Author Topic: Rekha Thapa (रेखा थापा) Nepali Actress  (Read 245495 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #191 on: September 02, 2015, 04:27:04 AM »
त्यो दिन परिपक्व हुन्छु,जुन दिन आर्यघाटको चितामा पुग्छु: रेखा

अशेष अधिकारी,समुन्द्र राज घिमिरे, काठमाडौं, भदौ 9

Setopati


'म ममीको गर्भमा छँदा मानिसहरु भन्थे रे ३-४ वटा बच्चा छ!म आमाको पेटमा आएपछि घरमा परेवा, मौरीहरु आएर बस्न थाले रे!’ कोही मान्छे ७ महिनामा जन्मिन्छन कोही ८ र नौ महिनामा जन्मिन्छन् मलाई भने साढे दश महिना लागेछ।' अभिनेत्री रेखा थापा ३२ वर्ष कि भइन्।जन्मसंवादका लागि पुगेका हामीलाई उनले कुनै मिथक सुनाएझैँ आफ्नो जन्मकथा सुनाइन् ।
उनी जन्मेपछि आमाले जागीर पाइन्। रेखा लक्षिण कि छोरी भैहालिन त्यसपछि। उनी कृष्णजन्माष्टमीको अघिल्लो दिन जन्मेकी रहिछन्। त्यसैले पनि आफ्नो स्वभाव त्यस्तो भएको उनले बताइन।
कस्तो?
‘कृष्णजन्माष्टमीको १ दिनअघि जन्मेको रे! त्यसैले... त्यो भन्दा बढी बोल्दिन।’ यस्तो अपुरो उत्तर दिएर उनी हाँसिन्। भगवान जाने उनले के भन्न खोजेकी हुन्।
कुरा यस्तो रहेछ,घरमा काम गर्ने मान्छे हुँदाहु्ँदै पनि उनलाई घरायसी धन्दाका सबै कामगर्न मन लाग्थ्यो। गोठालो जान खुब मनपथ्र्यो,  दुध दुहुन मन लाग्नु रनवन घुम्न मनलाग्नु के कृष्ण जन्माष्टमीको बेला जन्मेको भएर यस्तो स्वभाव आएको हो?उनी संझेर आफै दंग पर्छिन।
तर, उनको स्वभाव त दुर्गाको जस्तो ‘विद्रोही’ बन्दै गयो।
...

जन्मदिन मनाउने कुरामा उनको मनमा प्रश्न उठ्थ्यो। के चैं त्यस्तो गरिएको छ र सेलिब्रेसन गर्नलाई?’
जन्मदिनको सेलिब्रेसन गर्नलाई के चैँ गर्नु पर्दो रहेछ कुन्नी?
‘मलाई जन्मदिन मनाउन सारै लाज लाग्छ।,’ उनको अनुहारमा लज्जा भन्दा खुसी धेरै थियो। उनले थपिन् ‘पहिले त मलाई यो गिफ्टसिफ्ट, क्यान्डल निभाउने, ह्याप्पी बर्थ डे भन्ने कुरा सारै झन्झट लाग्थ्यो।’
गाउँतिर जन्मदिन मनाउने चलन थिएन। बाल्यकाल बित्यो, किशोरी उमेर नढल्किदै उनी फिल्म क्षेत्रमा आइन्। कामकै चटारोमा उनले आफ्ना कैयौँ जन्मदिन बिर्सिइन्। तर,यो वर्षको जन्मदिनले चाँहि उनलाई अहिलेसम्मकै प्रिय र रोचक अनुभुति दिलाएर गयो रे।
जन्मलाई भाग्यको खेल भन्न रुचाउने उनीले यसपालि भने आफ्नै जन्मको सेलिब्रेसन गरिन्।

