए। मान्छे उति नभएकाले सुविस्ता भएछ उनलाई।

दिक्क लागे जोगेश लिम्बु विजयपुर डाँडा उक्लिहाल्दा रहेछन्, बुढासुब्बा पस्न। बाइकमा पाँच मिनेटकै बाटो हो बाँझगरा (धरान) देखि।

'यहाँ आनन्द छ,' उनले भने, 'तर मान्छे धेरै नभा'को दिन।'

कुराकानी सुरु हुनै आँटेको थियो, उनका साथी आइपुगे। पहिले केटी हेर्नकै लागि बुढासुब्बा धाउने गरेको खुलासा गरे तिनले।

'टिनएजमा के/के गरियो के/के?'

'यहाँ आएर केटी जिस्काइएन कि, केटीकै निहुँमा झगडा गरिएन कि, नाम पो लेखिएन कि?,' पुराना किस्सा सुनाउन थाले जोगेश। उनका साथी पनि कथा सुनाउन तम्सिए।
'झगडा त यसकै कारणले हुन्थ्यो,' एउटाले भन्यो।

'तिमीहरूका कारणचाहिँ भा'को छैन?,' ती केटोतिर फर्केर जोगेशले सोधे। 'यिनहरूले पत्तै पा'का रैनछन्,' अर्कोले कुरा मिच्यो, 'खासमा झगडा जहिले पनि केटीले गर्दा हुन्थ्यो।'
बाँसमा खोपेको नाम बुढासुब्बाले देखेर हो या संयोगले, जोगेशले आफूलाई मन परेकी केटी पाइछाडे। 'बुढासुब्बाले हो भनुँ यहीँ नाम खोपेका साथीलाई गर्लफ्रेन्डले 'ब्रेक अप' दियो,' उदाहारण समेत दिए उनले।


जे भए पनि बुढासुब्बा स्थानीय युवाहरूको अड्डैजस्तो छ। मन्दिरका पुजारी बुढा मगरको भनाइमा झन् शनिबारको दिन केटाकेटी बढी भेटिन्छन्। केटाहरू पूजा गर्नभन्दा समय काट्न आउँछन्। पुजारीका अनुसार धरान बाहिरकै जोडी बढी आउँछन् धागो बाँध्न।

त्यस दिन पुजारी फूर्सदिला थिए। जोखाना फलाक्ने ठाउँ पनि खुकुलो देखिन्थ्यो। पल्लो छेउ एक जोडी आफ्नै सुरमा मस्त थिए। बुढासुब्बा छ नै त्यस्तो, जहाँ सजिलै हराउन सकिन्छ। पातला रूखले परिसर मस्त सिंगारेको छ। उत्तरपट्टिको फलैंचामा बसेर पारि गाउँको दृश्य मज्जाले हेर्न सकिन्छ।

बुढासुब्बाको यही विशेषताले रमा घिमिरे र उनका साथीलाई पनि तानेको रहेछ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठातका ती नर्स कोही नाइट-ड्युटी सकेर आएका थिए, कोही डे-ड्युटी गर्न पुग्नुपर्ने।

'कतै टाढा जान समय मिल्दैन,' रमाले सुनाइन्, 'फ्रेस हुन यही ठीक छ।' पूजा पनि गर्ने र धागो पनि बाँध्ने सूरमा थिए उनीहरू। तर तिनैमध्ये एकले धागो बाँधेनन्।

'किन त?'

'मन नलागेर,' एकछिन अडिएर एउटीले भनिन्, 'जरूरी पनि छैन।'

'आ-आफ्नो ईच्छा हो,' रमाले हत्तपत्त थपिन्, 'हामीले बाँध्नुपर्ने बेला भएको छैन।'

उनीहरू मर्नु परे पनि आफ्नो प्रेम कथा सुनाउनेवाला थिएनन्। 'परेको दिनै थाहा होला,' उनी पन्छिए।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #18 on: February 15, 2010, 05:23:24 AM »
 स्वप्न बगैंचा
शनिवार, 13 फेब्रुअरी 2010 22:56 नागरिक


भ्यालेन्टाइन्स डेमा आफ्नो मायालुसँग कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ भने स्वप्न बगैँचा राम्रो गन्तव्य हुनसक्छ।

कञ्चन अधिकारी-
शान्त, सफाचट। हरियाली। ढकमक्क फुलेका विभिन्न थरि फूल। रुखमा चराको चिरबिर अनि पोखरीमा कञ्चन पानी। काठमाडौंको केशरमहल चोकबाट पश्चिमतिर केही मिटर अघि बढेपछि पुगिने स्वप्न बगैंचा (गार्डन अफ ड्रिम्स) साँच्चै मनमोहक र आनन्दमयी छ। गेटबाट छिरेपछि लाग्छ - काठमाडौंबाट अर्कै संसार पुगियो!



