
प्रशंसकको ओइरो
दिवस गुरागाईं
सबैभन्दा छोटा लुगा लगाउने नायिका को हुन् ? जवाफ हो, रेखा थापा । उनी आफैँ भन्छिन्, "छोटो स्कर्ट मलाई मनपर्ने ड्रेस हो ।" आकर्षक जीउडाल, पुष्ट शरीर, हिस्सी परेको अनुहार, जति पनि ग्ल्यामरस हुनसक्ने खुबी रेखाको आमपरचिय हो । सायद यही परचियले फ्यान -प्रशंसक)को डफ्फै कमाउन सफल छिन् रेखा । उल्लेख्य त के छ भने उनका फ्यानहरू अनौठो प्रकृतिकाहरू पनि छन् । जस्तो एक वृद्धले उनका लागि गरेको त्याग ।
५० चलचित्रकी नायिका रेखाका लागि देवीदेउता भाक्ने, नियमित इमेल गर्ने, फोन गर्ने आदि काममा सक्रिय ती फ्यान हुन् बीके रसाइली, ८० । सिक्किम निवासी बीकेले पोहोर साल रेखाको नाममा पूजासमेत लगाइदिए रे ! तीन वर्षअघि चलचित्र पि्रयतमाको छायांकनताका रेखालाई देखेर पछि लागेका बीके जीवन रहुञ्जेल उनैको फ्यान रहिरहने बताउँछन् मेलमार्फत । रेखालाई भने बीकेको आनीबानीले कुनै फरक पारेको छैन रे ! भन्छिन्, "फ्यान हुने उहाँको स्वतन्त्रता हो ।"
आफ्ना फ्यानहरूको उमेर समूह १०/११ वर्षका देखि ७५/८० वर्षसम्म रहेको रेखाको अनुभव छ । केटाभन्दा केटी फ्यान बढी भएको पनि उनको आकलन छ । रेखाका अनुसार, अझ टिनएजरहरू हुन् उनका फ्यान । यसपटकको दसँैमा माइत -मोरङ, सलकपुर) गएका बेला ११ वर्ष नकटेकी यात्रा ढकालले उनलाई लामो दौडधुपपछि भेट गर्ने मौका पाइन् । आफूप्रति यात्राको यो क्रेज देखेर रेखा छक्क परनि् । एउटी बच्चीले गरेको चाहनाको यो हद उनले देखेकै थिइनन् ।
लामो समयदेखि धेरै फ्यानहरूको बीचमा रहन सफल छन् हाँस्यकलाकार जोडी मह -मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्य) । फ्यानसँग जोडिएर उनीहरूको जीवनमा धेरै कथा तयार भएका छन् । जस्तो एउटी विदेशी फ्यानले उनीहरूलाई लगाएको गुन पनि अविस्मरणीय छ ।
अकस्मात् मह जोडीकहाँ एउटी जापानी सुकुमारी यमा मोतो मायुमी हाजिर भइन् फ्यान -प्रशंसक)को नाता लगाउँदै । महको अभिनय र प्रहसनको समीक्षा सुनाउन सक्ने ती युवती खासमा नेपाल-भारतबीचको सम्बन्धमाथि शोधपत्र तयार गर्न नेपाल आएकी थिइन् । तर, महको कलाकारतिाले उनको मन यसरी बदलियो, दुई देश होइन दुई कलाकार -मह) पात्र बने उनको शोधको ।
महको आँखाले के देख्यो ? उनले तयार गरेको यो शीर्षकको शोधपत्र पुस्तकका रूपमा प्रकाशनमा आयो । महका अनुसार, यमा मातो त फ्यान थिइन् नै, पुस्तक प्रकाशित भएपछि धेरै जापानीहरू पनि प्रशंसकका रूपमा भेट्न आइरहेका छन् । डेढ दशकअघिको यो कथा उनीहरूको मस्ितष्कमा अझै ताजा छ । विदेशी भूमिमा महका फ्यान धेरै छन् । यही नाताले उनीहरूले दर्जनौँ देशको भ्रमण गरेका छन् । र, फ्यानका अनगिन्ती कोसेली बोकेर फर्किएका छन् ।