...
एक कक्षाबाट दुई कक्षामा जाँदा उनी फस्ट भइन्। पढाइमा त्यो उनको पहिलो र अन्तिम राम्रो नतिजा थियो। त्यसपछि उनको मन पढाइमा हैन नाच्नमा जान लाग्यो।
‘म अरुलाई पनि नाच्न सिकाउँथे त्यसैले मलाई मेरो स्कुलले आधा शुल्क मिनाहा गरिदिएको थियो,’ उनले संझिइन्।
‘तँ त हिरोइन बन्छेस्,’ सबैले फुर्काउँथे उनलाई।
‘गणितका सुत्र घोकेर हिरोइन बनिँदैन।’ उनलाई पनि लाग्न थाल्यो। नभन्दै उनी किशोरि उमेरमै हिरोइन भइन्।
अहिले उनी आफूले पढेको र अहिलेको शैक्षिक प्रणालीलाई ‘मेकानिकल’ भन्न पछि पर्दिनन्।  आफू पढन्ते नभएकोमा आफुलाई कमजोर ठान्दिनन्।
बरु समाजका कुरा पढ्न सक्ने भएकाले आफूलाई ‘एक्स्ट्रा अर्डिनरी लेडी’ को संज्ञा दिन्छिन्।
किशोर उमेरको सुरुवातीमै उनले आफ्नै घरमा छोरा र छोरीबीचमा देखिने आम विभेद देख्न थालिन् ।आफ्नो दाइ घर ढिला फर्कंदा बाआमाले केही नभन्ने तर, आफूलाई सोधखोज गरेको पैंचो तिर्न उनी कराँते सिक्न थालिन्। बाटामा दाइलाई देख्दा पनि अभिभावकले झैं हप्कदप्की गर्थिन्। रेखाकै भाषामा भन्दा उनले त्यहीबेलादेखि नै आफूमा ‘दबंग’ स्वभावको निर्माण गरेकी हुन्।
उनका फिल्महरुमा संघर्ष गर्ने महिलाहरुको कथा हुन्छ। उनले आफुलाई पनि ‘महिलाको कोटामा आएर ‘हिरो’ भएको होइन भन्छिन्। ‘मैले आफूभित्रको क्षमताले नै यो क्षेत्रमा आफ्नो स्थान बनाएकी हुँ।’ उनले भनिन्।
उनी अरु महिलालाई पनि सल्लाह दिन्छिन,‘आरक्षणको नपर्नु आत्ममुल्यांकन गर्नु र पुरुषसरह प्रतिष्पर्धा गर्नु, तिमीभित्र अथाह शक्ति छ,’
सरकारलाई आरक्षणको सट्टा दुर्गमका महिलालाई चेतनशील र आत्मनिर्भर हुन सहयोग गर्न आग्रह गरेकी छन्।
...
 
आफ्नो जिन्दगीलाई यति मूल्यवान संझिने रेखालाई जन्मउत्सव मनाउन किन लाज लाग्दो हो?
‘त्यो त पहिलेको कुरा, यसपालिको जन्मदिनमा भाग्दा भाग्दै पनि उनी सेलिब्रेसनबाट उम्कन सकिनन् रे,’
जन्मदिनको बिहानदेखि नै उनलाई विषेश रमाइलो अनुभुतिले गाँज्यो बिहानै पशुपतिनाथको दर्शन गर्न पुगिन। सबैले जन्मदिनको शुभकामना दिए दिँदा फुरुङग परिन यसपालि।
‘जीवनको ३२ औं जन्मदिवसमा आएर मलाई पहिलोपटक रेखा थापा हुनुको अनुभूति भयो,’ उनले उज्यालो अनुहार लगाइन्।
‘तिमीले यो संसारमा किन पठायौ थाहा छैन ।’ रेखाले पशुपतिनाथसंग वरदान मागिन् रे,‘अब तिमी मलाई यस्तो शक्ति देउ भगवान मबाट उत्पन्न भएका सबै सकारात्मक तरंगहरु प्रत्येक जनतामा पुर्‍याइदेउ। मलाई हरेक सकारात्मक काममा सघाउ। गल्ती गरेको भए माफ गरिदेउ।’
दिनभरिका कार्यक्रममा पनि उनलाई शुभकामनाको ओइरो लाग्यो। उनका नाममा केक काटिए। शुभेच्छुकले उपहार दिए।
‘यत्रो दिनसम्म केही नआउने, बाफ रे! आज यतिविधि के भएको?’ उनी अचम्म परिरहिन्।
आजसम्म धेरैले उनलाई रेखा थापा सेलिब्रेटी हो भने, तर कसैले सोधेनन् ‘आफ्नो नामको इन्जोय गरिरहेको छस्?’
त्यो दिन उनले उत्तर भेटिन् ‘हो मैले रेखा थापा’ भन्ने नाममा इन्जोय गरेको छु।’
‘मलाई त्यो दिन साँच्चै सेलिब्रेटी भएछु जस्तो लाग्यो। त्यो दिनभर मेरो शरिर सकारात्मक सोचले ‘हिल’ भइरह्यो ।’ उनले भनिन्।
केही आदर्श भावना केही भावुकताले त्यो दिनभरि उनी भिजिरहिन्। आफु जन्मेको दिन उनलाई कुन्नी किन रुन मन पनि लाग्यो रे।
जन्मदिनको अघिल्लो दिन भदौ ४ गते, उनी फेरी ‘फ्ल्यासब्याक’मा ‘म त थाहै नपाई यहाँसम्म आएछु ।एउटा श्रमिकले घडी नहेरी जसरी काम गर्छ म पनि त्यस्तै भएछु।’
पछुताउनुपर्ने खास कुरा केही छैनन्।
मिस कोशीका लागि प्रतिष्पर्धा हुँदै फिल्ममा आएको एउटा किशोरी युवती अहिले पनि त्यही बेलामा अल्झिए जस्तो लाग्छ। यत्रो समय बितेकै छैन्।
उमेर बितेर गयो तर उनले सामान्य किशोरीले झैँ चन्चले उमेर हाँसखेलमा बिताउन पाइनन्। काम मात्रै गर्नुपर्‍यो।तर चन्चलेपना मरेको छैन। कत्तिले भन्छन् यत्रो उमेरमा पनि परिपक्व छैनस तँ। 'म त्यो दिन मात्र परिपक्व हुन्छु,जुन दिन म उ त्यो आर्यघाट को चितामा पुग्छु।’ पशुपति आर्यघाटतर्फ देखाउँदै उनले भनिन्।