भीडभाड, कोलाहल र व्यस्त दैनिकीबाट केही समय भनेपनि मुक्त हुन चाहनेलाई स्वप्न बगैंचा राम्रो ठाउँ हुन्छ। न धेरै टाढा जानुपर्ने न लामो समय खर्चनु नै पर्ने। नजिक पायक पर्ने र छोटो समयमै घुम्न सकिने बगैंचाको आनन्द लिने हो भने समय निकाल्नुस्! अझ भ्यालेन्टाइन्स डेमा आफ्नो मायालुसँग कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ भने त स्वप्न बगैंचा राम्रो गन्तव्य हुन्छ।

बगैंचा शान्त, सफा र सुन्दर छ। स्वप्न बगैंचा विकास समितिबाट सञ्चालित बगंैचामा जाने जो कोही मन पुलकित बनाएर फर्कनसक्छन्। केशरमहल चोकबाट पश्चिमतिर केही समय हिँडेपछि दाहिनेतिर छ बगैंचा। इँटाले बनेको अग्लो पर्खालले घेरिएको बगैंचामा छिर्न नेपालीले ८० रुपैयाँ तिर्नुपर्छ। विदेशीलाई भने एक सय ८० रुपैयाँ। गेटबाट छिर्नेबित्तिकै कलात्मक धारोबाट झरेको पानीले स्वागत गर्नेछ।

समितिले बारम्बार घुम्न जानेलाई सजिलो होस् भनेर वार्षिक ग्राहकसमते बनाउने गरेको छ। वार्षिक ग्राहक बन्न दुई हजार रुपैयाँ तिर्नुपर्छ। दुई हजारले ३ सय ६५ दिनै जान सकिन्छ। कर्पोरेट मेम्बर बन्ने हो भने १५ सय तिर्नुपर्छ। समितिका कार्यकारी निर्देशक अरुणलाल पौडेल भन्छन्, 'कर्पाेरेट मेम्बरको वार्षिक ग्राहक बन्न कम्तीमा १० जनाको समूह चाहिन्छ।' टिकट काटेर भित्र पसेपछि बगैंचामा धित मरुन्जेल बस्न सकिन्छ।

युरोपियन र एड्वार्डियन कला शैलीमा बनेको बगैंचाभित्र छिरेपछि युरोपियन देशमा बनेको घरको झल्को मिल्छ। अठारौं शताब्दीमा युरोपियन देशमा चलेको कला र शैलीलाई बगैंचाभित्र देख्न सकिन्छ। सन् १९०७ मा सिंहदरबारको डिजाइन गर्ने शिल्पकार किशोरनर सिंहले यसको डिजाइन गरेका हुन्।

ल्यान्डस्केप, आर्किटेक्ट र गार्डनिङको सुन्दर मिलावट भएकाले बगैंचालाई 'फ्युजन अफ थ्री इलेमेन्ट्स' पनि भनिन्छ। थरिथरिका ल्यान्डस्केप, कलात्मक आर्किटेक्ट र सुन्दर गार्डेनिङको आनन्द लिने हो भने पनि बगैंचा उपयुक्त ठाउँ हुनसक्छ। समितिका कार्यकारी निर्देशक पौडेलका अनुसार त्यसकै परख गर्न मानिस बढी आउने गर्छन्। तर, आजकाल प्रेमीप्रेमीकाको डेटिङस्पट पनि बनेको छ। 'विशेषतः युवा जोडी नै स्वप्न बगैंचाको खास भिजिटर्स हुन्,' पौडेल भन्छन्।

बगैंचालाई विभिन्न नामले विभिन्न भागमा छुट्याइएको छ। थिएटर, पेभेलियन र गार्डन। दक्षिण गेटबाट छिर्नेबित्तिकै बगैंचाको बीचमा देख्न सकिन्छ थिएटर। बगैंचाको सबैभन्दा उच्च स्थानमा रहेको यो भागमा विभिन्न कार्यक्रम गर्न सकिन्छ। यसको वरपर चाइनिज दुबो रोपिएको छ। जहाँ बसेर निकै आनन्द लिन सकिन्छ। बुधबार म्याटमा बसेर रमाइरहेको एक जोडीले भन्यो, 'दुबोमाथि म्याट र म्याटमाथि हामी। यहाँ आएर बस्नुको मजा भनेकै यही।'

