Author Topic: Rekha Thapa (रेखा थापा) Nepali Actress  (Read 268040 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #70 on: February 18, 2010, 10:42:29 AM »
'भुवनसँग खेल्ने कल्पनै थिएन'
02/02/2010
 लक्ष्मण सुवेदी

'भुवन केसीको जोडी भएर फिल्म खेल्नु मेरो कल्पनाबाहिरको कुरा थियो,' पुलकित हँुदै नायिका रेखा थापाले फ्ल्यासब्याक सुरु गरिन्, 'भुवन केसी मेरो ममीको फेभरेट हिरो । म सानोमा बालकलाकार बन्न चाहन्थेँ ।' त्यतिवेला विराटनगरमा साइनो फिल्म चलेको थियो । त्यो फिल्ममा रक्षा मार्क बालकलाकार थिइन् । ममी-बाबाले 'तँजत्रा केटीले फिल्म खेलेका छन्' भनेर हेर्न लग्नुभएको थियो । कुनै दिन हिरोइन बनेँ भने भुवन केसीसँग खेल्छु भन्ने सोचाइ थियो । तर, म हिरोइन बन्दा उहाँ हिरोभन्दा निर्माता बढी बन्नुभएको थियो । एज डिफरेन्सले गर्दा पनि उहाँको जोडी बनेर खेलुँला भन्ने कल्पनै गरेकी थिइनँ ।'

पहिलोपटक नायक भुवनसँग उनैले निर्माण गरेको साथी म तिम्रो फिल्ममा सँगै अभिनय गरिरहेकी रेखालाई अहिले महसुस भएको छ रे ! साँच्चै हिरो त भुवन दाइ रहेछन् । 'साइनोमा हेर्दा उहाँलाई जस्तो देखेकी थिएँ, अहिले सँगै काम गर्दा पनि उस्तै पाएकी छु । यो उमेरमा पनि उहाँ हिरै लाग्छ ।' भुवनबाट आफूले पनि केही नयाँ कुरा सिकेको बताउँदै रेखाले भनिन्, 'मेन्टन गर्‍यो भने बुढ्यौलीलाई पनि ढाक्न सकिनेरहेछ ।'

शिव रेग्मीको निर्देशनमा सुटिङ भइरहेको साथी म तिम्रोभित्र रेखा संघर्षबाट उचाइमा पुगेकी नम्बर वान हिरोइनको भूमिकामा छिन् । 'हिरो फिल्म ताकाको संघर्ष याद आइरहेको छ,' फिल्मको भूमिका र आफ्नो वास्तविक जीवन केही हदसम्म मिल्ने बताउँदै उनले भनिन्, 'हिरोइन बन्न अडिसन दिन जाने, निर्देशक, निर्माताले अन्तर्वार्ता लिन, पहिलो फिल्म पाउँदा खुसीले पागल बन्ने । सफलता हात पर्दै जाँदा अझ बढी गरूँ भन्ने जोश आउने । शिखरमा पुगेपछि त्यो स्थान बचाउनका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने । वास्तविकतासँग धेरै हदसम्म मिल्दो कथा छ ।'

'फिल्ममा आफू डाक्टरको छात्रवृत्ति छाडेर हिरोइन बन्न आएको चरित्रमा रहेको बताउँदै रेखाले भनिन्, 'अर्का तर्फबाट किन मिल्दोजुल्दो छ भने फिल्ममा म डाक्टरी पढ्ने छात्रवृत्ति छाडेर हिरोइन बन्न आएकी हुन्छु । वास्तविक जीवनमा म एयर होस्टेजको टे्रनिङ छाडेर हिरोइन बन्न आएकी हुँ । कुरा उस्तै-उस्तै हो ।'

भुवन केसी निकै को-अपरेटिभ लागेको छ रे ! उनलाई । भनिन्, 'म उहाँभन्दा धेरै जुनियर हुँ । उहाँले हरेक सिनमा सहयोग गर्नुहुन्छ । कतिपय सिनियर हिरोले आफ्नो डाइलग सिद्धिएपछि लुक्स पनि दिन्नन् । भुवन दाइले हरेक सटमा फिलिङ्स ल्याउन साथ दिने गर्नुभएको छ ।' फिल्मभित्र भुवन साथी म तिम्रो नामक फिल्मको निर्माता निर्देशक र रेखा हिरोइनको भूमिकामा छन् । यसअघि फिल्म क्षेत्रकै कथामा सुपरस्टार बनाएका भुवनले यसपालि पनि आफ्नो फिल्ममा फिल्मभित्रकै कथा उठाएका छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #71 on: March 01, 2010, 07:21:20 AM »