रेखाले यस वर्षको जन्मदिनमा‘मदर टेरेसा’ जस्तै बन्ने लक्ष्यको घोषणा पनि गरिन्।
कति धेरै बन्नु छ अझै उनलाई। फिल्म उनको कर्म हो। फिल्म हेरेर पैसा तिरेकाहरुको प्रत्येक रुपैयाँ चुक्ता गर्ने मन छ रे उनलाई ।
‘मेरो खल्तीमा भएको एक रुपैयाँमा पनि प्रत्येक जनताको हक लाग्छ।मैले जनतासँग लिएको प्रत्येक रुपैयाँ फिर्ता गर्न चाहन्छु।’
उनको बोल्ने शैली नेताको जस्तो भएको छ अचेल।
अबको दश वर्ष पछि उनलाई फरक परिचयमा आउन मन रहेछ। उनले आफ्नो भित्री इच्छा बताइहालिन्,‘मलाई देशको नीति निर्माणको तहमा पुग्नु छ। त्यहाँ पुगेपछि मात्र ‘रेखा थापा’ का नामले सार्थकता पाउँछ।’
‘अर्को वर्षको जन्मदिन कस्तो होस् भन्ने कामना छ?’ हामीले सोध्यौँ।‘एउटा विकट ठाउँमा, मलाई आँखाले भ्याइञ्जेलसम्म, मान्छेहरुले चेपचेप बाट हेरुन्।’
उनका आँखामा गज्जबको चमक थियो।
 
प्रकाशित मिति: बुधबार, भाद्र ९, २०७२

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #192 on: September 03, 2015, 10:36:32 AM »
ऱेखा जाने रे


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #194 on: September 23, 2015, 11:21:30 AM »
Top 5 scandals of Rekha


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #195 on: October 16, 2015, 03:30:50 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #196 on: February 22, 2016, 07:09:09 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #197 on: April 03, 2016, 12:47:14 PM »
:D This Tundikhel bro is the most freaking diwana of Rekha Thapa that I have ever seen! Baaf re k ho: i think u update an article about her every other day! Chawi Ojha ko satta tundikhel lai nai chane hunthiyo Rekhale!

lol :)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #198 on: April 27, 2016, 02:26:20 PM »
फर्केर हेर्दा रेखा थापाको कर्म रेखा

रेखा थापा, अभिनेत्री

चलचित्रमा अभिनय जीवन्त भयो भने राम्रो सन्देश जान्छ । अभिनयले कुनै खास प्रतिनिधि चरित्रलाई प्रतिविम्बित गरेको हुन्छ । समाजका विकृति, कुरीति हटाउन, समाज सुधार्न चलचित्रको ठूलो भूमिका हुन्छ । चलचित्र हेरिसकेपछि दर्शकले समाज देख्छ, देख्नुपर्छ ।
मेरा फिल्ममा खासगरी समाजमा दबिएका महिलाका आवाज हुन्छन् । जीवनलाई नै हामीले चलचित्रमा उतारेका हुन्छौँ । हाम्रो गाउँ(समाजको जीवन चलचित्रमा आउँछ । समाजमा पुरुषको तुलनामा महिला पछाडि छन्, दबिएका छन् । त्यसैले मेरा फिल्ममा महिलाको आवाज हुन्छ । दबिएको, अप्ठेरो र असमान ठाउँबाट उठ्न नारीले गर्ने संघर्षलाई मैले फिल्मको मूल कथा बनाएकी हुन्छु ।