यहाँ जानेहरूलाई बस्ने सुविधाको लागि समितिले चौरमा बस्नेलाई म्याट र सिरानीको समेत व्यवस्था गरेको छ। पार्कमा बस्ने हो भने चाहिँ बेन्चमा बस्न सकिन्छ। 'म्याटमा सुतेर आनन्द लिनुको मजै बेग्लै,' काखमा ल्यापटप लिएर साथीसँग कुरा गर्दै गरेका बानेश्वरका असिम श्रेष्ठ भन्छन्, 'बस्नको लागि पनि उपयुक्त ठाउँ पनि हो यो।'


यहाँ नेपाली ६ ऋतुअनुसार बस्ने ठाउँ बनाइएकाले 'गार्डन अफ सिक्स सिजन' पनि भनिन्छ। ऋतुअनुसार पेभेलियन छुट्याइएको छ। बसन्त, ग्रीष्म, बर्खा, शरद, हेमन्त र शिशिर ऋतुमा बस्न ६ ठाउँ बनाइएको छ। 'यी पेभेलियनमा ऋतुअनसारको दृश्य हेर्न र वातावरण अनुभव लिन सकिन्छ,' पौडेल भन्छन्। तर अहिले तीन ऋतुको मात्रै पेभेलियन छ। बसन्त, ग्रीष्म र बर्खा। 'नेपाल सरकारलाई हस्तान्तरण गर्दा अरू तीनवटा कम्पाउन्ड बाहिर निजी जग्गामा पर्‍यो।'

यहाँ गर्मी ठाउँमा पाइने फूलदेखि चिसो हावापानीमा हुर्कने वनस्पतिसम्म देख्न सकिन्छ। त्यसैले यो गार्डन बोटानिकल हिसाबले पनि राम्रो छ। उन्यु, लालीगुराँस, सिक्किमबाट ल्याइएको अजेलिया फूलसम्म यहीँ नै अवलोकन गर्न सकिन्छ। पौडेल भन्छन्, 'देशदेखि विदेशसम्मका र हिमालदेखि तराईसम्म फुल्ने फूल र वनस्पति पाइन्छन्।'

बिहान नौ बजेदखि राति १० बजेसम्म खुला हुन्छ बगैंचा। बगैंचामा राति पोखरीको बीचमा ग्यासबाट बल्ने बत्तीले वातावरणमा मादकता थप्छ। त्यतिमात्र होइन अरू ठाउँमा बल्ने शीतल प्रकाशले शरीरमा थप ऊर्जा दिन्छ। यहाँ मोबाइल धेरै ठूलो गरी बजाउन पाइँदैन। हल्लाखल्ला पनि बन्देज छ। त्यति मात्रै होइन आफैले बनाएको खानेकुरा समेत लैजान निषेध गरिएको छ।

'न्यानो बत्तीको कन्सेप्टमा बनाएकाले आँखालाई त्यति धेरै असर पुग्दैन,' पौडेल भन्छन्, 'एकदमै फरक शैलीले डेकोरेसन गर्ने कोसिस गरेका छौं।' ए, साँच्ची! बस्दै गर्दा तपाईंलाई भोक लाग्यो? चिन्ता लिनुपर्दैन। छेवैमा छ रेस्टुराँ। समितिले द्वारिकाज होटललाई लिजमा दिएको छ भवन रेस्टुराँ सञ्चालन गर्न। त्यति धेरै महंगो पनि छैन रेष्टुराँ। हातमा चिया र कफीको चुस्की लिँदै बहकिनुको मजै बेग्लै हुन्छ।

तपाईंसँग ल्यापटप छ? काखमा राखेर रापिलो घाम वा शितल छहारीमा बसेर साथी र आफन्तसँग कुरा गर्न सक्नुहुन्छ। समितिले वाइफाईको व्यवस्था गरेको छ। जसका लागि प्रतिघन्टा ५० रुपैयाँ तिर्नुपर्छ।


