घाम झुल्क्यो
-किष्णप्रसाद पराजुली
घाम झुल्क्यो पूर्वबाट
डाँडामाथि राम्रो
आऊ भाइ, आऊ बैनी !
पालो आयो हाम्रो
आज दिनमा धेरै-धेरै
काम गर्नुपर्छ
नढल्किँदै घाम भरे
घरमा फिर्नुपर्छ
अरु साथीभाइभन्दा
अघि पुगौँ हामी
कामकुरा राम्रो गरी
बन्न खोजौँ नामी
घाम झुल्क्यो पूर्वबाट
हिमचुलीमा छुँदै
हामी हिँडौँ,हामी हिडौँ
घामजस्तो हुदैँ ।