बुवाको दाहसंस्कार हुँदा सोधियो- कुन फिल्मको सुटिङ हो ?
नारायणघाटको बगरमा नाचिरहेकी थिएँ, फोन आयो( बुवालाई हस्पिटल भर्ना गरिएको भनेर । तर, बुवालाई केही हुँदैन भन्नेमा ढुक्क थिएँ । राति १० बजे मलाई ठूलो दाइले फोन गर्नुभयो । दाइले अलि अस्वाभाविक पारामा भन्नुभयो, ‘बहिनी भए पनि हामीले तँलाई जान्ने(बुझ्ने ठानेका छौँ । तँ बुझ्ने छस्, हुनेहुनामीसँग दुःखमनाउ गर्दिनस् ।’
दाइले भन्न खोजेको मैले बुझिसकेकी थिएँ । अँ, अँ भन्दै म एकोहोरिन पुगेँछु । हेयर ड्रेसरले मेरो हातबाट मोबाइल खोसे ।
फिल्ममा लोग्ने खसेको दृश्यमा, बुवा खसेको दृश्यमा डाँको छोडेर रोइन्छ । तर, वास्तविकता पत्याउनै गाह्रो हुँदो रैछ । म एकछिन टोलाएपछि मात्रै रोएँ । त्यसपछि हामी काठमाडौं आयौँ । त्यस रात कस्तो राम्रो चन्द्रमा लागेको थियो ।
रातमा चन्द्रमा देख्दा म सधैँ रोमाञ्चित हुन्थेँ, संसारै रंगी(विरंगी देख्थेँ । चन्द्रमा मेरो प्रिय थियो । चन्द्रमा सधैँ मसँगै भइरहोस् भन्ने लाग्थ्यो । गुडिरहेको गाडीबाट चन्द्रमा पनि म सँगसँगै हिँडिरहेको थियो । तर, त्यस दिन चन्द्रमा मलाई अप्रिय लाग्यो, आँखालाई बिझाइरहेको थियो । म रुँदै(रुँदै काठमाडौं आएँ ।
भीड थियो, कताकताबाट दर्शक आएर दुई(तीनपटक नै सोधे, ‘दिदी, कुन फिल्मको सुटिङ हो रु’ मलाई रिस उठ्यो, स्वाभाविक रुपले झर्किएँ
बुवाको दाहसंस्कार आर्यघाटमा हुँदै थियो । झट्ट हिम्मतवाली देखिए पनि, अन्य कुरामा साहसी भए पनि मैले मान्छे जलाएको हेर्नै सक्दिनँ । तर, जीवन न हो, मैले बुवाको पार्थिव शरीरलाई चितामा घुमाउँदै थिएँ, दागबत्ती दिँदै थिएँ । म गहिरो शोकमा थिएँ । जीवनका महत्त्वाकांक्षा, रिस, द्वैष, सम्पत्ति, सफलताको मोहलाई निरर्थक महसुस गर्दै थिएँ । तर, कतिपय दर्शकलाई त्यो अभिनय लागेछ । भीड थियो, कताकताबाट दर्शक आएर दुई(तीनपटक नै सोधे, ‘दिदी, कुन फिल्मको सुटिङ हो रु’ मलाई रिस उठ्यो, स्वाभाविक रुपले झर्किएँ ।

नाच्न खोज्दा खुट्टै चल्दैनथ्यो

मेरा बुवाको पाँचजना दाजुभाइ । हाम्रा बुवाहरू ओखलढुंगाका मानिएका थापा खान्दान । पछि मोरङ सर्नुभएको ।

मोरङको झुर्कियामा म जन्मे । म पाँच वर्षकी हुँदा झुर्कियाबाट नजिकै सलकपुर भन्ने ठाउँमा सर्यौँ । हामी पाँच सन्तान हौँ । मेरा दुई दिदी, दुई दाइ हुनुहुन्छ, म कान्छी हुँ । हाम्रो जग्गा(जमिन राम्रै थियो । घरमा काम गर्नेहरू पनि हुनुहुन्थ्यो । कान्छी छोरी भएकीले सबैको प्यारले हुर्किएँं ।
मेरी जेठीदिदी र ठुल्दाइ असाध्यै राम्रो नाच्ने । स्थानीय क्लबले विभिन्न अवसरमा सांस्कृतिक कार्यक्रम गरिरहन्थ्यो । मेरा दाइदिदीहरू नाच्नुहुन्थ्यो । म सात(आठ वर्षकी हुँदी हुँ, उहाँहरूलाई पछ्याएर जान्थेँ । तर, उहाँहरूले मलाई सँगै लैजान मान्नुहुन्नथ्यो । एक दिन दिदीले भन्नुभयो, ‘तँलाई नाच्नै आउँदैन, किन आउँछेस् रु तँभन्दा सानासाना कति राम्रो नाच्छन्, जा तँलाई त बहिनी भन्न पनि लाज लाग्छ ।’
हुन पनि नाच्न खोज्यो कि मेरो खुट्टै हल्लँदैनथ्यो । दिदीको वचनले मलाई घोच्यो, त्यसपछि मैले घरमा टिभी हेर्दै नाच्न सिक्न थालेँ, तर पनि त्यति मेसो आएको थिएन । इटहरीमा सांस्कृतिक कार्यक्रमका लागि डान्सको रिहर्सल हुँदै थियो, म पनि रुँदै दिदीहरूको पछि लागेर गएँ । अरु नाचेको हेरेर बस्थेँ ।
रिहर्सलपछि सबैजना खाजा खान गए । रिहर्सल कोठामा एकजना दाइ र एउटी दिदी थिइन् । ती दाइले सोधे, ‘तिमीलाई नाच्न मन लाग्छ हो रु’ हो भन्ने भावमा मैले टाउको हल्लाएँ । उनले गीत बजाइदिए । म नाचेँ, तर केही मिलेन ।
दोस्रोपटक नाचेँ । उनीहरूले अचम्म मान्दै हेरे । मेरो नाचभन्दा पनि अनुहारको एक्सप्रेसन राम्रो भएको रहेछ । ती दाइले भने, ‘तिमी भरे नाच, तिम्रो नाचभन्दा पनि अनुहारको एक्सप्रेसन राम्रो छ ।’ मलाई प्रेरणा मिल्यो, आत्मविश्वास पनि बढ्यो । भरे एउटा भोजपुरी गीतमा स्टेजमा नाचेँ । मेरो हात, खुट्टा, कम्मर अरुको जस्तै गरी चलेको थियो, अनुहारको एक्सप्रेसन अझ राम्रो भएछ । सबैले तारिफ गरे, पैसा पनि दिए ।
अकस्मात नाच्न सकेपछि म आफैँलाई पनि चमत्कारझैँ लाग्यो । नाचेर पाएको पाँच सय रुपैयाँ आमालाई दिएँ ।

