हाटबजार
-रामबाबु सुबेदी
राम्रा लुगा लाएर
मिङमा गई बजार
बजारमा भेटिए
साथी हजार ।
यौटा साथी सुर्खेते
अर्को साथी पुर्कोटे
च्याङ्लुङे र म्याङ्लुङे
काँ'हुँ, धुर्केटे ?
सथी भाई भेटिँदा
मिङमा भई फुरुक्क
धुवाँले र धुलाले
तर धुरुक्क ।
हाटबजार भनेका
गुलाबाका फूल हुन्
यी फूलका डालीमा
काँडा पनि छन् ।