गार्डेनको कथा
स्वप्न बगैंचाको परिकल्पनाकार श्री ३ चन्द्र शमशेरका छोरा केशरशमशेर हुन्। यो सन् १९२० मा बनेको हो। केशरशमशेर बेलायतलगायत युरोपियन देशमा जाँदा एड्वार्डियन गार्डन देखेछन्। त्यो गार्डनबाट उनी निकै प्रभावित भए। युरोपबाट फर्कनेबित्तिकै बुबा चन्द्र शमशेरलाई यस्तै बगैंचा बनाउन अनुरोध गरे। तर चन्द्र शमशेरले जनताले व्यक्तिगत बगैंचाका लागि सरकारी ढुकुटी सकाएको आरोप लगाउँछन् भनेर बनाउन दिएनन्।

बुबाले बगैंचा खोल्न नदिएर खिन्न भएका केशर शमशेर जसरी नि बगैंचा बनाउने धुनमा थिए। तिहारमा राणाहरूले परिवारसँग बसेर जुवा खेल्थे। सन् १९२० तिर त्यही प्रथा कायम राख्दै बाबुछोराले कौडा खेल्ने निर्णय गरे। केशर शमशेरले पन्जा दाउ लिए। खेल्दै जाँदा चन्द्र शमशेरले हारे र केशर शमशेरले बुबाको १ लाख रुपैयाँ जिते। कौडा खेलेर जितेको पैसा उनले यही गार्डन बनाउन खर्चे। उनी फूलका सोखिन थिए। अध्ययनशील पनि। एकान्तमा घाम तापेर अध्ययन गर्न उनले रेडुन्डा पेवेलियन बनाए। जुन अहिले पनि छ।

लामो समय सर्वसाधारणलाई खुल्ला थिएन बगैंचा। २००७ सालको क्रान्तिपछि सर्वसाधारणका लागि खुला गरियो। 'तर मानिसहरू जाादैनथे,' कार्यकारी निर्देशक पौडेल भनछन्, 'प्रचार भएन र सर्वसाधारणलाई पनि जानकारी भएन। तीन दसकसम्म त वास्तै भएन।'

सन् २००० मा नेपाल सरकार र अस्ट्रियन सरकारबीच जिर्णोद्धार गर्ने सहमति भयो। अस्ट्रियन सरकारले सात वर्षमा काम सक्ने गरी १० लाख अमेरिकी डलर दियो। सन् २००७ डिसेम्बरमा जिर्णोद्धारको काम पूरा भो। अनि २००८ जनवरी ८ देखि सर्वसाधारणका लागि स्वप्न बगैंचा खुला गरियो।









tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: ** Valentine Day Special ** (in Nepali)
« Reply #19 on: February 15, 2010, 05:25:29 AM »
 साइबर लभ
शनिवार, 13 फेब्रुअरी 2010 20:44 नागरिक


विनोद पाण्डे- क्रिकेटको  मैदानमा धेरैलाई क्लिन बोल्ड गरेका विनोद दासले जब पहिलोचोटि करुणालाई देखे, उनी आफै क्लिन बोल्ड भए। विनोद पाण्डे-

विनोद दास, नेपाली राष्ट्रिय क्रिकेटका हस्ती। बलिङ र ब्याटिङ दुवैमा अब्बल। धेरैलाई यिनले 'क्रिज'मा टिक्न दिएनन्। क्लिन बोल्ड। एकदिन यस्तो आयो, आफै क्लिन बोल्ड मनको क्रिजमा।

विनोदसँग त्यो दिन हातमा न ब्याट थियो, न बल। मैदानमा मात्र दुई खेलाडी थिए, विनोद र करुणा। टस भएन। खेलको कुनै रणनीति पनि थिएन। दुवैका आँखाले एकसाथ बलिङ गर्‍यो, अनि दुवै क्लिन बोल्ड।

पहिलो इनिङ

विनोद सुर चले बिहान 'जगिङ' जान्थे। साथी शरद भेषावकरसँगै। दिउँसो जेभियर इन्टरनेसनलका विद्यार्थीलाई प्रशिक्षण दिन्थे। नेपाली क्रिकेट जगत्का स्टार भएकाले केटीहरूका तारन्तार फोन आउनु सामान्य थियो। केही परिचित, धेरै अपरिचित। तर कसैप्रति उनी आकर्षित भएनन्।