स्कुलमा डान्स सिकाएँ
जब मैले टेलिभिजनमा एउटा गीत हेरेँ( ‘छोरी मलाईं भागिभागी नसताउ, कानमा आई सुटुक्क बताउ’ यो गीतको नाचले मलाई तान्यो, मलाई पनि त्यसरी नै नाच्न मन लाग्न थाल्यो । यसरी पो सबैले चिन्ने भइँदो रैछ भन्ने लाग्न थाल्यो । बिस्तारै मेरो ध्यान पढाइभन्दा डान्सतिरै डाइभर्ट हुन थाल्यो । आफूले हेल्थपोस्टमा काम गर्ने भएकाले पनि आमाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । घरछेउकै द राइजिङ स्कुलमा पढेकी हुँ, पढाइ पनि राम्रो थियो, चार कक्षासम्म पहिलो भइरहन्थेँ ।
पछि त स्कुलमा डान्स सिकाउने भएँ, ८(९ मा पढ्दा आफूभन्दा माथिल्लो कक्षाका लागि पनि सिकाउँथेँ । स्कुलमा हुने कार्यक्रममा डान्स प्रस्तुत गर्न शिक्षकहरूले मसँग सल्लाह गर्नुहुन्थ्यो । ‘प्यारेन्ट्स डे’हरूमा मैले कम्पोज गरेको डान्स प्रस्तुत हुन्थ्यो ।
त्यसबीचमा मैले मार्सल आर्ट सिकेँ, घरनजिकै सिकाइन्थ्यो । मलाई छोड्न र लिन सानोदाइ जानुहुन्थ्यो, आमाले एक्लै जानै नदिने, त्यसैले सात(आठ महिना सिकेर छाडेँ ।

त्यो आत्मविश्वास

नौ कक्षामा पढ्दै गर्दा मिस कोसीका लागि भाग लिएँ, यो सन् १९९८ को कुरा हो । भाग लिन जाँदा कम्तीमा एसएलसी पास गरेको हुनुपर्छ भनिएको थियो । ‘यसमा प्रतिस्पर्धा गर्न सक्छु भन्ने आत्मविश्वास ममा छ । यदि मसँग एसएलसीको सर्टिफिकेट छ, तर आत्मविश्वास छैन भने के हुन्छ रु’ मैले यस्तै केही भनेँ । थाहा छैन, आफ्नो कुरा कति तार्किक थियो, कति सही वा गलत १ तर मैले आत्मविश्वास साथ भनेकी थिएँ । मेरो कुरामा अडिसन लिनेहरू कन्भिन्स हुनुभयो र मैले भाग लिन पाएँ । सहभागी १९ जना थियौँ । म सबैभन्दा सानी । अरु धरान, विराटनगरबाट आएका एकसे एक थिए ।
अन्तिममा नीर शाह, राजेश हमाल, करिश्मा मानन्धर, झरना बज्राचार्य लगायत जर्ज हुनुहुन्थ्यो । म टप थ्रीमा परेँ, मिस क्याटवाक टाइटल जितेँ, जुन मेरा लागि मिस वल्र्डजस्तै भयो । किनभने, त्यहाँ सहभागी हुनेहरू सबै मभन्दा सिनियर थिए, मोडलिङ फिल्ड बुझेका । म जुनियर थिएँ, त्यति सानो उमेरमा त्यो टाइटल जित्नु मेरा लागि मिस वल्र्ड जितेजस्तै भयो ।
त्यसपछि मिस नेपालमा प्रतिस्पर्धा गर्न पाएँ । मिस नेपाल हुन्छु भन्नेमा ओभर कन्पिmडेन्ट भएँछु, कन्फिडेन्टले सबैलाई राम्रो गर्छ, तर ओभर कन्फिन्डेन्टले गर्दैन । मिस नेपालमा म टपटेनसम्म मात्रै आएँ । यो पनि मेरा लागि ठूलै उपलब्धि थियो ।
किनभने, अन्य प्रतिस्पर्धी राजधानीमै जन्मे(हुर्केका, पढेका थिए । म बाहिरबाट आएर त्यहाँसम्म पुगेकी थिएँ । अहिले बरु म केही लजाउँछु, हच्कन्छु, त्यतिबेला हक्की थिएँ, आत्मविश्वासी थिएँ । त्यो आफूलाई सम्झँदा गर्व लाग्छ ।