महलाई गौँडा ढुकेर भेट्ने फ्यानहरूको पनि कुनै कमी छैन । मह-सञ्चार -कार्यालय), सुटिङ्स्थल, विभिन्न कार्यक्रमहरू मह भेट्ने सरल उपाय हुन् । फ्यानहरू यही सजिलो बाटो पक्डेर उनीहरूको दर्शनको बन्दोबस्त मिलाउँछन् । अंकमाल गरेर फोटो खिच्छन् । महको अनुभवमा फ्यान हौँ भन्दै आउनेको संख्या दैनिक एक दर्जनभन्दा बढी हुन्छ ।
टेलिफोन र चिट्ठीपत्रको पनि ओइरो लाग्छ महकहाँ । हिजोआज फ्यानहरूले अनौठो र अकल्पनीय अनुरोध गर्न थालेको हरविंश बताउँछन् । भन्छन्, "देश चलाउन र बनाउन अनुरोध गर्नेहरू बढ्न थालेका छन्, जो हाम्रो काम होइन ।" संसारको सबैभन्दा ठूलो कलाकार, आदर्श व्यक्ति, भगवान् आदि महका फ्यानले सम्बोधन गर्ने शब्दावली हुन् । बालबालिकादेखि वृद्धवृद्धाहरूसम्म आफ्ना प्रशंसक रहेको उनीहरूको अनुभव छ ।
फ्यानबिनाको कलाकार कोही पनि छैन । तर, नामी कलाकारका फ्यान अजीवका हुन्छन् । जस्तो- सानो पर्दाकी चर्चित नायिका सरतिा लामिछानेका फ्यान । फ्यानमध्येकी पनि बुटवलकी सरस्वती क्षेत्री । पूजाकोठामा देवीहरूका बीचमा सरतिालाई पनि एक देवी मानेर उनले सजाएकी छन् रे ! तीन छोराछोरीकी आमा सरस्वतीलाई सातामा एकपटक फोनबाट सरतिासँग कुरा नगरी निन्द्रै पर्दैन रे ! सरतिा भन्छिन्, "यस प्रकारका भक्तहरू धेरै भेटेकी छु ।" खासगरी मुक्ति र परिचय नामका दुई टेलिचलचित्रमा आदर्श बुहारीको भूमिका निर्वाह गरेपछि सरतिाले प्रशस्त प्रशंसक कमाएकी हुन् । उनीसँग मन छुने अर्को प्रसंग छ । च्यानल नेपाल टेलिभिजनका लागि रपिोर्टिङ् गर्न कालिकास्थान पुगेकी उनलाई अकस्मात् एक जना ८५ वर्षे वृद्धाले खुट्टा पक्डिन् । "नानी ! तपाईंलाई भेट्ने मेरो अन्तिम इच्छा थियो, अब मेरो सास गए पनि फरक पर्दैन ।" वृद्धा बोलिरहिन् । सरतिा भन्छिन्, "त्यसपछि मेरो पनि भक्कानो छुट्यो ।" आखिर यो के हो र केका लागि हो ? उनी आफैँ रनभुल्लमा छिन् । भन्छिन्, "आजसम्म मैले अर्थ लगाउन सकेकी छैन ।" सरतिालाई नियमित फोन गर्ने फ्यान पनि प्रशस्त छन् । केही वर्षअघि एउटा तन्नेरीले सरतिासँग बिहे गर्ने सपना देखेछ । त्यसैले पैसा कमाउने बाटो समात्दै ऊ लाहुर गएछ । दन्त्यकथाको प्रेमीजस्तो लाग्ने त्यो तन्नेरी लाहुरबाट छुट्टीमा स्वदेश फर्किंदा झन्डै बेहोस भएछ । किनभने, उसले त्यतिबेला मात्र सरतिा विवाहित भन्ने थाहा पाएछ पत्रिकामार्फत । अझ श्रीमान् ऋषि लामिछानेसँगै खिचेको फोटै देख्ने मौका पाएछ । त्यसपछि उसले लेखेको अन्तिम पत्र पनि कम रोचक छैन सरतिाको कलाकार जीवनका लागि ।