२०६१ सालतिर नक्सालको प्लाजा होटलमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शिविर चलिरहेको थियो। होटलछेउको घरमा बस्ने एक युवतीलाई देखेर उनी निहाल भए। नाम पत्ता लगाए, करुणा। करुणाले त उनलाई नचिन्ने कुरै थिएन। दिनहुँ देखादेख हुन थाल्यो। लुकीलुकी हेर्दा आँखा जुधिहाले लाजले फ्याट्ट मुख लुकाउने गर्थे। यति हुँदा पनि मुख फोर्ने आँटचाहिँ दुवैलाई भएन।

प्रशिक्षण सकिने दिन पनि आयो। विनोदलाई लाग्यो, 'अब केही त पक्कै गर्नुपर्छ।'

त्यस दिन विनोदले भएभरको साहस बटुलेर करुणालाई बोलाइछाडे।

'एक्स्क्युज मी करुणा!'

करुणाले फर्किएर हेरिन्।

'म विनोद...,' उनले आफ्नो परिचय दिए, जुन जरुरी थिएन। उनको वाक्य टुंगिन नपाउँदै करुणाले भने, 'म चिन्छु तपाईंलाई।'

करुणा सायद यसैको प्रतीक्षामा थिइन्। दुईबीच इमेल ठेगाना आदानप्रदान भयो। त्यसपछि सुरु भयो इमेल र च्याटको सिलसिला।

इमेलमा राम्रो कुराकानी भए पनि भेट हुँदा दुवै खासै बोल्दैनथे। संकोच थियो दुवैका मनमा। एकपटक जयनेपाल हलमा ऐश्वर्या राय अभिनीत हलिउड फिल्म 'ब्राइड एन्ड प्रेजुडिस' हेर्न गएपछि मात्र दुवै खुलेर कुरा गर्न थाले।

त्यसपछि बल्ल रफ्तार लियो उनीहरूको साइबर प्रेमले। कीर्तिपुर गएर क्रिकेट म्याच हेर्ने नियमित दर्शकमा करुणा पनि पर्न थालिन्। राष्ट्रिय टोलीका अरू खेलाडीसँग पनि उनको राम्रो चिनजान भयो। विनोदलाई मात्र होइन, अन्य राष्ट्रिय खेलाडीलाई दर्शकले गाली गर्दासमेत करुणालाई रिस उठ्छ।

नक्साल एक्सप्रेस

प्रेमले विनोदलाई नयाँ जीवनमात्र दिएन, नयाँ उपनाम पनि दियो - 'नक्साल एक्सप्रेस'। पाकिस्तान्ाी क्रिकेटर सोएब अख्तरलाई उनको जन्मथलो रावलपिन्डीका नाममा 'रावलपिन्डी एक्सप्रेस' उपनाम दिइएको थियो। विनोदले भने करुणासँगको प्रेमको जन्मथलोबाट यो उपनाम पाए।

नेपाली क्रिकेटरमाझ पहिले रावलपिन्डीको कथा निकै चर्चित थियो। नक्साल एक्सप्रेसको आगमनपछि यो ओझेल परेको छ। कीर्तिपुर मैदानमा एउटा म्याच खेल्दा पारस खड्काले ठट्यौली पारामा विनोदलाई यो उपनाम जुराएका हुन्। यसले उनको प्रेम प्रसंगसमेत सार्वजनिक गरायो।

दोस्रो इनिङ

नेपाली क्रिकेटका पूर्वकप्तान विनोदको जीवनको दोस्रो इनिङ मंसिर अन्तिम साताबाट सुरु भयो। २०६५ मंसिर २८ गते करुणासँग बिहे गरेर पहिलो इनिङ समाप्तिको घोषणा गरे। चार वर्ष लामो प्रेम सम्बन्धले नयाँ परिभाषा पायो।

अचेल यो जोडीको डेटिङ घरमै हुन थालेको छ। तर पहिले दुनियाँको आँखा छलेर उपत्यकाभित्रका पार्क, डाँडाकाँडा घुम्दै हिँडेको उनीहरू अझै सम्झन्छन्।

भलै मैदानमा टोलीको बिँडो उठाउने विनोद हुन्, तर अहिले उनको निजी जीवनको बागडोर करुणाका हातमा छ। अविवाहित छँदा बढी अस्तव्यस्त विनोदलाई शारीरिक सुगठनदेखि नियमित अभ्याससम्ममा घच्घच्याउने गर्छिन् करुणा।