एक्लै डाँको छोडेर रुँदा
मिस नेपालमा भाग लिन काठमाडौं आउँदा आफ्नै घरमा बसेँ । बुवा काठमाडौंमै कानुन व्यवसायी हुनुहुन्थ्यो, धापासी अलि भित्र घर बनाउनुभएको थियो । त्यो घर पछि दिदीको बिहेका बेला बेच्यौँ ।
मिस नेपालपछि दुई(चारवटा र्याम सो गरेकी थिएँ, हिरो फिल्मका लागि अफर आयो । मिस नेपाल प्रतिस्पर्धा चलिरहँदा मेरो फोटो पत्रपत्रिकामा आइरहन्थ्यो । पत्रपत्रिकामा हेरेर मलाई निर्माता छवि ओझाले फोन गर्नुभएको थियो, ‘हिरो फिल्म गर्दैछौँ, नायिका चाहिएको छ, नायक राजेश हमाल हुनुहुन्छ,’ उहाँले यस्तै भन्नुभयो । राजेश हमाल हुनुहुन्छ भन्ने सुनेपछि म उत्साहित भएकी थिएँ ।
अभिनय, नृत्य मलाई गड गिफ्ट नै हो, कुनै इन्स्िटच्युटमा सिकेकी छैन । हिरो खेल्दा डाइरेक्टर नरेश पौडेलले अभिनय सिकाउनुभयो । हिरोपछि डेढ वर्ष मलाई फिल्ममा अफर आएन । तर, हिरोमा मेरो कामको भने धेरैले तारिफ गर्थे ।
तारिफ पाउने, अवसर नपाउने हुन थाल्यो । पढाइ कन्टिन्यु गरेर विदेश जान्छु भन्ने लागिसकेको थियो । ०५८ मा प्राइभेट एसएलसी दिएँ । एक दिन निराश भएर एक्लै रुँदै थिएँ, त्यही बेला मितिनी फिल्मका लागि फोन आयो । म जबजब एक्लै डाको छोडेर रुन्छु, तबतब मेरो जीवनमा ट्रनिङ प्वाइन्ट आएको छ । मितिनी फिल्म खेलेपछि मैले पछाडि फर्केर हेर्नुपरेन ।

बुवालाई ‘तँ’ भन्थेँ

मान्छेको अगाडि र बुवाको पछाडि त मैले ‘हजुर’ नै भनेर सम्बोधन गर्थें । तर, बाहिरी मान्छे नभएका बेला मैले बुवालाई ‘तँ’ भन्थेँ । कान्छी छोरी भएकाले पनि म निकै पुल्पुलिएर हुर्कें । सानोमा बुवाले जिस्क्याएर रिस उठाउँदा मैले ‘तैँले किन यस्तो गरिस् भनेर’ कपाल तान्थेँ, त्यो मेरो बुवालाई मन पथ्र्यो । त्यसैलाई बानी पार्न खोज्नुभो । अचम्म नै थियो( परिवारमा बुवालाई तँ भन्ने छुट मलाई मात्रै थियो र मैले सधैँ सानी बच्चीको स्वभाव देखाएको हेर्ने उहाँको चाहना हुन्थ्यो ।
मैले तपाईं भनेँ भने बुवाले भन्नुहुन्थ्यो, ‘बाबा, आज तिमीलाई सञ्चो भएन कि रु’ बुवाले मलाई ‘बाबा’ भन्नुहुन्थ्यो र कहिल्यै तँ भन्नुहुन्नथ्यो । मैले आफूलाई सन्चो भएको बताएपछि उहाँ भन्नुहुन्थ्यो, ‘किन त मलाई तँ भनिनौँ ?’