नेपाली कलाकारहरूमा सबैभन्दा बढी फ्यान कसका होलान् ? यस सम्बन्धमा कसैले आधिकारकि सर्वेक्षण गरहिालेको छैन । तर, कुनै चलचित्रकर्मीलाई यो प्रश्न गर्यो भने उसले जवाफ खस्न नपाउँदै भन्नेछ, राजेश हमाल । प्रशंसकको ओइरो लागेको देख्दा यस कुरामा विश्वास गर्ने आधार फेला पार्न सकिन्छ । उनी जहाँ जान्छन्, त्यहाँ उनका प्रशंसकको ठूलो जमघट तयार भइहाल्छ । छायांकनका क्रममा जाँदा निर्माण पक्षले विशेष सजगता अपनाउँछ उनका लागि । राजधानीबाहिरको छायांकनमा त झन् उनी बस्ने होटल नै फरक पारन्िछ । कतिपय युनिटकै कलाकारलाई समेत राजेश बसेको स्थान थाहा हँुदैन । यो सब व्यवस्था गर्नुको कारण हो, प्रशंसकको भीडबाट उनलाई जोगाउनु ।
राजेशका पनि बालबच्चादेखि पाका उमेरसम्मका छन् फ्यान । रगतले लेखेका चिट्ठी पनि धेरै संग्रह गरेर राखेका छन् उनले । अरूसँग बिहे गरे आत्महत्या गर्छु भन्ने फ्यानको संख्या पनि ठूलै छ । उनका नजिकका मित्रहरूका अनुसार, उनीसँग समर्पित हुन आउने महिला फ्यानको संख्या पनि कम छैन । तर, राजेशले फ्यानमाथि फ्यानकै मात्र व्यवहार देखाएको उनका कलाकार फ्यान नायक रमित ढंुगाना बताउँछन् ।
गायनकलाका फ्यान पनि अजीवका छन् । यसबारेमा अनुभवका खात बोकेर बसेका छन्, रामकृष्ण ढकालले । चिट्ठीपत्रको ओइरो त सामान्य कुरा हो, उनका लागि तीजमा व्रत बस्ने पनि धेरै थिए । यसमध्ये कलंकी निवासी एक युवतीले उनका लागि सात वर्ष व्रत बसिन् तीजमा । अहिले युवतीको विवाह भइसकेकाले रामकृष्ण उनको नाम लिने पक्षमा चाहिँ छैनन् तर उनमा गडेको क्रेज सम्झेर ल्याउँदा चाहिँ अझै आफू छक्क पर्ने बताउँछन् । भन्छन्, "बिहे गर्छु भन्नेहरू सबैभन्दा बढी थिए ।" तीमध्ये रामकृष्णको बिहे भएको थाहा पाएपछि एक युवतीले एउटा पत्रका साथ उनका सबै गीति क्यासेट फिर्ता गरेको घटना पनि रामका लागि बिर्सिनसक्नुको छ ।
चलेका सबैजसो कलाकारका फ्यान धेरै हुने गर्छन् । सम्मान थाप्नैका लागि विदेश जाने कलाकार पनि गन्नलाई औँलाभर िछन् । यो सवालमा गायक राजेशपायल राई अगाडि छन् । रगतको चिट्ठी प्राप्त गर्ने सवालमा पनि उनी अगाडि छन् ।
कलाकारलाई भगवान्कै श्रेणीमा राखेर हेर्ने फ्यानहरू पनि छन् । बरु त्यति गम्भीर लाग्दैनन् कलाकार । उनीहरू फ्यान बढून् भन्ने त चाहना राख्छन् तर त्यस अनुसारको व्यवहार प्रदर्शन गर्नचाहिँ कन्जुस्याइँ गर्छन् ।
(Nepal weekly)