अहिले विनोद नियमित जिम जाने तयारीमा छन्। क्रिकेटको समय सुरु हुन लागेकाले चुस्त रहनु जरुरी भएको छ। पहिले घच्घच्याउने कोही नभएर होला, उनी अल्छी बनेका थिए। विवाहले उनमा नयाँ जोस भरेको छ। करुणा उनको क्रिकेट जीवनमा प्रेरणास्रोत बनेकी छन्।

सामान्यतया विवाहले खेलाडीलाई रोमान्समा व्यस्त पारेर बोधो बनाउँछ भन्ने धेरैले ठान्छन्। विनोदका हकमा यो लागू हुँदैन। नेपाली राष्ट्रिय टिमका श्रीलंकाली प्रशिक्षक रोय डायसले विनोदको विवाहका दिन ठट्टा गर्दै भनेका थिए, 'विनोदको फर्म अब झन् राम्रो हुनेछ। विवाहले उनको प्रदर्शन थप सुधार्नेछ।'

हनिमुन अधुरै

'विवाहपछि धेरै औपचारिकता र जिम्मेवारी बढ्दो रहेछ,' विनोदले भने, 'सबै नातेदारलाई भेटनैपर्‍यो। घर (कलैया) जानैपर्‍यो। फेरि हामी दुवै काम गर्ने भएकाले निकै गाह्रो भइरहेको छ। हनिमुनका लागि पनि समय निकाल्न भ्याएको छैन।'

उनीहरूले विवाहलगत्तै गोवा जाने सोच बनाएका थिए। 'त्यसका लागि अलि समय लाग्ने भयो,' उनले भने, 'करुणाको पनि छुट्टी थिएन, फेरि त्यही समय भारतमा तनाव भयो। अब एक महिनाभित्र पोखरा जाने योजना बनाएका छौं।'

केटी साथीका फोन आउने क्रम भने विवाहपछि पनि यथावत छ, जसलाई 'विनोदको व्यक्तिगत प्रसंग' भन्छिन् करुणा। उनलाई यसमा कुनै चासो छैन। 'सुरुमा त ब्ल्यांक कलले पनि हैरान पार्थ्यो,' उनले भनिन्, 'अहिले आउन छाडेको छ। राहत भएको छ।'

बलिङै दामी

बुद्ध एयरमा काम गर्ने करुणालाई विनोदको बलिङ औधी मनपर्छ। हुन पनि उनले तीनदिवसीयमा सर्वाधिक ६७, एकदिवसीयमा ५९ र यु-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा ४१ विकेट लिएका छन्। राष्ट्रिय प्रतियोगितामा पनि सबभन्दा बढी ५९ विकेट उनको खातामा छ।

अहिले उनी तल्लीन छन् आफ्नो यो प्रतिभा तिखार्न। उनले घरमा प्लास्टिक बल किनेर ल्याएका छन्। डाइनिङ रुममै सुरु भएको छ उनको अभ्यास। कहिले आफू बलिङ गरेर भाइलाई ब्याटिङ गराउँछन्, कहिले भाइलाई बलिङ गर्न लगाएर आफू ब्याटको लय नभुल्ने चेष्टा गर्छन्। यसले घरेलु क्रिकेटमा स्तरीय प्रतियोगिताको अभावलाई व्यंग्य गर्छ।

सुखद संयोग

साइबरले नजिक ल्याएको यो जोडीको सम्बन्धमा प्रविधिको अर्को रमाइलो संयोग जुरेको छ।

सन् १९९७/९८ मा विनोदले binod@hotmail.com र binoddas@hotmail.com को ठेगानामा आफ्नो इमेल ठेगाना खोल्न खोजे। तर दुवै ठेगाना अरू कसैले लिइसकेका रहेछन्। उनले नयाँ ठेगाना जुराउनुपर्‍यो। उनले binodsum@hotmail.com र binodsum@yahoo.com टाइप गरे। स्वीकृत भयो।

करुणासँग भेट्नुअगावै विनोदले काल्पनिक रूपमा रचेका यी दुवै इमेल ठेगानाले उनीहरूको सम्बन्धलाई संकेत गर्छ। करुणाको घरमा बोलाउने नाम सुमन हो, जसको आधा अंग्रेजी अक्षर विनोदको इमेल ठेगानासँग मिल्छ।

नक्सालको त्यो पहिलो भेटमा विनोदले यही इमेल टिपाएका थिए करुणालाई।