अभिभावकत्व
काम गर्दै जाँदा छवि ओझा अभिभावकजस्तै हुनुभयो । उहाँले मेरो बुवासँग कुरा भन्नुभयो, ‘श्रीमतीको रुपमा भन्दा बढी अभिभावकको रुपमा हेर्छु ।’ त्यसपछि म उहाँसँग बस्न थालेँ, सन् २००१ देखि । योबीचमा म फिल्ममै बढी व्यस्त भएँ, कहिलेकाहीँ त दिनमै पाँचवटा फिल्मको सुटिङ पर्थ्यो । बिहानमा एउटा फिल्मको सुटिङ, दिउँसो अर्कोको, साँझ र राति अर्कोको सुटिङ पथ्र्यो । कति रात त राम्रोसँग सुत्न पनि पाइनँ ।
योबीचको समय यसरी बित्यो, न मैले पछाडि हेरेँ, न अगाडि, वर्तमानमा काम गरिरहेँ । अहिलेसम्म मैले एक सय २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छु ।
१० वर्षजति छवि ओझाकहाँ बसेर काम गरेँ । हाम्रो औपचारिक विवाह भएको त थिएन, फेरि पनि म छविजीकहाँ थिएँ । हाम्रो श्रीमान(श्रीमतीभन्दा माथि अभिभावकत्वको सम्बन्ध थियो । उहाँले मलाई आमाले दिने संस्कार दिनुभयो । आलोकाँचो उमेर थियो, बहकाउबाट रोक्नुभयो । बाटो देखाउनुभयो । फेरि पनि जीवनको बाटो सधैँ एक रुपताको हुँदैन, समय परिस्थितिअनुसार बदलिन्छ । म परिपक्व हुँदै आएँ, स्वनिर्णय लिन सक्ने भएँ । हाम्रो विचारमा बेमेल हुन थाल्यो । वैचारिक बेमेल भइसकेपछि सम्झौता गर्दा केही लिनुपर्छ, केही दिनुपर्छ, केही दूरी राख्नुपर्छ, केही निकटता पनि राख्नुपर्छ ।
पछिल्लो पाँच वर्षयता म आमासँग छु, मित्रपार्कको आफ्नै घरमा । छवि ओझा सधैँ मेरो अभिभावक हुनुहुन्छ, त्यसैले यो सम्बन्ध विच्छेद होइन । कागजी, कानुनी वा औपचारिक विवाह भएको भए, सम्बन्ध विच्छेदको कुरा आउँथ्यो । तर, उहाँ अभिभावक भइरहँदा मैले आफ्नो विवेक र स्वनिर्णय बन्धक राख्नु पनि पर्दैन । जेहोस्, अहिले स्वतन्त्र छु, मेरी आमासँग छु ।

आमाको साथ नै सर्वस्व
जब छोरी मान्छेले स्वनिर्णय गर्न थाल्छे, त्यति बेला उसलाई आमाको साथ भयो भने सर्वस्व हुँदो रहेछ । आज मैले आमाको हात र साथ पाएकी छु ।
म सानी छँदा मेरी आमा स्वास्थ्य कार्यकर्ता हुनुहुन्थ्यो, स्वास्थ्य चौकीबाट विभिन्न तालिमका लागि हिँडिरहनुहुन्थ्यो, ऊबेला १० पास गर्नुभएकी । जागिरका सिलसिलामा आमा धेरै समय घरबाहिर हुँदा मैले न्यास्रो मान्थेँ रे । त्यसैले म ६ वर्षकी हुँदा आमाले जागिर छाडिदिनुभयो । त्यसपछि केही समय म आमासँग बस्न पाएँ ।
तर, फेरि १४ वर्षकै उमेरदेखि म कला क्षेत्रमा आएँ । जति बेला छोरीमा रहर पलाउँछन्, त्यो बेला आमासँग रहर पुग्ने गरी बस्न पाइनँ । आमाका अनुभव सुन्न पाइनँ, उहाँले सम्झाइबुझाई गरेको ग्रहण गर्न पाइनँ ।
मेरी आमा निकै सांस्कारिक हुनुहुन्छ । संस्कारले सिकाएको होला, बोली(व्यवहार हेरेर मान्छेलाई चिन्न सक्नुहुन्छ । सत्यवादी हुुनुहुन्छ, झुट बोल्न आउँदैन । उहाँले मलाई सानैदेखि भनिरहनुहुन्छ, ‘जीवनमा झुट नबोल्नु । सत्य बोल्दा एक छिन आफैँलाई अप्ठेरो होला, एक छिन कसैको चित्त दुख्ला, तर त्यसले पछि राम्रो हुन्छ । अनि, छोरी मान्छे चरित्रवान हुनुपर्छ । रातमा त्यत्तिकै हल्ला गरेर बस्नुहुँदैन ।’
अहिले आमा मसँगै हुनुहुन्छ । म साँझ ६ बजेभित्रै घरमा पुग्नुपर्छ, नपुग्ने भए यो काम छ, ढिला हुन्छ भनेर दिउँसै जानकारी गराउनुपर्छ ।
म आत्मनिर्भर छु, मैले आमालाई कन्भिन्स गर्न सक्थेँ( छोरी मान्छे साँझमा छिटै घर र्फकनुपर्छ भन्नु परम्परागत कुुरा हो । सुरक्षित अवस्थामा ढिला गरी पनि काम गर्न सकिन्छ भनेर । तर, मैले आमालाई दुखाउन चाहन्नँ । किनकि, म आमाको छोरी हुँ र मलाई विश्वास छ आमालाई नदुखाएर पनि मैले धेरै असल काम गर्न सक्छु ।
अस्ति आमाले भन्नुभयो, ‘के तिमी सधैँ यत्तिकै बस्छ्यौ रु बिहे गर्दिनौँ ।’ मैले हाँसेर उडाएँ । बिहे गम्भीर कुरा हो । आजसम्म मैले बिहेबारे गम्भीरतापूर्वक सोचिनँ । कसैलाई रोज्नतिर पनि लागिनँ । तर, ०७४ सालसम्म बिहे गर्नुपर्ला भनेर अब अलि सिरियस्ली सोच्दै छु ।