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #72 on: March 07, 2010, 12:35:05 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #73 on: March 07, 2010, 12:38:42 AM »


अहिले मार्दिन्छु नि


नायिका रेखा थापालाई एउटै नायकको जोडी भएर धेरै चलचित्रमा काम गर्न मन लाग्दैन । त्यसैले त उनी आफ्नो जोडी फेरिरहन्छिन् । रेखाले राजेश हमाल, निखिल उप्रेती, रमित ढुंगाना, दिलीप रायमाझी आदि बलिउडका प्रायः सबै चल्तीका नायकलाई जोडी बनाइसकिन् । पर्दामा रोमान्स गर्न उमेरको 'ग्याप' धेरै भयो भने उनलाई टेन्सन हुन्छ रे । 'म त भर्खरकी कल्कलाउँदी युवतीलाई दर्शकले बढी उमेरकी भन्ठाने भने आपतै पर्छ'- रेखालाई त्यति कुराको डर रहेछ । त्यसैले होला, उनले आफ्नो होम प्रोडक्सनबाट बनाइने चलचित्रमा आइन्दा सकेसम्म नयाँ नायकलाई ब्रेक दिने काम गरिरहेकी छिन् ।

सरसर्ती हेर्दा उनले आफ्नो होम प्रोडक्सन अर्थात् रेखा फिल्म्सबाट निर्माण भएका चलचित्रमा विराज र आर्यन सिग्देललाई नायक बनाइन् । बिस्तारै फेरि विराजलाई छाड्दै गइन्, आर्यनलाई भने छाडिनन् । अब 'हिफाजत'बाट उनले नै 'ब्रेक' दिएको नायक आयुष रिजालसँग जोडी बनाउन अघि बढेकी छिन् । श्याम भट्टराईको चलचित्र 'च्यालेन्ज' तथा प्रदीप श्रेष्ठको चलचित्र सडकमा आयुष र रेखाको जोडी दोहोरिँदैछ । किन अब आर्यनलाई छाडेर आयुषतिर, त्यसपछि को ? जिस्कँदै रेखालाई यति मात्र के सोधिएको थियो, उनले ठुस्कँदै भनिन्- 'नजिस्क्याउनु है, अहिले मार्दिन्छु नि ।'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #74 on: March 09, 2010, 08:37:31 AM »




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #75 on: March 09, 2010, 11:48:48 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #76 on: March 11, 2010, 12:01:29 PM »
रेखा र विराजको फेसन मोह
11/03/2010 04:12:00 Naya Patrika




फिल्ममा छिनछिनमै थरीथरीका डे्रसमा देखापर्ने अधिकांश नायक/नायिका वास्तविक जीवनमा पनि निकै फेसनेबल देखिन चाहन्छन् । नायिका रेखा थापा आफूलाई फेसनेबल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँछिन् । बजारमा नयाँ फेसन आउनेबित्तिकै किनिहाल्ने बानी छ रे उनको । भन्छिन्, 'मलाई बजारमा आएका नयाँ फेसन नकिनी हुँदैन । मलाई हिँड्दा हिँड्दै कुनै कपडा मन पर्‍यो भने पनि किनिहाल्छु ।' उनको रोजाइमा पर्छन् छोटो स्कर्ट, लुज टाइपका वानपिस तथा जिन्स पाइन्ट र टिसर्ट । रेखा प्रायः हप्तैपिच्छे नयाँ लुगा किन्छिन् रे ! किसिम-किसिमका कपडाले चारवटा दराज भरिएको बताउँछिन् उनी ।

'म ड्रेसमा चुजी छु । म हम्मेसी एकपटक लगाएको कपडा फेरि दोहोर्‍याएर लगाउने गर्दिनँ,' उनी भन्छिन्, 'नयाँ कपडा एक/दुईचोटि लगाएपछि साथीहरूलाई बाँडिदिन्छु ।' कपालको स्याहारमा पनि आफूले निकै ध्यान दिने गरेको बताउँछिन् उनी । प्रायः उनी 'हेयर स्टाइल' बदलिरहन्छिन् । कपालको स्याहारमा महिनामा कम्तीमा पनि पाँच हजार रुपैयाँ खर्च हुने गरेको दाबी उनको छ ।