पहिले म बच्चा थिएँ, अहिले आमा बच्चा लाग्छिन्
हामी आमाको हात समाएर हुर्कन्छौँ । तर, कुनै समय यस्तो आउँदो रैछ, सन्तानले आमालाई बच्चाजस्तो गरी डोर्याउनुपर्दो रहेछ । आमालाई बच्चाजस्तै गरी टेक कियर गर्नुपर्ने रहेछ ।
अहिले घरबाहिर हुँदा मलाई आमाको चिन्ता हुन्छ । आकाश गड्याङगुडुङ गर्दा आमा कहाँ छिन् भनेर चिन्ता लाग्छ । मलाई महसुस हुन्छ( यही भावना मेरी आमासँग पनि थियो होला, पानी पर्न लाग्दा उहाँ छोराछोरी कहाँ छन् भनेर आत्तिनुहुन्थ्यो होला ।
अहिले म आमालाई संसारकै सबैभन्दा खुसी आमा बनाउन कोसिस गरिरहेकी छु । आमालाई मैले थुप्रै देश घुमाएकी छु( अमेरिका, जापान, मलेसिया, कुवेत, कतार, थाइल्यान्ड लगायत । अब युरोपियन कन्ट्री लैजाँदै छु । त्यसरी घुम्न जाँदा मैले आमालाई डोर्याउँछु, ठाउँ देखाउँछु, चिनाउँछु, बुझाउँछु । यसो गर्दा म भित्रैदेखि खुसी भइरहेकी हुन्छु, आफू परिपक्व र आमा बच्चाजस्तै लाग्छ ।

बुवाको अन्तिम भनाइ
पितृशोकका बेला मलाई धेरै कुराको बोध भयो( ममा चञ्चलता, आलोकाँचो विचार हटेर गयो । देहान्त हुनु एक दिनअघि मैले बुवासँग फोनमा कुरा गरेकी थिएँ । आफूलाई अलि गाह्रो भएको उहाँले बताउनुभएको थियो । ‘मलाई गाह्रो भएको छ, म तिमीसँग दुई चिज माग्छु, तिमीले मान है,’ भन्नुभयो । मैले ‘ह्या तँलाई केही पनि हुन्न’ भनेकी थिएँ । बुवाको स्वर कस्तो(कस्तो लरबराएजस्तो भएको थियो ।

चभपजब तजबउब(घ

बुवाको पहिलो कुरा थियो, ‘जीवनमा तिमीले कहिल्यै मदिरा नखानू, नखाँदा तिमीलाई धेरै राम्रो हुन्छ ।’ बुवाले स्वास्थ्यका कारण मदिरा खानुहुँदैनथ्यो तर लुकीलुकी खानुहुन्थ्यो । र, त्यसैले उहाँलाई लग्यो । जुन चिजले आफ्नो स्वास्थ्य बिगार्यो, त्यो बोध गरेर बुवाले मलाई मदिरा नपिउन भन्नुभएको होला । मैले बेसरी पिउने त होइन, पिउँदै नपिउने पनि होइन । तर, बुवाले भनेपछि मैले मदिरा छाडेँ ।
बुवाको अर्को भनाइ, जो यहाँ भन्न उचित ठान्दिनँ । तर, त्यसलाई पनि मैले मानेँ, जुन मेरो जीवनकै एक मात्र बोल्ड डिसिजन थियो, जसले मलाई साँच्चिकै राम्रो गर्यो ।
बुवाले मलाई भनेका दुई कुरा पछि मैले आमालाई सुनाएँ । आमाले भन्नुभयो, ‘मर्नुअघि मान्छेको वाक्य बसेको हुन्छ, त्यो बेला मान्छेले जे भन्यो, त्यो सत्य हुन्छ । तिमीलाई बुवाले वाक्य बसेका बेला भनेकाले पनि त्यो कुरा पुगेको हो ।’


प्रस्तुति :
ध्रुवसत्य परियार

-अनलाईन खबरबाट

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Rekha Thapa (रेखा थापा) Nepali Actress
« Reply #199 on: August 06, 2016, 02:31:40 AM »
hot