नायक विराज भट्ट आफूलाई टाइट टिसर्ट र जिन्सपाइन्ट औधी मन पर्ने बताउँछन् । बाहिर बनेरै हिँड्ने उनको बानी पुरानै हो । 'डे्रसको मामलामा म अलि चुजी छु,' विराज भन्छन्, 'अधिकांश समय सुटिङमै बित्ने भएकाले आफूखुसी ड्रेस लगाउने मौका कमै मिल्छ । मौका मिल्यो भने म बजारमा चलेको लेटेस्ट फेसन खरिद गरिहाल्छु ।' विराज आफूलाई फिटिङ ड्रेस बढी मन पर्ने बताउँछन् । जुत्तामा भने उनलाई डिंगो र स्पोर्टस् सजिलो लाग्छ रे ! उनी आफ्नो तीनवटा दराज कपडाले भरिएको बताउँछन् । भन्छन्, 'फुर्सदको समयमा नयाँ फेसनका लुगा टन्न किनेर राख्छु । मसँग सधैँ पाँच/सात जोर पेस ड्रेस हुने गर्छ ।' आफूलाई मन परको डे्रस जति महँगो परे पनि किन्ने गरेको सुनाउँछन् उनी ।

 

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #77 on: March 12, 2010, 02:30:37 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #78 on: March 12, 2010, 02:32:32 PM »
यस्तो पो भ्यालेन्टाइन डेटिङ


भ्यालेन्टाइन डेलाई थुप्रै युवायुवतीले आफ्नो प्रेम व्यक्त गर्ने दिनका रूपमा सम्झन्छन् । त्यसैले उनीहरू आफ्ना प्रेमिका र प्रेमीसमक्ष प्रेमप्रस्ताव राख्छन् । भ्यालेन्टाइनको सिजन नै यस्तै, रोमाञ्चक मुड अनि आफूले मनपराएको व्यक्तिसँगको सामीप्यता, त्यसैले प्रणय दिवसको यो अवसरमा प्रेमी-प्रेमिकाहरू आ-आफ्नै भावभंगिमामा रमाइरहेका हुन्छन् ।

भ्यालेन्टाइन् डेको यस्तै मुडमा रमाउनेहरूमा नायिका रेखा थापा र कोमल वली पनि छन् । विगत तीन वर्षयता निरन्तर साथै रहेर भ्यालेन्टाइन डे सेलिब्रेट गर्ने यी दुई हस्तीको भ्यालेन्टाइन डे डेटिङका रमाइला किस्सा थुप्रै छन् । यसपटक त उनीहरूले कोरियामा भ्यालेन्टाइन डे मनाए । गायिका वलीले रातो गुलाफको फूल नायिका थापालाई दिएर भ्यालेन्टाइन डे सेलिब्रेट गरिन् । गायिका वली त अहिलेसम्म अविवाहित नै छिन्, तर नायिका थापा त निर्माता छवि ओझाकी अर्धाङ्िगनी हुन् । त्यसमा पनि एउटै लिंगका उनीहरू कसरी भ्यालेन्टाइन डे जोडी बने होलान् भन्ने जिज्ञासा उत्पन्न हुन्छ ।

घनिष्ठ सम्बन्धमा बाँधिएका गायिका र नायिकाको यो जोडीले तीन वर्षअघि भ्यालेन्टाइन डेकै दिन पेट्रोलको खोजीमा सँगै निस्कनुपरेपछि त्यो दिनभर साथै रहेर भ्यालेन्टाइन डे मनाएको थियो । यस्तै गत वर्ष पनि भ्यालेन्टाइन डेका दिन विभिन्न स्थलमा आयोजित कार्यक्रममा यी दुवै सेलिब्रेटीलाई एकसाथ बोलाइनु पनि अर्को संयोग बन्यो ।

गत वर्ष पनि उनीहरूले एक-अर्कालाई रातो गुलाफको फूल दिएर भ्यालेन्टाइन डे मनाएका थिए । यसरी निरन्तर तीन वर्ष एकसाथ भ्यालेन्टाइन डे सेलिब्रेट गरेका यी दुवै सेलिब्रेटीबीचको अन्तरंग सम्बन्ध पाठक आफैंले अनुमान गर्न सक्नहुन्छ । के हो यसरी साथसाथै भ्यालेन्टाइन मनाउनुको रहस्य ? दुवै सेलिब्रेटी खुलेर हाँसे, अनि भने- 'हामी दुईबीचको प्रेम कति गाढा रहेछ भन्ने थाहा पाउनुभएन र ?'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rekha Thapa - Nepali Actress
« Reply #79 on: March 12, 2010, 02:34:04 PM »